डेमोक्य्रासी हाइ....हाइ....

- विश्वम्भर चन्चल

डेमोक्या्रासी हाइ....हाइ...., पंचायत वाइ....वाइ....
नरबहादुरको छोरो जो भर्खरै जो भर्खरै आठ वर्ष लागेको छ र प्रजातन्त्र र अप्रजातन्त्रको भिन्नतालाइ छुट्याउन सक्दैन उसले पनि त्यस दिन घर, सडक सडक, बजार र शहरभरिका मानिसहरू उन्मुक्त वातावरणमा नाच्दै र गाउँदै हिँडेकका बीच गिनै नारा सुनेको हुन्छ । लाग्दछ– यो दिन नेपालीहरूको साँच्चिकै एउटा मुक्ति दिन हो । अब ऊ यिनै नारा अघिपछि पनि बस्दा, उठ्दा, साथीभाइसँग खेल्दा, घरभित्र, बाहिर घन्काउादै हिँड्छ ।
नरबहादुर झोक्राउन थाल्छ । स्वास्नी सोध्छे, “किन झोक्राउनुभयो ?”
भन्छ, “छोरालाइृ गाली गर न ।”
“किन ?” ऊ आश्चर्य प्रकट गर्छे ।
सुनाउँछ, “खोइ के भन्नू ? उसको यही नाराले मलाइृ दशा पो लाग्ने हो कि ! अफिसको तदर्थ समितिले पनि .... ।”
“के तदर्थ समिति, लमितिको कुरा गर्नुभएको तपाईले ?” उसकी स्वास्नी कुरा काट्दै भन्छे, “यो त अनर्थ समिति हो, अनर्थ समिति । तपाई जस्ताको जागिर मिल्काएर अरू कसलाई ल्याउने शूर छ यिनहिरूको ? हाम्रा पनि मान्छे छैनन् भन्ठान्या छन् कि क्या हो यिनहिरूले ?”
नरबहादुर गम्भिर भएर सुनाउँछ, “हो हाम्रा पनि मानिस त छन्, तर ती पहिलेकै व्यवस्थावादी छन् र अहिलेको व्यवस्थामा तिनीहरूको आवाज सुनिदैन ।”
“तिनीहरूको अवाज नसुनिए पनि अहिलेका व्यवस्थावादीसँग तिनीहरूको नता जोडिएको छँदैछ नि !” स्वास्नी आश्वासन दिन्छे, “ऊ....मेरी फुपूकी श्रीमानसँग छ । माइजुको भाइकै छ । ठूल्दिदीको भिनाजुसँग छ । यस्ता कति छन् कति । त्यस्तै तपाईका पनि त छन् ।”
तर पनि नरबहादुर आश्वस्त र।हन चाहँदैन । स्वास्नी रिसाउाछे, “व्यर्थैमा डराउनुन्छ–बनको बाघले खावोस् नखावोस् मनको बाघले खाने जस्तो गरी । बरु हिँड्नोस् लुगा लगाउनोस् र धुलिखेलतिर घुम्न जाउँ । यो बिदाको दिनमा पनि नगए कहिले जानू ?”
यस पटक नरबहादुर पनि रिसाउँछ । भन्छ, “के कुरा गरेकी तिमीले ? अब पहिलेको जस्तो घुम्न, पिक्निक मनाउन, तरकारी किन्न जान, केटाकेटीलाई स्कूल पठाउनसमेत मोटरको उपयोग गर्न पाइन्छ र ? यसै भएर त छोरालाई गाली गर भनेको नि !”
