स्वप्न मृत्यु

- ओमप्रसाद घायल

पश्चिम क्षितिजबाट घाम डुब्न लागिरहेको छ ।
कामका लागि बेंसीमा झरेका खेताला–खेतालीहरु माथि गाउ“तिर लाग्ने जोरजम्मार गर्दैछन् । गाउ“का तन्नेरी युवा–युवतीहरु, नवविवाहित श्रीमान् श्रीमतीहरु र अलि उमेर खाएका बूढाबूढीहरुको लावालस्कर सा“झ पर्ने क्रमस“गै घर फर्किरहेको परिवेश रमाकान्त पिपलबोटको चौतारोमा बसेर एकतमास हेरिरहेछ ।
टाढाबाट आएकोले होला ऊ अत्यन्त थकित र कमजोर पनि लागिरहेछ । उसको निधारमा पसीनाको वेग थामिएको छैन ।
सात वर्ष पहिले आफ्नी प्रिया सरलालाई लिएर ऊ शहर हिंड्दा उसको अनुहारमा जिन्दगीको सुनौलो लाली चढेको थियो । मिठा सपनाहरुको वेगमा स्वर्णीम भविष्यको कल्पना गर्दै ऊ शहर पसेको थियो । तर यतिका वर्षसम्म उसले आफ्नो सर्वस्व सिद्धाएर खेलेको जिन्दगीको बाजी हारेर आज एउटा पराजित रमाकान्त रित्तै घर फर्किरहेको छ ।
आज रमाकान्तको मस्तिष्कबाट भविष्यका रङ्गिन सपनाहरु मेटिएका छन् । जिन्दगीको यात्रामा भएको ठूलो दुर्घटनाबाट बा“चेर ऊ विक्षिप्त घर फर्किरहेको छ यतिखेर ।
रमाकान्त मुखिया टंकनाथको एक मात्र छोरा हो, मुख्यलीखलक भएकोले टंकनाथको गाउ“मा प्रशस्त जग्गा जमिन छ । पहिलेका मुखिया भएको र अहिले पनि सारा गाउ“लेलाई ऋणधनले काम सार्ने भएकोले समाजमा टंकनाथको मानसम्मान र इज्ज्यत पनि त्यत्तिकै छ । सिंगो गाउ“ हिजोआज उनलाई गाउ“बूढा पनि भन्छन् ।
गाउ“बूढा टंकनाथको एकमात्र छोरा भएर पनि रमाकान्तले पढ्नमा त्यति ध्यान दिएन । एसएलसीमा लगातार तीनपटकसम्म फेल भएपछि उसले परीक्षा नै दिन छाड्यो । छोराको कारणले टंकनाथलाई ठूलो हैरान बनायो ।
छोराले पढ्न छाडेकोले टंकनाथले उसको विवाह गरिदिने निधो गरे । सम्पत्ति र पूंजी लथालिङ्ग भए पनि पढाइको स्तर ज्यादै न्यून भएकाले आफ्नो भनेजस्तो जोडी पाउन रमाकान्तलाई निक्कै गाह्रो भयो ।
पछि पल्ला गाउ“का धुर्पुरेबाजेकी छोरी सरलाको कुरा गाउ“बूढाकहा“ आइपुग्यो । आफूसम्मका खानदानी कुलकुटुम्ब नभएपनि केटीको शीलस्वभाव राम्रो छ भन्ने थाहा पाएर टंकनाथले बचन दिए । भर्खरै एसएलसी दिएर बसेकी सरला पढ्नमा ज्यादै चलाख छ भन्ने व्यापक हल्ला चलिहरको थियो ।
केही समयमा नै परीक्षाको रिजल्ट निस्क्यो । नभन्दै सरला प्रथम श्रेणीमै पास भइछ ।
आइएसम्म गाउ“कै क्याम्पसमा पढ्न र पढाउन सकिने भएकोले सरला त्यहींको क्याम्पसमा भर्ना भएर पढ्न शुरु गरी ।
