मेच

- विश्वम्भर चन्चल

अफिसमा निकै गाइँगुइँ चल्न थालेको छ आपूm आपूmमा र सबै आश्चर्यचकित छन् वातावरणदेखि । “के हुन लाग्यो यो अचम्म !” सबैको मुखबाट यही सुनिन्छ । बूढो कारिन्दा रामशरण आएर भन्छ, “होइन हजूर, कतैको भूतसुत पो आएर बसेको छ कि यहाँ ! नत्र त......,” उसले कुरा लम्ब्याउँछ, “कति हाकिमको सेवा पुर्याइसक्यो हजूर यस ज्यानले । कस्ता कस्ता अनुहार भएका र कति असल असल हाकिम फेरिए हजूर यस अफिसमा तर जो आए पनि.... ।” रामशरणले कुरा टुङ््ग्याउन पाएको हुँदैन हरिशरण नामको पिउन दौडिदै आउँछ र एकै सासमा भन्छ, “हजूर....हजूर.... आज पनि हाकिम साबले मान्छे चिन्नु भएन । उहाँको पुरानो साथी रे, धेरै मिल्तिको रे । ‘एक पटक गएर मेरो नाम मात्र लिइद्यौ’ भनेर कराउनुभयो । मैले त हाकिम साबले अहिले कसैलाई पनि भेट्नु हुन्न’ भनेर भन्दै थिएँ । मान्नु भएन । गएर हाकिम साबलाई भनिदिएँ । ‘बोलाऊ भित्र’ त भन्नुभयो हाकिम साबले । तर जब त्यो मान्छे भित्र गयो, हाकिम साबले उसँलाई चिन्नु नै भएन । के रोग होला हजूर यस्तो ? उहाँ हाकिम साबको साथी पनि ‘हरे ! कस्तो रोग लागेछ मेरो साथीलाई’ भन्दै दुःखमनाउ गर्दै जानुभयो ।
बूढो रामशरण फेरि भन्न शुरु गर्छ– “राती राती आँखा नदेख्नेलाई त रतन्धो भनिन्छ क्यारे होइन हजूर ? यो दिउँसै आँखा नदेख्ने रोग के होला ? खोइ, आज भोलि त अनेकन विद्या छन्, शास्त्र छन् । के के शास्त्रले के के भन्छन् होला । आपूm त न त्यति पढेको, न त्यति गुनेको मान्छे परियो । खालि हजूरहरू जस्ताको संगतले मात्र यो आज भोलिका एक दुई कुरा जानिएको छ ।”
उता हरिशरण दुई हतकेलालाई दुइटा गालामा थिचेर मेरो सामुन्ने उभिइरहन्छ र सुनाउँछ, “हाकिम साब आँखा नै नदेख्ने पनि होइन । सबै काम गर्नुहुन्छ अफिसको जति । बिहानको काम बेलुका केही राख्नु हुन्न । एउटा त्यति मसिनो आल्पीन पनि आल्पीनदानीबाट छानी छानी झिक्नुहुन्छ । कहाँ कुन फाइल छ हात पसार्दासाथ आपूmलाई चाहिएको फाइल झिक्नुहुन्छ । खालि मेचमा मात्रै बस्यो कि मान्छे मात्रै चिन्नु हुन्न । क्या हो क्या हो ए बाबा.... !” ऊ सुस्केरा हाल्छ र भन्छ, “कस्तो प्रकारको रोग रहेछ यो ! नाम पनि के होला यस रोगको ?”
“त्यही त.... यो अफिस नै यहाँबाट सर्ने हो कि हजूर, माथि भनेर,” बूढो कारिन्दा रामशरण भन्छ ।”
पिउन हरिशरण कुरा थप्छ, “बरु हजूर ! अफिस नै सर्न नसके हाकिम साब बस्ने कोठा फेरिदिउँ । साँच्चि नै ! यस कोठामा त भूत–प्रेत कै आँखा लागेको छ कि जस्तो लाग्छ मलाई पनि । नत्र त यस्तो हुनु नपर्ने । बरु एक चोटि पूजा–आजा नै पनि गरिदिने हो कि यस कोठामा, ए कारिन्दा बाजे ?”
“मलाई पनि त्यसै गरुँ जस्तो लाग्छ” रामशरण जवाफ दिन्छ र मलाई सोध्छ, “हुन्न हजूर ?”
