महामारी

- विश्वम्भर चन्चल

मर्नेहरू मरिरहेछन् । कतै ‘टुकुन् छ्याँ.... टुकुन् छ्याँ.... ’ को आवाजले कान थर्काउँछ भने कतै ‘वेकुण्ठवास होस्....’ का शब्दसँगै शंखको एकोहोरो आवाजले मनलाई झस्काइदिन्छ । चारैतिर रुवाइको कंकलाशब्द सुनिइरहेको छ र वायुमण्डलको वातावण यसै रुवाइले रुमल्लिइरहेको छ । मसानहरूमा मूर्धा पोल्ने पालो पर्खिनु पर्छ । एउटा मूर्धा जलाई घर फर्की सक्दा नसक्दै फेरि अर्को मूर्धा पुर्याउनु पर्छ भने अर्को चोटिमा त्यही मूर्धाको मलामी पनि मृत्यु भइसकेको हुन सक्छ र त्यसको लागि फेरि अर्को मलामीको खोजी गर्नु पर्ने हुन्छ ।
यस्तै क्रम चलिरहेको छ । अब त कसैलाई मसानमा पालो पर्खेर मूर्धा जलाउनु पनि धैर्य छैन । दाउराको पनि अभाव भइसकेको छ । मूर्धा बोक्ने बाँस वा खट र कात्रोको कपडा पनि पाउन छोडिइसकेको छ । कोही कोही आफन्तहरूका लाशलाई काँधमा बोकेर, भुण्ड्याएर वा घिसारेर नै भए पनि कुनै पनि तरहले मसानसम्म पुर्याउन दौडिरहेछन् ।
शहरमा यो महामारी कसरी पैmलियो, कसैलाई थाहा छैन । के महामारी हो त्यो पनि थाहा छैन । खोजी गर्नेहरू पनि आप्mनो प्राण बचाउन भागिसकेका छन् र खोजी गर्न आदेश दिनेहरू चाहिँ आप्mनै मृत्यू पनि अवश्यम्भावी देखेर त्यो महामारीलाई केवल टालटुल गर्ने प्रयासमा मात्र लागिरहेछन् । तापनि वातावरण भयावह छ र शहर प्रायः शून्य भैसकेको छ । अब त त्यही ‘टुकुन् छ्याँ....’ र ‘टूँ....’ को आवाज पनि कम सुनिन थालेको छ । किनकि मानिसहरू प्रायः मरिसकेका छन् र मूर्धा उठाई ती स्वरहरू बजाउने पनि कोही छैनन् । बाँचेकैहरू पनि आफन्तहरूका लाशलाई त्यसै छोडेर आपूm एक्लो भए पनि बाँच्ने उद्देश्यले भागिरहेछन् । मर्नेहरूका घर घरमा लाश गन्हाउने स्थितिमा पुगेको छ र श्याल, कुकुर तथा गिध्दहरूको रजाईँ शुरु हुन लागेको छ ।
रात शुनशान छ । कतै केही आवाज छैन । उसले आपूmसँगै सुतिरहेकी स्वास्नीतिर हेर्छ । यसो निधारदेखि खुट्टासम्म छाम्छ । कतै केही तातो छैन । फेरि नजीकै आँखा पुर्याएर सारा शरीरलाई एकटकले हेर्छ । कतै कुनै अङ्ग चलेको छैन । नाक र मुख नजीकै कान लगेर थाप्छ । त्यहँ हात राखेर सासको आभास पाउन खोज्छ । अह,ँ कसै गरे पनि स्वास्नीले सास फेरेकी छैन र उसलाई निश्चय हुन्छ– ऊ मरिसकेकी छ । सम्झन्छ– हिजो बेलुका सँगसँगै अँगालो मारेर सुतेथ्यो, मीठा मीठा कुरा गरेथ्यो र भविष्यका सुनौला सपनाहरूका माला उनेथ्यो । तर केही घण्टाभित्रैमा त्यही महामारीले उसकी स्वास्नीलाई पनि लग्यो– जसरी अरूहरूलाई लगेको छ.... ।
