लघुकथामा विविधता: 'अणु र पहाड'

- छविरमण सिलवाल

नेपाली लघुकथा लेखन र प्रकाशनले लामो इतिहास पार गरे पनि साठीको दशकमा निकै फस्टाएको देखिन्छ । यस विधाले आफ्नै मूल विधाको रूपमा आकार पाइसकेको छ । व्यस्त मान्छेहरूका दिनचर्याबाट छोटा कथाहरूको माग वढेको हुन सक्छ । एकै वसाइमा जीवनका अनेक रंगहरूसंग रमाउने अवसर मिल्छ लघुकथा मार्फत । थुप्रै सर्जकहरू लधुकथा लेखन तर्फ उन्मुख भए पनि यस विधामा मात्र सिमित रहेर कलम चलाउने सर्जकहरू निकै कम छन् । यीनै कम मध्येका एक हुन डा.रविन्द्र समिर । मूलतः नेपाली लघुकथामा कलम चलाए पनि मुक्तक, गजल र नियात्रा विधामा पनि उनको कलम चलेको पाइन्छ । तेस्रो आँखा, पोष्टमार्टम, विकिरण, ईश्वरका कथा र अर्जुनदृष्टि आदि पाँच ओटा लघुकथाका पुस्तक प्रकाशित गरिसकेका समिरले पछिल्लो लघुकथासङ्ग्रह ‘अणु र पहाड’ लिएर देखापरेका छन् । चाँदीको घेरा(मुक्तक÷गजलसङ्ग्रह) र ग्रेटवालको ग्रेट अनुभूति(नियात्रासङ्ग्रह) प्रकाशित छन् समिरका । व्यस्त समयका वावजुद पनि उनले नेपाली लघुकथा लेखन र यसको विकासमा निकै सक्रिय रूपमा लागि परेका छन् । लघुकथाका माध्यमबाट जीवन र जगतका भोगाइहरूलाई खोजिरहेका छन् । लघुकथा लेखनमा नविन प्रवृति, प्रविधिसंस्कृतिको प्रयोग गर्न खप्पिस छन् समिर । ‘अणु र पहाड’ लघुकथासङ्ग्रह भित्र पैसठ्ठी ओटा लघुकथाहरू रहेका छन् । समसामयिक विषयवस्तु माथि केन्द्रित रहेर रचना गरिएका यी लघुकथाहरू पढ्दा समाजका कतिपय घटनाहरू ताजा बनेर आउँछन् । समिरको यस पुस्तकमा भूमिका नै लघुकथा बनेको छ । यस पुस्तकको शुरूवाती कथा अपस्थ शिर्षकले पैसा नभएको पीडा पोखिरहेको छ । राजमार्गमा यात्रा गर्दा एउटा यात्रीका यी पीडा साँच्चै सत्य हुन् । उनको प्रस्तुती गर्ने कलाले यो कथालाई जीवन्त बनाएको छ । यस कथामा यात्रीले सबै खानेकुराको भाउ सोध्छ महङ्गो देखेर चुपचाप बस्छ, पसलेले के खाने भनेर सोध्दा ‘मलाई डाक्टरले बाहिरको खानेकुरा नखानू भनेको छ ।’ पसले चुप हुन्छ । समिरको प्रस्तुत गर्ने शैली निकै कलात्मक छ, जसरी एउटा कलाकारले फालेका ढुङ्गामा पनि अनेकन कलात्मक आकार दिएर सुन्दर बनाउने गर्छ, जसलाई हामी ईश्वर भनेर पुज्ने गर्दछौं । शब्दहरूलाई कलात्मक रूप दिन खप्पिस छन् डा.समिर । उनका लघुकथाले मानविय संवेदनाहरूको प्रतिनिधित्व गरिरेका छन् । साहित्यले नै समाजको रूप परिर्वतन गर्न सक्छ, समाजका विकृतपक्षलाई उजागर गरेर मान्छेलाई सत्मार्गमा लाग्न प्रेरणा प्रदान गर्ने गर्छ । समाजका हरेक पक्षलाई साहित्यका विविध विधाहरूको माध्यमबाट प्रस्तुत गरेर समाजलाई सुन्दर बनाउने प्रयत्न एउटा साहित्यकारको दायित्व पनि हो । समाजकै लागि लेखिने सिर्जना पनि समाज भित्रकै विषयवस्तु हुनु पर्छ । अब कल्पनाका कुराहरू मात्र गरेर पाठकलाई अल्मल्याउने समय होइन । समिरका लघुकथाहरू पनि यही समाजका विसंगतहरू हुन् । उनी एउटा लघुकथा लेख्नेको लागि धेरै अध्यन गर्छन्, आफू हुर्केको समाजलाई शुष्म तरिकाले पुनः अध्ययन