रमाकान्त मख्ख थियो । आफूले पढ्न नसके पनि श्रीमती क्याम्पस पढ्ने भई । गाउ“बूढा टंकनाथ पनि छोरालाई पढाउन नपाएको धोको बुहारीलाई पढाएर पूरा गर्ने अवसर पाएका थिए । तर टंकनाथले बुहारी पढाएर बुहारीप्रति देखाएको उदारतालाई गाउ“का केही कुरौटेहरुले चाहीं आलोचना पनि नगरेका होइनन् ।
कुरा काट्ने र आलोचना गर्नेहरुले गरिरहुन् । सरलाले दुईवर्षमै राम्रो नम्बर ल्याएर आइए पनि पास गरी । गाउ“को क्याम्पसमा आइए भन्दा बढी पढ्न नमिल्ने भएपनि सरलाको पढ्ने इच्छा झन् जागृत हु“दै गएको थियो । पढाईलाई निरन्तरता दिने बुहारीको इच्छा र छोरा रमाकान्तको पनि श्रीमतीले पढ्न पाओस् भने अभिलाषालाई टंकनाथले नाइ भन्न सकेनन् । उनीहरुको प्रस्तावलाई लालमोहर लगाईदिए ।
सरला पढ्नका लागि शहर जाने भइ । आइमाइ मान्छे एक्लै छोड्दा बूढाबूढीलाई पनि अलि ढुक्क नहुने । त्यसैले सरलास“ग रमाकान्त पनि शहर जाने भयो ।
रमाकान्त आफ्नी सरलालाई लिएर शहर पस्यो । विएमा भर्ना भएर सरलाले पढ्न शुरू गरी । रमाकान्त रङ्गिन शहरमा भोलिका रङ्गिन सपनाहरुको तान लगाएर –भविष्यको मनोरम संसार बुनिरहेछ, आफूले पढ्न नसकेर के भो ? सरला पनि उसकी आफ्नै त हो । सरलाले गरेको हरेक सफलता उनीहरुको सामुहिक जिन्दगीका लागि न हो । सरलाको एउटा जागिर, छोराछोरी र शहरमा एउटा सुन्दर घर । रमाकान्त अहिले बा“चेको रङ्गिन शहरका रङ्गिन सपना र कल्पनाहरु हुन् यी सबै ।
आज रमाकान्त पत्निभक्त भएर शहरमा बसिरहेको छ । सरलाको पठनपाठनमा कुनै पनि अवरोध सिर्जना नहोस् भनेर खाना बनाउने, खुवाउने र केही वखत कपडाहरु समेत धोएर सघाएको छ –आफ्नी सरलालाई ।
पैसाको अभाव खड्किन गाउ“बूढा टंकनाथले दिएका छैनन् ।केही मान्छेहरुस“ग पठाइदिन्छन्, कहिले रमाकान्त आफै आएर पनि लाने गर्छ । अहिले रमाकान्त र उसकी प्रिय सरला प्रशस्त स्वर्णिम सम्भावनाहरुको उचाईमा उकालो यात्रा गरिरहेका छन् । सम्भावनाको उकालो यात्रामा पिठ्यू“माथि गहु्रङ्गो भारी बोकेर रमाकान्त सरलालाई डो¥याईरहेछ । उसले गरेको सम्पूर्ण दुःख, त्याग र समर्पणलाई भोलिको उज्यालो भविष्यमा रुपान्तरण गर्दै गइरहेको छ ऊ ।
यतिखेर उनीहरुको दाम्पत्य एउटा प्रेमको विशुद्ध आवरणमा मात्र सीमित छ । अध्ययनको शिलशिलामा भएकोले केही वर्ष बच्चाबच्ची नजन्माउने कुरामा दुवै जनाको सम्झौता पनि भएको छ ।
सरलाले विए पास गरी, एमएमा भर्ना भई । रमाकान्त बेलावखत् घर आउ“दा बूढाबूढीले ‘पढाइ पुग्यो’ जस्तो पनि गरेका थिए । गाउ“तिर उसका इष्टमित्र र शुभचिन्तकहरुले समते भन्ने गर्थे ‘श्रीमतीलाई धेरै पढाउ“दा पनि सोच्नुपर्ने हुन्छ ।’ ती सबैको भनाईले रमाकान्तलाई भित्रभित्रै रिस पनि उठेको थियो । किनकि उसको विचारमा सरलाले कमाएको सफलता नै उसको सफलता भन्ने लागिरहेछ । ऊ सम्झिरहेछ दुवै जना श्रीमान् श्रीमतीको वरावर परिश्रम र त्याग बा“डिएकोले आधा हिस्साको हिस्सेदार आफू पनि हु“ भन्ने कुरामा ऊ विश्वस्त छ ।