म त यसै नयाँ मानिस थिएँ यस अफिसमा भर्खरै सरुवा भै आएको– एउटा साधारण सेक्सन अफिसर । नानाथरीका मानिसले नानाथरीका कुराहरू सुनाउँथे यो अफिस र त्यो कोठाबारे, तर केही गर्ने शक्ति ममा थिएन न त अधिकार नै । केवल सोच्थेँ– यदि कुनै घरमा भूतले वास गरेको भए वा कुनै ठाउँमा भूत–पिचासको सन्धि–सर्पण परेको भए मात्रै पनि तिनीहरूले दःुख दिन्छन् भनेर । तर पनि यही काठमाडौँको एउटा प्रशिध्द भूत वंगला भनी कहलिएको भवनमा पनि आज भोलि कुनै अफिस समेत बसिसकेकोले भूत–पिचासमाथिको हराइसकेको विश्वास पनि यस अफिसमा आएपछि पल्हाउन थाल्नु चाहिँ मेरो लागि एउटा स्वभाविक प्रकृया बन्न पुगेको छ । रामशरण होस् या हरिशरण, शिव वहादुर होस् या गणेश थापा मगर सबै सबैले त यही भन्छन्– यस अफिसको त्यस कोठामा अवश्य केहीले वास गरेको छ भनेर । तर मैले राम्रो अध्ययन गर्न पाएको थिइन– कुन रोगले हाकिमलाई मान्छे नचिन्ने बनाउँछ भनेर । किनभने एक त म नयाँ मानिस यस अफिसको । दोश्रो, हाकिमकै पुरानो साथी उनीकहाँ गइरहनु पनि अप्ठेरो लाग्थ्यो ।
जुन दिन रामशरण र हरिशरणले ती कुरा सुनाए मलाई पनि यस रोगबारे जानकारी प्राप्त गर्न मन लाग्छ । म त्यस दिन हाकिमको कोठातिर लाग्छु । हाकिमको कोठा र मेरो कोठाको बीच बरण्डामा लक्ष्मी श्रेष्ट भेटिन्छन् । उनको दाहिने काखमुनि एउटा फाइल हुन्छ तर अनुहारमा विषाक्तता । उनले मनजीकै आएर बिस्तारै कानमा भन्छन्, “हाकिम साबको मेच काम्छ.... ।”
म झन आश्चर्यचकित हुन्छु, “हँ.... अब मान्छे नचिन्ने मात्र होइन बसेको मेच नै काम्न थाल्यो ?”
“होइन, पहिले मेच काम्छ । त्यो संकेत हो उनको रोगको । अनि मात्र मान्छे नचिन्ने बन्छन....” लक्ष्मी श्रेष्ट मलाई सम्झाउँछन् ।
“तर यो मेच काम्ने कुरा त कसैले पनि भनेका थिएनन् अहिलेसम्म,” म जिज्ञासा प्रकट गर्छु ।
“हो भनेका थिएनन् होला....,” लक्ष्मी श्रेष्ट बुझाउँछन्, “जसले पनि रोग नै देख्ने हो खूद लागेको । तर रोग कसरी लाग्छ त्यो धेरैले बुझेका हुँदैनन् र मानिसको ध्यान त्यतापट्टि बढी जाने होइन ।”
“हो ठीक भन्नुभयो,” म सहि थाप्छु र हाकिमको रोगको कारण पत्ता लगाउन उनको कोठातिर लाग्छु । ढोका जब उघार्छु हाकिमले सोध्छन्, “को आउनुभो ?”
“नमस्ते हजूर....म....,” हात जोड्दै उनको अगाडि उभिन पुग्छु ।
“नाम के रे तपाईँको ?” उनले मलाई टुलुटुलु हेरेर सोध्छन् । म चाहिँ नजीकको सम्बन्ध जोड्न खाज्दै ‘उही....म नि हजूर.... राम प्रसाद शमा’ भन्दै उानलाई सुनाउँछु र उनीनजीकैको बायाँपट्टिको मेचमा गएर बस्दै उनी बसेको मेचलाई नियालिरहन्छु । मेच कामरिहेको छ भूइँचालोले कमाए जस्तै । म आत्तिन्छु र कराउँछु, “हजूर, मेच....मेच.... ।”
“के मेच....मेच..... भनेर कराइरहनुहुन्छ तपाईँ, बौलाउनु त भएन ?” हाकिमले सोध्छन् ।
“मेच हजूर.....काम्यो....,” मेरो जवाफमा हाकिम अकस्मात् हाँस्छन् र भन्छन्, “मेच घुम्छ, काम्दैन बुभ्mनुभो ? यो घुम्ने मेच हो,” भन्दै मेचलाई उनले एक पटक फनक्क घुमाउँछन् र मलाई सोध्छन्, “भन्नोस् के कामले आउनुभयो ?”
