बिसङ्गतिको आकाश

- ओमप्रसाद घायल

कला नै आफ्नो कर्म हो भन्छ–सूर्यप्रकाश । सायद त्यसले ऊ कर्मलाई इश्वर सम्झन्छ र पूजा गर्छ । सूर्यप्रकाश जानेरै जिन्दगीका झण्डै पन्ध्र वर्ष त्यही कला साधनामा समर्पण गरिरहेछ । क्यानभासमा कुचीले सिंगारेका विभिन्न समय र परिस्थितिका घटना दुर्घटनाहरु उसको कोलाजमा समायोजन भएका छन् ।
ऊ विवाहिता हो । उसकी पत्नी वेलिसरा र छोरी प्रतिभा पनि छन् । सूर्यप्रकाश घर व्यवहारमा खासै वास्ता राख्दैन, घर चलाउनुपर्छ –बेलिसरालाई । सूर्यप्रकाश सबैभन्दा बढी प्रेम आफ्नो कलालाई गर्छ । त्यसैले आफ्नो आम्दानी पनि कलामै खर्च गर्छ । बेलिसरा हैरान छे –आफ्नो पतिको कला साधनास“ग । ऊ चाहन्छे ‘त्यो रङ र कुचीमा खर्च गर्ने पैसा खान, लाउनमा खर्च गरियो भने घर चल्छ । चित्रले खान लाउन दिंदैन, त्यसैले यो काम बन्द गरियोस् ।’
वास्तवमा सूर्यप्रकाशलाई उसको कलाले खान दिने त कुरै छोडौं, बरु उल्टै उसको र उसको परिवारको गास खोसिरहेको छ । बेलिसरा यो अर्थमा ठीक भन्दै छे । उसले महशुस गर्छ, तर आफ्नो साधनाको अनुष्ठानबाट उसले कलालाई बिच्छेद गर्न सक्दैन ।
आफ्नो कर्मको इश्वर अर्थात् कला साधनालाई ऊ सम्पूर्ण तनावहरुको भीडबाट मुक्त गर्न चाहन्छ । आफ्नी बेलिसरा र छोरी प्रतिभालाई घरमै छोडेर ऊ शहर पस्छ । घरदेखि अलि टाढा जिल्ला सदरमुकाम ।
उसले सदरमुकाममै डेरा खोज्यो । दिनरात आफ्नो क्यानभासमा विभिन्न शैली र प्रकृतिका पेण्टिङहरु निर्माण गर्दै रह्यो । सूर्यप्रकाश सधैं आफू बा“चिरहेको युग र आफूले भोगिरहेको दुनियामा उभिएर आफ्नो अगाडि भइरहने घटना, दुर्घटना, विकृति र विसङ्गतिहरुको प्रतिविम्बि रुपान्तरण गरिरहेछ आज पनि ।
सूर्यप्रकाश सदरमुकाम बसेको पुगनपुग छ–सात महिना भएको छ । बेलिसरा आज गाउ“बाट सदरमुकाम आएकी छे । आ“खाभरि विस्मयको दह बोकेर । सायद मनभित्रको उत्ताप आफ्नो पतिस“ग विसाउन चाहन्छे ऊ ।
‘के कामले आयौ बेलिसरा ...... ?’ सानीछोरीलाई काखमा लिंदै सूर्यप्रकाश आफ्नी पत्नीस“ग प्रश्न तेर्साउ“छ ।
‘म एक्लै घरमा बस्न सक्दिन, प्रतिभाको बाबा ! तपाई नहु“दा यी दिनहरुमा मैले साह्रै दुःख पाए“, त्यो घर हाम्रा लागि किन किन सा“घुरो लाग्न थाल्यो ।’ बेलिसरा आ“खाबाट आ“सु झार्दै घुमाउरो तरिकाले गुनासो गरी ।
‘किन सा“घुरो हुन्छ बेलिसरा त्यो घर हामीलाई, एउटी बूढीआमा भन्दा अरु कोही छैन ।’
‘वृन्दा नानी पनि त त्यहीं हुनुहुन्छ । त्यो घरको सबै सम्पत्ति पनि उहा“कै पौरख हो रे, तपाईले केही कमाउन सक्नु भएन रे । आमा सधैं मलाई सुनाइरहनु हुन्छ । लोग्नेको कमाइ नभएपछि चारैतिरबाट उपेक्षित भइदोंरहेछ ।’
बेलिसराको भनाईबाट सूर्यप्रकाश मर्माहत भयो । पैसा कमाउन नसकेकै कारण छोरा भएर पनि ऊ आमाको प्यारो हुन सकेको छैन, वृन्दा छोरी भएर पनि घरमा राज गरिरहेकी छे । माया प्रेममा पनि पैसाको ठूलो महिमा हु“दोरहेछ, ऊ फुसफुसाउ“छ ।
