सुनिता भाउजू

- ओमप्रसाद घायल

खाना खाएर भर्खर आफ्नो कोठामा पुगेको थिए“, गाउ“मा एक्कासी खैलाबैला मच्चियो । “टोकुई, मर्न नसकेकी अलच्छिनी” जस्ता कर्णकटु गाली गलौजहरु सुन्नासाथ कल्लेरीको घरको हल्लाखल्ला भन्ने बुझे“ । प्रायजसो हरेकदिन सुनिने गालीहरु थिए ती, त्यो गाउ“का लागि र ती गाली खाने व्यक्ति सधै“ एउटै हुन्थ्यो । कल्लेरी बज्यै यसरी नै आफ्नी बुहारीलाई भट्याइरहन्थिन् –ती गालीहरु र कल्लेरी बज्यैको त्यो बुहार्तन चुपचाप सहनुपथ्र्यो बुहारी सुनितालाई ।
बिचरा सुनिता भाउजू विगत दुई वर्षदेखि कल्लेरीका कटुबचन सह“दै आइरहेकी छिन् । बिहान–बेलुका हु“दा–नहु“दा कुरामा बबण्डर निकालेर बुहारीलाई रुवाउनु कल्लेरीको नित्यकर्म जस्तै हो । यो कुरा सारा गाउ“लाई थाहा छ । तर पनि गाउ“लेहरु कल्लेरी बज्यैको विरोधमा आवाज उठाएर सुनिता भाउजुलाई न्याय दिलाउने हिम्मत गर्न सक्दैनन् ।
कल्लेरीका दुईछोरा मध्ये जेठो हरिश्चन्द्र र कान्छो श्यामभक्त हुन् । विएसम्म पढेका हरिश्चन्द्र दाईले आप्mनो बेरोजगारपनलाई सहन गर्न नसकी पुलिस इन्सपेक्टरमा जागिर खान पुगे । जागिरकै शिलसिलामा नेपालगञ्जतिरबाट सुनिता भाउजुलाई विवाह गरेर ल्याएका हुन् । आफूभन्दा अल्ली तल्लोजात क्षेत्रीनी भएको कारण सुनिता भाउजुलाई हरिश्चन्द्र दाईस“गबाट छुटाउन कल्लेरी बज्यैले गर्नु षडयन्त्र पहिल्यै गरेकी हुन् । तर दाई भाउजुको गहिरो प्रेम र आत्मीयताका कारण उनीहरुलाई विच्छेद गराउने कार्यमा कल्लेरी विफल भईन् ।
हरिश्चन्द्र दाइको नेपालगञ्जबाट दाङ सरुवा भएपछि सुनिता भाउजुलाई घरमा छोडेर दाइ दाङ गए । कल्लेरी परिवारका लागि मात्र मन नपरेकी हुन् सुनिता भाउजु । नत्र अरु सबै गाउ“घरमा नम्र, बोलीबचन र भद्र शीलस्वभावले सबैको हाइहाइ थिइन् उनी । गाउ“घरको अर्मपर्म र मेलापातमा पनि उनको कामको बढाईं सुनिन्थ्यो । हरिश्चन्द्र दाइको निकटपात्र भएकै कारण म सुनिता भाउजुको पनि शुभचिन्तक जस्तै भएको थिए“ । पढाईमा पनि आइकमसम्म पास गरेकी भाउजु हर क्षेत्रमा अव्वल दर्जामा गनिन्थिन् ।
दाइको दाङ सरुवा भयो । ‘किन–किन मलाइ त्यो पुलिसको जागिरमा मनै स्थिर छैन, अरुनै केही गरेर खाऔंला छाडिदिनुहोस् भनेकी मान्नुभएन, तपाईले भने मान्नुहुन्थ्यो कि ! दाइलाई सम्झाउनुहोस् न बाबु !’ सुनिता भाउजुले मलाई भनेकिथिईन् ।
दिनदिनको बढ्दो हिंसा, हत्या र आतंकले देश विषमतातर्फ उन्मुख भइरहेको थियो । अधिकृत भनेर भएन प्रहरीको जागिर कहा“, कतिबेला अशुभ समाचार सुन्नुपर्ने हो, पत्तै थिएन ।मैले पनि दाइलाई सम्झाउन खोजेको हु“, तर विधिको विडम्बना ...........!