समाजको सामाजिक संरचना र जीवनको प्रकृतिमा कहिलेका“की मान्छे स्वयम् अन्धभक्त हुनसक्छ । विचरा सपना र कल्पनाको दृश्य मोहमा मान्छेको भावना एकातिर बहकिएको हुन्छ भने वास्तविकता अर्कोतिर धु्रविकरण भएर फैलिइसकेको हुन्छ । जसबाट मान्छेमान्छेबीचको पृथकपृथक प्रवृत्तिले नया“ समस्या खडा गर्न सक्छ ।
हिजो आज रमाकान्तले एउटा उद्देश्य प्राप्तीको निम्ति लडेको लडाईबाट सविजय किनारा लागेको मिठो अनुभूति गरिरहेका छ भने सरला आफ्नो शैक्षिक उचाईस“गै अलि पृथक शैलीमा रुपान्तरित भएकी छ । उसको यो विद्यार्थी अन्तरालमा आफ्नो सेवक भएर बसेको रमाकान्त सा“च्चिकै असल सेवकका रुपमा मात्र महशुष हुन थालेको छ ।
सरला प्रथम श्रेणीमा एमए पास भई । यो खवर राजधानी देखि गाउ“सम्म आइपुग्यो । टंकनाथका बूढाबूढीको खुशीले भू“इमा खुट्टा रहेन । गाउ“लेले जिब्रो काढे, त्यो मुख्खेली खलकमा सलबलाएको बहेद खुशीमा, कसैले खुशी मनाए । कोही ईश्र्याले भुतुक्क भए । दुखी हुनु र खुशी हुनु पनि समाजको नियति नै थियो ।
एउटी महिला प्रथम श्रेणीमा एम.ए. पास हुनु सबैतिर आश्चर्यको विषय नै बनेको थियो । सरलास“ग सन्निकट मान्छेहरुले उसलाई क्याम्पस पढाउन अनुरोध गरे । जिन्दगीको कठोर तपस्याबाट पाएको त्यो मीठो फललाई नचाखी कसको पो मन शान्त रहन सक्छ र ? सरला पनि त्यो अवसरलाई गुम्न नदिन क्याम्पस पढाउने विचार गरी । समयको चमच्चामा उसको जीवन विद्यार्थीबाट प्राध्यापक पेशामा बदलियो ।
रमाकान्तको पिठ्युबाट आर्थिक भारको बोझ हल्का भयो । क्रमागत समयको बुई चढेर जिन्दगीको मनोरम यात्रामा हिंडिरहेकी सरला आफ्नो योग्यता र सफलताको उचाईले विस्तारै भोगविलासतर्पm उन्मुख भइरहेकी छे, अब उसलाई रमाकान्त सा“च्चिको पति नभएर सेवक महशुस भइसकेको छ ।
विवाह गरेको छ वर्ष बितिसक्दा पनि सरलाको चारित्रिक सूचीबाट आफूलाई अज्ञात राखिरहेको रमाकान्तलाई आफ्नी पत्नीको विस्तारित चुरीफुरी, बोलीचाली र रहनसहनले अफ्ठ्यारोको अनुभूति गराईरहेछ । तर पनि आफ्नो त्याग र समर्पणको अनुष्ठानमा दुर्वाच्य उच्चारण गर्न चाह“दैन ऊ । सरलालाई बुझाउने र बुझ्ने प्रयास मात्र गर्छ ।
सरला अब पहिले जस्ती रहिन, ऊ धेरै परिवर्तन भइसकेकी छे । समयको वेहिसाव जीवनचक्रमा रमाकान्त र सरलाबीचको दाम्पत्य भित्र असमानताको कुइरीमण्डल फिंजिन खोजिरहेको छ । समयभन्दा अवेर डेरामा फर्कनु, सानो सानो कुरामा पनि झगडा गर्न तम्सिनु र हदभन्दा छिटो आफ्नो औकात देखाउन खोज्नु सरलाका सूचिकृत व्यवहारहरु बनिसकेका छन् । यी सबै थोकले रमाकान्त पत्नीपीडित भइरहेको छ ।
