‘वालस्ट्रिट कब्जा गर’ भित्र पसेर हेर्दा

- अनिरुद्ध तिमसिना

विषयको उठान :–
नेपाली साहित्यका क्षेत्रमा कवि, साहित्यकार, स्वतन्त्र पत्रकार ऋतु आसीक कुनै चिनाइरहनु पर्ने नाम होइन । तीसको दशकदेखि नै कविता लेखन र पत्रकारिताका क्षेत्रमा देखा परेका ऋतु आसीक एक जाँगरिला प्रगतिशील अथक साधकका रूपमा सुपरिचित छन् । दर्शनशास्त्रका एम.ए. तथा समाजशास्त्रमा अध्ययन गर्दै रहेका आसीक बहु आयामिक प्रतिभाका ज्वलन्त उदाहरण हुन् । उनको रचनाकारिता कवितादेखि सुरु भएर उपन्यास, निबन्ध, पत्रकारिता एवं कविता, काव्य र विभिन्न विधाका कृति र पत्रपत्रिकाहरूको सम्पादनको विस्तृत क्षेत्रसम्म विस्तारित भएको तथ्य उनका निम्न लिखित कृति र सम्पादित ग्रन्थहरूले नै साक्ष्य प्रस्तुत गरिरहेका छन् । उनका मौलिक कृतिहरू –(१) के भनेर बोलाउनु मेरी छोरीलाई (कविता सङ्ग्रह २०३१) (२) बेन्जामिन मेरोलाइस (२०४८ कविता सङ्ग्रह ) (३) एन एक्स्प्रेसन टु चाइना (२०४८ (४) कम्युनिष्ट सभ्य हुन्छ (२०४७) (५) एउटा अठोट (लघु उपन्यास २०४८) (६) अर्जुन खोलाको तीर (लघु उपन्यास) (२०४८ बदिनी महिला उत्थानका लागि लेखिएको) (७) आमालाई (२०५१) कविता संङग्रह (८) अलविदा सोभियत सङ्घ (कविता सङ्ग्रह २०५१) (९) मेरो पत्रकारिताः विगत र वर्तमान (२०५१) (१०) शब्दघोष (लेख सङ्ग्रह २०५७) (११) अग्निपुञ्ज (२०६३ लेखसङ्ग्रह) जस्ता मौलिक कृतिहरू बाहेक विभिन्न संम्पादित कृतिहरू (१) नेपालको शान्तिक्षेत्र प्रस्तव, अध्ययन, विश्लेषण र प्रतिक्रिया (२०४० संयुक्त सम्पादन) (२) ऐतिहासिक योद्धा मनमोहन अधिकारी (२०५३) (३) मुक्ति योद्धाः निर्मल लामा, (२०५८) (४) सिर्जनशील नेपाली पत्रकारहरू भाग १ (२०६१) (५) आस्थाका शहीदहरू, भाग १ (२०६७) जस्ता ग्रन्थका सम्पादक समेत रहेका आसीक विशेष प्रकारका एक श्रमशील एवं पत्रकार हुन् ।

व्यक्तिगत परिचयः–
ऋतुवर्ण पराजुलीको साहित्यिक नाम ऋतु आसीक हो र उनको जन्म भालु कुमारी लङ्का, असम (भारत) मा पिता स्व. शम्शेरबहादुर पराजुली तथा माता स्व. दिव्यश्वरी पराजुलीका कोखबाट वि.सं. २००८ साल कार्तिक १३ गते मङ्गलबार राति १ बजे भएको हो । उनको बाल्यकाल असम तथा सुन्सरीको तरहरा, इटहरीमा बितेको हो । वर्तमान समयमा उनको स्थायी बसोबास विराटनगर नगरपालिका ७ नं. सरौचिया, मोरङ्ग (नेपाल) मा रहेको छ ।
नेपालका प्रायशः सबै जिल्ला र भारतका कतिपय राज्यहरूको भ्रमण गरिसकेका आसीकले अमेरिकामा ६ महिना प्रवासकालमा रहेर भर्जिनिया, ङ्खलोरिडा सिकागो, आदि कतिपय भू–भाग तथा नासा र संसारको चर्चित लुरे गुफाको अवलोकन समेत गरिसकेका छन् । यात्राको क्रममा जर्मनको फ्रयाङ्कफर्ट मेरील्याण्ड, वासिङटन डि.सि. पनि पुगिसकेका छन् ।
