मेजर अर्जुनको औंठी

- सुमल कुमार गुरुङ

मौसम सफा, वातावरण स्वच्छ, हावाको शीतलता र घामको न्यानोपनले उपत्यका रमाइलो भएको छ । सुन्दर पर्यटकीय नगरी पोखरा तथा त्यसवरिपरिका उपत्यका दुलहीभैm“ सजिएको अनुभूति हुन्छ । कोसौ“ टाढाटाढासम्म हरियालीले परिपूर्ण पहाड, वनहरु र अन्नपूर्ण हिमशृङ्खला दृष्टिगोचर हुन्छ । फेवातालको शान्त दर्पणरुपी स्वच्छ वक्षमा माछापुछ«े हिमाल छर्लङ्ग देखिएको छ ।
फेवातालमाथिको विश्वशान्ति स्तूपको डिलमा बसेर दुई युवा हृदयहरु आनन्दित र रोमाञ्चित हुँदै ती दृश्यहरु हेरिरहेका छन् ।
सृष्टिकर्ताको सुन्दरतम वृmति माछापुछ«ेको बिम्ब फेवातालभित्र समाहित भएको छ, मानौ“ युगौ“युगदेखिको अबोल प्रेमीप्रेमिकाको सम्मिलनको आभास दिइरहेका छन् । यस्तो भान ती दुवै प्रेमीप्रेमिकालाई हुन्छ । दिलमायाको झ्याप्प परेको घना रेशमी नरम कालो कपाल बिस्तारै मुसार्दै मनराजले भन्यो, “दिलु, मायाको परिभाषा तालभित्रको माछापुछ«ेको छायाले अटल बनेर दिइरहेछ, हेर त, युगौ“युगदेखिको प्रावृmतिक प्रेमीप्रेमिकालाई क्षणिक बादलले छेक्न सक्दैन । माछापुछ«े र फेवातालको माया सृष्टि रहुन्जेल छुट्टिनेछैन । हेर त, यो दृश्य कति मोहक छ !” मनराजले आफ्नो चोरऔ“लाले फेवातालको बीचभागतिर इङ्गित गर्छ र दिलमायातिर हेर्छ ।
प्रत्युत्तरमा त्यो दृश्य हेरिरहेकी दिलमाया भन्छे, “मनु, हाम्रो माया पनि सदा यस्तै अटल, अमर र अजर रहोस । म सदा तिम्रो मुटुभित्र यसरी नै बस्न सवूmँ ।” यति बेलै दिलमायाको भनाइको समर्थन गरेजस्तो गरी हावाको शीतल लहर सरर्र चल्छ ।
मनराजलाई दिलमायाको मुहार कुनै दिव्य अप्सराको जस्तो लाग्छ । आज उसको सुन्दरतामा थप आकर्षणको अनुभूति हुन्छ मनराजलाई । उसले दिलमायाको ललाटमा चुम्बन लिँदै भन्छ, “प्रिय, जसरी फेवातालको वक्षभित्र माछापुछ«े सजिएको छ, त्यसरी नै म पनि तिम्रो मुटुभित्र सदा सजिन चाहन्छु ।” त्यसपछि दुवै अँगालोमा आबद्ध हुन्छन्, दुवै एकआपसमा हराउँछन् प्रेमलोकमा । दुवैका मुटुका धड्कन एक रफ्तारमा चलिरहेका थिए । फेवातालको माझ एउटा डुङ्गा निकै तेज रफ्तारमा आफ्नो गन्तव्यतर्पm बढिरहेभैmँ उनीहरुको अनुभूतिको आवेग तीव्र हुँदै थियो । यस्तैयस्तै कैयन् मिलनका दिनहरुको स्वर्गिक आनन्दमा लिप्त हँुँदै यी दुवैलाई समय बितेको थाहा हँुदैन । मनराज र दिलमायाको प्रेमकथाको साक्षी सेतीगण्डकी, माछापुछ«े हिमाल, फेवाताल र समस्त पशुपक्षीहरु रमाउने हरियालीले ढावmेका वनपाखा र डाँडाकाँडाहरु थिए ।
यौवनको लाली गालाभरि र सम्पूर्ण अङ्ग मत्त भई धपक्क बलेको छ । बै“सका अठार वसन्तहरु पार गरेकी दिलमाया अत्यन्त रुपवती देखिन्छे । यति बेला ऊ पी. एन. क्याम्पसमा प्रमाणपत्र तहमा पढ्दै छे । मनराजले पनि स्नातक तह पूरा गरिसवmेको छ । नोकरी गरेर दिलमायालाई विवाह गरेपछि आनो बुवाआमाको सेवा गर्ने र सुखमय जीवन बिताउने सुनौलो सपना हृदयमा साँचेर राखेको छ मनराजले । तीन वर्षअघि फेवातालको ताल वाराहीमा जाँदा अाँखा जुधेका यी दुई हृदयहरु अहिले एकअर्काबिना जीवनको कल्पनासमेत गर्न सक्दैनन् । उनीहरुको आत्मिक मिलन सृष्टिले जन्मजन्मान्तारका लागि बाँधिदिएभैmँ लाग्दथ्यो । ती दुवैको प्रेमको गहिराइमा मानौ“ सम्पूर्ण विश्व चुर्लुम्म डुबेको छ । युवा हृदयमा प्रेमको अनुभूति र आँखामा भविष्यको सपनाको महल सजाउँदै आपैmँमा मग्न यी दुवै प्रेमीप्रेमिका बाहिरी संसारबाट बेखबर छन् ।
आनो युवावस्थाका दिनहरुमा मनराजका बुवा बिर्खराजको घान्द्रुक क्षेत्रवरिपरि बल, बुद्धि सबै कुरामा प्रभाव थियो रे भन्ने चर्चा अचेल पनि बूढापाकाहरु गर्छन् । उनले आनो क्षेत्रवरिपरि कैयौ“ ठेलो प्रतियोगिताहरु जितेका थिए रे । समाजका लागि अगुवा भएर हिँड्थे भन्छन् बूढापाका । घरको आर्थिक स्थिति राम्रो भएकाले स्वदेशमा नै उनी देशसेवामा समर्पित भएका थिए । पञ्चायत कालमा तीनतीन पटकसम्म प्रधानपञ्चसमेत भइसकेका बिर्खराजलाई गाउँलेहरु सबैले अचेल पनि इज्जत गर्दछन् । मनराज बिर्खराजको एक मात्र छोरा । छोराले उच्चशिक्षा हासिल गरेर, देशसेवा गरेर नाम कमाओस् भन्ने बिर्खराजको सपना रहेको छ ।
