बराबरी

- नारायण तिवारी

“राम दाजु !” कसैले नजिकैबाट बोलाएझैँ लाग्यो र उनले मुन्टो फर्काएर हेरे— नजिकै पान चपाउँदै थियो परमोदिया । उसले दुई हात होइन एक हात उठाएर सलाम ठोक्दै थियो ।
राम दाजु अर्थात् रामप्रसाद पोखरेलजी झस्किए । धेरै पछि देखेको हो यो परमोदियालाई । ऊ पहिले त यस्तो थिएन । उसको साबिकको रूपरङ्गभन्दा पनि हाउभाउ त यस्तो थिएन, पहिले ऊ दुई हात जोडेर उभिने मात्र होइन धनुष्टङ्कार मुद्रासमेत ग्रहण गर्दथ्यो ।
“राम दाजु !” अरे यो दाजु–फाजु त उसले पहिले कहिल्यै उसलाई भनेकै थिएन । परमोदिया उसलाई ‘मालिक’ भन्थ्यो मालिक । अर्थात् ‘राम मालिक’ भन्थ्यो परमोदिया उसलाई ।
अनि पहिरन ! जसरी उसको हाउभाउ फेरिएको थियो, पहिरन पनि त्यसै गरी फेरिएको थियो ।
रामप्रसादलाई परमोदको यो परिवर्तन अनौठो लाग्यो, यद्यपि उसलाई नदेखेकै जुग बितिसकेछ । बीस वर्ष, पच्चीस वर्ष घटी भएको छैन ऊसितको विच्छेद भएको ।
“कहिले आउनुभएछ दाजु यता ?” रामप्रसादको मस्तिष्क घुमिरहेकै बेला तेर्सिएको उसको प्रश्नले थोरै विलम्बसाथ तङ्ग्रिए उनी ।
“भयो दुई–चार दिन ! तरÓ?” उनले परमोदलाई गाउँमा पहिलेपहिले ‘तँ’ भनिरहेकै भए पनि यस बेला ‘तँ’ भनिहाल्न आँट गरेनन् र ‘तर’ पछि “तँ यहाँ कहाँ ?” भन्न चाहे ।
“हे म त यतै छु नि आजकाल । आजकाल त काठमाडौँमा नै बस्दछु नि !” उसले छाती चौडा पार्दै बोल्यो । जुँगा थिएन, तर जुँगा मुसार्दै बोलेको आभास पा¥यो उसले ।
“तिमी काठमाडौँमा के गरेर बस्छौ हौ परमोद ?” यसपल्ट रामप्रसाद अलि आँटिला भए र ‘तिमी’ सम्ममा उत्रिए ।
“के गर्नु नि ! नेताहरूको पछिपछि हिँड्ने काम छ नि मेरो ।”
“एÓ !” यति मात्र बोल्न सके रामप्रसादले ।
परमोदले नै प्रसङ्ग फे¥यो— “जाऔँ न कुनै रेस्टुरेन्टमा ! दाजुसित धेरै सालबाद भेट भएको छ । खूब गफ गर्नेÓ ।”
रामप्रसादको पनि खासै केही काम थिएन । “ठीकै छ त” भन्दै लागे पछिपछि परमोदियाको ।
धेरै हिँड्न परेन । नजिकैको तलामा रहेको एउटा रेस्टुरेन्टमा हुल्यो उसले रामप्रसादलाई ।
“के खाने लौ भन्नुस् !” रामप्रसादले झट्ट सम्झिए पहिलेपहिले उसको घरमा पाइला टेक्नासाथ ‘भुख लाग्यो’ भन्थ्यो परमोदिया र उनी सोध्थे— “के खान्छस् त परमोदिया, तैँ भन् !” र अहिले राजधानीको एउटा भव्य रेस्टुरेन्टभित्र मामुली परमोदिया भन्दै छ— “के खाने ?”
उनले छिनभरपछि जबाफ दिए— “म त थोरै खान्छु है, जे मगाए पनिÓ ।”
“आ ऽऽ त्यसरी कहाँ हुन्छ । खानुपर्छ मजाले । धेरै वरिसबाद जो भेट भएको छ ।”
रामप्रसाद केही बोलेनन् ।
परमोदिया धेरै बदलिइसकेछ । यस्तैयस्तै सोच्दै रहे उनी । परमोदले दिल खोलेर मगायो । उनले हच्किँदै खाए । थोरै खान खोजे— उसले मानौँ कोच्याउने गरी ख्वाउन चाह्यो ।
“बियर खाने !” यस प्रश्नमा चाहिँ प्रश्नकर्ता स्वयम् पनि हच्किँदै बोल्दै थियो । बियर, रक्सीको कुरा ‘रामप्रसाद दाजु’ सित गरिहाल्न उसले पनि ठूलै आँट ‘जोहो’ गर्नुप¥यो ।
“हुन्छ, तर थोरैÓ !” यसपल्ट छक्क पर्ने पालि परमोदियाको थियो, तर तत्काल सम्भालियो । खुसी भयो । खुसीखुसी बियर अर्डर ग¥यो । बियरसित मिल्ने साथी— मासु आदि अर्डर ग¥यो ।
रामप्रसादले पनि मन फुकाउन थाले । त्यसो त उनी पढेलेखेका, यो बेलाका एक प्रौढ व्यक्तित्व थिए । रक्सी खानु जात जानु हो भन्ने मान्यता थिएन उनको । हो, रक्सीले खानुहुन्न भन्ने सिद्धान्तलाई पछ्याएर कहिलेकाहीँ साथी–भाइसित वा पार्टीसार्टीमा एक–दुई पेग लिइदिन्थे उनी ।