ऋतु आसीकको साहित्यिक यात्रा सिक्किमको गान्तोक प्रकाशित हुने कञ्चनजङ्घा नामक पत्रिकामा २०२५ सालतिर ‘समय अन्तिम हुँदै गयो’ शीर्षकको कविता प्रकाशित भएपछि प्रारम्भ भएको हो । त्यस प्रकाशित कविताका अक्षरहरू उनले कतिदिन सुम्सुम्याइ रहेको सम्झना अझै ताजै छ, हिजै जस्तो लाग्दछ, भन्दछन् उनी । यसरी उनको साहित्यिक यात्रा १७ वर्षको युवावस्थाको प्रारम्भ सँगसँगै भएको देखिन्छ ।

पत्रकारिताः–
राजविराजबाट प्रकाशित ‘गोरेटो’ मा २०३३ सालदेखि प्रतिनिधिको रूपमा कार्यरत रहेका ऋतु आसीक ‘नयाँ पाइलो’ (२०३४) को सह सम्पादक रही काम गरेका व्यक्ति हुन् । अभिवादन (२०३५) का सम्पादक हुन् । उनी सम्पादक रहेकै बेला २०३७ सालमा अभिवादन माथि प्रतिबन्ध लागेको र जेल परेका हुन् । उनले २०३९ देखि तेश्रो विश्व साप्ताहिकको सम्पादन पनि गरेका हुन् । उनका अनेकौ लेख कविता राजधानीबाट प्रकाशित हुने पत्रपत्रिका एवं भारत, अमेरिकाबाट प्रकाशित हुने नेपाली पत्रिकाहरूमा पनि प्रकाशित भएका छन् ।
नेपाल पत्रकार सङ्घ, उदयपुर शाखाको अध्यक्ष (२०५१–०५२) रहिसकेका ऋतु आसीक नेपाल पत्रकार महासंघसँग २०३३ सालदेखि सम्बद्ध रहेका हुन् र त्यो सम्बद्धता निरन्तर रहँदै आएको छ । उनी प्रगतिशील लेखक संघ, मोरङसँग पनि सम्बद्ध रहिआएका छन् । भारतको डा. अम्बेडकर विशिष्ट पुरस्कारद्वारा सन् १९९४ मा पुरस्कृत ऋतु आसीक ‘विराट साहित्य सङ्गम’ का सचिव हुन् । साहित्य सिर्जनामा प्रगतिशील चिन्तनलाई बढी महत्व दिने उनको दृष्टिचेत अन्तर्राष्ट्रिय तहसम्म पुगेको पाइन्छ । साहित्यकार कवि आसीकको व्यक्तित्व र कृतित्वमा कल्पना चापागाईले र के भनेर सम्झाउनु मेरी छोरीलाई नामक कृतिमा मीना क्षेत्री तथा इटहरीका साहित्यकार यमबहादुर श्रेष्ठले शोध गरेका छन् ।
कविता सङ्ग्रहमा छत्तीसवटा कविताहरू प्रस्तुत संकलित छन् । यस कृतिका स्रष्टा ऋतु आसीक प्रगतिशील चिन्तनलाई साहित्य सिर्जनाको प्रमुख आधार मानेर गतिशील यर्थाथलाई जीवन्त रुपमा प्रस्तुत गर्दछन् । यस सङ्ग्रहको भूमिका लेखि दिन हस्तलिखित कविताहरूको मूल प्रति दिएको पनि धेरै समय बिति सक्यो । तर ढिलो भए पनि कविताका कथ्यलाई सारमा प्रस्तुत गरी मैले आङ्खनो दायित्व निर्वाह गरेको छु भन्ने प्रवञ्चना देखाउनु बाहेक अरु केही छैन भन्दा हुन्छ ।
यस सङ्ग्रहमा राष्ट्रिय भावले ओतप्रोत कविताहरूदेखि लिएर अन्तर्राष्ट्रिय परिवेश, सामाजिक, राजनीतिक, आर्थिक अवस्था समेतको जीवन्त चित्रण गरिएका कविताहरू उम्दा र सुन्दर बनेका छन् । राष्ट्रिय परिवेशमा नागदह, वैतडी, आजका केशरजङ्ग रायमाझी, समरमा आजका दुर्याेधन र पाण्डुवहरू, अनर्थ षडयन्त्रको खेती, जङ्गबहादुरका प्रारूपहरू, युद्ध चलिरहेछ, मुलुक व्युझाएर उठौ, भूमिगत गिरोहको पदोन्नति हामी फेरि उठ्ने छौ, बहुदल धराप परेको छ, देशको मुटु दुखिरहेको छ, प्रतिगमनकारीको पुनर्आगमन, मौसुफ सरकार, आन्दोलन सहभागी शर्त, तानाशाह र स्वतन्त्र संवाहक, जनताको जय, नेपालीले पाल्नै नसक्ने भएका छन्, वाग्लुङ्, तानाशाह