हरिश्चन्द्र दाइ दाङ सरुवा भएको पा“चौ महिना पनि पूरा नहु“दै माओवादीले गरेको भालुवाङ आक्रमणमा दाइको मृत्यु भयो । सबै गाउ“ स्तब्ध । कल्लेरी शोकले डुब्यो । भाग्यको खेल ...... बिचरा ! सुनिता भाउजुको बिचल्ली ।
दाइ मरेको पींडा कल्लेरी बाजेबज्यैलाई चानचुन महिनादिन दुख्यो होला, तर सुनिता भाउजु बर्षभरि बर्बर्ती रुंदै हिंडिन् । शोकले दुब्लाएर बेगत भइन् । सबैले सम्झाए, संसार यस्तै, सति जान पनि नसकिने । दाइको आलो घाउ बिस्तारै ओभाउन के थालेको थियो, कल्लेरी बज्यैलाई देखिसह्य भएन, नाना तरहको बबण्डर सिर्जेर भाउजुलाई सधैंका लागि त्यस घरबाट पन्छाउने सुर कसिरहेकी छिन् ।
दाइ मरेपछि राज्यका तर्फबाट पाउने सबै रकम कलम कल्लेरी बाजेबज्यैले बुझे । सुनिता भाउजुलाई एकपैसा पनि दिएनन् । बरु त्यही पैसा खर्च गरेर कान्छो छोरा श्यामभक्तलाई विदेश पठाएका छन् । बिचरी भाउजु माथि यो विध्न अपराध ! सुनिता भाउजुले विगत दुई वर्षदेखि कल्लेरी परिवारबाट मानसिक यातना पाईरहेकी छिन् ।
अलिकति तल्लोजात भएकोले मात्रै हो, नत्र त्यति शीलस्वभाव र पढेलेखेकी बुहारी पाउन त्यो परिवारले तपस्या गर्नुपथ्र्यो । बिचरा अभागिनी रहिछन् । विवाह गरेको तीनबर्ष नहु“दै दैवले सिउ“दो उजाड बनँईदियो । मानसिक रुपमा एउटा ब्यघाती र भयङ्कर मृत्यु मरिसकेर पनि भाउजु यति विध्न पीडा खेपेर बा“चिरहेकी छिन् । त्यसमा पनि कल्लेरी बज्यैको दिनदिनको शब्द चिथोराई ।
रातको ११ बजिसकेको छ, अझैपनि कल्लेरीको घरमा बुहारीलाई श्राप गर्ने काम सकिएको छैन । ढोका खोलेर यसो सुन्छु–सुनिता भाउजु घु“क्क–घु“क्क रोएको र कल्लेरीको अशिष्ट गालीहरु भट्याउने क्रम चलिरहेको छ –‘आज फेरि कुन शीर्षकमा गाली गरेकी होलिन् र कल्लेरीले ।’ गाली र बिद्रोहका लागि खास के शीर्षक चाहियो र जतिबेला पनि निकाल्न सकिन्छ होला । ‘भा“डा धु“दा जुठो रह्यो भनि होलिन्, घरमा बसुमताले घा“स नकाटेर गोठमा गाई कराईरहे भनिहोलिन् वा यस्तै अरुनै नया“ वहाना बनाइहोलिन् ।’
एक मनले भन्छ – जाउ“ र बज्यैलाई सम्झाउ“ । ता कि दिनदिनै ती निरीह प्राणीलाई त्यो विध्न सरापेर अरु मानसिक यातना नदिउन् । तर बज्यैले अर्काको कुरै सुन्दिनन् । सुनेर पनि बुझ्दििनन् । वडो मापाकी छन् उनी । रणचण्डी भएको बेला उल्टै बुहारीको रिस ममाथि खन्याउने छन् कि भन्ने लाग्दा–लाग्दै पनि सुनिसक्नु र सहिसक्नु नभएकोले म कल्लेरीतर्फ लागें ।
कल्लेरीबाजे पिंढीमा बसेर चुरोट तानिरहेका छन् । घरबूढीले बुहारीमाथि गरेको जति ठूलो अन्याय पनि उनले मूकदर्शक बनेर हेरिरहने उनको बानी नै परेको छ । किनभने घरबूढी विरुद्ध आवाज उठाउन उनको हिम्मत नै आउ“दैन । ढोकाको छेउमा बसेर बज्यैले चर्को–चर्को स्वरमा भट्याईरहेकी छिन्, भित्र कोठामा सुनिता भाउजु असह्य पीडा रोइरहेकी छिन्, भा“डाहरु यत्रतत्र फ्या“किएका छन् । घटनाको प्रकृति हेर्दा लाग्छ त्यो घरमा आज खाना पाकिरहेको छैन ।