चा“दीजस्तै सेतै फुलेकी जिम्वाल्नी बज्यै छोराबुहारीलाई देखिसहन्नन् यो उनको खराप चरित्र हो । छोरा बुहारी र छोरी ज्वाइमा भिन्नता देख्ने उनको पहिल्यै देखिको वानी हो । छोरी ज्वाईं एकैसाथ हिंडेको, हाटवजार गरेको देखिन् भने उनलाई अति खुशी लाग्थ्यो । भन्ने गर्थिन् –“मेरा छोरी ज्वाईको जोडी साह्रै मिलेको छ । मेरा ज्वाई त साक्षात देवता समान हुनुहुन्छ । छोरीलाई अत्यन्त माया गर्नुहुन्छ । आफ्नो साथ छुटाउनुहुन्न ...... । शिव पार्वतीको जस्तो मयाप्रेम छ दुइटाको ।” तिनै जिम्वाल्नी बज्यैले छोराबुहारी हाटबजार होइन, स“गै मेलापात गरेको र एकैसाथ बसेर कुराकानी गरेको देखिसहन्नथिन् । उनी भन्ने गर्थिन् –‘हेर जोइटिङ्ग्रे । एकक्षण श्रीमती छोड्न नसकेको, श्रीमतीलाई यति विध्न मताएर टाउकामाथि चढाएको पनि के राम्रो हुन्छ र छि ! छि !! छि !!!’
जिम्वाल्नीको यो अचाक्ली गाउ“मा अधिकांशलाई मन पर्दैनथ्यो, सूर्यप्रकाश पनि आमाको पक्षपाती व्यवहारले अवाक् थियो । तर तीनवीस हिउ“द खाएर सेतै फुलेकी बृद्ध आमास“ग प्रतिकार गरेर आफ्नो हैसियत प्रस्तुत गर्न पनि अनुचित सम्झन्थ्यो । त्यसैले ऊ घरपरिवार छोडेर शहर बस्न थालेको हो । जहा“ कुनै तनाव नहोस् स्वच्छ र सुन्दर वातावरण होस् ।

आज ऊ बसेको शहर पनि तनावमुक्त छैन । युद्धबाट उम्केर आएको घाइते सिपाहीजस्तो छट्पटिरहेको छ चौवीसै घण्टा ..... । तोडफोड, आन्दोलन, लुटपाट र आतंकको समयत्रासदीभित्र शहर पनि निरीह गुज्रिरहेछ ।
सूर्यप्रकाशको अगाडि उभिएर आफ्ना आक्रान्त र दुखान्त इतिवृत्तान्तहरु प्रस्तुत गरिरहेकी छ बेलिसरा । ऊ चुपचाप सुनिरहेछ । आज आफ्नो समीपमा उभिएकी बेलिसरा अति निरीह र करुणाकी पात्र लागिरहेकी छे । यतिखेर सूर्यप्रकाशको कला साधनालाई उसले कुनै उपेक्षा गरिरहेकी छैन । आफ्नो अन्र्तपीडा ओकलिरहेकी छे र त्यसबाट मुक्तिको निम्ति सूर्यप्रकाशको न्यायोचित फैसलाको अपेक्षा गरिरहेकी छे ।
जिन्दगीको यो मोडमा सूर्यप्रकाश फेरि बेमज्जा हारिरहेको महशुस गर्छ । सुइय सुस्केरा मार्छ –अन्र्तहृदयदेखि । मानौं ऊ यतिखेर अर्को मृत्यु स्खलित भइरहन्छ आफूभित्रै । आफ्नै आमा र बहिनी वृन्दाका कारण गाउ“ छाडेर आएकी उसकी बेलिसरा अब गाउ“ फर्किन भने उसको खर्चमा तेब्बर बृद्धि हुनेछ । एउटा मात्र कोठाले पुग्ने छैन, छोरीका लागि दूध किन्नु पर्नेछ र उसका अन्य आवश्यकताहरु प्लस हु“दै जानेछन् । वर्षौंदेखि कला साधनामा समर्पित भएपनि उसको आम्दानीले घरभाडा तिर्न र खानपनि चलिरहेको छैन उसलाई । ऊ त्यो डेरा छोडेर अन्यत्र सर्न चाहन्थ्यो तर चारपा“च महिनाको भाडा घरवेटीलाई तीर्न बा“की भएकोले ऊ लाचार त्यही डेरामा बसिरहेको छ । ‘कला उसको ईश्वर हो, साधना उसको पूजा हो, ऊ आफ्नो कर्मको ईश्वरलाई पूजा नगरी रहनै सक्दैन । जसका लागि आफू भोकै बसेर पनि हजारौं रुपैंया उसले रङ र कुचीमा खर्च गर्छ ।’