र गिरिजाहरू राष्ट्रियताका सिक्कामा, स्वतन्त्रता अझै टाढा छ, नालापानी राष्ट्रियता थिम्पुमा होइन जनतामा खोज, मधेश, नयाँ नेपालको दृश्यमा भारतीय छाँया, हामी फेरि विजयी भएका छौँ जस्ता कविताहरू उल्लेख देखिन्छन् भने अन्तराष्ट्रिय परिवेश, व्यक्तित्व र अवस्थालाई चित्रण गर्ने सोमालिया, तालिवान हो याद राख, चारु मजुमदार, पाब्लो नेरुदा, वासिङ्गटन, अमेरिकी स्वतन्त्रता, वालस्ट्रिट कब्जा गर जस्ता कविताहरूले देश बाहिरका परिस्थिति र व्यक्तित्वलाई चित्रण गर्ने काम गरेका छन् । ऋतु आसीकका कविताहरूमा राष्ट्र र जनताप्रति ठूलो प्रेम र स्नेह प्रतिबिम्बित भएको देख्न पाइन्छ । सिङ्गो संसार र मानव जातिलाई प्रेम गर्ने कवि आसीकले आङ्खनो देशलाई माया गर्न सक्ने मान्छेले मात्रै संसारलाई माया गर्न सक्छ भन्ने विचार राखेका छन् । आसीकको प्रस्तुत कविता कृति नेपाली प्रगतिशील कविताका क्षेत्रमा नयाँ ओज र उपलब्धिका रूपमा कविताहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित भएका देखिन्छन् । २०४९ सालदेखि २०६८ मङ्सीरसम्म झन्डै दुई दशक जतिका कवि आसीकका प्रतिनिधि कविताहरू यस सङ्ग्रहमा परेका छन् ।
प्रस्तुत कविता संङग्रहका कविताहरूमा कवि आसीकले राष्ट्रप्रेमी भावनाको सुन्दर शिल्प र बिम्बको माध्यमले समुन्नत चेतनाको गन्तव्य र सुन्दर भविष्यको छवि अङ्कित गर्ने प्रयास गरेका छन् । यस कृतिको प्रथम कविता ‘नागदह’ हो । यसमा ऐतिहासिक सन्दर्भका साथ इतिहासमा घटेका यथार्थ घटनाका मिहिन झिल्काहरू अभिव्यक्त भएका छन् ।
नागदह ! तिम्रै वक्षस्थलमा
साँझमा कुनै रैतीको छानाबाट
धुवाँ पुतपुताएको छ छैन भनेर चियो गर्ने
जनप्रेमी संस्करणहरू
बिहान बेलुकाको गाँस लुटेर
यस बेला जनतालाई छाला काढेर
बन्दुक, मानव अधिकार र प्रजातन्त्रको
भोटो किनिरहेका छन्
भन्दैमा अघाएकाहरूले प्रजातन्त्रको पाठ घोकाउने गर्छन् अनि राष्ट्रियता चाहिँ यस बेला दौरा, सुरुवाल, टोपी र कोटमा सजिएर सिंहदरबारमा पसेको छ भन्दछन् । काठमाण्डौको प्राचीन नाउँ नागदह हो, यसको चौकिदारका रूपमा नागढुङ्गा रहेको भए पनि नागदहको मृत्यु भइसकेको आशङ्का कविले व्यक्त गरेका छन् । जनताका आँखाबाट अविरल आँसु बगिरहेको छ, राष्ट्रियता खोज्नेहरू भीमदत्त पन्तका संस्करण भएका छन् भन्ने भावनात्मक विचार प्रकट गरेका छन् ।
“वैतडी” मा राष्ट्रिय भावले ओतप्रति विचारहरू व्यक्त भएका छन् । जनताबाजे अर्थात भीमदत्त पन्तलाई मारेको देश (ठाँउ)मा प्रेमीहरूको तीर्थस्थल भएको यथार्थ प्रस्तुत गरेका छन् ।
“सोमालिया” मा मृत्यु आँखा अगाडिबाटै हिडिरहेको छ, एकै दिनमा लाखौ नानीहरू मरिरहेको बीभत्स दृश्य चित्र उतारेका छन् अनिकालको महामारीबाट बीसौ लाख मानिसहरूले मृत्युवरण गरिरहेका छन् । यसमा कविले मानवतावादी दृष्टिकोण सशक्त रूपमा प्रकट गरेका छन् ।
महान देश सोमालिया !