मध्यरातमा अब त्यो घरमा ऊ एक्लो छ र डरले उसका हात खुट्टाहरू सब गलिसकेका छन् । पसीनाले जिउ लथपथ भएको छ । कुनै पनि बेला उसको पनि मृत्यू हुन सक्छ । यही आशंकाले ऊ ग्रसित छ । यस अवस्थामा ऊ के गरोस् ? कसरी यो लाशलाई उसले मसानसम्म पुर्यावोस् ? अथवा यही कोठामा नै छाडी ऊ त्यहाँबाट भागोस् ? उसले सोच्न सकिरहेको छ्रैन ।
भ्mयाल खोल्छ र छिमेकी घरहरूतिर हेर्छ । त्यतातिरको वातावरण थाहापाउन कान थाप्छ । ती त झनै मरिसकेका छन् र ती प्रत्येक घरहरू मसानघाट जस्तै देखिन्छन्– मूर्धा जलाईसकेपछि पानीले पखालिसकेका जस्ता.... । अकस्मात् उही ‘टुकुन छ्याँ....’ र ‘टुँ.... ’ को आवाजसँगै रुवाइको कंकलाशब्दले फेरि वातावरण गुञ्जिएको अनुभव उसलाई हुन्छ । यी सबै आवाज रोक्न उसले दुवै हातले दुवै कान थुन्छ र झ्याल बन्द गर्छ । घर छोडेर भाग्न त ऊ झनै सक्दैन । कारण, घरभित्रभन्दा बाहिर उसले आप्mनो मृत्युको बढी सम्भावना देख्छ । त्यसैले ऊ मसान सरहकै घरभित्र बसेर पनि आप्mनो प्राण जोगाउने निश्चय गर्छ र कहिले यता, कहिले उता दौडिँदै घरका सारा भ्mयाल, ढोका, गार्हो, तथा छानाका प्वालहरू केही न केही वस्तुले टाल्दै जान्छ । यी प्वालहरू टालिसकेपछि ऊ आपूmलाई केही सुरक्षित सम्झिन्छ र निधारको पसीना पुस्छ ।
अचानक उसकी स्वास्नीको शरीर चलमलाए जस्तो उसलाई लाग्छ । यसो नजीक जान्छ, झन् नजीक जान्छ र फेरि टाउकोदेखि खुट्टासम्मका अङ्गहरूलाई नियाल्छ र पनि उसलाई विश्वास लाग्दैन । मरिसकेपछि पनि मानिस कसरी बाँच्छ ? उसले आपैmँमा प्रश्न गर्छ । तर आज उसैको अगाडि उसकी स्वास्नी बाँचेक िछ र पनि उसलाई यो घटना केवल स्वास्नीको मायाले भ्रम पैदा गरेको हो कि भने जस्तो मात्र लाग्छ । नाक र मुखमा लगेर फेरि कान थाप्छ । तर आश्चर्य ! अहिले उसकी स्वास्नकिो शरीर तातो छ र नाकबाट सास फेरेको पनि थाहा भएको छ । बल्ल उसले सन्तोषको एउटा सास फेर्छ र स्वास्नी बाँचेकीमा केही निर्धक्क् बन्छ । बोलाउँछ– “प्रतिमा ! ब्यँुझिनौ तिमी ? ब्यूँझ त ब्यूँझ !” तर ऊ ब्यूँझिन्न । ऊ फेरि डराउँछ र चिच्याउँछ– मृत्युको कानसम्म आवाज पुग्ने गरी.... ।
उसको यस चिच्याइमा प्रतिमा अकस्मात् झस्कन्छे र उसलाई घच्घच्याउँदै सोध्छे– “के भो ? किन यसरी डराउनुभएको ?”
उसले निधारको पसीना पुछ्दै र गार्हो सुस्केरा हालदै भन्छ– “प्रतिमा हिँड भागौँ यहाँबाट ।”
“कहाँ ?” ऊ सोध्छे ।
“जहाँ यो महामारी पैmलिएको छैन ।”
“खोइ, कहाँ छ त्यो ठाउँ ?”
“होला, कतै कहीँ,” उसले सुनाउँछ– “नभए सूर्यबाट आउने ताप, वादलबाट वर्षिने पानी र पृथ्वीमा स्वतः उम्रिएका वनस्पतिकै आधारमा पनि त हामी बाँच्न सकौँला, हुन्न ?”
प्रतिमाले शंका जाहेर गर्छे– “यही घाम, पानी र वनस्पति पनि त महामारीको किटाणुले दुषित भइसकेका होलान् नि ! अनि त्यस बेला हामी कहाँ जाने ?”
