क्रान्ति भित्र्याउन कविता रच्ने कवि

- अग्निशिखा

'कैफी साहेब सोसलिस्ट विचारका थिए । त्यसैले, रेड फ्ल्याग हलमा पनि उनीसग भेट हुन्थ्यो । त्यस हलमा कम्युनिस्ट पार्टर्ीी मान्छेहरू भेला हुन्थे र त्यहा वरिष्ठ शायर -कवि) तथा लेखकहरूको बैठक पनि हुने गथ्र्यो । गरिबहरूको अवस्था सुधार्नेबारे छलफल हुन्थ्यो । हामी सबैको एउटै प्रश्न थियो- जो गरिब छन्, किसान छन्, तिनीहरूको जीवनमा कसरी सुधार ल्याउने - तिनीहरूमा कसरी जागृति पैदा गर्ने ?

(ब्रिटिसविरुद्धको) भारत छोड आन्दोलनलाई कसरी अझ बलियो बनाउने - अंग्रेजहरूलाई यहाबाट कसरी भगाउने - यी सबै सवालका छलफलमा कैफीसाहेब सक्रिय रहने गर्थे ।' विश्वमा कैयन् महान् लेखक, साहित्यकार तथा विद्वान् कम्युनिस्ट विचारधाराबाट प्रभावित भएका छन् । आफ्ना लेखनमा तिनले कम्युनिस्ट आन्दोलनको मूल लक्ष्य र मर्मलाई उतारेका छन् । र, जस्तोसुकै अप्ठयारो परिस्थिति र संकटको घडीमा पनि तिनले आफ्नो लेखनधर्मितालाई डगमगाउन दिएनन् । तिनै कलमवीरमध्येका एक आदरणीय व्यक्ति थिए- कैफी आजमी । तिनै कैफीको स्मृतिमा प्रसिद्ध भारतीय सिने संगीतकार खय्यामले यो उद्गार व्यक्त गरेका थिए-'जब कुनै शायर या लेखकलाई सम्पत्ति र प्रसिद्धि मिल्छ, उनीहरूको हातमा धन आइलाग्छ, तब उनीहरू आफ्नैलागि धनसम्पत्ति खर्च गर्ने गर्छन् । तर, कैफीसाहेबलाई जति पनि धनसम्पत्ति मिल्यो, अरूको हितको लागि पनि उनले खर्च गरे । ...आजको जमानामा अरू कसले यस्तो काम गर्छ -' खय्यामको विचारमा कैफी आजका गालिब हुन् । -इन्डिया टुडे, २२ मे, २००२) 'आजको रात बगेको छ यहा तातो हावा । जो छौ फुटपाथमा हाम्रा लागि न्रि्रा आउदैन । म, तिमी र सबै उठौ । यही पर्खालमा देखा पर्नेछ एउटा झयाल !'

मकान (घर) नामको कविताको एउटा पंक्ति हो यो जसमा कैफीको आशावादिता स्पष्ट देखिन्छ । कैफी, बाबरी मस्जिदकाण्डमा जसको हृदय थिलथिलो भएको थियो । मानिसले नर्ैर् इश्वरको सृष्टि गर्‍यो, धर्म बनायो र्।र् इश्वर र धर्मको नाममा रडाको मच्चायो, हतियार उठायो । मानिसले मानिसको संहार गरेर र्'धर्म' को पालना गर्‍यो । निर्दोष जीवनको रगत र आसुको आहालमा 'मोक्ष' प्राप्तिका लागि डुबुल्की मार्‍यो । र, मानिसको जातले नै सत्ताप्राप्तिको मोहमा रामको नामलाई, अल्लाह र क्राइस्टको नामलाई राजनीतिमा भजायो । देश र जनतामा विध्वंस थोपरेर विजयको औंला ठडयायो । तब मानवताको दुश्मन यस्ता पाखण्डीहरूप्रति घृणा व्यक्त गर्दै कैफीको कलमले लेख्यो- 'मेरो काध चढेर कसैले पढयो, बाइवल, वेद र कुरान- कानमा मेरो भन्किरहे झिंगा, यतिबिघ्न घाइते मेरा कान- कसरी सुनू म आफ्नै आवाज ?'

