युध्द भड्किरहेछ

- विश्वम्भर चन्चल

अहिले तिनीहरू गदा युध्दको तयारीमा छन् ।
पहिलो– दूर्योधन ! तैले हाम्रो अधिकारको एक टुक्रा जमीन पनि छोडिनस् र हामीलाई हाम्रो राज्यबाट च्यूत गरिस् । त्यति मात्र होइन, तेरो स्वेच्छाचारी व्यवहारले भारतवंशमा नै दाग लगाइस् । तैँले कुलकुटुम्ब, इष्टमित्र, दाजुभाइ सबको वचनलाई पानीमा मिलाइदिइस् र आज युध्दको यत्रो विभिषिका रच्न पुगिस् ।
दोश्रो– हा....हा....हा.... । कातर भिम ! तँ कुरो गरेर केही छिनलाई भए पनि आप्mनो काललाई पछि सार्दैछस् । कुरा होइन, अहिले काम गरेर देखा । यो युध्दको बेला हो युध्दको । पाप र धर्म, कर्तव्य, अकर्तव्यको कुरा त रिषिमुनिहरू गर्छन् । तँ त मेरै रगतको मेरै भाइ भएर पनि मलाई युध्दको चुनौति दिइसकिस् । यदि अभैm मर्न मन छैन भने छोड गदा र आइज मेरो शरणमा । तँ पैल्हे पनि मेरै भाइ थिइस् र पछि पनि भाइकै रूपमा संरक्षण दिई राखुँला मेरै साम्राज्यभित्र । ........................................................................................................................
भारतको दूरदर्शनबाट प्रशारण भएको माहाभारतको धारावाहिक टेलिश्रृंखला केही समय यता अन्त्य भएको छ । तर नेपाल टेलिभिजनबाट भने रामायणको उही धारावाहिक टेलिश्रृंखला अभैm चलिरहेछ । तल सडकमा जो केटाकेटी छन् ती कहिले बाँसको कप्टेरो र लामा छेस्काहरूलाई धनु बनाएर एक अर्कोमा काठकै टुक्राहरूलाई बाणको रूपमा हानाहान गरिरहेका छन् भने कहिले फलपूmलका सुकेका डल्ला वा झुम्राका डल्ला वा रवरका साना साना भकुण्डोहरूलाई काठको लठ्ठीमा छेडेर र गदा बनाएर भिम, दूर्योधन वा वाली र सुग्रिव भएर लडिरहेछन् । यस बीचमा उनीहरू बाण रूपका छेस्का त प्रयोग गर्छन् एक आपसमा तर ती लक्ष्यमा नलागी अन्त अन्त पुग्छन् र साँच्चिकै राम – रावण युध्दमा भैmँ यसो शरीर हटाएर अभिनय पनि गर्छन् । गदा युध्दले पनि त्यही रूप लिन्छ ।
म घरको कौशीमा बसेर दिनभरिको अफिसको थकाइ मार्दै र घर अगाडिको एउटा सानु पूmलबारीमा फुलेका रङ्गीचङ्गी पूmलहरूलाई हेर्दै शान्ति–विश्राम लिन खोजिरहेको हुन्छु तापनि ती केटाकेटीको हल्ला–खल्लाले वातावतरण भङ्ग गर्छ । त्यस बखत म देख्छु– उनीहरूका बाण रूपका छेस्काहरू सडकबाट वरपरका खेतमा छर्रिएका छन् त गदाका लठ्ठीका डल्लाहरू पनि कता कता पुगेका हुन्छन् । यस अवस्थामा कहिले उनीहरू ताँदो रूपको धनुको धागो मात्रै भए पनि तान्दै एक अर्कोको नजीक पुग्छन् भने गदायुध्दको बेलामा चाहिँ केवल लठ्ठी लठ्ठीमा तरवार लडे भैmँ लड्न थाल्छन् ।
यस तमासाले निकै बेर लिन्छ । म उनीहरूलाई न त्यहाँबाट हटाउन सक्छु न त मैले चाहेको जस्तो शान्ति–विश्राम नै लिन पाउँछु । अलि अलि गर्दै उनीहरूको कृयाकलापले अर्कै मोड लिन थाल्छ । कारण, खेल अब साँच्चिकै युध्दमा परिणित हुँदै जाँदो छ र उनीहरू अब खेल खेलमा मात्र सिमित नरही एक अर्कोमाथि मुख छोड्न थालिसकेका छन् मात्र होइन कि झण्डै हाताहात गर्न पनि तम्सिसकेका छन् । अवस्थामा मध्यस्थताको खाँचो पर्छ । एक मन त लाग्छ– छोडिदिउँ यिनीहरूलाई जेसुकै गरून् ! फेरि सोच्छु– होइन, युध्द भन्या युध्दैै हो । यो भड्किन सक्छ । यिनीहरू साँच्चिकै हताहत हुन सक्छन् । त्यसैले नचाहँदा नचाहँदै पनि त्यहीँबाट कराउँछु, “ए....ए....ए.... केटा हो ! ल ल झगडा नगर त !”
