बूढा बा र बाँझो खेत

- महेन्द्र महक

यो नयाँ कथा हो । नयाँ नेपालको नयाँ कहानी ।
तर यसका प्रमुख पात्र बूढा बा छन् ।
अर्थात् एउटा पुरानो घरमा बस्ने बूढा बाको नयाँ कहानी हो यो ।
बूढा बा !
तपाइँका बा । मेरा बा । हामीसबैका बा ।
बाले उमेरभरि जोतेको खेत बाँभैm छ । बाका छोराहरु घरमा छैनन् ।
बाको जेठो छोरा परदेशमा छ । बाको कान्छो छोरा शहरमा बस्छ ।
बाकी जेठी बुहारी शहरमा बस्छिन् । बाका नातीनातिना शहरको बोर्डिङमा पढ्छन् ।
बाकी कान्छी बुहारी कान्छो छोरासँगै शहरमा बस्छिन् । दुवैजना जागिरे छन् ।
बाले मेहनत गरी बनाएको खरले छाएको घर वर्षामास चुहिन्छ । बाका पुराना ओड्ने विच्छ्याउना चिसा हुन्छन् । बूढीआमा सकी नसकी ती लुगाफाटा घाममा सुकाउँछिन् ।
गाउँको घरमा अचेल बूढा बा र आमा मात्रै बस्छन् ।
धेरै जमीन थिएन बासँग । त्यसैले बा अधिया लगाउँथे । बोहरा साहुको घरमा हरेक वर्ष दुई धार्नी घ्यू, तरकारी, हरियो सागसब्जी लिएर खेती थाम्न जान्थे बा । बोहरा साहु गाउँका पञ्च थिए । बा उनका अधियारा थिए ।
अधिया खेती लगाएर बाले दुई भाई छोराहरुलाई पढाए । दुई छोरीको बिहेदान गरे । थोरै खेती पनि जोडे । बा मेहनती थिए । आमा मेहनती थिइन् । सुख्खसँग खान र बस्न पाएनन् बाले आप्mनो बैंशमा ।
खूब दुःख गरी हुर्काएका हुन् बाले छोराछोरी ।
लोकसेवा आयोगमा दुई पटक फेल भएको झोंकमा जेठो छोरा मुग्लान पस्यो । मुग्लान पसेको एक वर्षपछि छोराले खबर पठायो– ‘बा ! अधिया नलगाउनु ।’
बाले सोचे–‘छोराले मेरो माया मान्दो रहेछ । मलाई दुःख गरेको हेर्न सकेन । अर्काको अधिया पनि कति लगाइरहनु ।’ बाले अधिया लगाउन छोडे ।
दोस्रो वर्ष कान्छो छोरा शहर पस्यो । दुःखजेलो गरी पढाए बाले कान्छो छोरालाई । छोरीहरुको घरबार पनि गरिदिए । तेस्रो वर्ष जेठो छोरा पनि परदेशबाट आयो । बिहे ग¥यो । छ महिना घरमा बस्यो र फेरि मुग्लान फर्कियो ।
कान्छो छोराले जागिर खान थाल्यो ।
घरमा परिवार बढ्यो । बा हजुरबा भए । उनको जेठा छोरा बा भयो ।
नातीका लागि भैंसी पाले बाले । खेतीका लागि एक हल गोरु छँदैथिए । दुईचारवटा बाख्रा त सँधै पालेकै हुन्थे बाले ।
बा नाती खेलाउँदै करेसाबारीको तरकारी टिप्थे । घरबारीमा आलू/टमाटर/प्याज/लसुन/साग/केराउ ... मौसम अनुसार सबै थोक लगाउँथे बाले ।
मोबाइल फोन आउनुभन्दा पहिला जेठो छोराले दुईतीन महिनाको फरकमा चिठी पठाइरहन्थ्यो । बा/आमा/भाइ/बहिनी/श्रीमती/छोरा/भाञ्जा/भाञ्जी/काका/काकी/गाउँका साथीभाइ सबैलाई सम्झेको हुन्थ्यो । सबैमा साइनो अनुसारको सेवा ढोक/प्रणाम/सम्झना÷/माया लेखेर पठाएको हुन्थ्यो । दुःखको कुरा लेखेको हुन्थ्यो भावनाको कुरा लेखेको हुन्थ्यो । घरदेशको माया र परदेशको पीडा लेखेको हुन्थ्यो ।
