अतृप्त प्यास

- ऋषिराम भुसाल

सधैँ देखिरहँदा ढुङ्गा माटाको पनि माया लाग्छ भन्ने सुनेको अनुजले यो विषय आज आफ्नै लागि लागू भएको महसूस गर्दैछ। कार्यालय जाँदा सडक छेउमा कार्यालयको गाडी कुर्नको लागि ऊ कार्यालय समयको दश मिनेट पहिले नै आईसकेको हुन्न्यो। थरि थरिका मान्छेहरु हिँडथे त्यो बाटोमा। दैनिकी जस्तो हिडने मान्छेहरु पनि थिए त्यहाँ।उसको जानपहिचानका मान्छेहरु ऊ कार्यालय जाने समयमा त्यति नभए पनि दैनिकी हिँडने मान्छेहरु उसको यादमा थिए।तीमध्ये एक युबती सधैँ त्यहि बाटोमा उसकै छेउबाट हिँड्थिन्।करिबकरिब नेपाली पेशाकमा हिँड्ने हुँदा उनलाई पूरा ख्याल भयो ती युवतीका बारेमा। अनुज आईपुग्ने समयमा उनको पनि आउने समय हुन्थ्यो।टुप्लुक्क आइपुग्थिन उनी पनि त्यहाँ।उनी को हुन के गर्थिन, अनुज पूरा अनभिज्ञ थिए। अनुजलाई मनमा कौतुहलता छाएको थियो ती सुकुमारीको बारेमा जान्नको लागि।उनको बिषयमा बुझन आतुर भएको थियो अनुज। शायद उनको पनि अफिस भएर होला सधैँ त्यहि समयमा हिँड्थिन्।कतै प्राईभेट अफिसतिर हो की किनकी उनको पोशाक सरकारी जस्तो थिएन। नेपाली ढाकाको चोली र प्रायः राता लुगा लगाएर हिडने ती युबती देख्दा त अचम्म राम्री थिईन् नै।उनको नेपालीपनको झल्कोले अनुज साँच्चिकै लोभिएका थिए। धेरै दिनदेखि देखे पनि अनुजसँग ती युबतीसँग बोल्न सक्ने साहस थिएन।के भनेर बोलाउने किन बोलाउनेरु के प्रयोजनको लागि बोलाउनेरु यस्तै प्रश्न तेर्सिन्थे अनुजको मनमा उनलाई देख्दा।अनुज सोच्थ्यो के ती युबतीले पनि मेरो बारेमा केही सोचेकी होलिन तरु प्राय उनलाई देख्दा मनमा कौतुहल जागिरहन्थ्यो। साच्चिकै मनमा के के कुरा खेलिरहन्थे। कता कता मनमा उनीप्रति माया र ममता जागे जस्तो हुन्थ्यो अनुजलाई । तर बोल्ने साहस थिएन उनीसँग। होस पनि कसरी बाटोमा सरासर हिडिरहेको मान्छेलाई के कारणले बोलाउने। फेरि अनुज त सडक छेउ गाडी कुरेर बसेको मान्छे न हो।फलानो ठाउँ जाने कता होला भनेर सोधे आफै बेकुफ भइने डर। उनले सँधै देख्ने गरेको मान्छे। अनुजको मनमा एकतमासले चिन्ता बढ्दै जान थालेको थियो।एकतर्फ ती युबतीलाई नजिकैबाट स्पर्श गर्ने मन लाग्दै थियो भने अर्कोतर्फ भन्न सक्ने साहस र हिम्मत पनि थिएन उनीसँग। अनुज भाबनामा डुबुल्की मार्थ्यौ एकदिन कसो नआउला म पक्कै उनीसँग बोल्छु।उनीलाई बोलाई छाडछु। कहिलेकाहीँ साहस गर्न खोन्थ्यो उसले। फेरि साच्थ्यो के भनेर बोलाउनेरु मानौं रे बोलिएछ अब उनीसँगको सम्बन्ध के रहने तरु के उनलाई प्रेम प्रस्ताब गर्नेरु की सामान्य चिनजान गर्नेरु उनको एक मन भन्थ्यो उनीसँग दरिलो सम्बन्ध कसौं। उनको शरीरलाई नजिकैबाट स्पर्श गरौं।मनभरी चुमौं। छातीमा टासौं। उनीसँग दिनभर बसेर गफ गरौं।अर्को मन भन्थ्यौ म त चालीसको हाराहारीको मान्छे मेरा बालबच्चाको बिचल्ली पारेर अरुसँग लहसिँदै हिँड्न हुँदैन।किनभने म जिम्मेबार मान्छे हुँ। यस्तै तर्कवितर्क गर्दै गर्दै उसका दिनहरु बित्दै थिए। तर मनमा उदासिनता बढ्दै थियो उनीप्रतिको माया र सदभाबले दिन परदिन पिरल्दै थियो।