सूर्यप्रकाश शहरमा एउटा कलाकारको बेखवर जिन्दगी बा“चिरहेको छ । बा“च्नु उसको विवशता हो । उसको विवशता र भोकमरीको तातो अग्नीकुण्डमा बेलिसरा र अबोध छोरीलाई होम्न चाहन्न । उनीहरुलाई गाउ“ नै फर्काउन चाहन्छ ।
‘तिमी फर्क बेलिसरा ! म तिमीहरुलाई यहा“ पाल्न सक्दिन ।’ मुटु बलियो र कठोर बनाएर उसले आफ्नी पत्नीलाई भन्यो ।
सूर्यप्रकाशको न्यायोचित फैसलाको अपेक्षा गरिरहेकी बेलिसरालाई त्यो भनाई अरु तेब्बर घातकपूर्ण लाग्यो, सासूको उत्पीडन र नन्दको तीखो बचनबाट मुक्ति पाउनका लागि श्रीमान्को शरण आएकी बेलिसरा आ“खामा अड्किएको बिस्मयको दहलाई घोप्टाउन शुरु गरी । उसले जान्न चाहन्थी आफू त्यहा“ बस्दा श्रीमान्लाई के विपत्ती पर्छ ?
बेलिसराको जिज्ञाशालाई मेटाउने गरी सूर्यप्रकाशले आफ्नो समस्या जस्ताको तस्तै भनेर सिंगो कलाक्षेत्रको विपन्नता उजार गर्न उपयुक्त सम्झेन उसले यत्ति भन्यो –‘मस“ग पैसा छैन ।’
‘पैसा खान र बा“च्नका निम्ति हो, म तपाईस“ग बसेर बरु भोकै मर्न तयार छु तर एक्लै गाउ“ फर्की नभन्नुहोस् ।’
सूर्यप्रकाश घोरियो, उसले बुझ्यो यसपाली बेलिसरा अन्तिम विकल्प खोज्न उसकहा“ आएकी छ, अब पनि कठोर बनेर उसले बेलिसरालाई गाउ“ फर्किने आदेश दियो भने सायद त्यो आदेशले उसको दाम्पत्य जीवनमा अर्को विनाश निम्त्याउन सक्ने सम्भावनाले उसले भित्रभित्रै मौन स्वीकृति जनायो, कुनै प्रतिक्रिया फर्काएन ।
जिम्वाल्नी बज्यैका एक छोरा र एक छोरी हुन्, दुवै जनाको विवाह भएको पनि केही वर्ष भइसक्यो । दुवैतर्फ नाति नातिनी पनि भइसकेका छन् । तर किनकिन जिम्वाल्नीले छोरा प्रकाशलाई कहिल्यै मन पराउन सकिनन् । हुन त सूर्यप्रकाशले जहिलेसम्म सम्म पढ्यो । घरको नै सिद्धायो पढिसकेर पनि उसले जागिर खाएर घर सम्हाल्नेतिर कहिल्यै सोचेन । जिम्वाल्नीलाई मन नपर्ने कलाकारिता क्षेत्रमा लागेकोले ऊ घरबाट –टाढा रह्यो । सूर्यप्रकाश पैसा खर्च गर्दै गयो र घरपरिवारको जिम्मेवारीबाट सधै“ भागिरहने सूर्यप्रकाश घरका निम्ति गैरजिम्मेवार लाग्ने गर्छ –जिम्वाल्नीलाई । उनी आफ्नी छोरी बृन्दालाई नै सवथोक सम्झन्छिन् ।
जिम्वाल्नीको ज्वाई बर्षदिन जति भयो विदेशतिर छ । राम्रो जागिर रहेछ बेलाबेलामा पैसा पन पठाइरहन्छ –बृन्दा आफ्नो घर सासुससुरास“ग झगडा गरेर माइतमा बस्दै आएकी छे । तर पनि लोग्नेको रकमकलम आफ्नो हातमा नै छ, जिम्वाल्नीले पनि छोरी ज्वाइको पौरख मन फुकाएर खर्च गर्न पाइरहेकी छन् । त्यसैले पनि छोरी ज्वाइको ज्यादा बखान नगरेर भएन । विचरा सूर्यप्रकाशको के वास्ता ..... ?