उसले श्रीमतीलाई मोबाइल पठाइदियो । अब उसले बोलेको सुनिने भयो । अब उसको बोली प्रत्यक्षजस्तै भयो । तर पहिलाको जस्तो दुःख सुखका कुरा हुन छोडे । अब ऊ केवल श्रीमतीलाई सम्झन्थ्यो ।
बा/आमा/भाइ/बहिनी/श्रीमती/छोरा/भाञ्जा/भाञ्जी/काका/काकी/गाउँका साथीभाइलाई बिर्सदै बिर्सदै गएको थियो । सबैको कुरा ऊ मोबाइलमा श्रीमतीबाट सुन्थ्यो । सबैलाई उसले मोबाइलमा नै सम्झन्थ्यो ।
कान्छो छोराले बिहे ग¥यो । बिहे गरेर ऊ शहरमा नै बस्यो । शहरमा नै जागिर खायो । दशैंतिहारमा मात्रै घर आउने भयो । विस्तारै दशैंतिहार पनि शहरमा नै मनाउन थाल्यो ।
जेठी बुहारीले मोबाइलमा श्रीमान्सँग कुरा गर्छिन् । दुईजनाका कुरामा बाले हस्तक्षेप गर्दैनन् ।
फोनमा उनी गुनासो गर्छिन्– ‘झरीमा रुभ्mदै घाँस काट्न जानुपर्छ । हिउँदको चिसो स्याँठमा स्याउला बोक्न जानुपर्छ । बर्खाको मल बोक्न सक्दिन म ।’ उनी आप्mनो सञ्चो विसञ्चो यसरी नै सुनाउँछिन् । ‘मरीमरी खेतबारीमा काम ग¥यो हुने केही नि होइन ।’ उनी बेला बेलामा गुनासो गर्छिन् ।
छोराले बालाई फोन गरी भन्छ, ‘बा, गोरु बेचिदिनुहोस् । खेती अधिया दिनुहोस् ।’
खेती अधिया दिने कुरा बालाई मन परेको हुँदैन । तीन चार पटक छोराले फोन गरेर चर्को बोलीमा गोरु बेच्न भनेपछि बाले गोरु बेचे र जेठा घर्तीलाई खेत अधिया दिए ।
छोरा छुट्टीमा आयो । दुई भाईले एक अर्कालाई ‘घरका समस्यामा कुनै ध्यान नदिएको, बाबा आमालाई नहेरेको भनी गुनासो गरे । मनभरि द्वेष बोकेर दुवै भाई फर्किए । जेठो छोरा परदेश फर्कियो । कान्छो छोरा शहर फर्कियो ।
जेठा छोराले फेरि फोन ग¥यो र भन्यो, ‘बा, भैंसी बेचिदिनुहोस् । दुई माना दुध किनेर खाए हुन्छ । बेकारमा के दुःख गर्नुहुन्छ ।’
जेठी बुहारीलाई भैंसीको स्याहार गर्न गाह्रो भएको कुरा बालाई थाहा भएन । दुईजनाका कुरामा बालाई कुनै चासो थिएन ।
बाले भैंसी बेचेनन् ।
बुहारीले छोरालाई बोर्डिङ पढाउने भइन् । राम्रो बोर्डिङ शहरमा भएकाले उनी शहरमा डेरामा बस्ने भइन् । भैंसीका लागि घाँस पानी नगर्ने भइन् । सासु ससुराको कचकच सुन्नुभन्दा झिलिमिली शहरमा बस्नु मनासिब ठानिन् ।
बुहारीले शहरमा डेरा लिइन् ।
बूढा बा र आमा घरमा एक्लै भए । आँगन विरान भयो । आँगनमा नाती खेलेको हेर्न, ऊ हाँसेको सुन्न र बुहारीको हातले पकाएको खाने रहर बाको मनमै रह्यो ।
बूढी आमा थला परिन् । बाले भैंसी पनि बेचिदिए ।
करेसाबारी विरान भयो । घरको छानो फेर्न छोराहरुको चासो दिएनन् । छानो चुहिने भयो ।
