जुरेलो वेपत्ता

- सदानन्द अभागी

कता गयौ जुरेली चरी तिम्लाई सम्झी बचरा रुदैछन्
ऊ जुनीको त्यो कर्म भोगी सारा जीवन आँसुले धुँदैछन्

काठमाण्डौको व्यस्त सहरले मानव जीवनमा ल्याएको विविधता, साथै प्रदुषणयुक्त वातारणले निम्त्याएको गन्दगी, रोग–व्याधीले सताइएका जीव जन्तु, एक घुड्की पिउनको लागि शुद्धजलको अभावले गर्दा काकाकुल भएका जनता, वागमती र विष्ण्ुतीमा मिसिएको गन्दगीले गर्दा पवित्र स्थल र पवित्र जलको उपभोगमा कमी, देशमा रोजगारी नपाउँदा उत्पादनशील जनशक्तिको पलायन, आजको विकासको गतिले निम्त्याएको विविध क्षेत्रमा ह्रास आदिले गर्दा काठमाण्डौ यो देशको राजधानी भएर पनि स्वच्छ गास बास कपास दिन सकेको छैन सहरवासीलाई्, तव पनि थलचर जलचर नभचर सबै प्रकारका जातिहरूले आफ्नो निरन्तरतामा अगाडी बढीरहेका छन् । यसै सहरको गोकर्णको सुन्दर वनमा एउठा ठूलो अनि खानदानी रुख , त्यसका हाँगाविङ्गामा एक जोडी जुरेलो र जुरेलीको बसोबास थियो । तिनकी एउटी सुन्दर पुत्री थिइन् । उनी कहिले कुन डालीमा कहिले कुनडालीमा उफ्रदै नाच्र्दै गाउँदै, स्वतन्त्ररूपमा विचरण गर्दथिन् । सानी जुरेलीको नाम राखिएको थियो रजनी । रजनी नाम भए पनि रूपमा उनी अति रूपवती, बाहिरी रूपमा शीलवती, गोपनियता नभएकी, अनुशासनमा नरहेकी, हुँदा तिनको बारेमा वनमा भएका जुरेलाहरूले तिनको रूपलाई चाहेर पनि विवाह गर्न चाहादैनथे । वनभरी फैलिएको रजनीका बाबा आमाको नामले गर्दा यी जुरेलोले अरू जुरेला भन्दा आफूलाई अरुभन्दा खानदानीया सम्झन्थिन् । यिनको पुख्र्र्यौैलीलाई केलाउँदा खानदानीया नै भएको प्रमाणित भन्न सकिन्थ्यो । संसारमा रहेका तथा भएका सबै प्राणीहरू आचारण भन्दा बाहिरियो भने निश्चय नै आफ्नो कर्मको फल भोग्नु पर्दछ । यहाँ रजनीको क्रियाकलापले गर्दा वनभरीका चराहरूले उनका बुबा मुमालाई देख्दा मुखामुख गर्दथे तर उनको आचरणको बारेमा मुख खोल्न भने सक्दैनथे । दिन वित्तै गए रजनीमा ,यौवनताले छायो, जवानीका चिन्हहरू पलाए । भाले जुरेलातिर उनको आकर्षण बढ्न थाल्यो । रजनीका आमा बुबाले उनको लागि एउटा सुयोग्य बरको् खोजी गरे तर उनलाई सुहाउने वर प्राप्त गर्न सकेनन् । योग्य वरले उनको चरित्रमा शंका गरी उनीसँग विवाह गर्न नकारेकोे हुँदा उनलाई, जयमङ्गलाको पार्कमा पठाइयो ।
जयमङ्गलाको पार्क सानो भए पनि अति सुन्दर थियो । यो पार्कमा यस देशकामात्र नभएर विदेशका चराहरू पनि वनभोज खान आउँदा रहेछन् । रजनीले आफ्नो स्वतन्त्र इच्छ्यामा बग्ने रहर त अब त झनै फराकिलो भयो । जता घुमे पनि जे गरे पनि त कसैको रोकटोक रहेन । उसले यहाँ अमेरिका लण्डन, फ्रान्स, जापान, साइवेरिया आदि देशका चरासँग भेटगर्न र आफ्नो चाहना पोख्न पाई । एक जना टिकौलीको वनमा रमण गर्ने उसकै उमेरको यौवन मस्त सरल जुरेलोले पनि स्वदेशी तथा विदेशी जुरेलीलाई भेटी आफ्नो