गर्छन् । त्यसैले त उनी आम लेखक भन्दा पृथक छन् । अरू भन्दा पृथक तथा विशिष्ट भएर देखा परेका छन् । छैटौ लघुकथा सङ्ग्रह ‘अणु र पहाड’ पुस्तक यीनको विशिष्टताको नमूना हो । प्रस्तुत सङ्ग्रहका प्रत्येक लघुकथाहरूले केही न केही सन्देश प्रवाहित गरिरहेका छन् । केही लघुकथामा उनले नयाँ प्रयोग गरेका छन्, जुन आम लेखकहरू पुग्न सकेका थिएनन् । लघुकथाहरूमा नवितम प्रयोग गरेका छन्, समिरले पाठकलाई मनोरञ्जन प्रदान गर्नको लागि । केही कथामा प्रयोग नाममा काल्पनिक र बनावटी लागे पनि ति कथाहरूले वोल्न खोजेका कुराहरू यथेष्ट रूपमा आएका छन् । ‘कालो रात’ शिर्षकको कथाले एउटा पुरुष पनि कसरी बलात्कृत हुन सक्दो रहेछ भन्ने कुरा दर्शाएको छ । यो नयाँ प्रयोग हो । गरिवीका पीडाहरु प्रतिनिधित्व भएका थुप्रै लघुकथाहरू रहेका छन् । उनी आफै पेशाले चिकित्सक भए पनि यस पेशाप्रतिको विकृतलाई उनले उजागर गरेका छन्, सरकारी अस्पतालमा र क्लिनिकको विरामीलाई गरेको व्यवहारले । यो हामीले भोगेको यथार्थ नै हो । संस्कृतिका नाममा भएका विकृतिहरू र लागु पदार्थ सेवन गर्ने प्रवृतिलाई पनि लघुकथा मार्फत पोखेका छन्, समिरले ‘अणु र पहाड’मार्फत । नेपालमै नेपालीहरूले नेपालीलाई नै ठग्ने प्रवृति वढ्दो छ । यस सम्वन्धि देश परदेश शिर्षकको लघुकथालाई हेरौंः–‘मचाकाजीलाई आफूपछि आफ्नो देशको माया लाग्दथ्यो । उसलाई आफ्नो देशको माया बोकेर विश्वका शक्तिसम्मन्न भनिने देश घुम्न मन लाग्यो । ती देशहरूको विकास र उन्नती हेर्न मन लाग्यो । केही न केही सिकेर आफ्नो देशमा पनि अनुशरण गर्न सकियोस् भन्ने इच्छा जाग्यो । भ्रमणको सुरूमा मचाकाजी युरोप पुग्यो । युरोपमा वीर गोर्खालीको पुत्र भन्दै भव्य स्वागत पायो । त्यसपछि ऊ अमेरिका गयो । विश्वको सर्वोच्च शिखर सगरमाथाको पुत्र भन्दै उसले भव्य सम्मान पायो । त्यहाँबाट ऊ जापान गयो । गौतम बुद्धको जन्मस्थल लुम्बिनीको शान्तिदूत उपमाको कारण खादाको पगरी गुथ्यो । त्यसपछि ऊ भारत पुग्यो । बहादुर, कान्छा, चमेली, फूलमाया आदिका छेडछाडले उसले अपमानबोध ग¥यो र लाग्यो आफ्नै देशतिर । विदेशको स्वागत र सम्मानले पुलकित हुँदै ऊ मधेसको बाटो देश भित्रियो । मधेशमा पुगेकै रात पहाडी भएको कारणले ऊ अपहरणमा प¥यो ।’ ‘अणु र पहाड’ लघुकथासङ्ग्रह भित्र देशका वर्तमान परिवेशका चित्रणहरू प्रसस्त भेटिन्छन् । वैदेशिक रोजगारका खातीर दिनहुँ बाहिरीरहेका युवाहरूका पीडा भेटिन्छन् । नारीप्रति भएका विभेदका कुराहरू भेटिन्छन्, बेरोजगारका पीडा झल्किन्छन्, एनजिओ र आईएनजीओले दिइने आश्वासनका पोकाहरू भेटिन्छन् । नेताहरूका द्धैध चरित्रले जनताले भोग्नुपरेका पीडाका पहाडहरू भेटिन्छन् । यता थुप्रै विविधताले भरिएको छ, समिरका लघुकथासङ्ग्रह ‘अणु र पहाड’ । पैरवी बुक हाउसद्धारा प्रकाशित ‘अणु र पहाड’ लघुकथा सङ्ग्रह मार्फत जीवन र जगतका अनेकन भोगाईहरू नजिकबाट पढ््न सकिन्छ ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 19 माघ, 2069

लेखकका अन्य रचनाहरु