शहरमा सूर्यप्रकाशको मानसम्मान प्रशस्त छ । ठूलाठूला मान्छेहरु पनि उसको संगत गर्न मन पराउ“छन् । उसको प्रतिभा र पउ“च उच्च भएपनि उसको गरिबी र भोकमरीले सूर्यप्रकाशलाई सकेसम्म थिचिरहेछ ।
सूर्यप्रकाशलाई छोरी प्रतिभाले उसको कोलाजमय चित्र देखाएर सोध्छे – ‘बाबा यो के हो ?’
छोरीको जिज्ञासालाई निवारण गर्न उसले भन्छ –‘यो नेपालको नक्सा हो ।’ सूर्यप्रकाशको घुमाउरो जवाफ विचरीले के बुझोस्, ऊ अरु प्रश्नहरु तेर्साउ“छे । सूर्यप्रकाश छोरीका प्रश्नहरुको अथाह जङ्गल छिमल्दै जान्छ । ऊ गम्भीर भइरहेको छ कोलाजमा ।जुन अनगिन्ती प्रश्नहरु आज उसलाई अवोध छोरीले गरी त्यो कुरा नौलो होइन तर ऊ जवदेखि यो कलायात्रामा हिंडिरहेको छ, त्यतिबेलैदेखि उसको परिवार, उसको समाज र थुपै्र वुद्धिजीविहरुले पनि सूर्यप्रकाशको कलाकारिता माथि प्रश्न गरिरहेका छन् ।
आफ्नो क्यानभासमा ऊ दैनिक गाउ“देखि राष्ट्रसम्मका अनेकन विसङ्गतिहरुको प्रतिविम्व उजिल्याइरहेछ । उसले बनाएको नेपालको नक्सा केवल एउटा निश्चित क्ष्ँेत्रफल र भू वनावटको नक्सा नभएर विसङ्गतिको खण्डहरमा नेपाल बा“चिरहेको ज्वलन्त परिवेश र त्यहा“भित्र भइरहने हिंसा, हत्या, आतंक भ्रष्ट्राचार, गरिबी जस्ता कारुणिक र दयनीय आकृतिहरुको रेखाङ्कन हो ।
सूर्यप्रकाश चिया लिएर छतमा पुगेको छ, किनकिन त्यसदिन छतमा बसेर चिया पिउ“दै शहरका केही दृष्यहरु हेर्न मन लागिरहेछ उसलाई । चिया पिइरहेकै बेला उसलाई घरको सम्झना हुन्छ । सम्झनाको ऐनामा उसकी बूढीआमा र बहिनी बृन्दा साक्षात्कार भएर आउ“छन् । एउटा कलाकार हुनुको नियतिमा घर परिवारबाट विस्थापित र उपेक्षित हुनु परेको मर्मबोध गरिरहेको छ उसले । बेलिसरा गाउ“ छोडेर आइ आमा र बृन्दाको कारणले के वृन्दाले आफ्नो सासुससुरास“ग झगडा गरेर माइतमा बसेर चल्छ त ? उसले त आफ्नो घर पो सम्हाल्नु पर्दथ्यो – ऊ आफैमा फुसफुसाउ“छ ।
सूर्यप्रकाश जहा“ बसिरहेको छ– त्यहा“ पनि ऊ बेचैन मानसिक तनाव ओढेर बा“चिरहेको छ । घरबेटीले दिनरात घर भाडाको ताकेता गरिरहेको छ । अरु भए घरबाट निकालिसक्थ्यो । सूर्यप्रकाश घरभाडा नतिरी भाग्ला जस्तो उसलाई लाग्दैन, त्यसैले पनि निस्केर जा भन्न सकिरहेको छैन । एउटा दुर्भाग्य गरिबीको चुङ्गलमा जेलेर अनगिन्ती समस्याहरुले थिलोथिलो बनाइरहेका छन् –सूर्यप्रकाशलाई ।
