तिमी काठमाडौं पुग्यौ कमरेड ?

- ओमप्रसाद घायल

हो कमरेड
गाउँमा तिम्रो गुमनामको खवरले
मैले ठानेको थिएँ
अवस्य तिमी काठमाडौं पुग्यौं ।
कीरेडाँडा
जुन माटोमा खेलेका तिम्रा हिजोका खाली पैतलाहरु
आज शहरको आलीशान महल प्रवेश गर्दैछन् ।
तिमी भाग्यवान छौं कमरेड ।
समयको नत्थीलाई
समातेर
तिमी थानकोट उक्ल्यौ
म शुभकामना दिन्छु तिमीलाई
तिमी एकदिन सेतो हिमाल पनि चढ
तर सेतो हिमाल चढेर
तिमीले तलतिरै फर्केर हेर्नु एकपटक
त्यही तलको फेदी चढेर
त्यो हेमानको चूचूरो पार गरेको अनूभूति हुनेछ सायद

कमरेड !
तिमीलाई लाग्दो हो
‘म काठमाडौं छु अब गाउ“को कीरेडा“डा
मेरो अनुकुल छैन’
किनकि
कीरेडा“डामा काठमाडौंका जस्ता
अग्ला घरहरु छैनन्
अग्ला मान्छेहरु छैनन्
अग्ला विचारहरु छैनन्
त्यो तिम्रो मिथ्या भ्रम मात्र हो कमरेड !
गाउ“मा एउटा सुन्दर संसार छ
त्यो संसारको सप्तरङ्गी फूलवारीभित्र
संसार हाक्ने उचाईका मान्छेहरु पनि छन्
त्यहा“ सायद
भ्रम दिग्भ्रमको खेती गर्ने
चाकडी र चाप्लुसी बाजहरु छैनन् ।

कमरेड !
मैले सुनेको छु आजकल
तिमीले गाउ“को कीरेडा“डा बिर्सेर
काठमाडौंको विशाल शहरमा
भविस्यको नया“ खेती गर्दैछौं
नया“ सपनाहरु उमार्दैछौं
र नया“ उचाइको थप खोजी गर्दैछौं ।

तर वेमौसमको खेतीमा
कहिले काहीं
हुरी आउन सक्छ कमरेड !
असिनाले लछार्न सक्छ ।
तिमीले देखेका नक्कली सपनाहरुमा
अनपेक्षित तुषारापात पनि पर्न सक्छ ।
त्यसैले
यो गाउ“को कीरेडा“डामा
हिजो तिमीस“गस“गै
डण्डीवियो खेल्ने
स“गै कपर्दी र ढिकीच्या“उ खेल्ने
यो पूर्वमित्रको तिमीलाई
सुझाव छ
कीरेडा“डा तिम्रो ममताको आधारशिविर हो
तिम्रो जन्मभूमि
र आराधानाको मन्दिर हो
तिमी घमण्ड नगर ‘म काठमाडौं आइपुगे“’ भनेर ।

बलेवा, बागलुङ

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 13 फागुन, 2069

लेखकका अन्य रचनाहरु