यसै बखत तेश्रो आइपुग्छ । उसको हातमा घरको ढोकाको बिग्रेका ताल्चाहरूका चारपाटे वा गोलखालका फलामे पूर्जाहरू र बिजुलीको बल्ब हाल्ने होल्डरहरू हुन्छन् मात्र होइन, तिनीहरूमा धागो हालेर भुण्ड्याइएको पनि हुन्छ । अनि दुई लाइन, चार लाइनका फलामे डण्डीका एक दुई बित्ता लामा टुक्रा वा काठको डण्डी बियो खेल्ने लठ्ठीहरू पनि उसको साथैमा लिएर आएको हुन्छ ।
तेश्रो– (परबाट आउँदै पहिलो र दोश्रो दुवैले सुन्ने गरी) ए फुच्चे हो ! किन झगडा गर्या हँ तिमीहरू ?”
दोश्रो– (तेश्रोलाई जवाफ फर्काउँदै) आपूm फुच्चे छस्, अर्कालाई फुच्चे भन्छस् ?
तेश्रो– ( पहिलो र दोश्रोको नजीक आइपुगेपछि ) निहु खोज्छस् अझ ? (पहिलोपट्टि माया देखाएर उसलाई संकेत गर्दै) उसलाई आपूmभन्दा कमजोर ठानेर बढ पूmर्ति गर्दोरहेछ ?
दोश्रो– (अगाडि सर्दै) हो गर्छु, के गर्छस् ?
तेश्रो– (धागोमा भुण्ड्याएर ल्याएको बल्बको होल्डर देखाएर ) यी यही बमले हिर्काइदिन्छु अनि.... ।
दोश्रो– ( अझ अगाडि सर्दै ) लौ हान् त बम हेरूँ ?
तेश्रो– (अझ अगाडि सरेर झण्डै दोश्रोको शरीरसँग जोडिएर ) ए तँ ‘दादा’ बनेको ? देखाइदिउँ ताइन् ?
