वागमती घिस्रिरहेछ

- लक्ष्मण गाम्नागे

आज पनि म बसेको छु छतको एक कुनामा केही लेख्न भनेर । जति बल गर्दा पनि मभित्रको लक्ष्मण गाम्नागे जागिरहेको छैन । मेरो मन लेख्ने कुरा भन्दा बढी मलाई आ“खा तर्दै यो ओसिलो छतमा लुगा सुकाइरहेकी श्रीमतीतिर बढी गइरहेको छ । मलाई थाहा छ उनी किन मलाई आ“खा तरिरहेकी छन् । सोच्ती हुन्, एउटा जाबो घर राम्ररी नचलाउनेले देश–विदेशका विकृति विरुद्ध व्यङ्ग्य लेखेर के नाप्पि“दो हो †? उनी चाहन्छिन यो घरमा सके दुई नभए पनि एकतला थप्न पाए छतमा कतैबाट एकदुई झुल्का घाम आउनेथ्यो कि, आज धोएका लुगा आजै सुक्ने थिए कि †
वरिपरिबाट चारतले पा“चतलेहरूले घेराउ गरेर निस्सासिइरहेको यो घरमा म मात्रै कहा“ खुशीले बसेको छु र बूढी † घाम वा अक्सिजनको मात्रै कुरा होइन, यो घर बनाउ“दाको रिनले पनि म निस्सासिइरहेको छु । सञ्चय कोष र बै“कले रातरातभरि घा“टी अ“ठ्याएर ऐ“ठन भएको कुरा म सकभर तिमीलाई सुनाउन चाहन्न र पो त †
एउटा व्यङ्ग्य नलेखी नछाड्न म अगाडिको बाटोतिर विषय खाजिरहेको थिए“, त्यहीबेला मेरा छिमेकी सेनाका एक ठूला अधिकारीको उद्दण्ड छोराले एउटा झ्यापुल्ले कुकुर ल्याएर हाम्रै घर अघिल्तिर दिसा गरायो । आफूलाई राजधानीको रैथाने र सभ्य नागरिक मान्ने, परिवारमा दरबारिया भाषा बोल्ने, यूरोप अमेरिकालाई पानीको प“धेरो ठान्ने त्यो ‘सभ्य’ परिवारको जङ्गली हर्कत देखेर मलाई वाक्क आउला जस्तो भो । त्यो कुकुरलाई घिसार्दै एउटा कुकुर गयो र कुकुर महलभित्र पस्यो । म लेख्ने कुरा बिर्सिएर बाटोतिर एकोहोरिए“छु ।
हाम्रो घर अघिल्तिर फराकिलो बाटो छ । बाटो क्रमशः सा“घुरि“दै गएर निकै सानो भएपछि मूल सडकमा मिसिन्छ । जहा“ सडक मोटोे छ त्यहा“ घरवालाहरू दुब्ला र दुखी छन् । जहा“ सडक दुब्लो छ त्यहा“ दाया“बाया“का घरवालाहरू मोटाघाटा र खुशी छन् । आफ्ना घर अगाडिको बाटो सा“घुरो हु“दा खुशी हुने, फराकिलो हु“दा दुखी हुने अद्भूत चरित्रका टोलबासी देखेर टोलको नया“ आगन्तुक लक्ष्मण गाम्नागे चकित छ । तर म चकित छैन । मलाई थाहा छ, जसले सडक मिचेर घर बनाए तिनीहरू आफ्नो पुरुषार्थप्रति गौरवान्वित छन्, खुशी छन् । जसले त्यसो गर्न सकेनन्, तिनीहरू आफ्नो नामर्दीपनप्रति लज्जित छन्, दुखी छन् ।
हामीले देख्तादेख्तै हाम्रै आ“खा अगाडि सडक मिचेर धेरै घर बनेका छन् । निरङ्कुस कालमा डोजरले भत्काएका केही टहरा, घरका पर्खाल र गेटहरू लोकतन्त्रको नारी छामिसकेर फेरि जस्ताको तस्तै भएका छन् । अझ कतिपयले त थप सडक मिचेर आ“गन बढाएका छन् ।