फेरि कल्पना गर्थ्यौ अनुज उनको नाम मात्र थाहा पाए पनि फेसबुकमा एड गरेर फोटा हेरेर बस्न त पाईथ्यो। कति मजा हुन्थ्यो होला उनीसँग च्याट गर्न पाए। के गर्ने देखेर मात्र भएन। अर्कोतर्फ उनी फेरि तुलना गर्थे घरकी गृह लठघमीसँग रुप र योबनमा ती सुकुमारीलाई नभेटे पनि राम्रोसँग घर त चलाएकी नै छन् नी। बालबच्चाको रेखदेखमा तल्लीन भएकै छन्। एउटा निश्चित समयमा त रुपबान नै थिइन् ती पनि। उनको रुप आफू र आफनै बच्चाले चुसेर त उनी रुपबिहिन बनेकी हुन नी। उनी अन्यमनस्कमा पर्छन। यो उमेरमा बाहिरका सुकुमारीहरुको खोजी गर्दै किन हिँडनेरु आफैले आफैलाई प्रश्न गर्छन् उनले। के म फेरि लभ गर्न सक्छुरु के म उनलाई पाए बिहे गर्न तत्पर हुन्छु तरु के को लागि उनको पछि लाग्नेरु यस्तै उकुसमुकुसी र छटपटीमा रुमल्लिदै उनका दिनचर्या बित्दै थिए।
निरासा र खिन्नताका रेखाहरु उनको अनुहारमा सजिलै पढ्न सकिने भएकोले कार्यालयका साथीहरु उनलाई भन्ने गर्थ के भो अनुज जी किन आजकल मलिन अनुहारमा, भाउज्यूसँग केही ठाकठुक त भएनरु की के भो ररु उनले सामान्य हो केही भएको छैन भनी टारिदिन्थे।जब एक्लै हुन्थे उही कथा र ब्यथाले उनलाई पिरलीरहन्थ्यो। उनी तुलना गर्थे के रामलाई यस्तो भएको भए उसले ती सुकन्याको कल्पना गदैनथ्यो ररु के राधेश्यामले यस्तो अबसर छाडथ्यो ररु केटीहरुसँग मोज मस्ती गर्दै हिडने पनि त थिए कार्यालयमा उनीहरुले भेटेको भए उनलाई के बाँकी राख्थे ररु तैपनि उनी केही भन्न सक्दिैनथे। घरमा पनि श्रीमतीले मलिन अनुहारमा बसेको देख्दा भन्ने गर्थिन आजकल तपाईलाई अफिसमा केही समस्या परेको छ कीरु हाकिमले केही भन्दै छन् की किन झोक्राएर मात्र बसेको देख्छु। उनी केही होइन भन्दै टार्थे। उनीसँग केही उत्तर पनि त थिएन हरेकका प्रश्नलाई सम्बोधन गर्ने। तर मनमा अनेक तर्कना र बितर्कनाले उनलाई सताईरहेकै हुन्थ्यो।के गर्ने के नगर्ने। एकान्त पाए तिनै सुकुमारीको याद गरिहाल्थे।किन नगरुन र त्यो पनि चालीस लाग्न लागेका अनुज भर्खर २२र२३ वर्षकी हँसिली रसिली, अग्लो शरीर राता गाला चुल्ठोमा फूल राखेर हिड्दाको ढलक ढलक। हेरौं हेरैं लाग्ने छातीमा टुसुस्क पलाएको उनको जबानी।फेरि पोशाक पनि कति मिलाएकी।कति राम्रो थियो उनको कलकलाउदो बैंस। कसैले नगिजोको जस्तो देखिन्थ्यो उनको रुप, मनै लोभ्याउने उनको सुकुमार रुपरू।
आजकलका केटीहरु टाइट पायन्ट लाएर शरीरका सबै अङ्गप्रत्यङ्ग देखिने गरी नै लाउनमा रमाउँछन्।सकभर तिघ्रा र नितम्ब पनि देखियोस्। यसमा नै उनीहरुलाई गर्व लाग्छ।उनी भने नेपाली चोली र साडीमा सजिएर लसकलसक जान्छिन् आफ्नो गन्तब्यतिर।पश्चिमेली फेसनले जरा गाडडै लगेको नेपाली समाजमा उनी जस्ता त नमूना न हुन्। यसो विचार गर्छन अनुज उनको लबाई मात्र नभएर धेरै दिन उनी हिँडदा कसैसँग बोलेको पनि त देखिदैन।