तिम्रो आँगन मझेरीमा मृत्युको नृत्य चलिरहेको छ ।
सोमालियालाई रङ्गीचङ्गी फेसनले बेरिएको
प्रजातन्त्र र मानव अधिकार होइन,
रोटी चाहिएको छ,
भोक मार्ने मानव अधिकार र प्रजातन्त्र चाहिएको छ ।
“अर्थ–अनर्थ” मा प्रजातन्त्र मास्ने मास्न लगाउने तथा राष्ट्र बेच्नेहरू नै राष्ट्रप्रेमी भएको यथार्थ उजागर छ ।
“समरमा दुर्योधन र पाण्डवहरू” मा राष्ट्रघात गर्नेहरूप्रति तीव्र आक्रोश पोखेका छन् । कौरवहरूले अंशवण्डामा पाँच गाउँसम्म पाण्डवहरूलाई दिएका थिएनन्, उनीहरूको सोचमा राष्ट्रियता टुक्रिन्छ भन्ने थियो तर आजका कौंरवहरू छिमेकीका शकुनी भएका छन् र यो मुलुक सीमानापारिका मान्छेहरूको कवाज खेल्ने टुँडिखेल भएको मात्र होइन, मानव अधिकार र प्रजातन्त्रका बाली लगाउने र थन्क्याउने उर्वरा भूमि भएको कुरा सशक्त ढङ्गले प्रस्तुत गरेका छन् । सत्य र असत्यका बीचको यस युद्धमा सत्यकै विजय हुने छ । साधुको भेषमा रावण, दुर्योधन, दुःशासनहरू द्रौपदी (राष्ट्रिय भूमि) को चिरहरण गर्न आएका छन् भनेर देशवासीलाई सावधान गरेका छन् ।
“आजका केशरजङ्ग रायमाझीहरू” मा कवि आसीकले केशरजङ्ग रायमाझीलाई प्रतीक बनाएर वर्ग संघर्षलाई त्यागी वर्गसमन्वयको अपरिहार्यता अलाप्नेहरूप्रति तीव्र विरोधको स्वर उरालेका छन् । वर्ग संघर्ष नरोकिने सप्तकोशी नदी हो भन्दै यो नागवेली झैं निरन्तर अगाडि बढिरहेको छ भन्ने कुरा प्रतिपादन गरिएको छ ।
“चारुमजुमार” मा पश्चिम बङ्गालको नक्सालवाडीबाट सडेगलेको परम्परित सामाजिक संरचना विरुद्ध क्रान्तिको ज्वाला उठेको र त्यसका उन्नायक चारु मजुमदार हुन् । उनी आन्दोलनका प्रणेता ज्योतिपुञ्ज हुन् । उनी यस आन्दोलनको अग्रभागमा रहेको यथार्थ प्रस्तुत गरिरहेका छन् ।
“षड्यन्त्रको खेती” मा सीमानापारि–सात समुन्द्र पारिकाहरू आएर नेपालको राष्ट्रियता र स्वतन्त्रता भत्काउने सहिदको अपमान गर्नेहरूको षड्यन्त्रप्रति तीव्र आक्रोश पोखेका छन् र देशभक्त प्रजातन्त्रवादीहरूलाई हातेमालो गर्न र एक हुन आह्वान गरेका छन् ।
“तालिवान हो याद राख” मा राष्ट्र समग्र उत्पीडनबाट मुक्ति चाहन्छ र जनता स्वतन्त्रता चाहन्छन् । अबको समय मध्ययुगतिर फर्कन सक्तैन । संसार सभ्यता तिर अगाडि बढिरहेको छ । धर्म र अन्धविश्वासको जाँतोमा कुनै मुलुक समृद्धशाली भएको छैन । जनताप्रति वफादार नजिबुल्लाहको के दोष थियो र ? उनी देशभक्त कम्युनिष्ट थिए । तिनीहरूको रक्त रञ्जित खुनी हत्यालाई विश्वले समर्थन गर्न सक्तैन, भन्ने सन्देश छ ।
“जङ्गबहादुरका प्रारूपहरू” मा देशमा प्रजातन्त्रको पुनर्वहाली पश्चात पञ्चायती कालरात्रीका षडयन्त्रकारी सूर्यबहादुर थापालाई सत्तामा स्थापित गरेकोमा तीव्र विरोधका स्वरहरू उरालेका छन् र घृणा र रोष प्रकट गरेका छन् । जङ्गबहादुर अत्याचारको एउटा प्रतीकका रूपमा प्रस्तुत छ ।
“युद्ध चलिरहेछ” मा युद्धको शाश्वतता सिद्ध गर्ने प्रयास छ । युद्ध मानिस स्वयं हो, युद्धमा निमुखाहरूको विजय हुनुपर्छ । युद्ध त मानिसले जित्नुपर्छ भन्ने कुराको प्रतिपादन गरेका छन् । युद्ध त्रिकाल सत्य हो, युद्धमा जनताको विजय हुनुपर्छ भनेका छन् ।
“मुलुक ब्युँझाएर उठौ” मा गजराजका सन्तानहरूले अझै राष्ट्रघात गर्न सक्छन्, राष्ट्रियता बेच्न सक्छन् भनेर नेपालीहरूलाई सचेतताका साथ सतर्क रहन सावधान गरेको पाइन्छ ।
