फैसला

- होमशंकर बास्तोला

न्यायमूर्तिले उसको अनुहारमा पुलुक्क हे¥यो । कलकलाउँदो जवानी, हृष्ठपुष्ट शरीर, उच्च वक्षस्थल, आग्रामक हेराइ, जसमा उसका चिम्रा आँखा विद्याको नेत्रमा ठोकिदा ऊ एकटकले हेरिरहेको थियो । ऊ पनि एक टकले हेरिरहेकी थिई, किनभने उसको हेराइको अमृतले न्यायमूर्तिको मन पग्लियोस् र आफ्नो पक्षमा फैसला गरोस् ।
आँखा जुधिरहेकै बेला मुसुमुसु हाँस्दै न्यायमूर्तिले भन्यो ‘किन उभिरहेकी, केही भन्नु थियो कि ? भनभन बोल्दा केही फरक पर्दैन । यो वास्तविकता भन्ने स्थान हो ।’
‘केही छैन श्रीमान् ! पछि भनाँैला’ ऊ मुसुक्क मुस्कुराई । उसको मुस्कानले त्यो न्यायमूर्तिको बुढो शरीरमा स्फुर्ति पलायो ।
ऊ त्यस्तै बाइस–तेइस वर्ष पुगेकी हो । उसँगको लोग्नेको सम्बन्ध गाँसिएको दुईवर्ष भन्दा बढी भएको थिएन । लोग्ने अफिसको कामले बातिर थियो । विद्या घरमा बूढा सासुससुरालाई काममा सघाउनु पर्ला भनेर माइत हिँडेकी थिई । पटकपटक लोग्ने र सासुससुराले बोलाउँदा समेत घर आएकी थिइन ।
‘ए, विद्या ! त्यो को केटा हो ? सँधै तँलाई भेट्न मात्र आउँछ ? बिहे भएकी आइमाईले त्यसरी केटाको संगत गर्नुहुन्न है । ज्वाई, सासुससुराले थाहा पाए भने घरबार बिग्रला नि ! विचार पु¥या ।’ आमाले धेरै चोटि सम्झाएकी हुन् ।
‘ऊ साथी हो नि आमा ! कस्तो संका गरेको । साथी भएपछि आउने जाने त भइरहन्छ नि ! भेटेर पो के भो त ?’ उसको उत्तर सहज थियो । उसले ऊसँग भेट्दा छुट्टै मादकता थियो । आमाका ती फोस्रा कुराले उसको भोक कहाँ मेटिन्थ्यो र ? ऊ जवान थिई । उसलाई शरीरको उत्तिकै भोक थियो । शारीरिक भोक मेटाउन उसले उसलाई प्रयोग गरेकी थिई । लोग्नेले फोन गरेर घर जान भन्थ्यो । म आउँदैछु भन्दा अहिले नआउनु दसैँमा आउनु भन्थी र फोन राख्थी । उसलाई उसको आवश्यकता थिएन ।
‘छोरी सबैतिर हल्ला भएछ नि ? ज्वाई साहेव घर आएर गएछन् पो । तँलाई भेट्नसम्म आएनन् । मेरा कुरा सुन्दै सुन्दिनस् । जे मन लाग्छ त्यो गरेर घर बिग्रला ।’
‘छोड्नोस् आमा, खाने मुखलाई जुँगाले छेक्दैन । ऊ नआए नआओस् । ऊ नआए पनि मेरो जिन्दगी चल्छ ।’ उसको सहज उत्तरले आमाको दिमाग तातेको हो । छोरीज्वाईको मेलमिलाप भएन भने छोरीको घरबार बिग्रन्छ भन्ने सोचेर आमाले भनेकी थिइन्, ‘विद्या तैले के भनेकी ? तँ दुनियाँ केटा बोकेर घरबार नष्ट गर्न खोजेकी होस् ? यसरी केटाको संगत गर्न तँलाई सरम हुँदैन ?’
‘आमा तपाईं के भन्नुहुन्छ । यो शरीरको आवश्यकता हो । हजुरलाई त्यो इच्छा र उन्माद थिएन भने म कहाँ तपाईंकी छोरी हुन्थेँ र !’ ओ हो, छोरीका कुरा सुनेर आमाको कन्सिरी तातेको हो । तर के गरुन् छोरीको क्रियाकलाप बताउने हो भने झन चैपट ।
ऊ घर नआएको धेरै दिन भएको थियो । उसलाई लागेको थियो, ‘लोग्नेसँग सम्बन्ध बिच्छेद गरेर प्रदिपसँग बिहे गर्छु ।’ एक दिन प्रदिपले विद्याको गालामा मुसार्दै भनेको थियो ‘विद्या तिमी कति राम्री ! ईश्वरले पनि तिम्रो चेहरा कालीगढ लगाएरै बनाएका रहेछन् ।’
उसका कुराले विद्याको आँत हल्लिएको थियो । हेर्दा ऊभन्दा कान्छो, सलक्क परेको शरीर, राताराता गाला, पिउँपिउँ जस्तो अनुहार । एक भेटमै अँगालो माराँै जस्तो लागेको थियो विद्यालाई । जवानी मन न हो, सलक्क परेको लाठे केटा देखेपछि उसको मन किन नपग्लोस् !