समय परिवर्तनशील छ । हिजोको व्यवस्था अहिले छैन । पञ्चायती व्यवस्थाको अवसानपछि परिवर्तनका अनेक लहरले सम्पूर्ण राष्ट्रलाई गाँज्यो । बिर्खराजको राजनैतिक जीवनको सूर्य पनि सदाका लागि अस्त भयो । जुन बलिया बाहुहरुद्वारा उनले विभिन्न मैदानहरुमा ‘ठेलो’ जितेका थिए ती बलिष्ठ भुजाहरु समयको गतिसँगै निर्बल भइसकेका छन् अहिले । आनो विगतलाई सम्झँदै छोरा मनराजको सुनौलो भविष्यको तानाबाना बुन्दै जीवन बिताइरहेका थिए बिर्खराज ।
तान्चोक गाउँबाट चालीसको दशकमा बसाइ सरेको दिलमायाको परिवार पोखरा उपत्यकामा प्रतिष्ठित परिवारको रुपमा गनिन्छ । दिलमायाको बुवा एकदमै मेहेनती अवकाशप्राप्त भू.पू. सैनिक हुन् । सेनाबाट अवकाश प्राप्त गरेपछि व्यापारमा लागेर केही वर्षभित्र नै पोखरामा अग्रिम व्यापारीहरुको जमातमा आपूmलाई उभ्याउन सफल भएका छन् उनी । दिलमायाको परिवारलाई नचिन्ने कमै मात्र पोखरेली छन् ।
एक कान दुई कान घाइँघुइँ हावा बन्दै छोरी दिलमायाको प्रेमप्रसङ्गको लहर आमाबुवाको कानमा ठोकिन पुग्छ । त्यो लहरले आमाबुवा झस्किए । आनो प्रतिष्ठाको स्वच्छ च्यादरमा बदनामीको दाग नलागोस् र कसैले छोरीको प्रेमप्रसङ्ग थाहा पाइहाल्छ कि भन्ने आशङ्काको कालो ग्रहणले उनीहरुका मनमस्तिष्कमा अँध्यारो घेरा हाल्न थाल्छ । बुवाआमा रातदिन छोरीलाई लिएर तनावमा छन् । छोरीलाई कुनै प्रतिष्ठित खानदानमा विवाह गरिदिने प्रयत्नमा रातदिन एक गर्न थाल्छन् दुवै । बाहिरकाले थाहा नपाओस् भनेर उनीहरु छोरीका लागि आफन्तभित्र नाडी छाम्ने कसरत तीव्र गतिमा सुरू गर्छन् । दिलमायालाई उसको प्रेमप्रसङ्गबारे बुवाआमाले एक शब्द भनेका छैनन्, तर, उसको प्रत्येक गतिविधिमा कडा निगरानी राख्दै आएका छन् ।
कर्णेल रनबहादुर गुरूङ भारतीय सेनामा १÷४ जी.आर. को कमान्डिङ अफिसर रहँदा भुवन सिंह त्यही पल्टनका सुबेदार मेजर थिए । दुवै परिवारको सुमधुर सम्बन्ध थियो । पेन्सनपश्चात् कर्णेल रनबहादुर पनि पोखरामा स्थायी रुपले बसोबास गर्दै आएका थिए । कर्णेलका दुई भाइ छोराहरु छन् । जेठो छोरा अर्जुनचाहि“ भारतीय सेनामा रेगुलर कमिसन प्राप्त गरेर क्याप्टेन पदमा पदोन्नति भइसकेको थियो । अर्जुन अत्यन्त आज्ञाकारी, अनुशासित र बुवाआमाको पहिलो सन्तान भएकाले उनीहरुले उसबाट धेरै आशा राखेका थिए । उसको विवाह गर्ने समय भएको छ । धेरैधेरै इष्टमित्रहरुका कन्याहरुबारे सोधपुछ गर्दै नाडी छाम्ने काम गर्दै छन् कर्णेल दम्पती । केटी कति पढेकी छे, कति राम्री छे, कति अनुशासित छे र खानदान कस्तो छ इत्यादि कुराहरुको खबर केलाउँदै छन् कर्णेल रणबहादुर दम्पती ।
यही सिलसिलामा भुवन सिंहकी छोरी दिलमायामाथि उनीहरुको नजर टिक्न पुग्छ । पारिवारिक सम्बन्ध पनि राम्रो हुनुका साथै केटा र केटी पनि पहिले पल्टनमा छँदैदेखि एकआपसमा परिचित रहिसकेका हुनाले उनीहरुको मन दिलमायामाथि केन्द्रित हुन पुग्छ । एक पटक हेरकोर गरेर मुख फोरौ“ कि भन्ने सल्लाह दुवै बूढाबूढीमा हुन्छ । दिलमाया पल्टनमा नै जन्मेकी हुनाले उसको उमेर र जन्मबारे उनीहरुलाई यावत् कुरा थाहा थियो । कुरा चलाउनुभन्दा पहिले उनीहरुले घरमा छोरालाई विवाह गरिदिने प्रस्ताव राख्छन् । आमाबुवाको इच्छालाई सदा मान गर्ने अर्जुनले उनीहरुको प्रस्तावलाई खुसीसाथ मान्छ । दिलमायाका बारेमा अर्जुनलाई धेरै थाहा थियो । तर, उस बेला दिलमायाको प्रेमप्रसङ्गको विषयमा ऊ एकदमै अनभिज्ञ थियो ।
शनिवारको एकाबिहानै फोनको घण्टी बज्छ । फोन उठाउने बित्तिकै उताबाट सोधाइ आउँछ, “हेलो, भुवन साहेब हुनुहुन्छ ?”
फोन उठाइसकेका भुवन सिंहले भने, “हेलो बोल्दै छु । ए कर्णेल साहेब ! जय गोरख ! दर्शन, धेरै दिनपछि सम्झनुभो त, कुशलमङ्गल नै हुनुहुन्छ ?”
प्रत्युत्तरमा कर्णेलले जोसिँदै भने, “जय गोरख ! ठीकै छु भन्नुप¥यो । अरे यार, आज बेलुकी तपाईंको घरमा आउने विचार गरेको छु । छोरो पनि छुट्टीमा आको छ, बरू यहाँको फुर्सत पो कस्तो होला ?”