दोश्रो– (नतर्सिकन, डेग नचलिकन) लौ देखा त ! अनि तँ पनि देख्लास् म के गर्छु भनेर.... ।
तेश्रो– (अब हातमा लिएको काठका डण्डी देखाएर) चिन्याछस्, यो के हो ? मिसाइल बाबै मिसाइल– क्षेप्यास्त्र, खालास् मार (अरु फलामे टुक्राहरू देखाएर) अनि यी चाहिँ अ्यान्टी मिसाइल– प्रक्षेपास्त्र । छ यी सबै तँसँग ? विचार गर तँ मसँग लड्ने हो भने.... । म तँलाई विचार गर्न केही समय दिन्छु । ल मैले पन्ध्र गनुञ्जेलसम्म तैँले मसँग लड्ने नलड्ने ठेगान दिनु पर्छ ।
दोश्रो तेश्रोको कुरालाई वास्ता नगरी फिसिक्क मात्र हाँस्छ मानौँ यो हाँक उसलाई स्वीकार छ । पहिलो चाहिँ तेश्रोको आड पाएर उतैतिर लाग्छ । फेरि अर्को चौथो व्यक्ति आइपुग्छ– कागजका हवाईजहाजहरू उडाउँदै र तिनीहरूलाई फाइटर प्लेनको संज्ञा दिँदै । त्यो चौथो आप्mनै पक्षको भएकोले तेश्रोको हौसला बढ्छ र बम रूपका फलामे पूर्जाहरू उरालिएर दोश्रोमाथि खसालिन थालिन्छन् ।
“लौ पर्यो अब फसाद ! युध्द भड्किने नै भयो । ती फलामे टुक्राहरूले कस कसको कहाँ कहाँ लाग्ने हो.... ?” सोच्दै थिएँ कि दोश्रो केही बेर मौन भएर केवल आपूmलाई हमलाबाट बचाएर यो दृश्य हेरिरहन्छ । त्यसपछि पाइन्ट र कमिजका खल्तीहरूबाट धमाधम काठका टुक्राहरू निकाल्दै तेश्रो र उसका पक्षपट्टि हान्न थाल्छ ।
चौथो– (आश्चर्यमा तेश्रोपट्टि हेरेर) ए ! त्यसले क्षेप्यास्त्र पो प्रहार गर्यो, रोक रोक ।
तेश्रोले जब धमाधम प्रक्षेपास्त्र छोडन थाल्छ त्यसलाई ‘पेट्रियट’ को संज्ञा दिन्छ । यस खेलमा कहिले कसैलाई लाग्न लाग्न खोज्छ त कहिले लागी पनि हाल्छ । म कौशीबाट कराउँदा कराउँदै पनि अब उनीहरू मेरो कुरा सुन्दैनन् । तर तिनीहरूमध्ये कसैलाई केही चोट लागिसकेको छ र यस घटनाले वातावरणलाई अझ उत्तेजित बनाउँदै लगिरहेको छ । म अब त्यहाँबाट कराउनुमा मात्र कुनै सार्थकता देख्दिनँ र हतपत तल सडकमा ओर्लिएर तिनीहरूलाई सम्हाल्न खोज्छु । सडकमा आइपुगेको हुन पाउँदिन त्यहाँ स्थितिले अकै मोड लिन थाल्छ । दोश्रोबाट छोडेको क्षेप्यास्त्रले पहिलोलाइ गएर लाग्छ । यो कुरा तत्काल पाँचौले थाहा पाउँछ र ऊ त्यहाँ आउँदा उसको साथमा अरु एक दुई जनालाई पनि लिएर आएको हुन्छ । लाग्दछ– पाँचौ पहिलोको संरक्षक हो ।
पाँचौँ– (आउँदा आउँदै रिसाएर दोश्रोलाई सम्वोधन गर्दै) भन्, तैँलै पहिलोलाई किन हिर्काइस् ?
दोश्रो– तेश्रोको पक्षमा लागेर उसले मसँग किन निहुँ खोज्यो त ?
पाँचौँ– (पूmर्ति गरेर) अझ बढी बोल्छस् ? दिउँ चड्कन ? (दोश्रोलाई चड्कन दिइहाल्छ) ।
दोश्रोलाई पाँचौँले चड्काएको कुरा छैठौँले थाहा पाउँछ । ऊ पनि दलबलसहित कराउँदै त्यहाँ आइपुग्छ । ऊ भन्छ, “सानालाई पाएर हेप्न पाइँदैन बुभ्mयौ ? यसरी हेप्न पाइने भए आज खाडीमा यत्रो युध्द नै हुँदैनथ्यो ।”
दर्शक एक– (बीचबाट पाँचौलाई सम्वोधन गर्दै) आखिर केटाकेटकिो खेलमा तपाई जस्तो मानिसले यसरी हात छोड्न नहुने हो ।
तर पनि पाँचौले केटाकेटीमाथि हात हाल्न नहुने कुरा स्वीकार गर्दैन । ऊ किन गरोस् यस कुराको स्वीकार ? किनकि त्यहाँ उसभित्रको ‘अहं’ ले भूमिका खेलिसकेको हुन्छ । ऊ भन्छ, “आखिर दोश्रोको प्रहारले पहिलोलाई लागेको त हो कि ? भूल त दोश्रोको नै हो नि !!”