'मार्क्सवादी विचारधारा कुनै पनि प्रकारले पातलिएको वा पछाडि परेको छैन । तथापि वाम आन्दोलन केही सिथिल र थकित देखिएको भने हो । विचारधारा खत्तम भएको छैन । मेरो विचारमा समाजवादी राज्यको व्यवस्थापन खत्तम भएको हो, समाजवादी विचारधारा होइन । एक प्रकारले यो हाम्रा लागि राम्रै भएको छ । हामीले पाठ सिक्ने अवसर पाएका छौ ।' यी भनाइ कुनै प्रकाण्ड कम्युनिस्ट नेताका होइनन्, 'इन्कलावी शायर' को रूपमा प्रसिद्ध उही भारतीय उर्दुकवि कैफी आजमीका हुन् । कैफी- जो भारतको स्वतन्त्रता आन्दोलनमा जुटेका थिए, भारतको कम्युनिस्ट आन्दोलनमा जुटेका थिए, प्रगतिशील लेखकहरूलाई एकजुट पार्न प्रगतिशील लेखक संगठनको स्थापनामा उनैले महत्त्वपर्ूण्ा भूमिका निर्वाह गरेका थिए र संस्कृतिकर्मीको अभियानलाई अगाडि बढाउन इप्टा -इन्डियन पिपुल्स थिर्एर्टस एसोसिएसन) जस्तो ऐतिहासिक संस्थाका संस्थापकमध्येका एक हस्ती पनि थिए ।

कैफी- जसले सात दशकभन्दा बढी समयसम्म मानवीय जीवनको पक्षमा कलम चलाए । जिन्दगीभर उनले आम जनतामाथि थोपरिएको शोषण, उत्पीडन र पीडाका विरुद्ध लेखे । तिनको आवाज, तिनको संर्घष्ा र तिनको संकल्पको पक्षमा कलमका योद्धा बनेर उभिरहे । मार्क्सवाद र कम्युनिस्ट पार्टर्ीी आन्दोलनप्रति प्रतिबद्ध भएर मजदुरहरूको पक्षमा समेत कविता लेख्ने कवि कैफी आफ्नो यस कर्ममा कहिल्यै हीनताबोधबाट ग्रस्त भएनन्, कहिल्यै आफ्नो लेखकीय स्वतन्त्रता बन्धनमा परेको महसुस गरेनन्, कहिल्यै आम जनताको पंक्तिबाट आफूलाई माथि राख्दै उपदेशकको भूमिका निर्वाह गरेनन् र आफ्नो मूल्य, मान्यता र पक्षधरतालाई र्'र्सवश्रेष्ठ' भनाइने लोभमा बर्ुर्जुवा लेखनसमक्ष र्समर्पण गरेनन् । उल्टै, कैफीको व्यक्तित्व, कृतित्व र लेखनधर्मिताका कारण बुर्जुवा समाज नै उनीप्रति नतमस्तक रह्यो ।

र्'वर्तमान युगमा तपाईंको मार्क्सवादी कविताको र्सार्थकता कत्तिको रहेको छ -' भन्ने प्रश्नमा एसिएनएज दैनिक समाचारपत्रिकामा प्रकाशित अन्तर्वार्तामा बयासी वषर्ीय वृद्ध कवि कैफीले यस्तो जवाफ दिएका थिए- 'महाशय निश्चय पनि वाम कविता र साहित्यको यहा र्सार्थकता रहेकै छ, यर्सथ कि कलाको खातिर मात्र हामी यहा कविता रचिरहेका छैनौ । हामी क्रान्ति भित्र्याउन कविता रचिरहेका छौ र मार्क्सवादी साहित्य लेखिरहेका छौ । क्रान्ति आइसकेको छैन । स्वतन्त्रताअघि जुनरूपमा आम जनतालाई गरिबी, भोक, बेरोजगारी, अशिक्षा र साम्प्रदायिकताको अभिशापले डसेको थियो, आज पनि त्यही रूपमा डसेकै छ । हामी यी सबै अभिशापको अन्त्यका लागि क्रान्ति चाहन्थ्यौ र त्यसैका लागि जेल गएका थियौ । त्यही प्रतिबद्धताका साथ हाम्रो संर्घष आज पनि जारी छ । तबसम्म जारी रहनेछ, जबसम्म भारतमा समाजवादको स्थापना हुदैन ।'

कुनै पनि मानपदवि र पुरस्कारप्रति हुरुक्क नहुने कैफी हिन्दी चलचित्रका प्रसिद्ध गीतकार पनि हुन् । तर बम्बैया चकाचौंधले पनि कैफीलाई भुलाउन सकेन । यर्सथ कि उनको एक मात्र लक्ष्य समाजवादी भारतको स्थापना नै थियो । १० मई, २००२ मा मुर्म्बईमा ८४ वर्षो उमेरमा देहावसान नहुदाको क्षणसम्म पनि उनको त्यही सपना थियो । यर्सथ कि कैफी भन्ने गर्थे- 'म गुलाम हिन्दुस्तानमा जन्मे, आजाद हिन्दुस्तानमा बाचिरहेको छु, तर जब आखिरी सलाम गर्ने समय आउनेछ, म समाजवादी भारतलाई सलाम गर्नेछु ।' भलै कैफीको यो सपना उनको जीवनकालमा साकार हुनसकेन ।