भुवन सिंहले खुसी हँुदै भने, “ओहो ! हाम्रो अहोभाग्य । फुर्सत छ हजुर, सवारी होइस्योस् न । ठूलो बाबु अर्जुनलाई नदेखेको पनि निकै भयो ।” यति भन्दै, अरु पल्टने कुरा गर्दै, भरे बेलुका आउने बाचा गर्दै कर्णेलले फोन राखे ।
कर्णेलको परिवार साँझपख छिटै नै भुवन सिंहको घर आइपुग्छ । छोरा अर्जुन र कर्णेल दम्पतीलाई भुवन सिंह र उसकी पत्नी दुवैले स्वागत गर्छन् र परस्पर अभिवादन आदानप्रदान गर्छन् । भुवन सिंहको परिवारले कर्णेलको परिवारलाई आनो बुताले भ्याएसम्म स्वागत गर्छ ।
अर्जुनले दिलमायालाई देख्नेबित्तिकै अरुलाई छल्दै हेर्न थाल्दछ । दिलामायाको रुप, लावण्य र यौवनको खुमारीले भरिएको शरीर देख्दा अर्जुनका आँखाहरु दिलमायालाई नै पछ्याइरहेका छन् । दिलमाया यस कुराबाट एकदमै अनभिज्ञ छे । आपूmले सानैदेखि चिनेकी अर्जुनदाइसँग सदाभैmँ हेलमेल भएर कुरा गर्न थाल्छे । अर्जुन दिलमायाको यौवनको मस्त चञ्चलतामा फव्रmेका आँखाहरुभित्र डुब्ने असफल प्रयास गर्छ । त्यो साँझ अर्जुनलाई रमाइलो लागिरहेको थियो । बुवाआमाको इच्छा र आपूmले पनि दिलमायालाई मनैबाट मन पराएको अनुभूति हुन्छ उसलाई ।
साँझको खानापछि सन्ध्याको रमाइलो वातावरणमा कर्णेलले छोराका लागि दिलमायाको हात माग्छ । भुवन दम्पती यसै अवसरको प्रतीक्षामा थिए । उनीहरु खुसीले गद्गद भए यस प्रस्तावमा । त्यो प्रस्तावलाई सहर्ष मन्जुरी दिए सुबेदार दम्पतीले । अर्जुन खुसी नै थियो, किनभने उनीहरुले घरबाट पहिले नै सल्लाह गरेर आएका थिए । दिलमायालाई देख्नेबित्तिकै ऊ भावी जीवनको कल्पनासमेत गर्न थालेको थियो । तर दिलमाया अचानक छाँगोबाट खसेजस्तै भई । उसले कसैको विरोध नगरी कोठाभित्र पसी र ढ्याप्प ढोका बन्द गरी । भित्र पसेर आनो प्रेमको धरोहर खोसिने नै भयो भनी रून थाली । किनकि परिवारका मुखियाहरुले निर्णय गरेको कुरालाई विरोध गर्ने क्षमता उसमा थिएन । अर्को कुरा, दिलमायाले आमाबुवाको आज्ञाको अवहेलना अहिलेसम्म कहिल्यै गरेकी थिइन, न नै विरोध गर्ने शक्ति नै उसमा थियो ।
कर्णेल दम्पती र भुवन सिंहले बिहेको कुरा गरेको सुन्नेबित्तिकै दिलमाया लाजले भित्र पसी भनेर हाँसोठट्टा गरेर विवाहको लगन यसै महिनामा निकाल्नुपर्ने र तुरून्तै विवाह गर्ने कुरामा दुवै परिवार राजी भए । अर्जुनको बिदा अब धेरै बाँकी थिएन ।
दिलमायाको आमाको मनमा छोरीप्रति करूणा जागेर आउँछ । पाहुनाहरु गएपछि छोरीको कोठाको ढोका खोल्छिन् र कोठाभित्र पस्छिन् । रोइरहेकी छोरीलाई काखमा लिएर माया गरेर सम्झाउन थाल्छिन् । दिलमायाले, “म बिहे गर्दिनँ” भनेर धेरै बिलाप र अनुरोध गर्छे । तर बुवाआमाको अन्तिम रुपमै विरोध गर्ने केही उपाय ऊसित थिएन न नै उसमा आपूmले कसैलाई मन पराएको कुरा खोल्न सक्ने साहस आयो त्यस बेला । अब प्रेमको धरोहर मासिने नै भयो भन्ने ठान्छे ऊ । अन्ततः उसको मन कताकता आन्दोलित भएर आउँछ । अब के गरुँ, कसो गरुँ भन्ने उसलाई लाग्छ । मनराजलाई भेटेर अन्तिम निर्णयमा पुग्ने सङ्कल्प गर्छे ऊ । रातभरि नी“द लागेन दिलमायालाई । आँखाअघि निस्पट्ट अँध्यारो भविष्य देख्न थाल्छे ऊ । भोलि बिहानै मनराजसँग भेट्ने विचार गरिरहन्छे ऊ रातभरि ननिदाई ।
भोलिपल्ट मनराजलाई भेट्न दिलमाया उसको डेरामा गई । मनराज डेरामा थिएन । मनराजको बुवा बिरामी भएकाले पहिलेनै ऊ आनो गाउँ, घान्द्रुक गइसकेको रहेछ । दिलमायाले घरबेटीकी छोरी सुनिताबाट एउटा सानो कागजको टुव्रmामा मनराजले लेखेर छाडेको चिट्ठी प्राप्त गर्छे । मनराजले चिट्ठीमा लेखेको थियो—
प्रिय प्राणेश्वरी,
म आज तिमीलाई नभेटी आचानक गाउँ जाँदै छु । बुवा सिकिस्त बिरामी हुनुभएको छ रे । म तुरून्त उपचारको लागि बुवालाई लिएर पोखरा आउनेछु । म नआउन्जेल धैर्य गरेर बस्नू । प्रत्येक पल तिम्रो मुटुको स्पन्दन अनुभूत गर्दै यो हृदयभित्र तिम्रो तस्विर बोकेर जाँदै छु घर । म छिट्टै फर्कनेछु प्रिय !
मिठो चुम्मा ‘म्वाह ! म्वाह !’
