मुखुण्डाको पीडा

- डा. खुमनारायण पौडेल

असङ्ख्य जिन्दगी आहुती दिएर

हामीले ल्याएको हाम्रो उज्यालो समाप्त गरेपिछ

मुखुण्डो निर्लज्ज उभिएको छ हाम्रो अगािड

आफ्ना कुकृत्यहरु छोप्न

अनगिन्ति नयाँ नाटकहरुमा

फेरि अभिनय गरिरहेछ

फेरि दुहाइ मागिरहेछ

विश्वासका अजस्र मुनाहरु

तहसनहस पारेपिछ

नयाँ भाव नयाँ भङ्गीमा

नयाँ प्रलाप नयाँ रोदन

निरीहताको छद्म कवच लगाएर

हाम्रो अगािड

मुखुण्डो निर्लज्ज उभिएको छ

 

कृत्रिम छन् उसका आभषणहरु

कृत्रिम छन् उसका आवाजहरु

हाम्रो संवेदनाको ओयसिसमा

उसले फेरि खोजेको छ गुमेको सत्ता

नेपथ्यको आफ्नो अक्षम्य अपराध

छोप्न खोजिरहेछ

हाम्रो अगािड

मुखुण्डो निर्लज्ज उभिएको छ

 

सबैलाई थाहा छ

हाम्रो विश्वासको अपहरणमा

उसलाई कनै पश्चाताप छैन

कुनै अपराधबोध

कुनै याचना र प्रार्थना छैन

उसका छली आँखाहरुमा  

कपटका ब्वाँसाहरुको छाया छ

खेलबाड गरेर हामीसँग

हाम्रा अनन्त सपनाहरुको बलात्कार गरेर

मुखुण्डो निर्लज्ज उभिएको छ

 

मखण्डोलाई असीम पीडा छ

आफूबाट पलायन शक्तिको

हातबाट चिप्लिएका महल र मोटरहरुको

कस्तुरीझैँ दुर्लभ किशोरी मासुहरुको

मद मात्सर्य र अभिमानको

यसर्थ ऊ हिक्का छाडिछाडि रोइरहेछ

हाम्रो अधिकारको दुहाइ दिइरहेछ

प्रलय भित्रिएको हाहाकार गरिरहछ

आफ्ना विभत्सताहरु लुकाउन

हाम्रो अगािड

मुखुण्डो निर्लज्ज उभिएको छ ।

 

गरिमा, बैशाख २०६४

 

 

 

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 10 माघ, 2064

लेखकका अन्य रचनाहरु