हरियो चुराको गहिरो खोजाइ

- नम्रता गुरागाईं

हेलो

मेरो सपनाको राजकुमार !

किन मलाइ सपनामा मात्र जिस्क्याउँछौ

म हरियो चुरामा सजिएकी छु

तिमी चाहन्छौ भने म

हरियै पहिरनमा बसिदिउँला

तिम्रो खुशीको लािग

हरियै क्रिम पाउडर धसिदिउँला

 

उराठ लाग्दो महिना सम्हाल्दा सम्हाल्दा

बल्ल बल्ल साउन आएको छ

हातका चुरामा साउन बोकेर

मेरो धराने मन

कहिले भानुचोक त कहिले छाताचोक पुग्छ

कहिले बांझगारा  त कहिले  भेडेटार पुग्छ

मिल्ने जोडी भेट्न साच्चै गाह्रो रहेछ

मनको रहर फुकाउन साच्चै साह्ो रहेछ

कोही छैनौ त मेरो चुराको आवाज सुन्ने

ठीकै छ

खुट्टा थाकेर के भयो र

तिमीलाइ भेटन

मन अझै उत्साही नै छ ।

 

हो

राजकुमारहरुको बजारमा

धेरै आकार प्रकारहरु पाइन्छन

उध्रिएका च्यातिकाहरुको भीडमा

स्वस्थ त्यसै त्यसै हराएको हुनसक्छ

म सग्लो-सग्लो र अग्लो खोजिरहेछु

मलाइ

स्वस्थ्य निर्भिक र जेहेन्दार  चाहिन्छ

मेरो जिन्दगी समर्पित गर्ने

एउटा मिठो संसार चाहिन्छ ।

कसैले सुन्यौ कि ?

 

अमेरिका

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 19 फागुन, 2064

लेखकका अन्य रचनाहरु