धर्मराज थापा

- होमनाथ सुवेदी

थापा राष्ट्रिय हौ धरोहर तिमी नेपालका खातिर
नेपाली मणि हौ जहाँ बस तिमी हाम्रो धनै आखिर
यै साहित्य कला र संकृति नहो अर्को कुनै के छ र !
नेपाली जनजातिको ह्दय हो 'मान्छे' छ के जाति र !
 
बस्छौं सागर वार पार कहिले नेपालको बास छ
बस्छौं सिक्किम वा दुवैतिर गई नौलो नयाँ चाल छ
आयो उत्तर उत्तरोत्तर नयाँ नेपालको फाल छ
नाघी पर्वतका विशाल चुचुरा नेपालले बस्नु छ ।
 
न्यूजील्यान्ड कुनै दुनै अरबमा नेपालले व्याप्त छ
यो नौलो नव राष्ट्रको चरण हो कस्ले कहाँ देख्तछ !
भाषा गायक काव्य कविका नेपालका चिन्ह हुन्
थापाको अनिनन्दनै नगरमा गर्ने डिसी धन्य हुन् ।

वुडब्रिज,  भर्जिनिया

(जुलाई २१, २००७ को दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डिसी मेट्रो च्याप्टर र अमेरिका नेपाल सोसाइटीको संयुक्त तत्वावधानमा भएको  जन कवि केशरी धर्मराज थापाको अभिनन्दन समारोहमा प्रस्तुत-सम्पादक)

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 14 माघ, 2064

लेखकका अन्य रचनाहरु