खाली क्यानभासहरुमा स्केच गर्न उसलाई आज प्रशस्त विषयबस्तुहरु छन् । अन्त खोज्न जानै पर्दैन । ऊ बा“चेको यथार्थ नै सि“गारे पुग्छ । उसको अगाडि मान्छे मरिरहेछन् । सर्यौ तरुणी विद्यवाहरुको दर्दनाक कथा र राष्ट्र जलिरहेको आतंकको अग्नीकुण्ड ....... जसलाई जसरी उतारे पनि हुन्छ क्यानभासमा ।
ऊ र बेलिmसरा शहरमा स“गै बस्न थालेको पनि अरु तीन महिना वितिसकेको छ, यो अन्तरालमा उसको क्यानभासमा अरु दर्जनौं पृथक–पृथक सुन्दर ल्याण्डस्केपहरु तयार भइसकेका छन् ।
“जब देशको आगोले उसको हृदय दन्किंदै जान्छ, तब अर्धमुर्त र अमुर्त कोलाजहरुमा अग्निकथाहरु प्रहार गर्छ क्यानभासहरुमा र जब ऊ शान्त र शीतल बन्छ अनि जन्माउ“छ सुन्दर ल्याण्डस्केपहरु ।”

एकदिन अकस्मात छोरी प्रतिभा विरामी परी, उसलाई निमोनिया भयो, औषधि उपचारको निम्ति उस“ग पैसा थिएन, उसले आफ्ना महङ्गा पेण्टिङहरु सस्तोमा बेचेर भएपनि छोरीको उपचार गर्नुपर्ने भयो तर विडम्बना उसका कुनै पेण्टिङ कसैले किनदिन मानेनन् । बेलिसरा साह्रै अत्तालिई । अन्तमा केही साथीहरुस“ग सरसापट गरेर छोरीको उपचार ग¥यो सूर्यप्रकाशले ।
उसलाई आज आफ्नो पेशा र आफ्नो साधना प्रतिनै घृणा लागिरहेको छ । कलाकारिताको यही बिपन्नताले आमास“ग विग्रह भयो । जिन्दगीमा पैसा कमाउने अरु प्रशस्त सम्भावनाहरुको गेट खुल्ला हु“दाहु“दै पनि ऊ यस क्षेत्रमा लाग्यो । जुन क्ष्ँेत्रले मानव सम्मान त दियो तर गरिबीको पहाडमुनि स“धै अ“ठ्याइरह्यो । जसका कारण बिरामी छोरीको उपचार गर्न पनि गाह्रो भयो । कतै उसकी छोरी औषधि नपाएर मरेको भए ऊ बा“चेको के अर्थ रहन्थ्यो ? ऊ आफूस“गै आज गम्भीर भइरहेको छ ।
ऊ कलाकारको विवश ब्रम्हाण्डमा दा भिन्चीलाई हेरिरहेछ, पिकासो, भ्यानगग, डाली, गोंगे, र लुत्रेकहरुको जीवनी पनि पढिरेहेको छ । कलाकारिताको कठोर बाटोमा आउने सम्पूर्ण समस्याहरु कति निर्मम र आततायी छन् .... उफ् ऊ सुस्केरा मार्छ ।
भावनाको सामुन्द्रिक आ“धीमा बेगिएको सूर्यप्रकाशको मौनता भंग गर्दै बेलिसरा बोली –‘किन टोलाउनु भएको....... यसरी ... ?’