प्रदिप र विद्याको प्रेम उत्सर्गमा पुगिसकेको थियो । उसँग बिहे गर्न विद्या आतुर थिई । त्यसर्थ सम्बन्ध बिच्छेदको मुद्दा अदालतमा हालेकी हो । उसले अदालतमा दर्ता गरेको सम्बन्ध बिच्छेदको फिरादपत्र हाँस उठ्ने खालको थियो । लोग्नेले खान नदिएको, लाउन नदिएको, कुटपिट गरेको, पीडा दिएको, जवरजस्ती यौनसम्पर्क गर्न खोजेको, कपाल लुछेको, घरबाट निकालेको, दाइजो नल्याएको भनी भकुरेको, भाटाले हिर्काएको, बा–आमालाई गाली गरेको खारोप थियो । तर उसले लोग्नेलाई छोडेर परपुरुषसँग गरेको सम्बन्ध बारेमा केही थिएन । उसले हालेको फिरादको म्याद हेरेर गाउँका अधिकांश मान्छेहरू हाँसेका थिए ।
‘कसो हुन हामीलाई चाहीँ जवरजस्ती गर्न खोजेको भनिनछ । छ्या कस्ती आइमाई, धनीकी छोरी भन्थे पत्रु रै’छ ।’
‘खान लाउन नदिएको, कुटेको त मेरो घरबाट देखिनुपर्ने हो । उसलाई घरमा आएको देखेकै छैन । मेरो घर उसको आँगनसँगै जोडिएको छ । कस्ता जमाना आएछन् ?’ सत्तरी वर्षका दधिरामले अनुहार चाउ¥याउँदै भनेका थिए । उसको इति वृत्तान्त माइती होस् वा गाउँघर सबैमा छर्लङ्ग थियो ।
उसले मुद्दा नजित्दै प्रदिप विदेश पलायन भएको थियो । उसले एक महिनापछि उहीँ बिहे गरेको समाचार र फोटो फेसबुकमा पठाएको थियो ।
‘प्रदिप तिम्रो त्यही हो मर्ने बाँच्ने वाचा ! मलाई समुन्द्रमा डुबाएर मारेका हौ ? तिमी कति नीच रहेछौ ।’ फेसबुक च्याटमा विद्याले यस्तै लेखेकी थिई ।
‘विद्या तिमी धेरै उदार छ्यौ । आफ्नो यौवन जसलाई हुन्छ उसलाई भोगाएर अमृतको जीवन के तिमीले सपा¥यौ ? मैले तिमीलाई पहिल्यै भनेको हो, त्यस्तो सोझो मान्छेलाई धोका नदेऊ । ऊ देवता जस्तो छ । तर तिमीले मलाई भन्यौ भोक लागेपछि मैले खाने हो । मलाई के खान मन लाग्छ त्यो मेरो कुरा हो । मलाई नछोऊ भन्दा स्वर्ग पुग्छु भन्दै जे पनि ग¥यौ । युवा अवस्थामा प्रत्येकको यौवन एउटै हुनुपर्ने हो । बढी आकांक्षाले तिमी डुब्यौ । डुबेर पनि तिमी मरेकी छैनौ भने अव मर । त्यस अवस्थाले तिम्रा बाबुआमा, लोग्ने र सासुससुरालाई शान्ति मिल्छ ।’ त्यस मेसेजले विद्याको शरीरमा भुकम्प छुटेको थियो ।
‘तिमी साहै्र निष्ठुरी रहेछौ । मेरो शरीरमा यौवनको मात हुनजेल खेल्नसम्म खेल्यौ । म तिमीसँग बिहे गर्ने सोचमा थिएँ । पहिले भनेकी पनि थिएँ । तर लोग्ने मान्छेको विश्वास कहाँ गर्न सकिदो रहेछ ? मभन्दा तरुनी केटी भेट्यौ होला । ठीकै छ मेरो आँसु नलागोस्’ उसले रुँदै मेसेज सेन्ड गरेकी थिई ।
‘विद्या तिमी रुनु पर्दैन । लोग्ने र सासु ससुरालाई तिमीले कति रुवाएकी छ्यौ । आइमाईको झन् कहाँ विश्वास हुँदोरहेछ ? त्यस्तो इमान्दार मान्छेलाई छलेर तिमीले मलाई भोगायौ । भोग्दा त तिमीलाई आनन्दै भएको हो तर त्यसको परिणाम के भयो ? आज भोग्दै छ्यौ । त्यही कारण म विदेश पलायन हुनुप¥यो । बुढापाका भन्थे, ‘मान्छेले साख गिरायो भने भविष्यमा दुःख पाउँछ ।’
