मानवअधिकार

- तुलसीहरि कोइराला

केही व्यक्तिहरूले रातो कपडामा सेता अक्षर लेखिएको एउटा तूल टाँगेर नारा लगाउँदै गन्तव्यतिर हिँडे उनीहरूले त्यो तूल टाँगेको एकजनाले नजिकैबाट हेरिरहेको थियो टाँग्नेहरू ओझेल परिसकेपछि पनि उसले निकैबेर त्यो तूललाई हेरिरह्यो मुसुक्क मुस्कुराउँदै आफ्नो शरीरतर्फहेर्यो

       उसले तूलमा लेखिएका वाक्यहरू पढेझैँ गर्यो प्रतिक्रियास्वरूप फिस्स हाँस्यो पल्याकपुलुक हेर्दै तूललाई टाँगिएको ठाउँबाट निकाल्यो आफ्नो शरीरमा मिलाएर बेर्यो तूलले राम्ररी बेरिएपछि ढुक्क भएझैँ गरी पुनः एकपटक हाँस्यो त्यो व्यक्ति

       तूल टाँग्नेहरू भोलिपल्ट पुनः त्यही ठाउँमा आए हिजो टाँगिएको तूल नदेखेपछि 'पक्कै पनि कसैको षड्यन्त्र हुनुपर्छ' भन्दै अडकल काटे केहीछिनमै उनीहरूले आफूहरूको तूलले बेरिएर हिडिरहेको मान्छेलाई देखे उनीहरूले त्यसलाई हुचीलले बिरालोलाई झम्टिएझैँ झम्टिएर कुटपीट गर्दै उसको शरीरबाट तूल निकाले

       उक्त तूल पुनः त्यहीँ ठाउँमा टाँगियो त्यहाँ विजयको नारा लाग्यो- मानवअधिकार जिन्दावाद ! हाम्रो पार्टीजन्दावाद !!

       बेरिएको तूल निकालिएपछि र्सवाङ्ग नाङ्गो भएको त्यो व्यक्तिले उनीहरूको शरीर हेर्यो आफ्नो शरीरलाई नियाल्दै एकपटक पुनः हाँस्यो

      नारा लगाउनेहरूसँगसँगै त्यो नाङ्गो व्यक्ति पनि आवाज थप्दै पछिपछि लाग्यो- मानवअधिकार जिन्दावाद !! हाम्रो पार्टीजन्दावाद !!

 

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 20 माघ, 2064

लेखकका अन्य रचनाहरु