केवल तिम्रो— मनराज
चिठी पढिसकेपछि दिलमायाका आँखाका डिलभरि आँसु रसाउँछ र तपतप झर्न थाल्छ । उसलाई प्रत्येक निमेषले तर्साएको अनुभूति हुन्छ । पर्खनुबाहेक ऊसित अरु उपाय पनि त थिएन ।
तर तीन दिन बितिसक्यो, मनराज पोखरा फर्केर आएन । अबको दस दिनपछि १८ गते आइतबारका दिन दिलमाया र अर्जुनको विवाह सम्पन्न हुने कार्ड छापेर इष्टमित्रहरुलाई वितरण भइसकेको थाहा पाउनासाथ दिलमाया छाँगोबाट खसेजस्तै हुन्छे । मनराजको बाटो कुर्दाकुर्दै दिलमाया कुनै अनिष्टको आशङ्कामा भयभीत हुन थाल्छे । ऊ निरूपाय छे र विवशताभित्र कुँजिएर, आनो जीवनको उज्यालो पाटोलाई अँध्यारोले छोप्दै आएकोे भए पनि, मनराजको प्रतीक्षामा एक त्यान्द्रो झीनो आशा लिएर प्रतीक्षारत रहन विवश हुन्छे ।
दिलमायामाथि अर्को वज्रपात हुन्छ । विवाहको एक दिनअघि मात्र मनराजको घरमा घटेको दुःखद समाचार प्राप्त हुन्छ दिलमायालाई । मनराजको बुवाको देहान्त भएकाले मनराज गाउँमा नै बस्नुपरेको खबर उसले प्राप्त गर्छे ।
त्यस बिहान सुनेको खबर एउटा ठूलो अनिष्टकारी तथा मन थाम्न नसक्ने खालको भइदिन्छ दिलमायालाई । बुवाको अप्रत्याशित मृत्युको दुःखको भुमरीभित्र फसेको मनराजलाई दिलमायामाथिको बज्रपात किञ्चित् थाहा छैन । दुवैतिर दैवले के विपत ल्यायो यस्तो ? किरियामा बसेको मनराज अब आनो उद्धार गर्न कुनै पनि हालतमा आउन सक्दैन भन्ने दिलमायालाई लाग्छ । दिलमायाको आशाको झीनो किरण पनि अन्ततः निभ्छ ।
मनराजको खबर सुनिताले लिएर आएकी थिई । मनराजको विषादपूर्ण पितृशोकको खबर सुन्दा दिलमाया एकदमै दुःखी हुन्छे । उसलाई सारा भूमण्डल नै बडो वेगले फनफनी घुमेजस्तो लाग्छ । अनि आनो प्रियतमबाट सदासदा टाढिने र बिछोडिने शोकको आघातले मुर्छित भएर भुइँमा लड्छे । सुनिताले तुरून्त दिलमायाकी आमालाई बोलाउँछे । दुई जना मिलेर दिलमायालाई होसमा ल्याउँछन् ।
सुनितालाई दिलमायाको विवाहबारे थाहा थियो । सुनिताले पनि दिलमायाको आमालाई विवाह रोक्न हार्दिक आग्रह गर्छे । तर त्यति बेला समय हातबाट उम्किसकेको थियो । अर्को वmुरो, त्यो विषय दुई खानदानबीचको प्रतिष्ठाको सवाल थियो । यति बेला सुनिताको आग्रहले दिलमायाकी आमाको मन छोएको त छ, तर उनले यस बखत केही गर्न सक्ने अवस्था थिएन न नै आनो पतिलाई यसबारे केही थाहा दिन सक्थिन् । छोरीको बिलौना सुन्ने उनका दुवै कानमा इज्जतको बुजो लागिसकेको थियो । आनो प्रतिष्ठा बचाउनका लागि दिलमायाका बुवाआमाले यो मौकालाई बदल्न चाहेनन् ।
यो जुनीमा मनराजबाहेक कसैलाई नअपनाउने कसम खाएकी दिलमाया आज एकदमै दुःखी र अबला बनेकी छे । केही दिनअघिसम्म जीवन हाँसेको र फुलेको थियो । सपनाको स्वर्णिम संसार अहिले भत्वmेर चकनाचुर भएको छ । प्रकाशबिना छाया बन्दैन, त्यसरी नै उसका लागि मनराजबिनाको जीवनको अर्थ नै रहँदैन ।
मनराज उसको जीवनमा उदाएको मायाको प्रकाशपुञ्ज थियो ।
आत्माहत्या गर्ने विचार दिलमायाको मनमा नपलाएको होइन । तर चारैतिर व्याप्त निगरानी र आफन्तहरुका आँखा छलेर ऊ त्यो कदम चाल्न पनि असमर्थ हुन्छे ।
लगनअनुसार बेहुला ठीक समयमा सजिएर जन्तीसहित दिलमायाको घरमा आउँछ । अर्जुन र दिलमायालाई भव्य लगनमण्डपले पर्खिरहेको थियो । बेहुलीतर्पmकाले सानदार तरिकाले जन्ती पर्साउँछन् । त्यो समय पनि आउँछ जब संस्कारअनुरुप अर्जुनले जीवनभरिका लागि दिलमायालाई आनो नामको औ“ठी लगाइदिन्छ । दुवैतिरबाट ठूलो स्वरको तालीको गडगडाहट हुन्छ । तर त्यस वातावरणमा दिलमायाको दिल रोइरहेको थियो । सदाका लागि अर्जुनले आनो नामको औ“ठी दिलमायाको औ“लामा सजाइदिन्छ । बाध्यताको जन्जिरमा जकडिएकी दिलमाया आनो नाउँको औ“ठी यन्त्रवत् अर्जुनको औ“लामा लगाइदिन्छे । समयले दिएको लगनमा दिलमाया अर्जुनलाई वरमाला पहि¥याउन बाध्य हुन्छे । अब उपरान्त समाजले बाँधिदिएको बन्धन तोडेर उम्कने बाटो सिउँदोमाथिको एक चिम्टी सिन्दूर र त्यो लगनको औ“ठीले बन्द गरिदिएका थिए । एउटा जीवन र अर्को जीवन जोड्ने यो सामाजिक बन्धन कहिल्यै नतोड्ने सङ्कल्प पुरोहितले आपूmसँगसँगै उनीहरु दुवैलाई भट्याउन लगाउँछ ।
संस्कारको डोरोभित्र बाँधेर अर्जुनले दिलमायालाई विवाह गरेर लग्छ । दिलमायाको बिलौना सनई र अठार बाजाको धुनभित्र हराउँछ । भुवनसिंह र उसकी श्रीमतीले माइतघरबाट बिदा हुन लागेकी छोरीको आत्माभित्रैबाट छिचोलेर आएको विलाप सुनिरहेका छन् । उनीहरुका आँखा रसाउँछन् । आमा बिदाइको प्रहार सहन गर्न नसकी साडीको सप्कोले मुख छोपेर घुँक्कघँुक्क रून थालिछन् । मनभित्रको गाँठो मूल बनेर फुट्छ । आँखाबाट आँसु नआओस् पनि कसरी ? जीवनको सार्थकता केलाई मान्ने ? प्रश्नचिह्न खडा थियो ! के यो सही काम ग¥यौ“ हामीले ?—दिलमायाका बुवाआमा सोच्दै छन्् । कताकता अनर्थ गरेजस्तो भुवनसिंहलाई लाग्छ । तर प्रतिष्ठाको बर्कोले स्नेह र ममतालाई ढपक्क छोपिदिन्छ ।