“तैपनि केटाकेटी केटाकेटी हो । उसलाई के थाहा कि उसको एउटा सानु भूलले यति चर्को रूप लिनेछ,” दर्शक एक सुनाउँछ ।
पाँचौँ– (जङ्गिदैँ) ल ल जाऊ, जे गरेँ गरेँ । तिमी को हौ बीचमा जान्ने भएर बोल्ने ?
दर्शक एक– (पाँचौलाई जवाफ फर्काउँदै) किन बोल्न नपाउने मैले ? आपूmलाई चित्त नबुझेको कुरो पहिलेको व्यवस्थामा त बोलिन्थ्यो भने अहिले त देशमा पूर्ण प्रजातन्त्र छ ।
पाँचौँ– (दर्शक एकलाई व्यङ्ग गर्दै) वाह ! खूव थाहरैछ तिमीलाई प्रजातन्त्रको माने ? जहाँ जुन बेलामा जसलाई जे बोल्न पाउनु पनि प्रजातन्त्र भो होइन ? प्रजातन्त्रको अर्थै थाहा नपाउनेले के बीचमा जान्ने भएर बोल्नू नि ?
दर्शक दुई– (रिसाएर पाँचौलाई उल्टो प्रश्न गर्दै) तिमीलाई थाहा छ प्रजातन्त्र ? केटाकेटीहरू जो स्वतन्त्र भएर आपूm आपूm खेलिरहेका छन् र रुनु, हाँस्नु र हार–जीत हुनु उनीहरूभित्रै सिमिति छ, र उनीहरू बीचको यो खेल उनीहरूले नै श्रृृष्टि गरेका हुन् र उनीहरूले नै यसको अन्त्य गर्न सक्थे भने तिमीले यसमा हस्तक्षेप गरेर कुरा किन चर्कायौ ?
पाँचौँ– मैले त केटाकेटीहरू आपूm खुशी खेलिरहन पाउनु पर्छ भनेर बाल–अधिकारको संरक्षण मात्र गर्न खोजेको हुँ । खेल खेलमा यसरी हमला गरेर उसलाई खेल्नै नसक्ने गरी उसको अधिकार छिन्न पाइन्न भनेर मात्र भनेको हुँ ।
दर्शक एक– तिमीले भन्यौ मात्र कि दोश्रोलाई चड्कन नै दियौ ?
पाँचौँ– (जङ्गिएर) दिएँ त दिएँ जा, के गर्छस् ?
दर्शक दुई– (कस्सिएर अगाडि आउँदै) ए ! के गर्छस् पो ? लौ आ त.... !