“पाब्लो नेरुदा” मा विश्व विख्यात कवि पाब्लो नेरुदाका कविताहरूको मुक्तकण्ठले प्रशंसा गरिएको छ । नेरुदाका कविताहरू अग्रगामी उत्प्रेरणाका ज्योतिपुञ्ज हुन्, आस्थाका बीउ हुन् । पाब्लो नेरुदा हाम्रो धमनीमा छन् भनेका छन् ।
“भूमिगत गिरोहको पदोन्नति” मा राष्ट्रको अमूल्य प्राकृतिक सम्पत्ति ओसार पसार गर्ने सूर्यबहादुर थापाको प्रधान मन्त्रीमा भएको पदोन्नतिमा कविले तीव्र घृणा र आक्रोश पोखेका छन् र राष्ट्रलाई नै निल्ने तानाशाहमा रूपान्तरित हुने आशङ्का प्रकट गरेका छन् ।
“हामी फेरि उठ्ने छौं” मा आस्था र विश्वास कसैले तोड्दा तोडिने चीज होइनन्, जति सुकै छलछाम गरेर हामीलाई तोड्ने र फोड्ने काम गरे पनि हामी टुट्ने फुट्ने छैनांै, हामी त्यहीँबाट जुट्ने र उठ्ने छौं, जहाँबाट छुटेका थियौं, भनेका छन् ।
“बहुदल धरापमा परेको छ” मा अन्ठाउन्न साल जेठमा भएको दरबार हत्याकाण्डलाई मूल विषयवस्तु बनाएर जन आन्दालेनले ल्याएको बहुदलीय व्यवस्था धरापमा परेको तथ्य प्रस्तुत गरेका छन् । देशद्रोहीको आडमा असंख्य देशभक्तहरूको मृत्यु हुन सक्छ । नारायणहिटी दरबारमा भएको रक्तपातपूर्ण हत्याकाण्डमा राजा वीरेन्द्रको समूल वंश विनास भएको र हत्यारा दरबारकै कुनामा कतै लुकेको त छैन ? देशभक्तहरूको निम्ति अफाप सिद्ध भएको छ । स्वचालित मेशिन धर्म र पेशा हत्या हो भन्ने प्रतिपादन भएको छ ।
“देशको मुटु दुखिरहेको छ” मा हामी आफ्नो वैभव र सामाथ्र्य मात्र होइन हाम्रो भविष्यहरू समेत बन्धकी राखेर आङ्खनो घर खनेर पराईको आँगन पुरिरहेका छौ । आफन्तको अन्तर्घातबाट पीडा भएको तथ्य प्रस्तुत गरिएको छ ।
“भष्मासुर” मा मिथकीय प्रतीक उपस्थापित गरेर बटुवाहरूको गन्तव्यमा बाधा व्यवधान खडा नगर्न सचेत गराएको तथ्य प्रस्तुत छ । शिशाको भ्mयालभित्र बसेर सुरक्षित छु भन्ने नठाने हुन्छ भनेका छन् ।
“प्रतिगमनकारीको पुनरागमन” मा २०४६ सालको ऐतिहासिक जन आन्दोलन भएको बाह्रवर्ष पछि दरबार हत्याकाण्ड भएको र त्यसपछि पञ्चपन्थीहरूले शासन संचालन गरेको देखेर कवि आक्रोशित भएका छन् ।
“मौसुफ सरकार” मा कविले राजा ज्ञानेन्द्रद्वारा चालिएको २०६१ माघ १९ को प्रतिगमनलाई केन्द्रमा राखेर तुलसी गिरीहरूलाई स्थापित गरी पंचायत फर्काउन गरेको प्रयासलाई त्रासको रास हो भन्दै तानाशाहका विरुद्ध युद्धको शङ्खघोष गर्न आह्वान गरेका छन् ।
“आन्दोलनः सहभागी शर्त” मा कवि आन्दोलनमा सहभागी हुने कि नहुने ? ठीक बेठीक के हो ? भन्ने दोधारमा छन् । आन्दोलनमा सरिक नहुँदा निरंकुशताको समर्थक हुइने अनि देशलाई सोह्रौ शताब्दी तिर फर्केको पनि पटक्कै मन नपराउने अनि आन्दोलनको जित पछि कुटिल व्यक्ति र घु्सपैठीहरू नै रजगज गर्न पुग्ने छन् भन्ने आशङ्का व्यक्त गर्दै निरंकुशतालाई फेर्दैदेखि उखेल्ने अठोट भए, सम्झौताहीन आन्दोलन सुदूर भविष्यको गन्तव्य हुने भए, आन्दोलनमा भाग लिने वचनबद्धमा देखाएका छन् ।
“तानाशाह र स्वतन्त्र संवाहक” मा तानाशाही शासन मूर्ति चोरहरूको हो, मूर्तिहरू शक्तिशाली थिए, अनि कुइरेका देश तीर्थाटन गर्दथे । सरकार स्तब्ध थियो र निगुरमुन्टी न हुन्थ्यो । निरंकुशता सन्त्रासको खेती गथ्र्यो, बम बारुदको व्याड बनाउथ्यो, पहाड र मधेश जुधाएर हिंसा बढाउने सुरमा थियो । जनता गाउँमा भोकभोकै मरिरहेका छन् । गरिब देशका राजा अपचको खुराकी खान्छन् । देश जताततै भ्वाङ परेको छ । यसै बेला स्वतन्त्रताका संवाहकहरू एक ठाँउमा भेला भएका छन् र तानाशाहको किल्ला भत्काउन उठिरहेका छन् । हामीहरू सबै जुटांै र हातेमालो गरांै, अनि सुमन्नत एवं सुन्दर नेपालका निम्ति उद्घोष गरौं भन्ने आह्वान कविले गरेका छन् ।
