सम्पादक सम्मानित

- परशु श्रेष्ठ

एउटा नामी पत्रिका थियो, खूबै नाम चलेको । त्यसका एकजना दामी सम्पादक थिए, प्रशस्त जग्गा जमिन र पैसावाल । पिता पुर्खा खासै गतिलो नभए पनि आफ्नो स्वामित्वमा भएको पत्रिकाको ब्यापार उंभो लागेको कारण केहि बर्षभित्रैमा उनको सम्पत्तिको थुप्रो लागेको थियो ।

आमपाठक सबैले उनलाई त्यस नामी पत्रिकाका खूंखार सम्पादकको रुपमा चिन्थे र सम्मान गर्थे । तर सधैं सुरा र सुन्दरीसित रमेर बस्ने उनी आफ्नो पदीय दायित्व अनुरुपको काम कसरी गनर्,े जान्दैनथे । जान्नु पनि किन प¥यो र? शिक्षित बेरोजगार युवाहरूको खांचो उनको पत्रिकालाई कहिल्यै पर्दैनथ्यो ।
बिचरा निम्न तथा मध्यमवर्गीय परिवारबाट आएका ती युवाहरू गधाझैं काममा घोंटिन्थे । आफ्नो भएभरको क्षमता र प्रतिभा लगाएर काम गर्थे । त्यसको सट्टामा सामान्य जीवन गुजारा गर्न पनि मुश्किल पर्नेे मासिक तलब बुभm्थे र देश र समाजका निम्ति ठूलै योगदान दिन पाएकोमा मख्ख पर्थे । उनीहरूको मनमा एउटा अभिमान थियो — ‘कुनै दिन हाम्रो मेहनत र योगदानको कदर हुनेछ।’ तर पटक–पटक उनीहरूको यो अभिमानमा धक्का लाग्ने गर्दथ्यो ।

यसपटक पनि त्यस्तै भयो । हिजो सांझ ती बिचरा श्रमजीवी पत्रकारहरुले आफ्नै खिल्ली उडाउंदै एउटा समाचार लेखेर प्रेसमा पठाउनु पर्यो । त्यो समाचार सेटिङ् गरिसकेर केहिबेर सबै पेट मिचीमिची हांसे । हांस्दा हांस्दा हांस्न नसकेर एकछिन पछि मनैमनै रोए । मध्यरातमा थाकेको शरीर र खिन्न मन लिएर घर फर्किए र चिसोले कठ्याङ्गिएको भात खाएर घुप्लुक्क सुते ।

आज बिहानै त्यस पत्रिकामा एउटा पांच कोलमको ब्यानर न्यूज छापियो । भंगेरा टाउके अक्षरमा लेखिएको त्यो समाचारको शीर्षक थियो — ‘नामी पत्रिकाका दामी सम्पादक सम्मानित’ । उनलाई पत्रकारिताको माध्यमद्वारा देश र समाजको सेवा गरेको कारण सो सम्मान स्थानीय बुद्विजीवीहरुको समूहले टक्र्याएको थियो । समाचारको बिचमा उक्त सम्पादक गजक्क परेर मुस्कुराउंदै दोसल्ला ओढेर सम्मानपत्र चेपिरहेको फोटो पनि छापिएको थियो ।

इटहरी

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 23 मङ्गसीर, 2069

लेखकका अन्य रचनाहरु