म त्यसै अकमकिन्छु र भन्छु, “त्यसै.... । हजूर यहाँ हाजिर भएपछि हजूरसँग पहिलो दिन मात्रै भेट भएथ्यो, अनि.... ।”
“ए ! तपाईँ नयाँ आउनुभएको हगि लोकसेवाले पोष्टिङ् गरेर । के रे तपाईँको नाम ?”
“रामप्रसाद नि हजूर.... । हजूरले कस्तो नचिनिबक्सेको....,” म पूरै स्पष्टिकरण दिन थाल्छु हाम्रो पुरानो मित्रताको, “....हामी झण्डै एकै चोटि जागिरे थियौँ– हजूर स्कूलमा, म विभागमा । हाम्रो पद पनि एउटै थियो । हामी सँगै पप्लु खेल्थ्यौँ बिदामा, कतै बारमा गएर रक्सी खान्थ्यौँ, रमाइला गफ गथ्र्यौँ, हाँस्थ्यौँ, हाम्रो जमातमा हजूर नै सबभन्दा रमाइलो मानिस होइबक्सिन्थ्यो । मिलनसार पनि, दयालु पनि । सब थोक ।”
“भएँ होला.... खोइ म चाहिँ तपाईलई चिन्दिनँ,” हाकिम भन्छन्, “म अनुभव गर्छु– उनले मेरो भनौँ एउटा कर्मचारीको हैसियतले त्यहाँको मेरो उपस्थितिलाई राम्रै गरी थाहा पाइसकेका छन् र देखिरहेका छन् । तर पनि उनले मलाई पुरानो साथी रामप्रसादको रूपमा भने चिनिरहेका छैनन् । म मनोविज्ञानको शब्दकोष खोतल्न थाल्छु, यस प्रकारको रोगलाई के नाम दिइएको छ भनेर, तर सम्झन सकिरहेको हुन्न । त्यसै बखत लक्ष्मी श्रेष्ट फेरि एउटा फाइललाई काखी च्यापेर हाकिमको कोठाभित्र पस्छन् र उनको अगाडि परेर के फाइललाई टेबुलमा राख्न खोज्छन् हाकिम सोध्छन्, “के फाइल यो ? कसको ?”
“हजूर....त्यही विष्णुहरिको,” लक्ष्मी श्रेष्ट सुनाउँछन् । तर हाकिमले त्यो फाइल पर हुत्याइदिन्छन् एकदम रिसाएर । लक्ष्मी श्रेष्टले विष्णुहरिको लागि प्रतिवाद गर्छन्, “होइन हजूर, त्यसको त जागिर नै उड्छ । चार पाँच जना केटाकेटी छन् घरमा । अन्याय नै हुन्छ हजूर यो त !”
हाकिम जङ्गिन्छन्, “के न्याय र अन्यायको ठेक्का तपाईँले लिनुभएको छ ? जानोस्, उसको केटाकेटकिो माया लागे तपाईँले माना पाथी भरेर दया गर्नोस् ।”
“त्यो त कहाँ सकिन्छ र हजूर,” लक्ष्मी श्रेष्ट नमीठो अनुहार लगाएर भन्छन् ।
“उसो भए जानेस् त यो फाइल लिएर । फेरि कहिल्यै यसको बारे कुरा नगर्नुहोला ।”
“एउटा गरीबको जागिर नउडोस् भनेर मात्र हो हजूर । नत्र मेरो लागि के थियो र ?” यस पटक लक्ष्मी श्रेष्ट पनि केही रिसाएर बाहिर निस्कन्छन् । म हाकिमको मेचतिर हेरेको हेर्यै हुन्छु । मेच झन झन कामिरहेको हुन्छ । हाकिमको रोग बढ्दै जान्छ । म अब त्यसै फेरि हेरिरहन मात्र सक्दिन । मैले उनलाई पुनः संकेत दिन खोज्छु, “मेच हजूर.... ।”
“के त मेच फेरि.... ?” हाकिम कुर्लिन्छन् ।
“मेच कामेको काम्यै छ हजूर ।”
“के कुरा गर्नुहुन्छ तपाईँ ? मेच कसरी काम्छ ? मेच घुम्छ पो त अघि नै भनेको होइन तपाईँलाई ?” हाकिमले रातो मुख लगाएर मेचलाई यस पटक पनि फनक्क घुमाएर मलाई चेतावनि दिए जस्तै गरी बोल्छन्, “तपाईँलाई लोकसेवाले कसरी पास गर्यो कुन्नि यस बुध्दिले ?”