आज दुई विवाहित पतिपत्नीबीचको प्रणयी भूगोलमा कुनै तेश्रो भूमध्य रेखा कोरिएको छ । समयले ती दुवै प्राणीहरुलाई अहिले ठीक विपरित दिशाहरु अक्षांश र देशान्तरमा धु्रवीकरण गराईरहेको छ । दुवै प्राणीको प्रेम दाम्पत्यमा कोरिएको भूमध्य रेखाले सरलालाई आफ्नो औकात पढाएर अभिमानी बन्न प्रेरित गरिरहेको छ । जसको कारण उसलाई आफ्नै पति रमाकान्त अयोग्य र अशोभनीय लागिरहेको छ भने रमाकान्त, जसले आफ्नो सवथोक सिद्धाएर भविष्यको स्वर्णीम कल्पनामा रचेको संसारमा ज्वालामुखी फुटिरहेको आभास भइरहेको छ ।
यो एकवर्षको अन्तराल निक्कै रित्तो र निस्तो भएर गुज्रिरहेको छ उनीहरुका बीच । विनाशका निम्ति फैलिएको कुइरीमण्डल अझै वेगवान र निर्ममरुपमा मडारिएको छ । लाग्छ अब यो कालो कुइरीमण्डलबाट बर्सन सक्ने असीनाले उनीहरुको दाम्पत्य बंगैचामा हुर्किएक सपनाका फूलहरु जोगाउन सक्छ कि सक्दैन ?
एउटा शनिवार सरलाले एकजना पुरुषमान्छेलाई खाना खान बाालाई र रमाकान्तस“ग आफ्नो क्याम्पसको सहकर्मी हरिगोविन्द सर भनेर परिचय गराई । त्यसपछिका केही दिनहरुमा सरला हरिगोविन्दस“ग अलि बढीनै मस्किएर हिंडेको रमाकान्त आफ्नै आ“खाले देख्यो र त्यसपछिका केही दिनहरुमा हरिगोविन्द एकाविहानै मोटरसाइकल लिएर सरलालाई लिन डेरासम्म पनि आउन थाल्यो । ती सबै नमीठा यथार्थहरु देखेर रमाकान्तको कलेजा चिमोटिएको अनुभूत हुन्थ्यो । महाप्रलयको सामुद्रिक आ“धीमा एउटा प्रेम र विस्वासको डुङ्गा हराउन खोजिरहेछ भन्ने उसलाई लागिरहेको थियो ।
दुई पति पत्नीबीचको आन्तरिक कलह, घरवेटी र अरु व्यक्तिले पनि थाहा पाइसकेका थिए । झगडाकै कारण केही दिन दुई जना भोकै सुत्नु पनि परेको थियो ।
एक दिन राती अबेरसम्म पनि सरला क्याम्पसबाट घर फर्किन, ‘कहा“ गई होला ?’ रमाकान्त झनै आत्तियो । क्याम्पस लगायत विभिन्न ठाउ“हरुमा फोन सम्पर्क पनि ग¥यो । अत्तोपत्तो भएन । रातभर रमाकान्तको मस्तिष्कले विभिन्न तर्कवितर्कहरु ग¥यो । सरलाको सम्पूर्ण विद्यार्थी काल र एकवर्षे प्राध्यापन कालका बीच तुलना ग¥यो । विद्यार्थी जीवनभन्दा सयौं गुणा उल्टो सरला प्राध्यापन जीवनमा बदलिएकी थिइ । यी सबथोक सम्झेर रमाकान्त आफै पनि एउटा दुःखद् ज्वालामुखी विस्फोट भयो ।
भोलिपल्ट विहानै ऊ क्याम्पसतिर लाग्यो । सरला त्यसदिन क्याम्पसमा पनि थिइन । ऊ अरु विचलित भयो । ‘कहा“ गई होली सरला !’