‘के भयो र बज्यै ....... ? भाउजुलाइ किन गाली गरिरहनु भएको छ ?’ मैले यति मात्रै के भनेको थिए, बज्यै मस“ग उफ्रन शुरु गरिन् “टोकुवीको साख्खे हुन पर्दैन बाबु ! कुरा बुझ्नु छैन, अझै भाउजुलाई गाली गरिस् भन्ने ? माया लागे लगेर पाल न त । छोरालाई खाइहाली क्यारे !” कल्लेरीकी बज्यैको तीखो बचन मप्रति लक्षित भएकोमा मलाई रिस उठ्यो आफ्नो तर्फबाट कल्लेरी बज्यैलाई केही कुराहरु राखेर म फर्कें ।
राती अबेरसम्म कल्लेरीको घरमा एकोहोरो थनथन् सुनिएको थियो । बिचरा सुनिता भाउजु ! आज हरिश्चन्द्र दाइ भैदिएको भए के त्यो घरले यसरी हेप्न पाउ“थ्यो र ?

भोलिपल्ट गाउ“मा एकाएक सुनिता भाउजु हराएको खवर फैलिंदै गयो । खवर सुनेर म स्तब्ध भए“ । गाउ“लेहरुले भन्दै थिए –‘कल्लेरीले साह्रै अचाक्लीनै गरेकी थिइ, सहन सकिन होला, कसको मुख हेरेर बा“चोस्, न श्रीमान् न छोराछोरी, मर्न गई होली ।’ तर कसैकसैले भन्दै थिए, ‘पढेलेखेकी आइमाई हो, त्यस्तो दुर्बुद्धी कहा“ गर्थी, माइत गइहोली ।’ गाउ“लेहरु तर्क वितर्कहरु गर्दै थिए । ‘भाउजु कहा“ गइहोलिन् ?’ मनमा एक तमासको पीडाबोध भइरह्यो । हिजोसम्म कल्लेरी परिवारले उनीमाथि गरेको अपराध र गाउ“लेहरुको रमिते प्रवृत्तिभित्र आफै पनि आत्मग्लानी गर्न विवश थिए“, किनकी भाउजुको लागि मैले पनि कुनै न्याय दिलाउन सकिन । अपशोच सबैतिरको विस्वास गुमाएर आज उनी हराईन् ।
नदीनाला, तालतलैया, भीर पहरा र खाडी खोल्साहरुमा आज गाउ“लेहरु सुनिता भाउजुको लाश खोज्न खटिएका छन् । कल्लेरी परिवारमा सुनिता भाउजु हराउनुको कुनै आपत्तिवोध छैन ।
‘बुहारीलाई वस्नखान दिइनौ एउटी अवलाको पापले मर्ने वेलामा पनि बाटो पाउने छैनौ बज्यै ।’ मैले यति भन्ने हिम्मत राखे“ ।
‘हामीले घर छाडेर जान भनेका थिएनौ क्यारे, लाउन खान दिएकै थियौं, घरमा भएपछि कहिलेकाहीं झगडा त भइहाल्छ नि ।’ कल्लेरी बज्यैले कुरा सपार्ने दुःसाहस गर्दै थिइन् ।
सुनिता भाउजु जान सक्ने सम्भावित ठाउ“हरुमा खोजतलास भयो, उनको माइतीमा पनि मैले फोन गरेर सोधें, त्यहा“ पनि नगएको खबरले भाउजु जिउ“दै छिन् भन्ने आशाको त्यान्द्रो च“ूडियो । ‘हरे इश्वर ! सुनिता भाउजु जहा“ रहेपनि जिउ“दै रहुन् ।’
समय वित्दै गयो, सुनिता भाउजु न त जिउ“दै घर फर्किन् न मरेको लाशनै भेटियो । पत्तै नपाइकन काजकिरिया गर्न पनि भएन, एउटा अन्योलताको पृष्ठभूमीमा सारा गाउ“ रुमलियो ।

पा“च वर्षपछि