बुवाको काजकिरिया सकेको केही दिनपछि मनराज पोखरा आउँदा त्यसअघि नै दिलमायालाई कोखिलामा च्यापेर अर्जुन मुगलान लागिसकेको थियो अर्थात् भारतमा आनो पल्टनमा हाजिर हुन गइसकेको थियो ।
मनराजको खिलेको जिन्दगी अहिले दुःखको भुमरीभित्र फसेको छ ।
पन्ध्र–बीस दिनको अन्तरालभित्रै उसको सपनाको महल तहस–नहस भइसकेको छ । उसलाई दिलमायाले यसरी धोका देली भन्ने विश्वास हुँदैन । उसलाई के थाहा दिलमाया कसरी वियोग सहँदै कुन हालतमा पर्खेर बसेकी थिई । मनराजलाई सुरूमा बुवाको शोक र त्यसपछि दिलमायासँगको बिछोडले वि†िप्त तुल्यायो । उसलाई सारा संसार स्वार्थी र बिरानो लाग्न थाल्यो । ऊ एक्लै मुटुभरि व्यथा बोकेर बौलाहा जस्तै कहिले शान्ति वन, कहिले शान्ति स्तूपको डिल, कहिले फेवाताल र कहिले सेतीका बगरहरु चहार्दै आनो पे्रयसीलाई सम्झँदै रूँदै ग¥यो । स्वार्थी संसारबाट विलीन हुने सोच आयो मनमा, बाँचेर के गर्ने ? तर एक्ली बूढी आमाको अनुहार झल्याँस्स सम्झँदा मनमा करूणा जागेर आयो । जन्मदातृ आमा पनि पतिवियोगमा वि†िप्त छिन् । उनका लागि उसको मन धुरूधुरू रोइरहन्छ । आमाको पीडाले अझ पिरोलिन्छ ऊ । ऊबाहेक अरु नै को थियो र सहारा आमाको ? आमाको पीडा र भर्खरैको पितृशोक सम्झँदा मनभित्र भक्कानो उर्लेर आँखाबाट बग्छ । ऊ विवशतावश असीम दुःखको यो घडीमा अर्कातिर आनो सर्वस्व लुटेको महसुस गर्छ । पतिबिनाको विधवी आमाको ख्याल आउँछ । आमाका लागि ऊ बाँच्नैपर्छ, सोच्छ ऊ । आमाले अहिले सर्वस्व गुमाएकी छिन् । आमाको सहारा नै म हुँ भन्ने सोचले बाँच्न बाध्य गराउँछ उसलाई । ममताको डोरीले उसलाई तानेको छ र आमालाई ढाडस दिँदै जीवन जिउन बाध्य छ ऊ । समयले एक जोर पखेटा चाल्छ अनि कताकता त्यसै उडेर बतासिन्छ मनराज समयको गतिमा ।
दिलमाया अहिले अर्कैकी भइसकेकी छे । उसले अर्जुनको एक चिम्टी सिन्दूर पहिरेकी छ र समाजले बाँधिदिएको विवाहरुपी बन्धनभित्र अर्जुनकी पत्नी बनेर सजाय काट्दै छे । बिनाकसुरको यो बन्धनपूर्ण यात्राभित्र भावनाशून्य भएर बाँचिरहेकी छे ऊ ।
अर्जुनले विवाहलगत्तै दिलमायालाई पल्टनमा लगेर जान्छ । सुरूसुरूमा अर्जुनले नयाँ दुलही लाज र सङ्कोचले गर्दा नखुलेकी महसुस गर्छ । उसले दिलमायाको खुसीका लागि यथासम्भव हरेक प†बाट खुसी दिने प्रयत्न गर्छ । समय बित्दै जान्छ । दुःख र पीरका चोटहरुलाई समयको मल्हमले पुर्दै लान्छ । आखिरमा बाँच्नेहरुलाई जिउन समयले नै सिकाउँछ । मनराज र दिलमायाको जीवनमा आएको तुफानले उनीहरुको जीवनको दिशा नै मोडिदिएको थियो । दिलमाया तनले अर्जुनकी पत्नी थिई तर उसको भावनामा जहिले पनि मनराजको वास थियो ।
बिछोड हुनुअघि दिलमायाले आनो मनभित्रको बह र विरह गीतका रुपमा कागजमा लेखेर मनराजलाई छाडेकी थिई । दिलमायाको विरहपूर्ण चिठी त्यो अन्तिम चिठी मनराजलाई कोसेलीस्वरुप थियो । केही दिनपछि, सुनिताले मनराजलाई पोखरा आउँदा, त्यो चिठी दिएकी थिई ।
मनराजले दिलमायाको चिठी सुमसुम्याउँदा उसका हातहरुमा हल्का कम्पन हुन्छ । चिठी खोलेर ऊ उदास मनले पढ्छ । चिठीका प्रत्येक अक्षरहरुमा उसलाई दिलमायाको विरही गीत आत्मै छिचोलेर आएको आभास हुन्छ । त्यो चिठी पढ्दै जाँदा उसको मुटु नै छियाछिया हुन्छ । एउटा विगतको लास भएर भावनाहीन भएको छ ऊ र चिठीले मनभित्रको वेदना अझ कोट्याइदिएभै“m लाग्छ मनराजलाई । शारीरिक रुपमा कसैकी भए तापनि आत्मिक रुपमा दिलमाया सदा आनै रहिछ भन्ने विश्वास मनराजलाई चिठी पढेपछि हुन्छ ः
मेरो आत्मेश्वर,
म वियोगमा पर्खिबसें रूँदै न्याउली सरी
दैव हरे, संसार सारा शत्रु बन्यो यो घडी,
इन्द्रेणीसँगै यो मन फेवाताल पुग्छ खोज्दै तिमी
हावासँगै यो मन शान्ति स्तूप पुग्छ खोज्दै तिमी
आज सेती आत्तिएर धर्तीमुनि भासिएभैmँ लाग्यो
वसन्तमा फुल्ने पूmलहरु सारा नासिएभैmँ लाग्यो ।
माछापुछ«ेको अटल विश्वास फेवातालदेखि टुटेछ,
हत्केलाभित्र सजिएको भाग्य आज आनै फुटेछ ।
मनको कुरा के भनूँ यसैयसै रून्छ
सम्झना बल्झिएर यो मन साह्रै दुख्छ
हुन सकिनँ तिम्रो, अँध्यारो छ यो मन
कसरी बिताऊँ बिना तिमी यो जीवन ।
मेरो संसार बिरानो हुँदा आज म विरही
यो जुनीमा हुन सकिनँ अर्को जुनी सही
फेर हँुदैन जन्मजन्मान्तर तिमी नै हौ मेरा
तन टाढियो आज, मनभित्र तिमी नै छौ मेरा ।
अलबिदा
अन्तिम पटकको चुम्बनसहित
उही अभागिनी— दिलमाया