“जनताको जय” मा कुशासन समाप्त पार्न जनसमुन्द्र उर्लिए पछि निरंकुशता लत्रिएको छ र जनताको जय चारैतिर पैmलिएको कथ्य प्रस्तुत गरिएको छ ।
“नेपालीले पाल्नै नसक्ने भएका छन्” मा सडकमा जुलुस निस्किरहेको छ र बन्दुकले जुलुसको शिकार गरिरहेको छ भन्दै यसबेला युवराज सरकार भने गैडा किस्तीमा राखेर अस्ट्रेलिया, फ्रान्समा प्रदर्शन गरिरहेका छन् । राष्ट्रको अमूल्य सम्पत्ति डकारिरहेका छन् । नेताहरूलाई पनि राष्ट्रको सम्पत्ति कुम्ल्याएको भए फिर्ता गर र जुलुुसमा पङ्क्तिबद्ध होऊ, भनेर कवि सतर्क गराउछन् । जनता जागिसकेका छन्, अब जनता इतिहासका फोहोर बोकेर हिड्न नसक्ने भएका छन् । अब पिठ्यूँमा अजङ्गको तानाशाह बोकेर आपूmलााई भने भोकको सागरमा डुबाएर संसारमै महँगो सावित भएको राजतन्त्र नेपाली जनताले पाल्नै नसक्ने भएको यथार्थ प्रस्तुत गरिएको छ ।
“बाग्लुङ” मा कविले मान्छेले मान्छेमाथिको दमनको प्रतिकार गरेको सत्य प्रकट गरेका छन् । निर्दोष जनताको खुनले बाग्लुङ् रगतपच्छे हुनुहुँदैन भन्ने विचार प्रस्तुत गरेका छन् ।
“तानाशाह र गिरिजाहरू” मा वीरेन्द्रको वंश विनाश गरेर अंश सर्वस्व गर्ने ज्ञानेन्द्र हत्याको माफिया बनेर महाराजधिराजको आसनमा आसीन भएका छन् । राजाको गर्दनसँग घाँटी जोड्ने गिरिजाहरू जनताको रगतमा होली खेल्दै ज्ञानेन्द्रमा तलुवाहरूलाई छुट दिरहेका छन् । जन आन्दोलनहरू बारबार किन दोहोरिन्छन् ? मरेको स्याललाई काखी च्यापेर हिड्ने तानाशाहको प्रिय दास हुन् गिरिजाहरू । नेपाली जनताले यस प्रवृतिको खुलेर विरोध गरेका छन् भन्ने कुरा कवितात्मक भाषामा प्रकट गरेका छन् ।
“राष्ट्रियता सिक्कामा” कविले राष्ट्र बेचिदै गरेका भाव व्यक्त गरेका छन् । कतै पहाडका नाममा कतै मधेशका नाममा जातजातमा र पातपातमा मुलुकलाई विभाजित गरिदैंछ र राष्ट्रले बाँच्न पाउने हो होइन भनेर आशङ्का व्यक्त गरेका छन् ।
“स्वतन्त्रता अझै टाढा छ” मा षड्यन्त्रको खेती गरेर षड्यन्त्रकै बाली भित्र्याउने मनसाय बोकेर बर्दीवालहरू सन्त्रासको खेती गरिरहेकै छन र सहिदका सपना सडक भरि, भीर कान्लामा छरिएका छन्, मुलुक अभैm तानाशाहीको जाँतोमुनि पिल्सिरहेकै छ, लालसलाम भन्नेहरू पनि अभैm तानाशाहको जयगान गाइरहेका छन् । मुलुक अभैm अन्यौल ग्रस्त छ । स्वतन्त्रता अभैm टाढा छ, भन्ने विचार पस्किएका छन् ।
“नालापानी” मा कवि निकै भावुक भएर राष्ट्रियता जोगाउने युद्धमा होमिएका बलभद्र र उनका लालाबाला फौजलाई सम्झेर, उनीहरूले देखाएको नाङ्गो खुकुरी साहस र सौर्यमा गर्व गर्छन् अनि तेजस्वी किरण भएर रगतमा रूपान्तरित भएको अनुभूति गर्छन् र सीमाले नदीको दुई किनार बनाए पनि एउटै हौ भन्छन् र शीर ठाडो पार्छन् ।