बूढी आमा बिरामी भएपछि पैसाका लागि बा बुहारीको कोठामा पुगे । बुहारीको मोबाइलबाट छोरासँग कुरा गर्ने सोच थियो बाको ।
बुहारीको कोठाको तामझाम देखेर बा चकित परे ।
एलसीडी टिभी भित्तामा थियो । नाती च्यानल बदली बदली टिभी हेर्दै थियो । त्यसैले दौडिदै ऊ हजुरबाको काखमा आएन । बुहारीले औंलाले छोएर चलाउने ठूलो मोबाइल बोकेकी थिइन् । ओच्छ्यानमा ल्याप्टप थियो । बुहारीको बहिनी ल्याप्टप चलाएर बसिरहेकी थिइन् । ठूलो पलङ्ग र सोफासेटहहरुले कोठा भरिलो र भव्य देखिन्थ्यो । ठूलो फेन्सी दराजमा बुहारीका गहनाहरु सजिएका थिए ।
बाले आमा बिरामी भएको कुरा गरे । बुहारीले पेडिक्यूर जानु छ भनिन् । बाले पैसा चाहिएको छ भने बुहारीले छोराको फिस तिर्नु छ भनिन् ।
बाले पिसिओबाट छोरालाई फोन गरे । छोराले ‘श्रीमतीसँग थोरै पैसा छ अहिले त्यही लिएर जानु’ भन्यो ।
बाले अर्को एउटा खेत बेच्ने सोच बनाए । कुलो लाग्ने राम्रो खेत अलि चाँडै बिक्न सक्थ्यो ।
फर्किदै गर्दा बाले बुहारीलाई कसैको मोटरसाइकिलमा बसेर कतै जान देखे । ‘कोही आफन्त होला !’ बाले सोचे । ऊ उनको छोराभन्दा ‘धेरै नजिकको आफन्त’ पनि हुन सक्थ्यो । बालाई यस्तो सोच्ने समय थिएन किनकि आमा बिरामी थिइन् ।
बाले खेत बेचेर आमाको उपचार गरे ।
जेठो छोराले शहरमा घडेरी जोड्यो । कान्छो छोराले पनि घडेरी किन्दै छ भन्ने सुने बाले ।
जेठा घर्तीका छोराहरु पनि विदेश गएपछि बाको खेत अधिया लगाइदिने कोही भएन । बाले गोरु बेचिसकेका थिए । गोरु भइदिएको भए पनि बूढा बाले अब खेती लगाउन सक्ने थिएनन् ।
खेती नलगाएपछि बाको खेत बाँझौ नै रह्यो ।
बा बोहरा साहुको खेत अधिया लगाउथे । यो पुरानो कहानी हो ।
बाको खेत लगाइदिने कोही भएन । बाको खेत बाँझै रह्यो । यो नयाँ कहानी हो ।
छुट्टीमा आएको काकाको छोराको मोबाइलमा फोन गरेर छोराले विदेशबाट बालाई खबर ग¥यो– ‘बा ! अब हामी दुई भाइलाई छुटा गरिदिनुहोस् । सँगै बसाइ पनि छैन । आ आप्mनै गरिखाएका छौं । मलाई गाउँको केहि पनि चाहिएन । म त्यही कामका लागि छुट्टीमा आउँदै छु । भाईलाई पनि बोलाउनुहोस् ।’
कान्छो छोराले पनि यस्तै आशयको खबर पठायो– ‘मलाई गाउँको केहि पनि चाहिएन ।’
बाले राम्ररी बुझेका छन् अचेल– छोराहरुले गाउँमा भएको केहि पनि चाहँदैनन् । गाउँमा भएको बाँझे खेत । गाउँमा भएको चुहिने घर । र, गाउँमा बस्ने बूढा बा र आमा– केहि पनि त चाहँदैनन् छोराहरु !
बूढा बा र बाँझे खेत अंशबण्डाका लागि गाउँमा पर्खिरहेका छन् ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 25 आश्वीन, 2070

लेखकका अन्य रचनाहरु