हूलभित्र एक्कान दोक्कान हुन्छ । मानिसहरू एक एक पक्ष लाग्छन् भने कोही उनीहरूलाई सम्झाउन बुझाउन थाल्छन् । तर स्थिति जटील हुँदै जान्छ । त्यहाँ मध्यस्थताले काम गर्दैन । सबैमा जोशमाथि जोश जागेर आउँछ । एक आपसमा हाताहात शुरु भैहाल्छ । युध्द झनै भड्किन थाल्छ । अब जो भर्खरसम्म सम्झाउने बुझाउने पक्षमा थिए उनीहरू पनि तटस्थ बस्न सक्दैनन् । त्यहँ केटाकेटीबाट शुरु भएको ढुङ्गा मुढा प्रोढहरूका हातमा पनि देखिन्छन् । परिणामस्वरूप पाँचौँका घरका ऐनाहरू फुट्छन् । उता पाँचौँका मानिसहरूले दोश्रो पक्षका मानिसका घरमा हमला गर्न दौडिन्छन् । स्थिति भयावह बन्छ । सडकका पसलहरू बन्द हुन्छन् । मानिसहरूको दगुरादगुर हुन्छ । नजीकको छिमेकमा समेत यो हल्ला फिँजिन्छ र वरपर जहाँतहीँ अन्यौलको स्थिति श्रृजना हुन्छ । लाग्दछ– यो युध्दले एउटा ठूलो विनासको रूप लिएर छोड्नेछ । यसैले हूलको बीचबाट म चिच्याउँछु, “शान्त हुनोस्, शान्त हुनोस् । यो लडाईँ झगडाले केवल विनास सिवाय अरु केही उपलब्धी छैन । एक पक्षकाले सहि दिनोस्, अर्को पक्षकाले माफी दिनोस् । आप्mनै दाजुभाइ, आप्mनै छिमेकमा यसरी झगडा नगर्नोस् ।”
संलग्न व्यक्ति एक– (हूलको बीचबाट कराउँदै) हो, फलको बीउ सानो नै हुन्छ तर त्यसबाट कति ठूल–ठूला फल फल्छन् थाहा छैन तिमीलाई ? त्यसरी नै युध्दको बीउ पनि सानै हुन्छ । सानैबाट सब कुरा ठूलो हुने हो ।
संलग्न व्यक्ति दुई– (एकलाई साथ दिँदै) यो युध्द हो । युध्दमा यस्तै हुन्छ । यहाँ कसैको तर्कले काम चल्दैन । न त बुध्दिले नै काम गर्छ । जाऊ तिमी, यहाँ हामीलाई अर्ति दिन नआऊ ।
“यहाँ अर्ति र नअर्तिको कुरा होइन महाशय,” म सुनाउँछु, “आप्mनै दाजुभाइ र छिमेकमा लडाई झगडा गरेर रगत बग्ला भनेर मात्र डराएको हुँ ।”
“युध्दमा योध्दा केवल युध्दलाई हेर्छ, डरलाई होइन । यदि युध्दको परिणत हेर्ने हो भने पृथ्वीको श्रृष्टिदेखि आजसम्ममा हजारौँहजार युध्द नै हुने थिएनन्,” त्यही संलग्न व्यक्ति दुईले जवाफ फर्काउँछ ।
“हो ! शायद यो एउटा शाश्वत सत्य नै हो र मानवीय प्रवृत्ति पनि,” म महसुस गर्छुँ “यसैले विनासलाई जानी जानीकन पनि मानिसले युध्दलाई सकार्छ चाहे त्यो युध्द सानो होस् या ठूलो, या त घरमा होस् या परिवारमा, छिमेकमा होस् या समुदायमा, अथवा राष्ट्र राष्ट्रकै बीचमा..... ।
तर पनि ती तमाम युध्दबाट म आपूmलाई अलग्याउन चाहन्छु र केही छिनको लागि भए पनि मनलाई शान्ति दिन खोज्दै घरतिर लाग्छु । कोठामा अमेरिकासँग संलग्न बहुराष्ट्रिय सेना र इराकका बीचको युध्दबारे अमेरिकी टेलिभिजन सि.एन.एन. ले रिपोर्ट दिइरहेको हुन्छ । ती दुई समूहका बीच युध्द सम्बन्धी आ–आप्mनै दाबी छन् तापनि इराकी शहर बागदाद र बासरामाथि व्यापक क्षति पुगिसकेको छ ।
सद्दाम हुसैन– (निश्चिन्त भएर) कुवैत इराककै भाग हो र दश वर्षसम्म युध्द गर्न परे पनि हामी पछाडि हट्दैनौँ ।
जर्ज बुश– (जोड दिँदै) जबसम्म सद्दाम हुसैनले विनाशर्त कुवैतबाट इराकी सेना फिर्ता गर्दैनन् तबसम्म अमेरिका र संलग्न राष्ट्रहरूले इराकमाथि युध्द जारी नै राख्ने छन् । (रोष्ट्रममा मुड्की ठटाएर) अमेरिकाको यो दृढ प्रतिज्ञा हो.... ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 7 आसाढ, 2070

लेखकका अन्य रचनाहरु