मनराजका गालाका डिलहरुमाथि गङ्गाजमुना बगिरहेको मनराजलाई थाहै लागेन । आँखाबाट झरेका सिन्धुका थोपाहरु चिठीमा लेखिएका नीलो अक्षरहरुलाई मुसार्दै नीरगङ्गा बगेसरी भुइँमा तपतप खस्छन् । उसलाई जीवन केका लागि जिउने भन्ने नैराश्यले गाँज्दै लान्छ । ऊ आपूmलाई असहाय र आनो संसार एक्लो भएको अनुभूति गर्छ । उसको जीवनमा केवल बूढी आमा छिन् । बुवाको निधनपछि आमा शोकाकुल छिन् । मनलाई बाँधेर आमाका लागि भए पनि एकदुई वर्ष घान्द्रुक गाउँको मेश्रोम वराह स्वmुलका केटाकेटीहरुलाई पढाउने काम गछ्र्र मनराजले । कहिलेकाही“ पोखरा आउँदा उसले ती बगर, ताल र हरियालीले ढावmेका डाँडाहरुमा केवल दिलमायालाई नै देख्दथ्यो । अतीत बल्झेर बिछोडको घाउ अझ चर्किन थाल्थ्यो । शान्ति स्तूपतिर आँखा डुलाउँदा फेवातालभित्र माछापुछ्र«ेको बिम्ब हेर्दै बाचा गरेका, मीठामीठा कुरा गरेका पल सम्झँदै ऊ रमाइलो अतीतमा हराउने गर्दथ्यो ।
आनो गाउँ घान्द्रुकमा केही वर्ष बिताउँछ उसले । दिलमायाको सम्झना उसको मनबाट कहिल्यै दूर हुन सकेन । केही समयका लागि मात्रै भए पनि धेरै टाढा जाने सोच बनाउँछ ऊ । आनै पूर्वजहरुको पदचिह्न पहिल्याउँदै आर्मीमा भर्ती हुने विचार आउँछ उसको मनमा । एक जना आफन्तबाट गोरखपुरमा भारतीय सेनामा स्नातक पास गरेका व्यक्तिहरुलाई सिधै हवल्दार–क्लर्कमा लिन धमाधम भर्ती खुलेको छ भन्ने सूचना प्राप्त गर्दछ ऊ । उसले आपैmँलाई दिलमायाको सम्झनाबाट भुलाउने प्रयास गर्छ । अन्तमा प्रायः सबै नेपालीहरुसरह एक बिहान हिमचुलीमा उषाको लाली चढेका बखतको साइत पारेर ऊ मुगलान पस्छ— शिशिरको एकाबिहानै, जति बेला अलिअलि जाडो पलाउन थालेको थियो । एउटा अन्यौलपूर्ण गन्तव्यको खोजीमा, मनभरि धेरै अबोल व्यथाहरु लिएर, भारत पस्छ ऊ ।
ऊ नौतनवाबाट रेल चढेर गोरखपुर भर्ती डिपोमा पुग्छ । कुँडाघाट भर्ती केन्द्रबाट हवल्दार क्लर्कको दर्जामा भर्ती भएर प्रशिक्षणको लागि ५८ गोरखा प्रशि†णकेन्द्र शिलाङ प्रस्थान गर्छ । एक जना हवल्दार गुरूजीको कमानमा २० जना रङरूटहरुका ड˚ासँगै ऊ शिलाङमा प्रशिक्षणका लागि रवाना गरिन्छ । कपाल ख्वात्तै खौरेका २० जना रङरूटहरुसहित ऊ शिलाङ, ह्याप्पीभेलीतिर लाग्छ । बाक्लो जाडोको अनुभूति दिने उकाला बाटाहरु, चारैतिर सल्लाघारी, हरिया डाँडाकाँडाहरुमा घरैघर, झकमक्क बत्तीहरुको प्रकाशमा शिलाङ सहर देख्दा रङरूटहरु दङ्ग हुन्छन् । माथि ह्याप्पीभ्याली पुग्नासाथ रङरूटे जीवनको कडा शारीरिक प्रशिक्षणले पर्खिरहेको थियो उनीहरुलाई । बिहान पाँच बजे उठेदेखि लाइट डाउन नहुन्जेलसम्मको धपेडी र कडा प्रशिक्षणले पहिलो हप्तामा नै प्रशिक्षण केन्द्र छोडेर भागौ“ जस्तो बनाउँछ मनराजलाई । तर उसले क्लर्कहरुले गर्नुपर्र्ने २२ हप्ताको आधारभूत तालिम सजिलै पूरा गरेर फेरि ३२ हप्ताको लिपिक तालिम औरङ्गाबादबाट पूरा गर्छ ।
तालिम सिद्धिएपछि उसको पोस्टिङ ६÷८ गोर्खा राइफल्समा भएको थियो । फौजी जीवनको नौलो अनुभवमा ऊ केही हदसम्म खुसी हुन्छ । एउटा नौलो जीवन फेरेजस्तो लाग्छ उसलाई । केही महिनापहिले ऊ ६÷८ गोर्खा राइफल्सअन्तर्गत ‘अपरेसन पवन’ का लागि श्रीलङ्कामा तैनात थियो । श्रीलङ्कामा तमिल गुरिल्लाहरुलाई दमन गर्नका लागि भारत सरकारले श्रीलङ्का सरकारको अनुरोधमा धेरै पल्टन पठाएको थियो । मनराज पनि श्रीलङ्काको भीषण युद्धमा भाग लिन बाध्य भयो । उनीहरुको रियर मद्रासमा थियो । माथिबाट आदेश आएअनुसार मनराजलाई ‘सी’ कम्पनी क्लर्कको जिम्मेवारी दिइएको थियो । उसलाई रियर ओ. सी. साहेबले मुभमेन्ट अर्डर बनाएर श्रीलङ्कामा पठाएको थियो । भीषण गोलाबारूदबीच मनराजलाई पल्टनको ‘सी’ कम्पनीका सी. एच. एम. (कम्पनी हवल्दार मेजर) धनबहादुरले स्वागत गरेको थियो । ‘सी’ कम्पनी त्यति बेला जाफना प्रायद्वीपको एलिफेन्ट पासनजिकैको गौ“डामा डिफेन्स लिएर बसेको थियो । चारैतिर घमासान गोलाबारूदको वर्षा भइरहेको बेलामा उसलाई सुरूमा अलिअलि डरको अनुभूति भएको थियो । तर पछि गोलाबारूदका आवाजदेखि ऊ अभ्यस्त हँुदै गयो । ऊ जस्तै कैयौ“ गोरखालीहरुको लाम ऊसँगै स्वचालित राइफल, एस. एल. आरको सिलिङ घाँटीमा माला जस्तो बनाएर एम्युनेसन पोचभरि बम र गोलीगट्ठासहित राइफल मजबुतसँग समातेर सतर्क रहन्थे । समयअनुसार आदेशको प्रती†ामा रहन्थे ती सबै । युद्धभूमिको वातावरणमा आपूmलाई अभ्यस्त पार्दै लग्यो मनराजले ।