“आ.... भनिरहोस् न त त्यसले,” नरबहादुरकी स्वास्नी उठेर कोठाबाहिर जान लाग्दा अझ भुत्भुताउकी नै हुन्छे, “अहिलेका मन्त्री पो के गतिका छन् र ? यस्तै काममा मोटर दुरुपयोग गरे भनेर पत्रपत्रिकामा आइरहेकै छ त ।”
स्वास्नी बाहिर गएपछि नरबहादुर पनि सूय्य सुस्केरा हाल्दै बसेको ठाउाबाट उठ्छ । कोठाको दराज र टेबुलका घर्राहरू उघमर्छ र त्यहाँ भएका कागज–पत्र र चिठहिरू केलाउन थाल्छ । तीमध्ये केहीलाई उसरले च्यात्छ, केहीलाई अझ सुरक्षित ठाउँमा राख्छ ।

जब देशमा प्रजातन्त्रको पुनर्वहाली हुन्छ पुरानो विचारधारा राख्ने र नरबहादुरको छोरो जस्तै प्रजातन्त्र र अप्रजातन्त्रको बीचमा केही भेद छुयाउन नसक्ने अचतन मनका केही जनता बाहेक अरू सबै खुशी हुन्छन् र जो प्रचायतकालीन व्यवस्थाका पक्षधर हुन् ती पनि खुशी हुन्छन् यस अर्थमा कि उनहिरू पनि नेपाली कांग्रेस र वाममोर्चाका झण्डा बोकेर शहरमा अरूभन्दा बढी चर्को नारा लगाउादै र अगाडि बढ्दै जुलुशमा भाग लिन थाल्छन् । जो पञ्चायतको अन्तिम सास रहुन्जेलसम्म सत्ता ओगटीरहेका हुन्छ पञ्चायती व्यवस्थालाई बचाउन हजारौँ जनतालाई बलि दिन पनि पछि नहट्ने दुस्वप्न देखिरहेका हुन्छन् उनीहरूले पनि यता कतै लुय्यामा हुय्या मिलाउँछन् । यसमा नरबहादुरको छोरो पनि भिन्न रहादैन र एक हातमा नेपाली कांग्रेस र अर्को हातमा वाममोर्चाको झण्डा बोक्दै बाबे अगाडि आएर झन झन ऊ उफ्री यही नारा लगाउँछ । नरबहादुर जति जति गाली गर्छ उसलाई यो नारा लगाउनको लागि ऊ उति उति नै हौसिँदै जान्छ र झन चर्को स्वरमा बाबुको कान चिरिएला भैmँ सुनाउन थाल्छ । उसरलाइृ समात्न नरबहादुर उसको पछि पछि दगुर्छ । छोरो बाबुबाट भग्दै सबैले सुन्ने गरी कराएर सरौध्छ, “ड्याडी पञ्चे हो ?”
छोराको यस अप्रत्यासित प्रश्नले एकातिर नरबहादुरमा आपैmँभित्र कता कता एउटा नमीठो घृणाभाव उत्पन्न हुन्छ भने अर्कोतिर उसलाई जागिरको मोहले पनि छोड्न सकेको छैन । तर पनि ऊ तत्काल घटिरहेका घटनाहरूको उपेष गरेर हिाड्न पनि सक्दैन । उसलाई थाहा छ र सुनेको पनि छ– तदर्थ समितिकै विरोधबाट जागिर झिकिएका कर्मचारीहरू, उच्च ओहदाका कर्मचारीहरू बीचकाँट–छााट हुने संकेतहरू, जन आन्दोलन दबाउन खोजने पदाधिकारीमाथि कारबाही गर्नु पर्ने मागका खबरहरू र भ्रष्ट कर्मचारीहरूको सम्पत्ति जाँच गरिने सम्भावनाहरू.... । यस सम्भावनामा नरबहादुर पनि नपरी रहन सक्दैन, यो पक्कै छ । उसले यही सोच्छ र हरेक रात उसको लागि एउटा कालरात्रकिो रूपमा देखा पर्छ । हरेक दिन अफिस पुग्दा पनि ऊ मोटरबाट ओलिँदा तदर्थ समितिका सदस्यहरूले घेर्नेछन् कि भनी सचेत बन्छ, अफिस कोठातिर लाग्दा पहिलेको भैmँबाहिर ढोकैबाट झुकेर पछि पछि लाग्ने कर्मचारी कोही देख्दैन, अफिस कोठाभित्र पस्दा पनि आप्mनो मेचमा अरू कोही आएर बसिसकेको छ कि भनी पहिले ढोकाको संघरमा एक छिन उभिएर वा त्यहाँबाट भित्रपट्टि चियाएर मात्र भित्र पस्छ र, मेचमा बसिसकेपछि पनि सबभन्दा पहिले टुलमाथि राखिएका कुनै गोप्य चिठी नै छ कि भनेर निहाल्छ ताकि कतै उसको खोसुवा पूर्जी कतेबाट नआइराखेको होस !