आउटलुक -१५ मे, २००२) मा नरेश नदिम लेख्छन्- 'उर्दुमा प्रगतिशील परम्पराका अन्तिम स्तम्भमध्येका एक हुन्- कैफी आजमी । कैफी आफै जमिनदार परिवारका थिए । तर पनि, जब उनले आफ्नै गाउमा किसानमाथि थोपरिएको निर्दयी उत्पीडन देखे, तब उनी जीवनभर जमिनदारीप्रथाका विरोधी भए । पछि, उनको संगत इस्मत चुगताई, राजेन्द्र सिं वेदी र सआदत हसन मन्टोजस्ता प्रसिद्ध साहित्यकारसग भयो ।' लखनउबाट प्रकाशित हुने एक प्रगतिशील उर्दू म्यागेजिनमा अर्कैका नाममा कविता प्रकाशित भएपछि अत्हर हुसैन रिज्बी साहित्यकाशमा देखा परे, कैफी आजमीको नाममा । कैफीको प्रतिभालाई ठम्याउने उर्दु साहित्यका महान् हस्ती थिए अली र्सदार जाफरी ।

२५ वर्षो उमेरमा कैफी बर्म्बई पुगेका थिए र तत्कालीन अविभाजित कम्युनिस्ट पार्टर्ीीरा प्रकाशित उर्दु पत्रिका 'क्वामी जंग' तथा 'मजदुर मोहल्ला' को प्रकाशनमा जुटेका थिए । कम्युनिस्ट आन्दोलनप्रतिको यो कैफीको सम्बद्धता, लेखनप्रतिबद्धता ६० वर्षम्म, निधन नहुन्जेलसम्म रह्यो । यस सर्न्दर्भमा कैफीलाई बीसौ शताब्दीका महान् चित्रकार पिकासोसग दाज्न सकिन्छ, जस्तोसुकै प्रसिद्धिले पनि जसलाई कहिल्यै पुल्पुल्याएन र कम्युनिस्ट आन्दोलनप्रतिको प्रतिबद्धताबाट बरालिन दिएन । कैफी रंगमञ्चमा पनि जुटेका थिए र नाटकलगायतमा हिन्दी सिनेमामा समेत अभिनय गरेका थिए । कैफी- जसले फिल्मी गीत र संवादसमेतमा आफ्नो वर्चश्व स्थापित गरेका थिए र 'पाकिजा' जस्तो चर्चित फिल्मको संवाद लेखेका थिए । त्यो संवाद जुन सुन्दा लाग्छ- हामी कविता सुनिरहेका छौ । कैफीकी छोरी शवाना आजमी एक स्थापित अभिनेत्री हुन् र आफ्नो पिताको वाम पक्षधरताको विरासत उनले पनि थामेकी छन् । कैफीको पारिवारिक घेरामा जावेद अख्तरको नाम पनि गासिएको छ, जो शावानाकी पति हुन् र स्थापित गीतकार पनि हुन् ।

मार्क्सवादको सर्न्दर्भमा कैफी भन्ने गर्थे- 'अह, म कुनै पनि हालतमा यसलाई हाम्रो अन्तिम पराजयको रूपमा स्वीकार्न तयार छैन । यो अत्यन्त क्षणिक रिक्तता मात्र हो । यसबाहेक प्रतिकूलताहरूका यस्ता क्रममा हामीले आफूलाई पनि फेरेका छौ र केही परिवर्तन हाम्रै लागि पनि लाभदायक छन् । निश्चय पनि परिवर्तन आवश्यक र लाभदायक हुन्छ नै । किनभने, समाजवाद जीवन्त विचारधारा हो । तर्सथ, म कुनै पनि अर्थमा निराश छैन । यसको साटो, अहिले पनि म आशाको नया किरण देखिरहेको छु । यर्सथ कि, आज जे घटित भइरहेको छ, त्यसका बाबजुद पुजीवादले आम जनताको पीडा हटाउने कुनै वैकल्पिक व्यवस्था प्रदान गर्नसकेको छैन ।

नया पत्रिका

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 25 माघ, 2064

लेखकका अन्य रचनाहरु