म कीर्तिपुर क्याम्पसमा एमए पढ्दै छु । बसोबास होस्टलमै छ । एकाविहानै हकरले केही दैनिक र साप्ताहिक पत्रिका लिएर कोठा अगाडि आइपुग्छ । एउटा कान्तिपुर र एउटा राजधानी दैनिक लिन्छु । अक्सर समाचारहरु रेडियो र टेलिभिजनमा सुनिसकेका हु“दा म पत्रिकामा भित्री लेखहरु पढ्नका लागि मात्र पत्रिका किन्ने गर्छु । त्यसैले पनि सबैभन्दा पहिला आ“खाहरु दौडेर भित्री लेखमा पुग्न खोज्छन् ।
कान्तिपुरको मध्यपृष्ठमा छापिएको फोटो सहितको एउटा लेखले म आश्चर्य चकित हुन्छु । “घरेलु हिंसा विरुद्ध चालिनुपर्ने कदमहरु” शीर्षकको लेख, नाम सुनिता घिमिरे । सुनिता घिमिरे अर्थात् सुनिता भाउजु । पत्याउनै गाह्रो हु“दाहु“दै पनि नाम र फोटोले सप्रमाण सुनिता भाउजुको लेख हो भन्ने कुरामा म विस्वस्त भए“ । उनले लेखेको सम्पूर्ण लेखलाई दुईपटक सम्म पढें । लेखको पुछारमा –लेखिका महिला सरोकार केन्द्रस“ग सम्बद्ध हुनुहुन्छ भन्ने उल्लेख थियो ।
म भावविभोर भए“, आ“खाबाट एकैसाथ आसु“हरु बर्रर खसेर केही अक्षरहरु भिजे, सुनिता भाउजुको लेखकीय दर्शनमा गर्वले मन द्रविभूत भयो, चञ्चलताको वायुपङ्खी घोडामा मन सयर गर्न थाल्यो, भेटू“–भेटू“ लाग्यो भाउजुलाई ।
भाउजुलाई भेट्न मन जति आतुर थियो, त्यतिनै मनभित्र लज्जाबोध सन्त्रास पनि सलबलाईरहेको थियो । आफ्नै नजिक वा सामुन्नेबाट गुज्रेको भयानक विगतले आफैप्रति घृणा गरिरहेको थियो । एउटा नतमस्तक र अपराधजन्य गाउ“को सूचीबाट विस्थापित भाउजुको अगाडि आफूलाई कसरी प्रस्तुत गरु“ ? जुन गाउ“ जसले पतिको साथ गुमाएकी एउटी अवला नवयौवनालाई सासुले दिएको पीडा र मानसिक यातनाबाट मुक्त गर्न सकेन, गाउ“बाट हराएपछि मात्र उसको लाश खोज्न उद्दत रह्यो । त्यस्तो लाचार गाउ“ र त्यो गाउ“को युवक म कसरी भाउजुको अगाडि ......... ? तर पनि सारा लाज सरम पचाएर उनलाई भेट्ने अभिलाषाले भोलिपल्टै उनको संस्थातिर लाग्छु ।
जेष्ठ महिनाको मध्यदिउस । काठमाण्डौको अतिबिध्न गर्मी । पसिना पुछ्दै म महिला सरोकार केन्द्रमा पुग्छु । अफिसभित्र छिरिसकेपछि भाउजुलाई चिन्न बेर लाग्दैन । मेरो उपस्थितिस“गै भाउजुको पनि मेरो अनुहारतर्फ दृष्टिगोचर हुन्छ, एकै पटक हाम्रा आ“खाहरु केही हर्ष र केही विष्मयले एकअर्कामा घोरिन्छन् ।
“नमस्कार भाउजु !” यत्ति भन्ने हिम्मत गरे“ मैले । आ“सुले आ“खाहरु टिलपिल पार्दै भाउजुले नमस्कार फर्काइन् । पा“चवर्षपछिको देवर–भाउजुबीचको अपूर्व माया फेरि सञ्चार भयो हामी दुईबीच । हामी पुनः भावविभोर भयौं ।
‘सञ्चै हुनुहुन्छ बाबु !’ आज अकस्मात् मेरो कसरी सम्झना आयो ? मसिनो र रुन्चे आवाजमा भाउजुले प्रश्न गरिन् ।
याद नआएर होइन भाउजु ! तपाईले घर छोडेर हिंडेदेखिनै भेट्न मन साह्रै आतुर थियो । यतिका वर्षसम्म कहीं कतै पनि तपाईको पत्तो भएन, हिजो अकस्मात कान्तिपुरमा तपाईको फोटो सहितको लेख पढेर आज यहा“सम्म आउन सफल भए“ । यत्तिका वर्ष कहा“ बेखवर हुनुभयो भाउजु ?