नरबहादुर यी सबैबाट निर्धक्क भएर मेचमा त बस्छ तर उसका अगाडि कोठाका दराज र टेबुलका घर्राका ती चिठस्–पत्र र गोप्य फाइलहरूले निर्धक्क बन्न दिँदैनन् । उसलाई त्यो अफिस–कोठा प्रेतात्मै प्रेतात्माले बास गरेको कालकोठरी सिबाय केही लाग्दैन । आप्mनो जीवन अवधिका ती काला करतुतहरू लुकोवोस् , कहाँ लुकावोस् ? फालोस्, कहाँ फालोस् ? यसै बखत उसले अफिसको एक गोप्य अफिसरलाई बोलाउँछ र आप्mना त्रासका सबै कुराहरू सुनाई उसको सहयोगको अपेक्षा राख्दछ । तर त्यो अफिसर पानीमाथिको आभानो भइसकेको छ र अहिले उसको साथ दिन चाहँदैन । नरबहादुर रीसले आँखा देख्दैन र भन्छ, “यी सबै काममा तपाईँ पनि सहभागी हुनुहुन्थ्यो होइन ?”
“थिएँ, अब छैन बभ्mनुभो ?” मानिसले समयअनुसार काम गर्न जान्नु नै बुध्दिमानी हो ।” यी आवाजले नरबहादुरको शिर फनफनी घुमाउँछ । अफिसर उठेर आप्mनो कोठातिर लाग्छ ।
राजाबाट निर्दलीयताको अन्त्य र बहुदलको घोषणा पश्चात् देशको हरेक क्षेत्रमा अब एउटा नौलो लहर चल्न थाल्छ । विभिन्न पेशा र वर्गका मानिसहरू आप्mनो आप्mनो वर्ग र पेशाको हक हित र सुरक्षाको लागि संगठनहरू खोल्न थाल्छन्, जादूको छडीले भैmँ अन्तरिम सरकारले सबै कुरा एकै पल्ट पुर्याइदिइहाल्छ कि भने र्भैmअनेकौँ मागहरू एकै पटक तेस्याउँछन् र माग पूरा नभए सडक सडक र संस्था वा कार्यालय अगाडि अन्नशन बस्छन् । उद्योगहरू हड्ताल हुन्छन् र संस्थान र कार्यालयहरूमा जुलुश र घेराउहरू भइरहन्छन्, तलका कर्मचारीहरू प्रजातन्त्रको नाउँमा माथिल्ला हाकिमहरूलाई हाँक र धम्की दिन थाल्छन् । पंचायतकालीन कुनै पनि नियम र कानू तोड्ने माग राखिन्छन् । आवासीय विद्यालयहरू बीचको पर्खाल भत्काई छात्र छात्राहरूको प्रेमलीलाको लागि दुवैतिरको आवागमनको सुविधाको माग हुन्छन् । ठाउा ठाउामा मुठभेड, जुलुश, प्रदर्शन र भाषण भई नै रहन्छन् । एकले अर्कोमाथि आरोप प््रतायरोप हुन्छ । एक किसिमले भनौँ अन्तरिम सरकारलाई देशो स्थिति सम्हाल्न धौ धौ पर्ने अवस्था आउाछ । यहाँसम्म कि देशका सुरषकर्मीहरू समेत निस्क्रिय देखिन्छन् । यस अवस्थालाई हेरेर कसैले दुःख प्रकट गर्छन्, “प्रजातन्त्रमा झन कढी अनुशाशनन पो हुनु पर्यो, मानिसहरू संयम बन्नु पर्यो र बल्ल बल्ल पनर्वहाली भएको प्रजातन्त्रलाई कसरी हुन्छ जोगाउने, हुर्काउने काम गर्नु पर्यो, नचाहिादो होहल्ला, तँछाड–मछाड र उछृङखलताले यसरी बाटो लियो भने प्रतिगामहिरूका लागि यो आधार नै बलियो हुादैन र र.... ?”