भीषण फायरिङको आवाज, बेलाबखत मर्ने र घाइते हुनेहरुको सङ्ख्या सामान्य लाग्न थाल्छ मनराजलाई । उसको काम युद्धस्थितिका रेकर्डेड सूचनाहरु माथिल्लो कमानमा सम्प्रेषण गर्नु रहेको थियो । अर्को कुरा, उसले आपूmलाई सुर†ित राखेर रेडियोको माध्यमबाट वस्तुस्थितिबारे सूचना सम्प्रेषण गर्नु पर्दथ्यो । गोली कताबाट, कुन बेला आउने हो भन्ने डर सबैलाई थियो । पल्टन कहिले डिफेन्समा, कहिले आव्रmमणमा जानुपथ्र्यो । पल्टनका कैयौ“ मानिसहरु तमिलहरुको र†ापङ्क्ति तोड्न जाँदा हताहत भएका थिए । सबैभन्दा पहिले केही महिनाअघि उनीहरुको पल्टनको टुआइसी साहेबलाई निसाना बनाएर मारिएको थियो । तमिल गुरिल्लाहरुतर्पm पनि धेरै सङ्ख्यामा मरेका थिए त्यस बेला । बीचबीचमा डिफेन्स लिँदै अघि बढ्ने हुकुम आउँथ्यो । एक मान्छेबाट अर्को मान्छेको दूरी १५–२० मिटर पर राखेर हिँड्ने आदेश थियो । तमिलहरुको ए. के. ४७ राइफलको निसानाबाट बच्नका लागि यो उपाय अख्तियार गरिएको थियो । बच्नको लागि बाक्लो धानबाली भएको खेत र नरिवलका रुखहरुको छाया मात्र डिफेन्सको माध्यम थियो । त्यहाँ ठूलठूला भवन, डाँडाकाँडाहरु थिएनन् । केवल समथर मैदानबीच नरिवलका रुखहरु र धानबाली टम्म थियो । धानबालीमा पानी तथा हिलोले गर्दा सेनालाई अघि बढ्न अप्ठ्यारो भइरहेको थियो । पानी परेका बेलामा झनै कष्ट उठाउनु पथ्र्यो ।
‘सी’ कम्पनीको नेतृत्व मेजर अर्जुनले गर्दै थियो । श्रीलङ्कामा आएपछि ऊ क्याप्टेन पदबाट एक्टिङ मेजरको पदमा पदोन्नति गरिएको थियो । उसलाई आर्मी हाइकमानबाट कम्पनी कमान्डरको अभिभारा सुम्पिएको थियो । मेजर अर्जुनलाई मनराजका बारेमा केही थाहा थिएन न नै मनराजलाई । उनीहरु लडाइँको मैदानमा एकअर्कासित भेट भएका थिए । लडाइँको मैदानमा मनराज ‘सी’ कम्पनीको क्लर्क र मेजर अर्जुन उसको कमान्डरको हैसियतमा थिए ।
पारि निकै पर–पर गोलीको आवाज सुनिन्छ । घनघोर बादल छाएको छ आज । नरिवलका रुखका हाँगाहरु एक तमासले हावाको वेगसँगै हल्लिरहेका छन् । एकैछिनमा ठूलो मुसलधारे वृष्टिपात भयो । गड्याङगुडुङ चट्याङ पड्केको आवाजसँगै बिजुलीको तेज रोसनी चम्कियो । यही बेला ए. के. ४७ राइफलका गोलीहरुको वर्ëा ‘टरर्र...टरर्र’ गर्दै कम्पनी हेडक्वार्टरमा भीषण रुपमा बर्सिन थाल्यो । साथै टुइन्च मोर्टरको सपोर्ट फायरिङले कम्पनीमाथि तमिल गुरिल्लाहरुले गम्भीर तयारीका साथ आव्रmमण गरेको कुरा प्रस्ट भयो । उनीहरु हजारौ“को सङ्ख्यामा आएका थिए । गोलाबारीको धुवाँभित्र सैनिकहरु ढाकिएका छन् । मुस्किलले केही परसम्म मात्र देख्न सकिन्छ । बम खस्दा त्यसको धमाकाले जमिन हल्लिएर थर्कमान हुन्थ्यो । जवाफी आव्रmमणमा भारतीय जवानहरुले गोली आएको दिशातर्पm अन्धाधुन्ध गोली चलाउन थाले ।
यो अप्रत्याशित आव्रmमणमा सबैभन्दा पहिले मेजर अर्जुन छातीमा गोली लागेर भुइँमा ढल्न पुग्छ । बायाँ छातीबाट ह्वालह्वाल्ती रगत बगिरहेको देख्यो मनराजले । मनराज घिस्रि“दै मेजरको छेउमा पुग्छ । मेजरले सकी नसकी मनराजलाई भन्यो, “मेरो स्थिति साह्रै खराब छ । सायद अब म ..बाँच्दिनँ । तपाईंले मेरो एउटा काम गरिदिनू । यो औ“ठी, तिमी आपैmँले भेटेर मेरी पत्नीलाई दिनू ।” उसले प्राण रोक्दैरोक्दै सुस्तसुस्त भन्दै गयो, “बाबुजी (भारतीय आर्मीमा क्लर्कलाई ‘बाबुजी’ भनेर सम्बोधन गर्छन्), मेरी पत्नीले कसैलाई मन पराउँथी रे । उसलाई करकापमा पारेर बिहे गराइदिएका रहेछन् । उसलाई भन्नू, आफूले मन पराएको व्यक्तिसँग पुनर्विवाह गर्नू । अब मेरो अन्तिम समय आयो । त–पा–ईं आपैmँ गएर भनिदिनू हजुर !” यति बोलेपछि मेजर अर्जुनको बोली अन्तिम रुपमा बन्द भयो । उसका दुवै आँखा खुलै रहेको देख्यो मनराजले । मेजर अर्जुनले दुवै आँखा आकाशतिर उघारेर अनन्त यात्राको बाटो हेरेभैmँ लाग्यो उसलाई ।
मनराज यो दृश्य देखेर भयभीत भयो । अनि उसले अत्तालि“दै अलि पर भएको सुबेदार धनप्रसादलाई पुका¥यो, “सुबेदार सा’ब ! सुबदार सा’ब ! मेजर सा’ब रहनुभएन ।”
भीषण गोलाबारूद चलिरहेको छ । केहीछिनपछि दुस्मनका तर्पmबाट कम मात्रामा गोली आउन थाले । बिस्तारै गोलीका आवाज टाढि“दै गयो । सायद आव्रmमणकारीहरुलाई परास्त गरेर भारतीय फौजको पङ्क्ति अघि बढिसकेको थियो । सुबेदार धनप्रसाद वmुहिनाको भरमा घिस्रिँदैघिस्रिँदै त्यहाँ आइपुग्छ । हतारहतार सिपाहीहरुको मदतले मेजरको लास पल्टनको रियरमा तत्काल पु¥याउने बन्दोबस्त ग¥यो उसले । हुरी, बतास र पानी बन्द भइसकेको छ । केही अघिसम्मको भीषण गोलाबारूदको आवाजले भरिएको माहोल अहिले शान्त छ । सयौ“ घाइतेहरुको ओसारपसार र १२ जना दिवङ्गत भएका आर्मी जवानहरुलाई तत्काल हेलिकप्टर मगाएर रियरतिर पठाइँदै छ ।
कम्पनी कमाण्डर र आना साथीहरु लडाइँमा मरेकाले जवानहरुलाई दुःख लागेको छ । मनराज उनीहरुका मलिन अनुहारमा विषाद र शत्रुमाथि जीउज्यानले जाइलाग्ने प्रतिशोधको आव्रmोश झल्केको प्रस्ट देख्छ । उसलाई कम्पनी कमाण्डरको मृत्युले विचलित तुल्याएको छ । उसलाई तन्नेरी उमेरमै मृत्यु भएको मेजर अर्जुनको परिवारको पनि चिन्ता लाग्न थाल्छ । अनि मेजरले अन्तिम समयमा भनेका वाक्यहरु बराबर उसका कानमा गुञ्जिरहेको थिए त्यस समय । ऊ सौच्दै छ, कुन अभागिनी होली, सानै उमेरमा विधवाको पहिरनमा सजिने ?