“राष्ट्रियता थिम्पुमा होइन जनतामा खोज” मा राष्ट्रियताको भावना उर्ले पछि शक्तिको उन्मादमा उर्लनेहरूले जतिसुकै शक्तिशाली ठाने पनि जनताद्वारा ती पराजित हुन्छन्, निरंकुश तानाशाहीहरू इतिहासदेखि अहिले सम्म पराजित हुँदै आएका छन् । मुलुकको अस्तित्व जोगाउन हामी सडकमा आएका छौं । तिमी मुलुक बचाउन थिम्पु तिर लाग्छौं । हामी नेपाली जनतालाई आत्मासात् गराउछौं र सडकमा जागृत गराउछौं, यो मुलुक आम नेपालीहरूको हो भन्ने कुराले सचेत गराउछौं ।
“वासिङ्टन” मा कविले पराधीनताको साङ्लो चुडाएर स्वतन्त्रता प्राप्त गरेको यथार्थ प्रस्तुत गरेका छन् । किल्ला किल्लामा वैरीहरूलाई समाप्त पारेर स्वतन्त्रताका गीत गाउँदै वासिङ्टन उठेको कुरा बताएका छन् । अमेरिकाले आफूलाई दासताबाट मुक्ति गरेको र स्वतन्त्रताको घोषणा गरेको यथार्थ प्रस्तुत गरेका छन् ।
“अमेरिकी स्वतन्त्रता” मा कविले अमेरिकाले प्राप्त गरेको स्वतन्त्रताको प्रशंसा गरेका छन् । अन्यायका विरुद्धमा दमनको प्रतिकारका लागि अमेरिकाले आपूmलाई उठाएको कुरा व्यक्त गरेका छन् । अफ्रिकी भुमिबाट भारतिय भूमिबाट ल्याइएको दासहरू परिवर्तित भएका छन् र सर्वोच्च नागरिकमा रूपान्तरित भएका छन् । अमेरिकी हुनुको गर्व हो अमेरिका भन्दै भित्रबाट देखिने अमेरिकाले जनता प्रतिको दायित्व बुझेको छ, अमेरिका धेरै फरक छ । सम्मानपूर्ण जीवन बाँचेको छ भन्ने कुरा प्रस्तुत छ ।
“मधेश” मा कविले छलप्रपञ्चबाट तराईलाई मधेश भनिएको र तराईको पीडा मधेशले बुभ्mन नसक्ने कुरा प्रस्तुत छ । राष्ट्रियता प्रतिको अगाधता रूपान्तरित राष्ट्रियता वा दाइजोमा आएको मधेशले बुभ्mन सक्तैन । हामीमाथि भएको अपमान असल भए पनि सहिरहेका छौं । आङ्खनै पुर्खाको भूमिमा अस्तित्वको लडाइँ लडिरहेका छौं । तिमीहरू तराईलाई मधेश भनाउन खोजिरहेका छौं । भँडार खनेर आँगन पुरिरहेका छौं, मधेसको जयगानमा सुपुर्दगी गरेर आपूmलाई रूपान्तरित गरेर गर्व गरिरहेका छौं, पार्टी पार्टीमा विभाजित भएर राष्ट्रलाई टुक्रा टुक्रामा परिणत गर्ने खेलमा लागेको छौं भनेर तिक्तता पोखेका छन् ।
“नयाँ नेपालको दृश्यमा भारतीय छायाँ” मा हाम्रो स्वतन्त्रता निमेष भर मात्र रहेछ । हामीले स्वतन्त्रताको निम्ति लड्ने सहयोद्धा गुमाएका छौं । इतिहासका नायकहरू सतहभन्दा माथि उठ्न चाहेनन्, यसबेला खल नायकमा रूपान्तरित हुँदै छन् । हजारौं नेपालीहरू लाशमा रूपान्तरित भए पछि बाध्य भएर शासन सुम्पियौ । नयाँ नेपालको घोषणा गर्दैमा नयाँ नेपाल हुँदैन । नयाँ नेपाल तिमीमा आयो होला तर आम नेपालीमा आएको छैन । तिमीबाट हामीले के आस गर्ने ? नयाँ नेपालमा किसिम किसिमको नाटक मञ्चन भइरहेको छ । हामी पशुपतिमा एउटा पुजारी फेर्न सक्तैनौ । नयाँ नेपाल बिजुली आक्रान्त छ । नयाँ नेपालको अदालत राजीनामा दिएको भट्टलाई नियुक्ति गर्छ । ढिलो, चाँडो मात्र हो, सिक्किम विलय पछि हाम्रो पालो आएको छ । सर्पले भ्यागुता निले भैंm निलिदै गएका छौं । हामी भारतीय मोडेलमा रूपान्तरित हुँदै गएका छौं भन्ने भाव अभिव्यक्त छ ।
“हामी फेरि विजयी भएका छौं” मा हामीले धेरै वर्ष पहिले भविष्यको एउटा सपना देखेका थियौ, जर्जर सामन्तवादी अवशेषको विरोधी युद्ध लडेका थियौ, हामी विजयी भएका छौं । रक्त रञ्जित झण्डा फहराएका छौं, अर्को युद्धको तयारीमा छौं । जीवनमरणको युद्धमा सामेल हुनेछौं तर अहिले हामी विजयी भएका छौं, भन्ने भावाभिव्यक्ति प्रस्तुत छ ।