‘मैले तिमीलाई पहिल्यै भनेको हा,े अर्काकी श्रीमतीलाई म स्वास्नी बनाउन सक्दिनँ ।’ तिमीले भन्यौ ‘तिम्रो मन पगालेरै छाड्छु । यौवनको स्वाद अहिले देखिनै लेऊ ।’ मान्छेहरू भन्थे ‘लोग्ने मान्छेले आइमाईलाई पहिले आक्रमण गर्छन्, पिउन खोज्छन् । तिमीलाई थाहै छ, मेरा रेखी नपलाएका जुँगा मुसारेर मेरो शरीरमा जवरजस्ती हात लगायौ । मैले लाजले भाग्दा समेत जवरजस्ती तिम्रो तातो अँगालोमा बेरिएको अहिलेजस्तै लाग्छ । यो क्रम तिम्रो धेरै दिनसम्म चलेको हो । कुकुरले पनि जिस्काएपछि टोक्छ । त्यसमा चिन्ता गर्नु केही छैन । वाई ... वाई.... विद्या !’ उसले आफ्नो फेसबुक अफ गरेको थियो ।
त्यसक्षण उसलाई प्रदिपको मेसेजले रिङ्गटा चलेको हो ।
अर्कोदिन फेरि फेसबुक च्याटमा मेसेज आयो ‘विद्या सन्चै छ्यौ ? अब कसलाई भोग्न लगाउँछ्यौ । म पनि भोकले रन्थनी रहेको छु । कहाँ छ्यौ ? आखिर मान्छ्यौ नै होला ।’ मान्छेले कति हल्का ठानेको । एक पटक बुद्धि बिग्रियो भन्दैमा फेरि बिग्रन्छ ? हुन त यो प्राकृतिक कुरा हो ।
‘हुन्छ आउन, दुबै मिलेर भोक मेटाऔँ । इन्ज्वाई गरौँ ।’ उसले यस्तै मेसेज टाइप गरेर पठाएकी हो ।
‘विभिन्न नाममा नसताऊ प्रदिप, भैगो मैले हारेँ । जीवन तिमीसँग नकाटे पनि केही समय तिमीले भरपुर आनन्द दिएका थियौ । त्यो आनन्दले पनि म खुसी छु । तिम्रो जिन्दगी सुखमय होस् । म फेरि कुनै न कुनै मान्छे भेट्छु नै । धेरै घोचेर पीडा दिनु पर्दैन । आनन्द मलाई मात्र भएको होइन तिमीलाई पनि भएको हो । त्यो नबिर्स ।’
यो मेसेजले प्रदिपलाई हाँस उठेको हो । उसले फेसबुक च्याटमा ‘हा.... हा .... हा ...’ लेखेर पठायो ।
आज अचानक विद्याले न्यायमूर्तिलाई कामुक दृष्टि लगाउनु काम पट्याउनु थियो । त्यो भन्दाबढी न्यायमूर्तिको मन दिग्भ्रमित पारेर आफ्नो पक्षमा फैसला गराउनु थियो । त्यही भएर न्यायमूर्तिको आँखामा मादकता फालेकी हो । ऊ बूढो भए पनि उसका उत्तेजित हेराइले ऊ मुस्कुराएकी थिई । न्यायमूर्तिको नेत्रका तीखा बाँडले उसलाई सिकार परेझँै लागेको थियो ।
केही दिनपछि ऊ न्यायमूर्तिको डेरामा गई । त्यसपछि ऊ साँझसाँझपख न्यायमूर्तिको डेराबाट बाहिरिदै गरेकी हुन्थी । न्यायमूर्ति मर्निङवाक गर्ने निहुँमा विद्यालाई पार्कमा भेटेर पछ्याउँथ्यो । चउरी परेको अनुहारले युवती प्रेमी भेट्दा किन नपछ्याओस् त ? त्यही भएर ऊ कहिलेकाहीँँ विद्यासँग रेस्टुरेन्टमा पनि देखिन्थ्यो ।
छ महिनापछि मुद्दा बल्लबल्ल पेसीमा चढेको थियो । मुद्दा फैसलाको दिन न्यायमूर्तिले उसलाई हेरेर मुसुमुसु मुस्कुराएको थियो । उसले पनि मुस्कान फ्याँकेकी थिई ।
उसको हेराइ र पुरानो सम्बन्धले उसले मुद्दा जित्छे भन्ने दरिलो अड्कल थियो । साँच्चे उसले मुद्दा जिती ।
‘न्यायमूतिद्वारा प्रेमीकाको पक्षमा फैसला’ भोलिपल्ट प्रत्येक अखवारहरूका मुख्य पृष्ठमा समाचार छापिएको थियो ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 25 जेठ, 2070

लेखकका अन्य रचनाहरु