रामप्रसाद दाजु र परमोदिया भाइ दुवैले बेसरी खाए । रामप्रसादलाई लाग्दै गएपछि मन पनि फुक्दै जाँदो थियो । परमोदियाको मन त त्यसै बदलिएको हावाले फुकाइसकेकै थियो ।
“ए परमोदिया ! भन् त, तँ मलाई के भन्दथिस् पहिले ?” अघिको चस्स बिझाएको कुरा ओकल्न थाले रामप्रसाद ।
“कस्तो के भन्दथेँ ?” परमोदियाले बुझेन ।
“मलाई के भनेर बोलाउँथिस् भनेको ?”
“पहिले ?” ऊ हाँस्यो— “मालिक भन्थेँ नि !”
“म मालिक थिएँ त तेरो ?”
“थिएन !”
“त्यसो भए के थियो ?”
“पडोसी !”
“अनि किन मालिक भन्दथिस् ?” ऊ अलिक कड्क्यो ।
“तपाईंंहरू अलि पढेको मान्छे थियो, अनि !”
“पैसावाला पनि थियो हामी ?”
“थिएन !”
“तँ के थिइस् नि ?”
“म त बटियामा खेती गर्ने गरिब मान्छे थियो ।”
रामप्रसाद परमोदियाको अन्तरङ्ग वार्ता धेरैबेर चल्दै रह्यो ।
रामप्रसादले उसलाई सम्झाउने गरी भन्दै थिए— “बुझिस् ! मलाई पनि यो मालिक–नोकर मन पर्दैन क्या ! म पनि पढेलेखेको मान्छे हुँ ! संसारमा को ठूलो ? को सानो ? म मान्दिनँ, बुझिस् ? तैँले मलाई पहिलापहिला ‘मालिक’ भन्थिस् नि ! मलाई ठ्याम्मै मन पर्दैनथ्यो, बुझिस् ?”
परमोदले जबाफ दिएन, तर आँखा भने रामप्रसादको अनुहारमा गाड्यो— खाउँला झैँ गरी । मानौँ भन्दै होस्— त्यसो भए मलाई मालिक भन्नुपर्दैन, दाजु भन्नू, किन नभनेको ?
“आज भेट हुँदा तैँले मलाई दाजु भनिस् नि ! खूब चित्त बुझेको छ मेरो क्याÓ !” रामप्रसाद पुनः बडबडाए— “कोही ठूलो छैन संसारमा, सब समानÓ !”
रामप्रसादले परमोदलाई अँगालो मार्दै उठे । परमोदले यसो छुटाएर बिल चुक्ता ग¥यो । परमोदियाको पर्समा नजर टिक्यो रामप्रसादको । टन्न अघाएकै पेट भए पनि नजानिँदो पाराले थुक निले रामप्रसादले । कति कष्ट गरेर जीवन धान्दै छन् उनी । घरव्यवहार, छोराछोरीको पढाइ–लेखाइ— त्यसपछिको बिहादान ! आफ्नो टाउकोमा अनायासै हात पु¥याए— त्यहाँ एउटै रौँ बाँकी नरहेझैँ लाग्यो उनलाई । यो काठमाडौँ आएका बेला पशुपतिको दर्शन होइन रानीपोखरीमा पो हामफालौँ–फालौँ लाग्यो उनलाई । फेरि श्रीमतीको मैलो साडी र हजार ठाउँ टालेको फ्याङ्ले चोलोसहितको मायालाग्दो ‘मुहार’ सामुन्ने स्मृतिमा झुल्किदिएकाले आपैmँलाई एक झट्का दिए उनले ।
परमोदले खूबै स्नेहसाथ रामप्रसादलाई अङ्कमाल गर्दै बाहिर ल्यायो ।
त्यो रात परमोदियाकहाँ नै सुते रामप्रसाद ।
राति पनि खूबै बडबडाउँदै थिए— “तैँले यत्रो पैसा कहाँबाट ल्याइस् ? बीसै वर्षमा पनि पसिना चुहाएर मानिस यति पैसावाल बन्न सक्दैन । मेरो हालत हेर्Ó !”
बिहान भयो ।
रामप्रसाद साह्रै लजाए । कसको घरमा छन् उनी ? बिस्तारो चेत फिर्दै गयो ।
सुकिलो वस्त्रमा सजिएर आइपुग्यो— परमोदिया !
“नमस्कार दाजु !”
उनले बिस्तारै जबाफ फर्काए— “नमस्कार !” अनि धैर्यपूर्वक सोधे— “यो कसको घर ?”
परमोदले पनि किञ्चित् सङ्कोच नमानी गौरवसाथ आफ्नो घर भएको घोषणा गरिदियो— “यो मेरो घर हो ।”
छाँगाबाट खसे उनी । काठमाडौँजस्तो ठाउँमा भुइँतले नै भए पनि पक्की घर ! त्यो पनि एउटा गरिब गाउँले— परमोदियाको !!
उनी गम्भीर भए । गम्भीर भएरै बोले— “परमोद !”
“हजुर दाजु !”
“तिमी मलाई दाजु नभन !”
“किन दाजु ?”
“किनभने तिम्रो यो गलत तरिकाले आर्जन गरेको सम्पत्तिले मेरो बराबरी गर्न पाउँदैनौ तिमी, त्यसैले ।
परमोद ट्वाल्ल प¥यो । त्यही स्थितिमा उसलाई रहन दिएर रामप्रसाद अघि बढे ।
“राम दाजु !” परमोदिया करायो । जिब्रो लरबरियो— “राम मालिकÓ !”

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 4 जेठ, 2070

लेखकका अन्य रचनाहरु