गजल

- भाष्कर काजी

म आफुलाई मान्छे भन्छु , कुन थरको कुरा गर्यौ ?
धर्ती ओछ्याई आकाश ओढ्छु कुन घरको कुरा गर्यौ ?

मलार्इृ लुट्ने तिमी बाहेक, अरु क्वै हुनै सक्तैन
खाली एउटा ज्यान न छ कुन डरको कुरा गर्यौ ?

सुन्दर अनी शान्त छ , तिमी जस्तै छ मेरो बस्ति
मेरै गाउँ ठाउँ प्यारो मलाई कुन शहरको कुरा गर्यौ ?

अनेक थरी किन चाहीयो ? म तिम्रै सामु खडा छु
मान्छे त सबै म जस्तै हुन्छन् कुन बरको कुरा गर्यौ ?

आउ न दुबै अटाउँछौँ, नेपाल आमाको काख हो यो
समाउने हात टेक्ने खुट्टा छ कुन भरको कुरा गर्यौ ?

जबर्जस्ति जान्या छैन , धम्क्याउने मेरो बानी छैन
बिवश छु म तिम्रो सामु कुन करको कुरा गर्यौ ?

रुँघा ७, रुकुम

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 13 बैशाख, 2070

लेखकका अन्य रचनाहरु