मेरो घर अगाडि पनि ८–१० हात सार्वजनिक जमिन छ । केही छिमेकीहरू मैले त्यो जमिनलाई अहिलेसम्म आफ्नो नपारेकोमा मेरो लाछीपनलाई खिसी गरिरहेका छन् भने केही छिमेकी त्यो जमिन मैले मिच्ने पो हु“ कि भनेर रातदिन पहरा दिइरहेका छन् । त्यसरी पहरा दिनेमध्येका एक छिमेकी त्यहा“ छाप्रो हालेर भट्टी खोल्ने सुरमा भएको कुरा हिजो रक्सीका सुरमा ओकल्दै थिए । उनी यो क्षेत्रका रामै्र हुनेखाने सुकुम्वासी हुन् ।
यहा“ अरु पनि धेरै यस्ता सुकुम्वासी छन् जसका तीन तले, चार तले घर यही“ वरिपरि छन् । ऊद्रद्रद्रद्रत्यो सेतो चारतले भवन पनि हाम्रै टोलका सुकुम्बासीको हो । बागमती किनारामा दुई–तीन रोपनी सार्वजनिक जग्गा ओगटेर उनले सु“गुरपालन गरेका छन् । घर पूरै भाडामा लगाएका छन् । उनी घर र सु“गुर व्यवसायबाट महिनामा डेड लाख भन्दा बढी कमाइ गर्छन् भनेर सबैले भन्छन् । लुटको धन, शकुनी चरित्र र सु“गुर जस्तै मोटो ज्यान भएका कारण उनी टोल सुकुम्वासी समूहका अध्यक्ष पनि छन् ।
म लेख्ने नै बिचारमा थिए“, तर घर अगाडि आज पनि टोलबासीहरूको मिटिङ हुनलागेको रहेछ । म पनि मिटिङमा बोलाइए“ । कलम थान्को लगाएर म मिटिङमा सामेल भए“ । मिटिङ ठीक ८ बजेका लागि बोलाइएको रहेछ । तर उही त हो, यो पनि हाम्रै देशको त्यसमा पनि मन्त्री, प्रधानमन्त्री र ठूला ठूला नेता, प्रशासकहरूले राज गरेको राजधानीकै एउटा टोल न हो † ८ बजेलाई बोलाइएका टोलबासीहरू १० बजेतिर एकजना दुईजना गर्दै हल्लि“दै आउ“दैछन् । बिचरा उपभोक्ता समूहका अध्यक्ष भ्यागुताको धार्नी नपुगेर रुन रुन खोज्दै मान्छे भेला गर्दैछन् । मिटिङको विषय उही रहेछ पुरानै, ‘बाटो मिचिएको बारे’ । बाटो मिच्नेमध्येका १ नम्बर मिचाहा आज पनि उपस्थित छैनन् । २ नम्बर, ३ नम्बरहरू एकदुईजना आएका छन् ।
चुरोट तानेर, चिया सुक्र्याएर, खैनी च्यापेर, पराग मुक्याएर, अर्थोकै अर्थोकै कुरा धेरैबेर गरेपछि बल्ल कुनै दुस्साहसीले मूल विषय कोट्याउ“छ ११ बजेतिर । पूरा कुरा भुइ“मा नझर्दै बाटो मिचाहा नं. ३ वा ४ होला, एक्कासी जङ्गिन्छ । लोकतन्त्रमा बाटो मिचेको कुरा उठाएर समाज नभा“ड्न चेतावनी दि“दै यदि फेरि फेरि यो कुरा उठेमा टोलमा रक्तपात हुनसक्ने धम्की दिएर ऊ बाटो लाग्छ ।