“ओहो ! प्रतिमा अब तिमी नै भन,” ऊ आवेशमा आएर कराउँछ, “हामी कहाँ जाने ? हाम्रो गन्तव्यस्थान कुन हो ? हामी जस्ता निर्वलहरूले अब यहाँ आपूmलाई कसरी बचाउने ? यहाँ म मात्र होइन, म जस्तै बाँचेकाहरू पनि यही त्रासमा छन् र मर्नेहरू त मरिसके नै । तर पनि यो महामारीको खोजी हुन सकेको छैन र यसको रोकथाममा कोही लागेका छैनन् । यो नै यहाँ विचित्र छ । । यो नै यस शहरका मानिसको विशेषता छ ।”
त्यसै दिन शहरमा के घटना घट्छ भने शहरका ठाउँ ठाउँमा “शहर महामारीको संकटमा छ । कोही कतै बाहिर ननिस्कनू !” भन्ने ठूलठूला अक्षर लेखेर ‘प्ले कार्ड’ हरू ठड्याइन्छन् र यही व्यहोराका सूचनाहरू सार्वजनिक स्थानहरू बाहेक व्यक्ति व्यक्तिका घर, दैलोमा समेत टाँसिन्छन् । तर यी टाँस्ने वा लेख्ने व्यक्तिहरू शहरमा कतै कोही देखिँदैनन् । काराण, यो सूचना दिनेहरूले आप्mनो सुरक्षाको लागि शहरभित्रभित्रै एकै रातमा गहिरो सुरुङ खनिसकेका हुन्छन् र त्यहीँभित्रै आपूmलाई लुकाउँछन् ।
यो खबर हावासरि पैmलिन्छ र सबको कान कानमा पुग्छ । झन् अब त कसैको हिम्मत आउँदैन घरबाहिर निस्कन । यसको परिणाम के हुन जान्छ भने जीवनका सब दैनिक कक्रियाकलापहरू बन्द हुन्छन् । मानिसहरू घरभित्रै बसिरहन्छन् र खोरका पशुहरू जस्तै आपूmलाई गन्ध र दुर्गन्धमा डुबाउँछन् । त्यहीँ नै फेरि कतिको ज्यान जान्छ । भोक र तिर्खाले बाँचेकाहरू पनि अब धेरै दिन बाँच्न नसक्ने हुन्छन् । शहर उजाड देखिन्छ । वातावरण शुन्य हुन्छ– मानौँ त्यहँ पृथ्वीको सृष्टिदेखि कुनै मानिसको वस्ती नै छैन ।
अलि अलि गर्दै यस शहरको खबर अरूहरू शहरमा पनि फैलिन्छ र त्यसपछि देश, देश हुँदै अन्तर्राष्ट्रिय क्षेत्रमा पुग्छ ।
“यो विचित्रको महामारी के रहेछ त जसले त्यस शहरलाई नै सखाप पारिदियो.... !” यस विषयमा अन्तर्राष्ट्रिय समुदायले ठूलो चासो राख्छ र त्यसको खोजी गर्न एक टोली यस शहरमा पठाउँछ । हिजोसम्म संसारमा कसैले नाम नसुनेको शहर आज अचानक नै सबैको सामू चिनिन्छ र असंख्य विदेशी पत्रकार र फोटोग्राफरहरूको समेत भीड लाग्छ ।
पहिले त त्यस अन्तर्राष्ट्रिय समुदायको टोली र पत्रकार तथा फोटोग्राफरहरूलाई पनि यस शहरमा पस्न डर लाग्छ– कतै आपूm पनि कतै त्यही महामारीमा परि।न्छ कि भनेर ! तर उनीहरू संसरमा अहिलेसम्म पत्ता लागेका जुनसुकै रोगको पनि पूरा ज्ञान र उपचारका सामग्रीहरू समेत लिएर यहाँ पसेका हुनाले डराउनु पर्ने कुरो पनि त्यति हुँदैन ।
अन्तर्राष्ट्रिय टोलीले जोड–तोडका साथ आप्mनो काम शुरु गर्छ र महामारीको कारण पत्ता लगाउन खोज्छ । अचम्मको रोग पैmलिएछ यहाँ जुन रोग संसारमा अहिलेसम्म उत्पन्न रोगहरू भन्दा बेग्लै प्रकारको रहेछ र न त यो कुनै औषधिले निदान गर्न सकिने रहेछ । वाह्य शरीरभन्दा पनि अन्तर्मनसँग नै यस रोगको विशेष सम्बन्ध रहेको कुरा त्यस टोलीले आप्mनो प्रतिवेदनमा जनाउँछ र भन्छ– यहाँ कहिले, कुन समयमा हो ‘नैतिकता’ मरेछ । यो कुरामा कसैलाई पत्तो नै भएन । मानिसहरूले ‘यो त्यति ठूलो कुरा हो’ भनेर पनि ठानेनन् । ठान्ने अवस्था पनि थिएन । कारण, उनीहरूलाई आप्mनै दैनिक जीवन चलाउन धौ धौ परिरहेको थियो र आप्mनो र परिवारको बाँच्ने उपायमा नै उनीहरू लागिरहेका थिए । यी उपायहरूमा कसैले इमान्दारीसाथ काम गरे, कसैले बेइमानी गरे । फलस्वरुपः इमान्दारले दण्ड पायो र बेइमानले पुरस्कार । अनि मानिसहरूबाट इमान्दारी टाढा भाग्दै गयो । श्रमजीवीको भन्दा बुध्दिजीवीको स्तर तल भयो । बौध्दिक शोषण चरमविन्दुमा पुग्यो । यसले गर्दा बौध्दिक ह््रास हुँदै गयो । कामको कुनै मूल्य रहेन र यसभन्दा पनि बढी नातावाद, कृपावाद र भ्रष्टाचार र चाकरीको बढी बोलवाला भयो । यस अवस्थामा ‘नैतिकता’ भोकभोकै मर्यो– धेरै दिन, धेरै काल छटपटिएर । अनि त्यो लाश कुहियो, सड्यो । त्यसबाट किटाणुको उत्पन्न भयो र सारा शहरभरि पैmलियो । यसले महामारीको रूप लियो.... ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 13 पौष, 2069

लेखकका अन्य रचनाहरु