सिमादेखि परतिर

- युवा बराल ‘अनन्त’

अबोध्गम्य बोध

हामीबाट देखिनुको परिधि

त्यहांदेखि अझै उता कता-कता

अन्तहिन अन्त हेरिनुको त्यो चरमबिन्दु

आकाशको त्यो पल्लो छेउ…

पहाड़का ती अग्ला चुलीहरुले

छुन छुन पो लागे झैं

गगनचुम्बि हिम शिखरलाई

आशिर्बाद दिए झैं

सुर्य र समुद्रको अनुपम मेल झैं

झैंहरुको सम्भाव्यतामा

उपमै उपमाको नौ डाडा तरेर

शुन्यताको अपार कोशेली

सागरको हातमा सुम्पेझैं

निसार चिन्तन

निर्बाध भाव

अबोधगम्य शुन्यता…

धरती हुनुको पर्याय- आकाश

आकाश देखिनुको औचित्य- क्षितिज

मान्छेको मन झैं- शुक्ष्मातिशुक्ष्म…

निर्विकार आकार

अनन्त अनन्त- अनन्तता !!!

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 2 कार्तिक, 2070

लेखकका अन्य रचनाहरु