“जिन्दगीमा सबथोक गुमाएर निरीह भएको संवेदनशील अवस्थामा आफ्नै घरबाट लखेटिएपछि पनि मर्न नसकिदो रहेछ, घर छोडेर हिंडेपछि पनि लामो समयसम्म अत्यन्त दुःख पाए“ । एउटा अनिर्णयको बन्दीमा थिए“ । कहा“ जाउ“ र के गरु“ भन्ने दुविधात्मक स्थितिमा हु“दाहु“दै पछि माइतीमा पुगे“, त्यही क्याम्पस पढ्दाकी एउटी साथीस“ग भेट भयो । उसैको सत्संगत र सल्लाह र सुझावबाट महिला सरोकार केन्द्रमा काम गर्ने अवसर मिल्यो । यस क्षेत्रमा प्रवेश गरेपछि म भित्रको निराशा र कमजोरीपनमा उर्जाको नया“ सञ्चार हु“दै गयो । एउटी पीडित महिला भएको नाताले यस क्षेत्रमा काम गरेर, घरेलु दमन र हिंसाको अ“ध्यारो शुरुङबाट महिलाहरुलाई बाहिर निकाल्ने कार्यमा आफूलाई समर्पित गर्दै यहा“सम्म आइपुगेकी छु ।”
सुनिता भाउजुको त्याग, तपस्या र समर्पणको भित्री हृदयले पूजा गर्न मन लाग्यो, हर्ष विभोरले आ“खा फेरि टलपलाए । “तपाईबाट यति ठूलो आशा गरेको थिईन भाउजु ! जिन्दगीको अ“ध्यारो रात चिरेर नया“ विहानीमा तपाई सफलताको उच्च शिखरमा शिखरित हुनुभएको देख्न पाउ“दा म आभारी भएको छु भाउजु । तपाईले जिन्दगीलाई बुझ्नुभयो । अरु हजारौं घरेलु हिंसाबाट यातना पाइरहेका पीडित महिला वर्गका लागि नया“ उदाहरण र प्रेरणा बन्न सक्नुभयो, तपाईको यो चमत्कारिक सफलताको कथा सुनेर कल्लेरी परिवार खुशी वा दुखी के होला, त्यो मलाई थाहा छैन, तर म धेरै गौरवान्यित भएको छु ।”
मैले भाउजुस“ग सारा बृत्तान्त कहें, बितेको भयंकर डरलाग्दो विगत सम्झेर एकफेरि हामीहरु पुनः रोयौं ।
त्यो दिन भाउजुस“ग छुट्टिने बेला आइसक्यो । मैले विदा मागें । समय मिलाएर आइरहनुहोला । म कोटेश्वर बस्छु । यो कार्ड लिई राख्नुहोस् । भाउजुले आफ्नो फोन नम्बर सहितको कार्ड मलाई दिंदै भनिन् –‘शनिवार बिहान खाना खान मेरो डेरामा आउनुहोला, म तपाईको प्रतीक्षा गर्नेछु ।’
भाउजुस“ग विदा भएर म कीर्तिपुरतिर लागें –आह समय ! त्यस्तो निर्ममताबाट कति अगाडि पुगेछ । एउटी अवला र निरीह प्राणीले एकाएक जिन्दगीको नया“ आयाममा कठोर संघर्ष गरेर महिला मुक्तिको बाटोमा अगुवा भएकी छन् ।
‘मृत्युको वाहुवलबाट उम्केर, आगतको यो चरम उचाइमा शिखरित हु“दै गरेकी सुनिता भाउजु ! तपाईको यो उच्च साहसको म सधैं पूजा गर्नेछु । जिन्दगीका अरु नया“ परिच्छेदहरुमा तपाईको साहसिक अनुष्ठानको दर्शन यो दुनियाले गरिरहन पाओस् । तपाईले जिन्दगी जित्नुभयो धन्य ! सुनिता भाउजु !’
बलेवा, बागलुङ

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 19 फागुन, 2069

लेखकका अन्य रचनाहरु