‘सोची रहेको छु हाम्रो गन्तव्य कहा“ होला ?’ भावुक मुद्रामा बोल्यो सूर्यप्रकाश ।
‘केही समयदेखि तपाई पेण्टिङ पनि गर्नुभएको छैन । उदास हुनुहुन्छ कहीं बिरामी त हुनुहुन्न ?’
एउटा पनि पेण्टिङ विक्री भएन । रङ् किन्ने पैसा पनि छैन । लाग्छ अब कुनै पेण्टिङ नगरु“ । तिमीले ठीकै भन्थ्यौ बेलिसरा, कलाले खान दिंदैन । आज म स्वयम्ले महशुस गरें – यो विपन्नताको महामारीमा म कुन उद्देश्यका निम्ति चित्र कोरु“ ?
सूर्यप्रकाश आज आफ्नै साधनासंग आक्रोशित भइरहेको छ । ऊ एक मन सोचिरहेको छ–“एउटा पत्रकार सम्मेलन गरेर यी सारा पेष्टिङहरुमा आगो लगाइदिदै र गाउ“फकु“ “फेरि त्यो घातक निर्णय गर्न पनि उसको अर्को मन मान्देन ऊ खजमजिन्छ ।
बेलिसरा तिम्रो सुनको सिक्री मलाइ दिन्छ्र्यौ ? सूर्यप्रकाशले आकस्मिक रुपमा पत्निमाथि त्यस्तो प्रस्ताव राख्यो ।
किन प्रतिभाको वावा ? वेलिसराले डराउ“दै प्रश्न गरी ।
मस“ग घरवेटीले भाडा मागिरहेको छ, पैसा छैन । यो पैसा तिर्नपाए हामी घर फर्किने थियौं ।
सिक्रीले भाडा तिर्न पुग्छ भने त किन नहुने ? मेरो भन्नु नै तपाईं त हो नी । बेलिसराको आदर्शप्रति सूर्यप्रकाश लज्जास्पद शीर निहुरायो ।
ऊ युद्ध हारेको सिपाही जस्तो निस्तेज भएको छ आज जिन्दगीको खण्डहरमा उसका लाचार सपनाहरु उसको भोकमरीस“ग आत्मसमर्पण गरिरहेका छन् । बेलिसरा, जसलाई उसले विवाह गरेर पनि कहिल्यै आफ्नो पौरखले एक सरो कपडा लगाइदिन सकेको छैन । विचरीलाई माइतीले दिएको एउटा सुनको सिक्री पनि बेचिदिएर घरबेटीको भाडा तिर्ने नैतिकहीन कुरा गरिरहेको छ ।
दुःख मान्नु पर्दैन प्रतिभाको बाबा ! तपाई हुनुहुन्छ र त म छु, हामी छौं र त हाम्रो जिन्दगी छ । हाम्रो जिन्दगी छ र त हाम्रो खुशी छ । लिनोस् मेरो सिक्री बेचिदिनोस्, हामीहरु घर फर्कौं आमाले जे भने पनि सहेर बसौंला, खेतीपाती प्रशस्तै छ । दुःख गरेर खाऔंला –बेलिसराले भनी ।
जिन्दगी बा“च्नुको अन्तिम विकल्प खोज्न ऊ गाउ“ फर्किने निर्णय गर्छ ।
जिन्दगीको मानचित्रबाट उदाङ्गिएको अपनत्वसहित सूर्यप्रकाश आफ्नी पत्नी बेलिसरा र छोरी प्रतिभालाई लिएर गाउ“ फर्किरहेको छ । ऊ मनमा गा“ठो पारेर बा“च्न र बचाउनका निम्ति गाउ“ हिंडिरहेको छ । एउटा अब्बल दर्जाको प्रतिभावान् कलाकार गरिबी र विपन्नताको कारण आफ्नो कर्म अनुष्ठानबाट विलय भएर जा“दैछ । आज एउटा सूर्यप्रकाश आफ्नो परिस्थितिको खण्डहरमा विवश हारिरहेको छ । राष्ट्रले यस्तै असाधारण प्रतिभाका धनी सूर्यप्रकाशहरुलाई पहिचान गर्न सकेन भने भोलि यसरी नै अरु थुप्रै सूर्यप्रकाशहरु शरीर बचाउनका निम्ति आफ्नो कला मार्न तयार हुनेछन् ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 2 चैत्र, 2069

लेखकका अन्य रचनाहरु