“खोइ हजूर त्यो त थाहा छैन । तर पास भएँ....,” मैले नम्र भएरै सुनाउँछु र कपाल कन्याउँदै सोध्छु, “हजूरले सााच्चिकै मलाई नचिनिबक्सेको त ?”
“अँ रामप्रसाद भन्नुभएको होइन तपाईँको नाम, चिनिहालेँ नि....,” उनी भन्छन् ।
यसै बखत विष्णुहरि भित्र पस्छ र सर्वप्रथम हनुमान रूपमा हाकिमलाई ढोग पुर्याउँदै कोठाको एक छेउमा उभिइरहन्छ । तर हाकिमलाई उसको उपस्थितिको कुनै माने रहँदैन । अब विष्णुहरि त्यसै नबोली बसिरहन पनि सक्दैन । झण्डै रुञ्चे आवाजमा दुवै हात जोड्दै भन्छ, “हजूरले मलाई पहिले पहिले कस्तो मायाँ गरिबक्सिन्थ्यो, आप्mनै देखिबक्सिन्थ्यो । यहाँ जागिर खान पनि हजूरकै कृपाले भएको हो....,” विष्णुहरिले आप्mनो कुरा टुङ्ग्याउन पाउँदैन हाकिम एकदमै क्रूर बन्छन्, “के वाहियात् कुरा गरेको तिमीले ? तिम्रो जिन्दगीभरिको ठेक्का म लिन सक्छु ? जाऊ यहाँबाट, गइहाल ।”
विष्णुहरि डराउँछ र नजानिदो चालाले खुट्टा पछिपछि सार्दै जान्छ । तर फेरि सम्झन्छ– चार पाँच जना केटाकेटी, स्वास्नी, आपूm । यी सबको पछाडि यही नै त हो एउटा सानु जागिर जसले केही न केही भए पनि भरथेग गरिरहेको छ ! यसैले ढोकानेर पुगेर पनि उसका खुट्टा फेरि थामिन्छन् र हात जोडेर नै उभिरहन्छ । तर हाकिमको आँखामा ऊ पर्दैन । हाकिम केही खोजे भैmँ अगाडि टेबुलमा यताउति हात लगिरहन्छन् र कहिले टेबुलको घर्रा पनि उघार्न पुग्छन् । म चाहिँ उठूँ, जाऊँ कि त्यसै बसिराखौँ भने भैmँ अन्यौलमा नै मेचमा यताउति चल्मलाइरहन्छु तापनि विष्णुहरिको त्यो अवस्थाको उभयाइलाई सहन पनि सक्दिन । हाकिमलाई सुनाउँछु, “हजूर ! विष्णुहरि त उभिएको उभियै छ.... ।”
“को विष्णुहरि, खोइ ?” उनी विष्णुहरिको उपस्थितिलाई ठम्याउन सक्दैनन् । किनकि यस बखत पनि उनको मेच कामिरहेकै हुन्छ र उनी चुरोट सल्काएर मेच घुमाइरहन्छन् ।
अकस्मात् अफिसको घडिले पाँच बजाउँछ । हाकिम साबले आप्mनो घडि पनि हेर्छन् र टोपि तहलाउँदै मेचबाट उठ्छन् । मेच ठ्याम्मै काम्न छोडेको छ । हाकिम मान्छे नचिन्ने रोगबाट मुक्त भएका छन् । अफिस बाहिर निस्केपछि उनले मलाई अँगालो मारेर सुनाउँछन्, “हाम्रो मित्रता धेरै अघिदेखि हगि.... ?”
विष्णुहरि पछि लाग्दै निवेदन गर्छ, “हजूर ! त्यो फाइल भोलि.... ।”
“हुन्छ, ” उनी भन्छन् ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 2 चैत्र, 2069

लेखकका अन्य रचनाहरु