दोस्रोदिन सा“झ रमाकान्तले सुन्नै नसकिने वा सुनेर पनि सहन नसकिने एउटा घातक समाचार सुन्यो । ‘सरला प्रँध्यापक हरिगोविन्दस“गै अदालती विवाह गरेर गइ ।’
‘रमाकान्त वेहोश भयो ।’
होशबाट खुल्दा उसलाई यसपूर्वका सम्पूर्ण घटनाहरु सपना वा विपना के हुन् थाहा भएन । आफूलाई पूर्ण होशमा ल्याउने प्रयास ग¥यो । आखिर उसको सामुन्ने साक्षात्कार भएका घटनाहरु जतिसुकै घातकपूर्ण र असह्य भएपनि सपना नभएर सास्वत विपना नै थिए । रमाकान्त, उसले चाहेर पनि त्यो ज्यानमारा यथार्थलाई सपनामा रुपान्तरण गर्न सक्दैनथ्यो ।
रमाकान्तको समीपबाट सरला धेरै टाढा गइसकेकी थिई । आज उसको अगाडि गाउ“बाट शहर पस्दा देखेका रङ्गिन सपनाहरुको फूलवारी छैन, आघातको का“डाघारी तेर्सिएको छ । एउटा सोझो रमाकान्तको संसार विथोलिएको छ, उसको सम्पूर्ण भविष्य विस्फोट भइरहेको छ र सवथोक लुटेर रित्तिएको खोक्रो आदर्शको अगाडि रमाकान्त लज्जास्पद उभिएको छ ।
विगतकी एउटी सोझी र अवोध सरलालाई आज प्राध्यापिका बनाउन रमाकान्त र त्यो मुख्यली परिवारले कतिठूलो त्याग र मूल्य चुकाउनु परेको थियो, तर त्यो सबै समर्पणलाई एउटा अभिमानको कालो पर्दाले ढाकेर प्रेमको मन्दिरमा आगो सल्काएर सरला गइ । सा“च्चीकै सरला मरेकी खवर सुनेको भए रमाकान्त सहन सक्थ्यो र आफ्नो सबै दुःख बिर्सन सक्थ्यो । तर ऊ आफू नमरेर रमाकान्तलाई जिउ“दै मारेर गई, सायद त्यो घात भयङ्कर निर्मम थियो ।
रमाकान्त शहर पस्यो । आफ्नी पत्नीको निम्ति, यतिका बर्ष शहर बस्यो । आफ्नै पत्निका निम्ति । सेवा ग¥यो समर्पित भएर, आफन्तहरुले गरेका आलोचना सहरे पनि । त्यही पत्नी जिन्दगीको अटुट विस्वासभित्र दावाग्नी लगाएर गएपछि आज रमाकान्त भित्री हृदयले आफू स्वयम्लाई घृणा गरिरहेको छ ।
रङ्गिन सपनाहरुको मृत्युलाई दागवत्ती दिएर अर्को विक्षिप्त रमाकान्त फेरि आफ्नो गाउ“ फर्किरहेको छ । डा“डामाथिको पिपलबोटको चौतारीबाट उसले घर जाने हिम्मत गर्न सकिरहेको छैन । किनकि ऊ घर पुग्दा नपुग्दै सबै जनाले आजभन्दा सात वर्ष अगाडि उसको साथ लाएर गएकी सरलालाई सोध्ने छन् । त्यतिबेला उसले त्यो गाउ“ र त्यो परिवारलाई कस्तो जवाफ दिन सक्ला ... ?
बलेवा,बागलुङ

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 30 चैत्र, 2069

लेखकका अन्य रचनाहरु