असल कि सफल बन्ने ?

- महेश मगर

हामी विद्यार्थीहरू विद्यालयमा धेरै सपनाहरू बुनेर आएका हुन्छौँ । राम्रो पढ्ने र ठूलो मान्छे बन्ने सपना बोकेर आउनु हाम्रो, हाम्रा अभिभावक र हामा नातागोताका मानिसको चाहना नै हुन्छ । एकप्रकारले हामीले सपनाका लश्कर नै ल्याएका हुन्छौं भन्दा अत्युक्ति हुँदैन ।
विद्यालयमा शिक्षकले सिकाउने र विद्यार्थीहरूले सिक्ने काम गर्दछन् । यो काम संसारका सबैजसो विद्यालयमा हुने गर्छ । एक हिसाबले सबै विद्यालयमा सिकाउने काम भइरहेको हुन्छ तर कुरा यसो मात्रै पनि होइन । कहिलेकाहीँ सबै विद्यालयहरूमा प्रतिस्पर्धा पनि चलिरहेको हुन्छ । विद्यालयमा कस्लेभन्दा कस्ले धेरै अङ्क ल्याउने भन्ने होड मात्रै चलिरहेको हँुदैन त्यहाँ सकारात्मक रूपले पढाइलेखाइ पनि चलिरहेको हुन्छ ।
अहिलेका विद्यार्थीहरूमा परीक्षाका बारेमा एक प्रकारको हाउगुजी रहेको छ । निश्चित समयमा विद्यार्थीले निश्चित अंकका बारेमा लेख्नै पर्ने भन्ने परिपाटीबाट अंकन गर्ने चलन बास्तवमा निकै पुरानो हो । संसारका कतिपय देशमा अहिले परीक्षालाई भन्दा संचित अभिलेख र प्रयोगात्मक कक्षामा विद्यार्थीको कार्य परिणामलाई हेरेर अंक दिइन्छ । परीक्षामा कम मात्रै विद्यार्थीहरूले धेरै अङ्क ल्याउछन् । यसले गर्दा ती विद्यार्थीहरू विद्यालयमा सँधै परिचित हुन्छन् । तर त्यसभन्दा बाहेक विद्यार्थीहरूको पढ्ने र बुझ्न सक्ने क्षमता कम भएको कारणले विद्यालयमा आउनु र जानुबाहेक अन्य विकल्प हुँदैन् । सबै गुरुहरूको दृष्टिमा ती विद्यार्थीहरूले केही पनि गर्न नसक्ने भन्ने भान बुझिन्छ ।
परीक्षामा बढी अङ्क ल्याउन वा पास हुनु नै सबै कुरा ठानिन्छ । सबै विद्यार्थीहरूको मन भावमा त्यही कुरा परिरहेको हुन्छ । विद्यालयबाट पनि त्यसै किसिमका कुराहरू सुनिन्छ । एसएलसीमा फेल भएर आत्माहत्या गरिरहेका समाचारहरू पनि बारम्बार रेडियो, पत्रिकाहरूमा आइरहेका हुन्छन् । यसरी कम अङ्क आउनुमा र उत्र्तीण नहुनुमा ती विद्यार्थीहरूको मात्र गल्ती छैनन् । गल्ती छ –प्रकृतिले दिएको दिमागमा । एसएलसीमा फेल भएका ती विद्यार्थीहरू आफ्नो जीवन नै समाप्त भएको अनुभव गर्दछन् । जस्ले गर्दा उनीहरू सामान्य घटनाले सताइँदा आत्माहत्या जस्तो घृणित काम गर्न बाध्य हुन्छन् ।
प्रकृतिले सबैलाई दिमाग दिएको हुन्छ तर सबै एकै किसिमका हुँदैनन् । कसैको दिमागले एउटा क्षेत्रमा बढी जान्ने कुरामा जिज्ञासु हुन्छ भने कसैको दिमागले अर्का कुराहरू जान्न इच्छुक हुन्छन् । विद्यालयमा अध्ययन गर्ने कुनै विद्यार्थी पढाइमा तेज हुन सक्छ भने त्यही विद्यार्थी फुटबल खेल्ने चउरमा गोल गर्न असक्षम हुन सक्छ । यदि कुनै विद्यार्थीको समाजिक कार्यमा संलग्न हुनु जाँगरिलो र जोसिलो हुन सक्छ भने उसलाई गणितको सूत्रहरू नआउन सक्छ । कुनै विद्यार्थी सुमधुर लय हालेर गीत गाउन सक्छ भने त्यही विद्यार्थीलाई अंग्रजीको सामान्य व्याकरणको नियम पनि नआउन सक्छ ।