मनोइच्छ्या पुरागर्न जयमङ्गला जाने–आउने गथ्र्यो । मौकाको घडीले साइत जुरायो । छोटो समयमा यी दुबैको सम्पर्क बढ्यो । क्षणिकताको आवेशमा एकले अर्कोलाई मन पराए । वैवाहिक सूत्रमा वाँधिए । भनिन्छ आत्तिएर विवाह गर्नु पछि पछुताउनु । यहाँ पनि विवाहको हतार अति थियो । यहाँ जीवनको यात्रा छोटो ठाने छोटो होला , लामो ठाने लामो । बास्तवमा जीवनको घडीको सूई घुम्न त समय लाग्छ नै । कहाँकी त्यो सहरमा हुर्केकी, ठूलो रुखमा जन्मेक,ी मोजमस्तिमा पल्केकी, रहन सहनमा भिन्नता भएकी जुरेली, अनि चारकोसे झाडीमा उपे्रmको जुरेलो दुुबैको जीवन जोडीको रसिलो जीवन केही दिन नबित्तै निबुवा निचोरेजस्तो निराशिलो हुन थाल्यो । गाउँका बूढा पाकाले भन्ने गर्थे सबै चिजमा हल मिल्नु पर्छ । पानी खान मन लागे मूल खोज्नु पर्छ । विवाह नै गर्नु छ भने कुल खोज्नु पर्छ । अन्धकारमा जून खोज्नु पर्छ । यहाँ त सबै चिज खोज्नु को अलवा दुबैले अआफ्ना बाबु आमाको खोजी पनि गरेनन् । जुरेलीमा अहम्तआ थियो, जुरेलोमा सहनशीलता थियो, उनीमा नारी चरित्रको अंश पनि थिएन ।
भनिन्छ घरमा शान्ति छाउन त परिवारमा एक आगो हुँदा अर्काे पानी बन्ने तर यहाँ त यो सिद्धान्त पनि फेल खायो तव पनि जे होस् यिनीहरूको चिसिदो सम्बन्धमा पनि जैविक आवश्यक्ताको आपूर्तिमा भने कुनै कमि आएन । रजनीले एकै ओथारोमा दुई सन्तानको जन्म दिइन् । अवत खाने मुख बढे । चारा खोज्दा चारा पाउन कठिन हुन थाल्यो । स्वदेशमा चारा पाउन नसकिने भए पछि विदेशको मुुख ताक्न वाध्य हुनुप¥यो । दुबैले जन्मेका दुबै दूधे बच्चालाई आमाको साथमा छाडेर साइवेरिया जानेमा दुबैको सहमति भयो । अव भने रजनीले आफ्नो जीवनसँगीलाई साइवेरीयामा लिएर विदेश यात्राको व्यवस्था मिलाउन थाली ।
नेपाल गए कपाल सँगै ब्रह्म गए कर्म सँगै भनेजस्तै साइवेरीया जाँदैमा पसिना नवगाइकन त केही पाउन सक्ने होइन । भनिन्छ पसिना पोख्न सके यसै देशमा चरीको दूध दुहुन सकिन्छ । जुरेलो निकै मेहेनती थियो । उसको मेहनतले एनकेन दुबै जनालाई चारा जम्मा गर्न ऊ सक्षम भयो । दिन बित्तै गए जुरेलीले पुनः एक छोराको जन्म दिने काम भयो । नेपालका दुवै छोराले खाने चाराको अभावले गर्दा सुके जीवन विताइ रहेको अवस्थामा जुरेलीले त्यो बच्चालाई पुनः नेपाल ल्याएर आपूm साइवेरियातिर लागी । यता तीन बचरालाई बृद्ध जुरेलो र जुरेलीलाई चाराको व्यवस्था मिलाउन नसकेर भोकले सबै भोक–भोकै तड्पी रहेका छन् । उता जुरेलीले अर्को विवाह गरी अरे ! जुरेलो कता पुग्यो ? आजसम्म थाहा हुन सकेको छैन । बृद्ध जुरेला र जुरेली आज छोराको लागि तड्पी रहेका छन् । बचराले आमा बाबालाई खोजी रहेका छन् । वनभरी ‘धन कमाउने चुत्थो, साँवा पनि फुत्क्यो’ को आजवाज गुञ्जीरहेको छ ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 26 श्रावण, 2070

लेखकका अन्य रचनाहरु