“वालस्ट्रिट कब्जा गर” कविता यस संङग्रहको अन्तिम कविता हो । यसमा कविले सोभियत सङ्घको पतन पूँजीवादी प्रणालीमा भएपछि माक्र्सवादले संसारबाटै आफ्नो अस्तित्व गुमाइ सक्यो, माक्र्सवाद सदाका लागि नामेट भइसक्यो भन्दै गरेको अमेरिकामा केही मुठ्ठीभर व्यक्तिहरूको हातमा संसारको वैभव परेपछि, मान्छे मान्छेमा होचो अग्लोको नीति लादिए पछि विभिन्न प्रारूपमा वालस्ट्रिट आन्दोलन उठेको छ, वालस्ट्रिट कब्जा गर भन्ने आवाज चारैतिरबाट उठेको छ, हामी सभ्यताको अन्तिम विन्दुमा बसेका छौं, भन्दै थियो तर आपूm मुन्तिरकालाई के पो गरेनौ र न्यूयोर्कबाट उठेको यो युद्धको लप्का पन्ध्रसयभन्दा बढी शहरहरूमा पैmलिइसकेको छ । तिमी भन्दैथ्यौ ः माक्र्सवाद लेनिनवादको सन्दर्भ सकियो भनेर तर अब के भन्छौ यो युद्ध हो युद्धः विचारको युद्ध सिद्धान्तको युद्ध । माक्र्सवादका अध्येताहरू तल वितलमा पर्न सक्छन् तर माक्र्सवाद विज्ञान हो ः फेरि पनि बाल स्ट्रिट आन्दोलनमा रूपान्तरित भएको छ । न्यूयोर्कको लिबर्टो स्क्वायर हुँदै आपूmलाई अनुकूल बनाउँदै संसारभरि पैmलिएको छ । सहयोद्धाहरू हो, अगाडि बढः भन्दै माक्र्सवादले फेरि नयाँ चरणमा प्रवेश गरेको तथ्य बताएका छन् ।

उपसंहारः अन्तमा
कवि ऋतु आसीकको कविता लेखन यात्रा २०२५ सालदेखि सुरु भएको हो । बहु आयामिक प्रतिभाका धनी ऋतु आसीकको साहित्यिक व्यक्तित्व र पत्रकार व्यक्तित्व निकै उच्च र महत्वपूर्ण पनि रहेको छ । कवि आसीकले आपूmले लिएको विषय वस्तुलाई भरसक नजिकैबाट हेर्ने र पहिचान गर्ने काम गरेका छन् र स्थानीय रङ्ग भूगोल र प्रकृतिलाई विचार सित घोलेर मानवीकरण गर्ने प्रयास गरेका छन् ।
नवीन विम्ब प्रतीक र सहज मिथकहरू मार्फत नवीनतम आदर्शको उद्बोधन गर्नु ऋतुको आङ्खनो पन देखिन्छ । आसीकको कवित्व सम्वेदनशील छ, उनलाई जेले छुन्छ, त्यसलाई आसीकको कलमले आङ्खनो कथ्यको सामग्री बनाएको छ । ऋतु आसीकको कवितामा स्वाभिमान र स्वतन्त्रताको ध्वनि गरिमामय सन्देश ओजपूर्ण, मनमोहक अभिव्यक्ति र क्रान्तिकारी आशावादले सिङ्गो कुरूप धर्तीलाई मानव जातिको सुन्दर वस्तीमा बदल्ने दृढ संकल्प छ र संघर्षको महायात्रामा पूर्ण प्रतिबद्धता र अटल विश्वास प्रकट गरिएको छ । राष्ट्रप्रतिको अघोर माया उनको प्रशंसनीय पक्ष रहेको छ । कवितामा भावको. तरलता रहेको छ । भाव जति तीक्ष्ण हुन्छ त्यति नै कविता हृदयस्पर्शी हुन्छ । भावको प्रवलता छैन भने कविता प्रभावकारी हुँदैन । भावको तीक्ष्णता भाषाको रागात्मकता लयको वैशिष्टय विचारको स्पष्टता र अभिव्यक्तिको विलक्षणतामा कविता सुन्दर हुन्छ । अनि मात्र कवित्व हो सुन्दर सौम्य उक्ति भनेको अर्थ खुल्दछ ।
भाव, भाषा, लय, प्रतीक, बिम्ब, अलङ्कार मिथक आदिको विशिष्टतामा कवित्वको शक्ति र सामथ्र्य प्रकट हुन्छ । कवितालाई व्यञ्जनात्मक, कलात्मक र शक्तिशाली बनाउने तत्व प्रतीक, बिम्ब, मिथक र अलङ्कारहरू नै हुन् । सादृश्य विधानले कवितालाई विशिष्ट उचाइमा पु¥याउँछ । अन्र्तवस्तुको ग्रहणमा कवि आसीकका कविता जति सचेतता साथ प्रस्तुत भएका छन् शैली वैशिष्टयका दृष्टिले उत्तिकै मौलिक र पृथक बन्नु पर्ने हो भन्ने लाग्दछ । कवि आसीकले यस पक्षमा धैर्यपूर्वक साधना गरेमा सफल हुने प्रशस्त सम्भावना देखेको छु । मेरो सदा साधुवाद छ ।

तीनटोलिया, विराटनगर–१३

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 5 माघ, 2069

लेखकका अन्य रचनाहरु