यसको उदाहरणको निम्ति २०१२ को सी.एन्.एन्. हिरो पुष्पा बस्नेतलाई लिन सकिन्छ । उनी काठमाडौँको सम्पन्न परिवारमा जन्मेकी थिइन् । उनको पढाइ कमजोर थियो । उनी पढाइमा सँधै असफल हुन्थिन् । उनी एसएलसी परीक्षामा पनि फेल भइन् । यसले गर्दा उनलाई सबैले नराम्रो दृष्टिले हेरिन्थ्यो भने उनी पढाइमा कमजोर भए तापनि समाजिक कार्यमा भने सँधै अब्बल रहिन् । जुन कार्यले गर्दा उनलाई सीएन्एन् हिरोको २०१२ को विजेता बनायो । उनी नेपालमा मात्रै नभएर विश्वभरि नै परिचित भइन् र यति मात्रै नभई नेपाललाई पनि संसारभरि नै चिनाइन् । यसबाट विद्यालयका विद्यार्थीहरू सबै एकैजस्ता देखिए पनि उनीहरूमा निकै अन्तर हुन्छ । एक विद्वान्ले भनेका छन् –‘विद्यार्थीहरू सबै बराबरीजस्ता देखिए पनि उनीहरूमा वैयक्तिक अन्तर पनि हुन्छ ।’
फुटबलका जादुगर मानिने विश्वविख्यात खेलाडी एवम् ब्राजिलका आदरणीय पेले गरिब परिवारमा जन्मिएका थिए । यदि उनका बुवाले –‘तैँले खेल्नु हुन्न, किसानी काम गर्नु पर्छ’ भनिदिएको भए सायद् उनी संसारमा चिनिने थिएनन् होला । प्रकृतिले उनलाई पढ्नका निम्ति दिमाग दिएन् तर उनलाई खेल्नका निम्ति दिमाग दियो । उनी आफ्नो भित्री मनको चाहना र इच्छामा सधै लागी रहे र एउटा सफल फुटबल खेलाडी बन्न सफल भए । यो कथा बास्तविक हो । कोरा कल्पनामा आधारित भने पक्कै होइन ।
हजारौँ सामग्रीहरूको अविष्कार गर्ने थोमस एल्वा एडिसन्ले आफ्नो बाल्यकालमा कहिले राम्रोसँग पढ्न पाएनन् । उनी आफ्नो गुजरा चलाउनका लागि रेलमा काम गरेर हिँड्थे । उनको दिमाग पढइमा होइन् कि विभिन्न सामग्री बनाउन केन्द्रित थियो । पछि गएर उनले मिहेनत गरी हजारौँ सामग्रीका अविष्कार गरे । हामीले घरमा प्रयोग गर्ने १०० बाटका बल्ब उनकै कीर्ति हो । उनको जीवनमा घटेका रोमाञ्चक घट्ना तपाईंहरूको माझ व्यक्त गर्न चाहन्छु ।
उनले उक्त बल्ब बनाउनका लागि कडा परिश्रम गरेर करिब ९ सय उनान्सय पट्क प्रयोग गरे तर पनि सफल भएनन तर अन्तिम १ हजार पट्कमा भने उनी बल्ब बनाउन सफल भए । उनलाई कुनै पत्रकारले ‘तपार्इंको ९ सय उनान्सय पल्टको मेहेनत त खेर गयो नि होइन ?’ भनेर प्रश्न गर्दा –‘उनले मेरो ९ सय उनान्सय पटक गरेको प्रयास खेर गएको होइन । मैले प्रयोग गरेको ९ सय उनान्सयौं तरिकाबाट बल्ब बनाउन सकिँदो रैनछ तर हजार पटकको तरिकाबाट भने बल्ब बल्दो रहेछ’ भन्ने कुरा पत्ता लगाएको भन्ने उत्तर दिए । यसरी उनी आफ्नो इच्छा शक्तिमा सँधै आत्मनिर्भर भएर आफ्नो उद्देश्यमा लागिरहे र सफल भए ।
ँबतजभच या क्अष्भलअभ मानिने अल्बर्ट आइन्स्टाइन आफ्नो समयमा आफ्नो कक्षामा एक कमजोर विद्यार्थीका रूपमा चिनिन्थे । उनलाई कुनै पनि गणितका हिसाब आउँदैन थिए । यसले गर्दा उनलाई कक्षामा पटमुर्खको नामले शिक्षकले बोलाउने गर्थे । यसरी एक कमजोर विद्यार्थी पछि गएर ँबतजभच या क्अष्भलअभ भनेर संसारभरि चिनिए । आज उनैले आविष्कार गरेको सापेक्षतावादको सिद्धान्तले संसार नै यो गतिमा हिँडिरहेको छ ।