त्यसको प्रत्युत्तर कोही यसरी दिन्छन्, “यो त संक्रमण काल हो । यस बेलामा यति हुनु कुनै ठूलो कुरा होइन । अरू अरू देशमा भइदिएको भए अझ कति कति हुन्थ्यो । खोइ यहाा त के भएको छ र ? अब बिस्तारै सब कुरा ठीक भइहाल्छ नि !”
तर नरबहादुरको घरको संक्रमणकाल रोकिादैन । उसको छोरो जो हिजोसम्म रेडियो र टि।भि। मा बोलेका पंचायतकलीन नारा लगाउाथ्यो र त्यसै अनुसारको क्रियाकलाप गथ्र्यो आज बहुदल आएको यतिका दिन बित्दा पनि त्यसैको नारा लगाउने र त्यसै अनुसारको नक्कल गरी नै रहेको छ । नर बहादुर फेरि सम्झिन्छ– अफिसको त्यो सचेत अफिसरलाई जो समयको गति अनुसार चल्न चाहन्छ र हेर्छ ऊ आप्mनो छोरालाई जो अचेतन मनको भएर पनि बारम्बार बाबुको मुटु हल्लाइरहने नारा लगाउाछ या त ‘पंचे’ को संज्ञा दिँदै हालको सामाजिक परिवेशबाटै आपूmलाई पूर्ण विस्थापित गराउन चाहन्छ । यस अवस्थामा ऊ घरमा न अफिसमा केही काम नै गर्न सक्दैन र उसलाई केपल छोराको शब्द र भविष्यको त्रासले पछ्याइरहेको छ । लौ अपि,समा त आज भोलि काम नै केही छैन भनौँ । सबै कर्मचारीहरू आप्mनो आप्mनो समूह बनाएर राननीतिक कुरामा संलग्न छन् र अब भोलिको राजनीतिले देशमा कुन रूप लिने हो, संविधान कस्तो आउने हो आप्mनै आप्mनै अड्कलवाजीमा लागेका छन् । यस अवस्थामा नरबहादुरलाई निश्चय छ– यदि सरकारले कुनै कडा कदम चाल्न थाल्यो भने उसको जागिर रहने छैन । यसैले उसले त्यस कारवाहीभन्दा अघिघ कुनै बाटो अपनाउनु नै छ । तर के अपनाउने हो सोच्न सकिरहेको छैन । घरमा स्वास्नी सःल्लाह दिन्छे, “कारबाहीभन्दा अघि नै राजिनामा दिनोस् बरु ।”
भन्छ, “कसरी धोखा दिउँ म आपूmले आपैmँलाई ? जुन व्यवस्थाले मलाई..... ।”
“भो भो तपाईँले भन्न लाग्नुभएको कुरा मैले बुभेmँ,” उसकी स्वास्नी हात र मुख एकै चोटि नचाउँदै भन्छे, “अब केही बन्दैन बुभ्mनुभो तपाई जस्ता दुई चार जनाको कामले । योग्यता र अनुभव त्यति नभए पनि मानिसलाई हात लिन सक्ने जुक्ति तपाईँमा निकै छ । बिहे गरेको आजसम्मको अनुभवले मलाई यही बताउँछ । जान्न्ुहुन्छ भने अब खुरुक्कै पार्टीतिर लाग्नोस् र नेताहरूलाई हात लिनोस्.... ।”
डेमोक्य्रासी हाइ....हाइ...., पंचायत वाइ....वाइ....