कसैको मुखमा पनि नहेरी सरासर हिँड्छिन। उनी बाबु आमाप्रति कृतज्ञ पनि छन् की शायद अनुजको त्यो पनि ठम्याइ भो।आजकल त डान्स, रेष्टुराँ जाने जोली बाँध्दै हिँडने त्यो गर्न नसके हुतिहारा भइने। दस पढ्दा नपढ्दै ब्यय र गर्ल फ्रेन्ड हो भन्दै काँधमा हात राख्दै हिडनुपर्ने समयमा उनी भने सँधै जस्तो एक्लै सरासर जाने आउने गर्दा साँच्चिकै इमान्दार र असल हुन की जस्तो पनि लाग्दैथियो अनुजलाई।अनुज त त्यस्तो संस्कारमा हुर्किएका हुन जुन संस्कारमा केटीहरुसँग बोल्न गाह्रै हुन्थ्यो। सँगै पढ्ने केटीहरुसँग पनि एकै ठाउँ बस्ने चलन थिएन। केटीहरुसँग बोल्न लाज लाग्थ्यो। केटीहरु त झन पटक्कै बोल्दैनथे। बिहे गर्दा पनि आफूले केही गर्नै पर्दैनथ्यो। सबै आफन्तहरुले चाँजो पाँजो मिलाउथे। आफू त बिहेमा दुलाहा बनीदिए पुग्थ्यो। बिहेपश्चात् पनि श्रीमतीसँग सँगै हिड्दा टोल छिमेकीले खिसी गर्थे। रातीको समयमा पनि दुईजना मुस्किलले भेट हुनु पर्थ्यों। त्यस्तो बेला के बोल्ने हल्का फुल्का मात्र न हो बोल्ने भन्ने कुरा।मनमा लागेका कुरा पनि बेसरी गर्न पाउने, माया प्रेममा कस्सिएर रमाउनु पनि त थिएन। आजकलको जस्तो के नै थियो र त्यसबेला। हेर्दा हेर्दै समयले धेरै फन्को मारिसकेको थियो। आजकलका केटा केटीलाई त त्यसो भन्ने हो भने हाँसोमै उडाउलान्। जीन्दगी हाँसो खेलमा नै बिताउनुपर्छ भन्ने मान्यता छ अहिले। बाबुआमाले जसरी जोहो गरे गरुन मोज मस्तीमा नै जीवन बिताउनुपर्छ भन्ने मान्यता छ अहिले।समयको परिबर्तनले हामीलाई पूराना कुरा गर्नै भएन यस्तो लाग्दै थियो अनुजलाई।
जे सुकै भएपनि, समय परिबर्तन भए पनि बाटोमा भेटिने नानी भने आधुनिताको रसमा डुबेको जस्तो लाग्दैनथियो। आफूले पढ्दा देखेको जस्तो कपडा लाएर पनि होला अनुज उनीप्रति हुरुक्क भएको। माया लागेको। बोलूँ बोलूँ लागेको। अहिले त यस्ता कपडा लगाएर हिँड्ने प्रायः भेटिदैनन् पनि। जो कोहिले पनि उनलाई छुट्टै रुपमा चिन्न सक्थ्यो। आधुनिकताको रुपले नछोएको, ग्रामीण परिबेशमा हुर्केको अनुजका लागि उनको परिबेश गाँउले नै भएको अनको ठम्याइ छ। आधुनिकताको रसमा नडुबेको उनको ठम्याइका कारण अनुजको उनीप्रतिको आशक्तिपन बढेको हो शायद। यस्तै सोचाइ र कल्पनामा उनको दिन बितेको थियो। के गरुन बिचरा न बोलाउन सक्ने न भुल्न सक्ने।
यस्तैमा उनलाई अकस्मात् कोठा सर्नुपर्ने भयो।उनी अहिले बसिरहेको पेरिफेरि छाडेर जाने मन थिएन।तर उनको छोरीले स्कलरसिपमा अर्को स्कूलमा नाम निकालेर उनलाई छोरीको स्कूल पाएक पर्ने ठाउँ नजिकमा जानुपर्ने भयो। बिरक्त र बहुलठ्ठी हुँदै उनी नयाँ ठाउँमा कोठा खोजे। अब कसरी भुल्ने होला मेरा मानसपलटमा भिजेकी ती सुन्दरीको हाउभाउ।उनको हिडाई उनको लगाई। अब कहिले देख्ने होला उनलाई।टेन्सनै टेन्सनका दिन शुरु भए अनुजका।