यसरी प्रकृतिले हामीलाई कुनै क्षेत्रमा प्रतिभावान् बनाइदिएका छन् भने कुनै क्षेत्रमा कमजोर । हामीले आफ्नो प्रतिभालाई चिन्न सक्नु पर्छ । अनि मात्रै हामीले सफलता प्राप्त गर्न सक्छौँ । यसो भन्दैमा हामीले आफ्नो पढाइलाई छाड्ने वा विद्यालय नै नआउने भन्ने होइन । हामीले विद्यालयमा धेरै अङ्क ल्याउनका लागि मात्रै नभएर ज्ञान आर्जनका लागि पढ्नु पर्छ । हामी विद्यालयमा आई धेरै अङ्क त ल्याउँछौँ तर व्यवहारिक जीवनमा सक्षम, शिक्षित र चेतनशील हुन सकेनौं भने त्यो अङ्कको के महत्व चाहे त्यो अङ्क १०० मा १०० नै किन नआओस् । हामीले कुनै पनि काम सम्पन्न गर्दा कसैको करले होइन कि आफ्नै रहरले गर्नु पर्छ । गुरुले कुनै पनि पाठ पढ्नु भन्नु र आफैँ मन लगाएर बिस्तारै पढ्नुमा धेरै फरक पर्छ । यस्मा निहीत रहेको गुह्य कुरा बुझौँ अनि मात्रै हामी जीवनमा सफल हुन सक्छौँ । जीवनमा सफल हुनाका लागि हामीले निकै बुद्धि पु¥याएर काम गर्न सक्यौँ भने मात्र त्यो काम फत्ते हुन सक्छ नत्र फत्ते हुन सक्दैन । कोही कसैले कसैलाई प्रेरित गर्न सक्छ तर आफैँले अखण्ड परिश्रम गर्न सकेन भने त्यो मानिसले जीवनमा केही पनि कार्य सफलतापूर्वक गर्न सक्दैन ।
जीवनमा जेजे काम गरे पनि त्यसको सपना र कल्पना हामीले विद्यार्थी जीवनमै गरेका हुन्छौं । मेधावी विद्यार्थी पछि गएर संसारलाई नै ज्ञानको ज्योति दिने मानिस बन्छ । अल्छी र जुम्सो विद्यार्थीको भविष्यमा अनेकानेक ग्रहण लाग्न सक्छ । संसारका हरेक क्षेत्र उपक्षेत्रका मानिसहरू आफ्नो जमानाका कुनै न कुनै शिक्षालयका विद्यार्थी नै त हुन् । तिनीहरूले कुनै न कुनै गुरुहरूबाट शिक्षा र दीक्षा लिएका हुन्छन् ।
गान्धी हुन् या गोड्से, माक्र्स हुन् कि माओ, शेक्सपियर हुन् या शेली, मण्डेला हुन् चाहे मिल्टन सबैका एकएक ओटा शिक्षक अवश्य पनि थिए । तिनीहरूले आफ्ना शिष्यलाई अवश्य काउन्सिलिङ् गरेकै थिए होलान् । त्यसो भएरै तिनीहरू गरिमामय इतिहासमा अमर बनेका छन् । कुरो यसो पनि हो । एक विद्वान्ले भनेका पनि छन् –यो संसारको रचना गुरुले गरेका हुन् । कति महान् कुरो छ –यो ।
बुझ्नेलाई यो कुरा हिमालचुली छ । संसार आफैँमा विशाल छ । असार छ । जसको कुनै सार छैन । विश्व साइकल यात्री पुष्कर शाहले भनेका थिए –‘यो संसारका सबै कुरा बुझ्न एक जुनी त के सय जुनी लिएर आए पनि कमै नै हुन्छ । यहाँ अनेक कुरा छन् । विचार छन् । दर्शन छन् । आविष्कार छन् । नयाँनयाँ कला छन् ।’ संसार घुमेर आएपछि उनलाई यो बुद्धि आएको हो ।
यहाँनेर म के भन्छु भने मानिस सफल र असल दुवै हुनु पर्छ । यदि त्यसो भयो भने अब्बल हुन्छ । तर संसारका सबै सफल मानिस असल छैनन् भने सबै असल मानिस सफल पनि भएका छैनन्् । असल र सफल कुन अब्बल हो ? किन ? अर्को प्रयासमा जवाफ खोज्ने जमर्को गरौंला है ।
हामी असल र सफल हुन माथिका कुरामा मनन गर्नै पर्छ । विद्यार्थी वर्गमा चेतना भया । 𞉀𞉀

मन्थली उमावि, मन्थली

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 2 कार्तिक, 2070

लेखकका अन्य रचनाहरु