तीनचार महिनापछि तामिलहरुसँगको लडाइँ नसकिँदै भारतीय सेनालाई श्रीलङ्काबाट स्वदेश फर्कने आदेश मिल्छ । सम्पूर्ण भारतीय सेना श्रीलङ्काबाट मद्रास हुँदै आआना स्थायी शिविरतर्पm फर्केका थिए । उनीहरुको पल्टन मद्रासमा आइपुग्दा पल्टनका सैनिकहरुले धेरै साथीहरु गुमाइसकेका थिए । कैयौ“ साथीहरु अङ्गभङ्ग भएर जीवनभरका लागि अपाङ्ग बनेका थिए ।
मनराजका लागि चार महिनाको छुट्टी मन्जुर हुन्छ । ऊ बिदामा घर फर्वंmदै छ, विधवा आमालाई भेट्न ।
ऊसँग मेजर अर्जुनको औ“ठी छ । मेजरको सन्देश पु¥याउने कार्य अझ पूरा भएको छैन । उसले त्यो औ“ठी र सन्देशका बारेमा कसैलाई केही भनेको छैन । पल्टनबाट केवल मेजर अर्जुनको परिवारको ठेगाना लिएको छ । त्यसैले देहरादून हुँदै नेपाल जाने विचार गरेर पल्टनबाट प्रस्थान गर्छ ऊ । यात्राभरि उसले आमा र गाउँघरलाई सम्झन्छ । यस्तैयस्तै अरु धेरै कुराहरु सम्झँदै, कल्पना गर्दै ऊ देहरादून पुग्छ । त्यो रात स्टेसनको आरामगृहमा रात बिताउँछ उसले । भोलिपल्ट बिहान एउटा टेम्पो चढेर आर्मी सेपरेटेड (विशेष गरी पल्टन युद्धक्षेत्रमा जाँदा आर्मीका परिवारलाई राख्ने घरहरु) फेमली क्वार्टर सोध्दै पुग्छ ।
टेम्पोबाट ओर्लंदा एक जना व्यक्तिलाई उसले भेट्छ । ऊसँग मेजर अर्जुनको फेमली क्वार्टर सोधेर त्यसतर्पm सरासर जान्छ । टाढैबाट घर सुनसान लाग्छ । गेट खुला भेट्छ उसले । ऊ गेटभित्र छिर्नेबित्तिकै मेचमा सेतो साडी लगाएकी, उजाड सिउँदोकी, बादल जस्तो घना कालो केश खुला छाडेकी दिलमायालाई देखेर मनराज स्तब्ध हुन्छ । ऊ मूर्तिवत् जड हुन्छ । दिलमायालाई त्यस रुपमा भेटुँला भन्ने उसले कल्पना नै गरेको थिएन । यदि दिलमाया मेजर अर्जुनकी श्रीमती हुन् भन्ने थाहा पाएको भए त्यहाँसम्म मेजरको सन्देश बोकेर आउने आँट उसले गर्ने थिएन । अप्रत्याशित रुपमा मनराजलाई देख्दा दिलमाया पनि अवाक् बन्छे । एक छिनसम्म दुवै जनाले एकअर्कालाई हेराहेर गर्छन्, तर दुवैका मुखबाट केही शब्द निस्कँदैन ।
अन्त्यमा विवश नारी दिलमायाले मनको बाँध फुटेर आँखाभरि टम्म भइसकेको आँसुको भेल रोक्न सक्दिन । ऊ दुवै हातले मुख छोपेर रून थाल्छे । मनराजको मन पनि छियाछिया हुन्छ । कस्तो यो संयोग यो भेट ? जुन मायाको वियोगमा पागल जस्तै भएर दुवैले कैयौ“ वर्ष बिताएका थिए, आज अनायासै यसरी भेट्दा उनीहरु त्यही मायाको वशीभूत भएर केही क्षणका लागि जड बनेका थिए । आँखाबाट आँसुका बलिन्द्रधारा बग्न थाल्छन् । त्यति बेला दिलमायासँग अप्रत्याशित भेट हुँदा अर्जुनलाई मेजरले जुन सन्देश दिनलाई भनेको थियो ती शब्दहरु उसको मुखबाट निस्कनै सक्दैनन् । उसको कानमा मेजर अर्जुनका शब्दहरु आगोका फिलिङ्गाभैmँ कानमा ठोकिन्छन् । निमेषमा उसको अघि एउटा ठोस सत्य उभिन्छ ।
“दिलमाया तिमी ?” मनराज मुस्किलले आनो आश्चर्य र दुःखमिश्रित शब्द निकाल्छ ।
“हो मनराज, यो मै अभागिनी हुँ, मलाई फेरि समयले यो रुप दिएको छ ।” भन्दै दिलमाया मनराजलाई ग्वामलाङ्ग अँगालो हाल्छे र उसको छातीमा टाउको राखेर धेरै बेरसम्म घुँक्कघुँक्क गर्दै रून्छे । जीवनभरि आपूmले चाहेको प्रेयसी उजाड सिउँदोसाथ सारा संसार गुमाएर बसेकी देख्छ ऊ । जीवनमा दिलमायाले आपूmबाहेक अरुलाई चाहेकी छैन भन्ने सत्य अनुभूत गर्छ ऊ । दुवैका आँखाबाट आँसुको भेल उर्लेर बाहिर आएको छ, मानौ“ मुटुको बाँध नै फुटेको छ ।
अहिले मनराजलाई दिलमायाले अन्तिम पटक लेखेको पत्रको पीडाको अनुभूति हुन्छ अनि मेजर अर्जुनका अन्तिम बोलहरु फेरि कानमा गुञ्जिन थाल्छन् । ऊ सत्यलाई अँगाल्ने साहस बटुल्छ अनि उसले मेजर अर्जुनले भनेका कुराहरु दिलमायालाई भन्छ । ऊ दिलमायाको आँसु पुछ्दै दिलमायालाई मेजर अर्जुनले दिएको औ“ठी दिन्छ ।
दिलमायाले जीवनभरि मनराजबाहेक अरुको कल्पना नै गरेकी थिइन । उसले औ“ठी हातमा लिन्छे र मनराजलाई ”यो औ“ठीको मालिक तिमी नै हौ मनु !” भन्दै मनराजको औ“लामा त्यो औ“ठी लगाइदिन्छे । मनराज भावुक हुन्छ र आँसु पुछ्दै भन्छ, “दिलमाया ! मेजर अर्जुनले एक पटक फेरि हाम्रो मिलन गराए । उनको अन्तिम इच्छा यही थियो, सायद हाम्रो भाग्य नै यस्तो रहेछ ।”
दिलमायालाई आनो जीवनको घामजून एवैm पटक उदाएको विश्वास हुन्छ । फेरि सदाका लागि मनराजको भएर रहने सपना साकार भएको अनुभूति गर्छे ऊ ।
“मनु, जीवन सत्य रहेछ । सायद हाम्रो प्रेम साँचो भएर होला । कहिलेकाही“ म सोच्ने गर्थें, जीवन भूmटो हो ।” दिलमाया भन्छे ।
मनराजले उसलाई आफ्नो न्यानो अँगालोमा बाँध्छ ।
दिलमायाले मनराजको न्यानो छातीभित्र आनो गुमेको प्रेमको अनुभूति गर्छे ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 26 श्रावण, 2070

लेखकका अन्य रचनाहरु