देशका प्राय सम्पूर्ण जनताको लागि यो नारा एउटा संजीवनी बुटीको रूपमा रहन्छ । हिजोसम्म राजनीतिमा केही चाख नहुनेहरू, चाख भएर वाध्यताले बाँधिएकाहरू र यहाँसम्म कि राजनीति जान्दै नजानेकाहरू, बुभ्mदै नबुझेका र सर्वसाधारण नवयुवक र प्रौढहरू पनि प्रजातान्त्रिक यस लहरमा बडो उमङ्ग र उत्साहले पौडिन थाल्छन् र नेताहरूका अगाडि आप्mनो आप्mनो पार्टीको प्रतिवध्दता देखाउन दौडादौड गर्छन् । अझ त्यति मात्र कहाँ हो र ? पंचायत व्यवस्थामा नै लालन–पोषण भएका र तीस वर्षसम्म हातमा गनिन सक्ने केही सुखभोगी पनि पंचायत हाइ....हाइंंंं, डेमोक्य्रासी वाइ....वाइ.... को लागि कार्यरत रहन थाल्छन् । फलस्वरू बीच बीचमा देशमा केही आतंकको वातावरण पनि सृजना हुन्छ र सर्वसाधारण जनतामा प्रजातान्त्रिक अभ्यासप्रतिको वितृष्णा प्रदा गराउन खोज्छन् । तर ती सबै प्रयासहरू तिनीहरूको मृगतृष्णा मात्र रहन्छ । जनताको अगाडि ती मुठ्ठीभरका मानिसको केही लाग्दैन । अन्ततोगत्वा उनीहरू पनि ‘प्रजातन्त्रमाथि विश्वास राख्छौँ’ भनी देखौवाकै लागि भए पनि विभिन्न पार्टी खोल्नमा तल्लिन रहन्छन् । तर अधिकांश पंचहरू भने नेपाली कांग्रेसमै प्रवेश गर्दछन् । दिनहुँ भने जसो सरकारी सञ्चार माध्यमहरूले तिनीहरूको नाम फुकि नै रहेका हुन्छन् । अब यस्तो देखिन्छ कि देशमा कोही पंचायतवादी व्यक्ति नै छैनन्, थिएनन, र पनि, तीस वर्षसम्म यो व्यवस्था देशमा कसरी अड्न सक्यो ? नरबहादुरलाई यही आश्चर्य लाग्छ । उसलाई सम्झना छ– सत्र साल र छत्तीस साल पनि र सोचेको छ– यहाँ प्रजातन्त्रको लागि जीवनलाई पूर्ण आहुती दिने केही व्यक्तित्व बाहेक न त अरु कसैमा राजनैतिक चेतना छ न त चेतना भएकालाइृ पनि आप्mनो आदर्श र मान्यताप्रति मोह नै छ । केवल छ त स्वार्थन्धता । त्यसैले आज पनि नरबहादुरले देखिरहेको छ र भोगिरहेको छ– हिजोसम्म ‘निर्दलीय पंचायती व्यवस्थामा विकल्प छ भन्नु त मान्छेको सिंङ आउँछ भन्नु जत्तिकै हो....’ भनी छाति खोलेर भन्ने पंचायतका खम्बाहरू आज पूर्ण बहुदलबादी बनिरहेका छन् र सबभन्दा पहिले उनीहरूबाटै यस व्यवस्थाको स्वागत भइरहेको छ ।
यसैबीच एक दिन नरबहादुरकी स्वास्नी सुनाउँछे, “देख्नुभो त तपाईँले ? हिजोसम्म त्यसो भन्नेहरू र हिजोसम्म आन्दोलन प्रतिकार समितिका कर्मठहरू आज पाटीभित्र मेरो ‘मातृसंस्था’ भनी पस्न सक्छन् र अभैm ‘पार्टीप्रति पूरा प्रतिवध्दता छ’ भन्न सक्छन् भने तपाईँ पनि कुनै बेला कलेजमा पढ्दा कुनै पार्टीको कार्यकर्ता हुनुहुन्थ्यो, होइन र ?”
