चोटिला कथा

- समिक्षक

 


कृष्ण बजगाईंले आफूले विसं २०४८ देखि ०६४ सम्म लेखेका ४७ वटा लघुकथालाई

सङ्ग्रहबद्ध गरेका छन् । नाम हो, यन्त्रवत्  । सामाजिक विसङ्गति र विडम्बनाहरूलाई विविध रूपमा प्रस्तुत गरएिका छन्, राजनीतिक र प्रशासनिक भ्रष्टाचारहरूमाथि कडा प्रहार गरएिको छ र आमशोषण र अत्याचारहरूलाई बढो चखिलोसग कथा बुनिएको छ 

यो सङ्ग्रह जति सानो छ, यसका कथाहरू जति छोटा छन्, तिनको प्रभाव त्यति नै गहन र मर्मस्पर्शी छ । कथाकारले यसलाई आजको व्यस्त समयको माग अनुरूप सिर्जित एक समग्र विधाका रूपमा लिएका छन् र मानवजीवनको सत्यको उद्घाटन गर्ने अभ्रि्रायः बनाएका छन् 

समालोचक प्रा माधवप्रसाद पोखरेलका विचारमा सङ्ग्रहका कथामा लाक्षणिकताको सघन उपस्िथति छ । र, कथामा लाक्षणिकता ल्याउनु भनेको बौद्धिकता भर्नु हो 

बजगाईंका यन्त्रवत्लाई समकालीन विसङ्गतिको सटीक र सूक्ष्म व्यङ्ग्य भन्दा अझ बढी न्यायसङ्गत होला 'योग्यता' सङ्ग्रहको सबैभन्दा छोटो लघुकथा हो  । यसमा ११ हरफ र ६९ पङ्क्तिहरू छन् । थोरैमा धेरै कुरा भन्न सक्नु र प्रभावकारी रूपमा भन्न सक्नु लघुकथाको विशेषता हो भने यो विशेषता आफूमा सारै खादिएर रहेको कुरा बजगाईंले यस सङ्ग्रहमा उदाहरण दिएका छन् । समष्टिमा यसभित्रका कथाहरूलाई छोटा तर चोटिला भने अन्यथा हुदैन 

 साभार: नेपाल साप्ताहिक,  मार्च, २००८  आईतबार

 

 

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 24 फागुन, 2064

लेखकका अन्य रचनाहरु