सपनाले झसङ्ग ब्युँझायो अनुजलाई।कति मीठो सपना देख्दै थिए उनले।अपरिचित अनुहारकी ती नवयौवनाको हात स्पर्श गर्दै उनैलाई अँगालो मारेर मस्त गफ मार्दैमार्दै कतैबाट एक्कासि आवाज आयो ए यो तैले के गरेकोरु उनी आत्तिए अत्तालिदै जुरुक्क उठन खोजको त आफ्नै ओछ्यानमा पो पाए आफूलाई। जुरुक्क उठे यो कस्तो सपना देख्न पुगेँ मैले। बिपनामा पूरा हुन नसकेका बिषय सपनामा पूरा हुन्छन् भन्थे त्यस्तै भएछ क्यार मलाई। लामो समयदेखि देखेको दृश्य मानसपलटमा भिजेछ। एकछिन घोत्लिए उनी। खुईय सुस्केरा हाल्दै सोच्न लागे।मलाई यो के भएको होला। भर्खर टीन ऐजको पनि होईन म। भाबनामा बहने दिन त यी होइनन्।घरबार गरिसकेको मान्छे। बच्चा बच्चीको भबिष्यको जिम्मा लिएर बसेको मान्छे म। धिक्कारे तर मन न हो कहाँ मान्थेयो र।फेरि सोच्न थाले तिनीसँग एक पटक आँटै गरेर भएपनि बोलेको भए के नै पो हुन्थ्यो ररु एस्क्यूज मी मैले तपाईलाई कतै देखे जस्तो लाग्यो घर कहाँ पर्यो होलारु भनेर सोध्न सकेको भए के नाजबाफ उनी त्यहाँबाट हिड्थीन ररु केही त भन्थीन होला नी। खाल्डा र खुल्डी पर्न लागेका मेरो जीनो छालाका गाला र रातै रगत चहिन लागेका उनको उर्लदो जबानीकाको तुलना गरेर उनी के सरासर हिड्थिन होला ररु वा मेरो नाम।।।हो अन्कल भनेर जबाफ दिन्थिन् ।जे भने पनि कम्तिमा एक पटक बोलाउनु नै पर्थ्यो।उनलाई पछुतो भो। अब उनको सुन्दर रुप कहिले र कहाँ देखिएला। उनमा झल्किएको नेपालीपन कहाँ देखिएला। मेरो मन मस्तिष्कले देख्दै गरेको सपना कहिले पूरा होला। उनलाई लाग्दै थियो यो अतृप्त प्यास कहिले पूरा हुँदैन। कहिले पूरा नहुने सपनाले मलाई घायल बनाइदियो। अब यस्ता कुरातिर लाग्नु हुँदैन अनियन्त्रित बन्दै गएको मेरो मनलाई मैले जसरी भएपनि वसमा ल्याउनुपर्छ। उनको अन्तिम ठम्याई त्यहि भयो। यस्तै चञ्चलतामा चञ्चल चञ्चल हुँदै उनी फेरि निदाउने चेष्ठा गरे। पटक्कै निद्रा लागेन। घडी हेर्न लाईट अन गरे बत्ती थिएन। ऐनकेन मोबाइलको सहाराले समय हेर्न भ्याए। भर्खर तीन बज्दै थियो। झ्यालबाट बाहिर हेरे चुक घोप्टाएजस्तो निश्पट्ट अँध्यारो मात्र छ। के गरौं के अन्यमनस्कमा परे उनी।अध्ययन गरौं बत्ति थिएन। चार्जरबाला लाईटमा हेरे चार्जर नै थिएन। पल्टिनु सिबायको बिबशता उनमा केही रहेन् ।चरम गरिबी, अभाबले ग्रस्त नेपाली जनजीवन गाँस बास र कपासमै अल्भ्किनुपर्ने बाध्यता त थियो नै बाटोघाटो, पानी, बिजुलीजस्ता आवश्यक पूर्बाधारको अभाबले नेपाली जनजीवन सधैँ दुखमा रुमल्लिनुपर्ने अवस्था देख्दा उनका मनमा कताकता च्वास्स घोचेझैं भयो। आज संसारका मान्छेहरु कति प्रगति गरिसके हामी सँधै अभाब र पीडालाई बोकेर त्यसमै रुमल्लिदै जीवन गुजारा गर्न विबश छौँ। खाना र नानामै रोमल्लिनुपर्ने हाम्रो लागि प्रगतिको ढोका कहिले खुल्नेरु मनमा यस्तै कुरा खेलाउँदै पल्टिए उनी।छेउबाट मस्त निद्रामा सुतिरहेका उनका श्रीमती र बच्चाबच्चीहरुको स्वाँ स्वाँ आवाज आइरहेको थियो।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 29 चैत्र, 2069

लेखकका अन्य रचनाहरु