“त्यो त हो....,” नबबहादुर स्वास्नीको बुध्दिमा खुशी हुँदै र उसको विचारमा सहमत जनाउँदै सोच्न थाल्छ– के अब यm बसिरहन सक्छ त यही जागिरको लागि भोलिको बलीको बोका बनेर.... ? किमार्थ सक्दैन । उसको शरीर पनि यही देशको हावा पानी र सूर्यको प्रकाशले पोषित छ, ऊ यही समाजमा हुर्केको छ र यहीँको वातावरणलाई उसले आत्मसात गरेको छ । हिजोको देशको हावा पानी र माटो सुहाउादो हिजोको व्यवस्था थियो आजको हावा पानी र माटोले अर्कै व्यवस्थाको जन्म दिएको छ । जसरी समयको प्रवाहमा हावाको गति, पानीको धार र माटोको सिथ्ति बदलिन्छ, यो शाश्वत नियम हो । अदर्श त केवल एक ढोँग मात्र हो कमजोरहरूका लागि । आप्mनो मान्यतालाई फेर्न नसक्नु उही पुरानै रीतिरिवाज बचाई राख्नु जस्तो अन्धविश्वास मात्र हो । यसैले अब उसले समय र बहुमतको कदरलाई चिन्नु परेको छ र पंचायतकालीन मान्यतालाई छाडी बहुदलीय पूर्ण प्रजातान्त्रिक बाटोतिर लाग्नु परेको छ ! उसको यसैमा भलाइ छ र यसै कुराको निश्चय पनि गर्छ ।
नरबहादुरले निश्चय त गर्छ जागिर छोड्ने तर त्यसपछि कुन पार्टीमा लाग्ने हो ठम्याउन सक्दैन । सरकार अहिले प्रमुख प्रतिपक्षी दुवै पार्टीको संयुक्त छ र हुन सक्छ भोलि चुनावमा कुनै एकले मात्र बहुमत ल्याएर जितोस् ! तर त्यसको लागि ऊ अहिले नै भविष्यावाणी गर्ने पक्षमा छैन । किनभने समयले अभैm धेरै परिस्थितिको सामना गर्नु पर्ने सम्भावना रहेको छ र अवस्था चुनौतिपूर्ण छ । यसैले यो पनि हुन सकोस् कि अहिलेको दुवै पार्टीको संयुक्त सरकार भोलि चुनावपछि पनि आओस् पुनरुत्थानवादीहरूसँग जुध्न । यस अवस्थामा ऊ कुन पार्टीभित्र ‘म तपाईँहरूको मानिस हुँ’ भनेर जाने ? उसलाई यो नै अप्ठेरो पर्छ ।
यसै बीच नरबहादुरको छोरो फेरि परैबाट उही पुरानै नारा घन्काउँदै कोठामा आउँछ । आज पनि उसको हातमा उही नेपाली कांग्रेस र वाममोर्चाका दुवै झण्डाहरू छन् । ऊ यिनै झण्डाहरू हल्लाउँदै कोठामा यताउति उफ्रिरहन्छ र बेला बेलामा बाबुको अनुहारतिर पनि ताकिरहन्छ यसको लागि कि कतै उसको बाबुले उसलाई अघिपछिको जस्तो झम्टा नमारिहालोस् ! तर नरबहादुर आज छोरालाई गाली गर्ने पक्षमा छैन बरु ती क्रियाकलापलाई रमाइलो मानी हेरिहन्छ । छोरो बाबुबाट केही निर्धक्क बन्दै, केही डराउँदै ऊ नजीकै आइपुग्छ । नरबहादुर छोरालाई भन्छ, “खोइ लेउ, एउटा झण्डा म लिने, एउटा झण्डा तिमी लिने । आज म पनि तिमीसँगै नारा लगाउँछु । ल, म डेमोक्य्रासी हाइ....हाइ.... भन्छु, तिमी पंचायत वाइ....वाइ.... भन, हुन्छ ?”
“हुन्छ,” छोरो भन्छ र बाबुको हातमा एउटा झण्डा थमाइदिन्छ ।
बाबु– डेमोक्य्रासी हाइ....हाइ....
छोरो– पंचायत वाइ....वाइ....
“ल, म पंचायत वाइ....वाइ.... भन्छु, तिमी डेमोक्य्रासी हाइ....हाइ.... भन ।”
बाबु– पंचायत वाइ....वाइ....
छोरो– डेमोक्य्रासी हाइ....हाइ.... ।
त्यसपछि नरबहादुर छोराको हातको अर्को झण्डा पनि लिन्छ र मूल सडकपट्टिको झ्यालबाहिर दुवै झण्डालाई संयुक्त रूपमा ठड्याउँदै अब आपूm निर्धक्क बनेको महशुश गर्छ ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 21 बैशाख, 2070

लेखकका अन्य रचनाहरु