ऊ हि“डेपछि उसको सम्वन्ध माओवादीस“ग भएकोले उसले जे पनि गर्न सक्छ भन्दै अर्को मिचाहा अर्कातिर छड्किन्छ । अर्को बाटो मिचाहा पनि मिचाहा नम्बर–१ लाई नबोलाएको निहु“ पारेर बाटो लाग्छ । सबै बाटो मिचाहाहरू लाखापाखा लागेपछि बल्ल बा“की सबैलाई लोकतन्त्र आउ“छ । सबैजना ठूलो ठूलो स्वरमा मिचाहाहरूको खोइरो खन्न थाल्छन् । तिनीहरूका सातपुस्ताको सत्तोसराप गर्न थाल्छन् । रक्तपात हुनसक्ने भन्ने धम्कीलाई तिनीहरूको सम्वन्ध माओवादीस“ग भएको हुनसक्ने लख काटिन्छ । यो विषयमा पक्ष विपक्षमा चर्काचर्की बहस हुन्छ । सम्वन्ध भए पनि बाटो मिच्नेलाई माओवादीले साथ दिन्छ वा दि“दैन भन्ने बारेमा पनि तात्ताता तर्क बितर्क हुन्छन् ।
वहस निर्णायक मोडमा (अर्थात् कुटाकुटको स्थितिमा) पुग्नै लागेको बेला अचानक बाटो मिचाहा नम्बर–१ आफ्नो उच्च ओहोदावाला सैनिक छोराको मोटरमा बसेर त्यही बाटो हुन्हुनाउ“दै आउ“छ । सबै सतर्क हुन्छन्, गाडी छेउमा आउनासाथ सबैले हत्तपत्त बूढालाई स्वस्ती टक्र्याउ“छन्, छोरालाई दर्शन गर्छन् । राजाले जनताको अभिवादन फर्काए जस्तै मिचाहा नम्बर–१ एउटा हात उठाएर ‘ठिक छ, ठिक छ ’ भनेजस्तो गरेर मुन्टो हल्लाउ“छ । गाडीलाई रोक्न खोज्दै व्यङ्ग्यात्मक हा“सोका साथ सोध्छ– ‘के हो कसैले बाटो मिच्यो कि क्या हो ? मिच्यो भने मलाई भन्नुस् है † म छु नि †’ ठूलो कालो चश्मा लगाएको उसको सैनिक छोरो मुसुमुसु हा“स्छ । उनीहरू गाडी हु“इक्याएर अघि बढ्छन् । (स्मरणीय छ, यो ठाउ“मा मिटिङ् हु“दा जहिले पनि मिचाहा नम्बर–१ यसैगरी गाडी लिएर आउ“छ र अभिवादन खाएर जान्छ ।)
बूढो गएपछि बैठकको एजेन्डा पूरै परिवर्तन हुन्छ । बहसले मोड परिवर्तन गरेर राष्ट्रिय राजनीतितिर लाग्छ । शान्ति वार्ता, हतियार व्यवस्थापन, जनमत संग्रह, अन्तरिम सरकार, सम्विधानसभाको गएको निर्वाचन, प्रधानन्यायाधीशले प्रधामन्त्रीको पद स्वीकार गर्दा के हुन्छ, नगर्दा के हुन्छ हु“दै अब देश कता जान्छ र फेरि सम्विधानसभाको निर्वाचन भएको खण्डमा कुन पार्टीले कति कति सिट ल्याउलान् भन्नेसम्मका हिसाव किताव भएपछि मिटिङ सकिन्छ । अर्को मिटिङ अर्को कुनै शनिबार ठ्याक्कै आठ बजे डाक्न अध्यक्षलाई निर्देशन दि“दै सबै बाटो लाग्छन् । अध्यक्ष उखुको खोस्टा जस्तो अनुहार पारेर घरतिर लाग्छ ।
सिङ्गो शनिबारको एक दिन यसै बितिगो । म बेलुकीपख फेरि छतमा चढ्छु र कुनै विषय समात्न वरपर हेर्छु । घर पर्तिर आमुन्ने सामुन्ने सरकारी बिद्यालय र वोर्डिङ स्कूल एकअर्कालाई आ“खा तरेर उभिएका छन् । वोर्डिङ स्कूलको गेट भित्रबाट ट्याप्प बन्द छ । भित्रपट्टि सुकिला, राम्रा र बलिया बोर्डर्स केटाकेटीहरू व्याटमिन्टन खेलिरहेका छन् । सरकारी स्कूलमा पर्खाल सर्खाल केही छैन । स्कूलभित्र भुस्याहा कुकुरहरू, प्लास्टिक बटुल्ने सि“गाने केटाकेटीहरू, एउटा सा“ढे र एउटी गाई आआफ्नै धुनमा आआफ्नै गतिविधिमा लागेका छन् । उता तल्लो घरका अगाडि तुरतुरे धारोमा सुकुम्बासी टोलका सयौ“ गाग्रा बाल्टीहरू मुख बाएर लाइनमा उभिएका छन् । यता माथ्लो घरले मेशिनले पानी तानेर ट्याङ्की भरिवरि फूलबारी भिजाइसकेर अहिले गाडी पखालिरहेको छ ।
नजिकै पर्तिर बागमती बगिरहेको छ । के बग्थ्यो बिचरो † सकी नसकी घिस्रिरहेको छ । अ“गालोभरि अटेसमटेस राजधानीबासीको गुहु, मूत च्यापेर र डडाल्नोभरि गाई, गोरु, कुकुर, सु“गुर, बिराला इत्यादिको सिनो, अनेकथरि रसायन, फुटेका सिसा र प्लास्टिकहरूको पहाड बोकेर सभ्य र सुसंस्कृत महाद्रद्रद्रद्रद्रनगरबासीलाई सराप्तै घाटतिर घिस्रिरहेको छ । पानी पटक्कै बग्न छाडेकोले अब घस्रने क्रम सकिएर सबैखाले दुर्घन्ध र फोहोरको रास च्यापेर एकैठाउ“ गु“डुल्किनुपर्ने त्रासले झनै आतङ्कित भएको छ । बागमती आत्तिएको देखेर म पनि तर्सिरहेको छु । मलाई हाम्रो देश नै बागमती हु“दै गइरहेको जस्तो लागिरहेको छ । म देश चलाउनेहरूका अनुहारमा तिनै बाटो मिचाहा, त्यही लखपति सुकुम्बासी र तिनै बैठकमा उपस्थित लाछीहरू देख्न थालेको छु । तिनीहरू पनि बागमती जस्तै फोहोरको डङ्गुर च्यापेर घिस्रिरहेको देखिरहेको छु ।
धेरैथोक पो देख्न सकि“दोरहेछ मेरो एकतले घरको छतबाट पनि । धेरै तलाको भइदिएको भए अझै धेरैथोक देख्न पाइन्थ्यो कि कसो †? आहा, यसमा अरु दुईतला जति थप्न पाए.......।
म आफैंलाई बिर्सिएर तेश्रो तलामाथिको छतमा कफिको चुस्की लि“दै ल्यापटपमा एउटा रोमान्टिक कथा लेखिरहेको सपना पो देख्न थाले“छु । श्रीमतीले बिहानदेखि सुकाउन झुण्ड्याएका लुगा झट्कार्दा उछिट्टिएका पानीका थोपाले अचानक मेरो तन्द्रा भङ्ग ग¥यो । म होशमा आउ“दा ओसले चिद्रद्रद्रसो भइसकेको थिए“ । तल झरे“, पत्नीले प्रेमपूर्वक पस्किदिएको तातो भात खाए“ र टेलिभिजनको समाचारमा शान्ति वार्ताको रोमान्चक टेलीश्रृङ्खला हेरेर मजा लिन थाले“ ।
जति प्रयत्न गर्दा पनि मैले लेख्न सकिन यसपालि पनि व्यङ्ग्य † अर्को पटक म फेरि प्रयाश गर्नेछु ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 19 फागुन, 2069

लेखकका अन्य रचनाहरु