सरिता

- राजु आत्रेय

कथाकारको आँखा छलेर 'पात्र' फुत्त निस्कन्छ।
भाग्छ।
उसलाइ सबैभन्दा मन नर्पने मान्छे कथाकार।
तेसैले उ कथाकारलाइ घ्रिणा गर्छ, सक्ने भये घाँटी निचोरेर मार्ने थियो होला, नसक्ने भयेरै भाग्यो।

भट्टिको एउटा कुनामा बसेर रक्सीको चुस्की लाइरहँदा उसले मलाइ चिनेछ
क्यार, छेउमै आयो अनि भन्यो।
म यहाँ बसौँ?
"बस"।
अनि म चुप लागे
उ पनि बोलेन।
धेरैबेरपछि उसैले सोध्यो
मलाइ लिन आउनुभको?
उहुँ, होइन मैले त्यो कथा च्यातिदिँए।
उ खुसीले मख्ख भयो, अर्को एउटा बोतल मगायो।
"एकदमै ठूलो गुन लाउनु भयो, त्यो ठिटीको बिहे म सँग गर्नु भको भये दुइदिन
पछिनै पोइल जाने थिइ। थाहा छ तपाइलाई ?"

सरिता ।
मेरो पात्रको दुलही हुन लागेकी ठिटी।
गाँउकै हो, कहीले घर बस्दीन। कोनि के गर्छे, कहाँ कहाँ डुल्छे, कसैलाइ था छैन।
म संग बोल्दिन, घाँटी झुकाएर हिँडछे।
मिनी र्स्कट लाउँछे।
ब्रा नलगाई कमेज लाउँछे।
मेरो पात्रको बिहे सरितासँग गरिदिन पाये !
यो कथा उत्तेजित हुन थाल्यो।
कथाकार असँतुलित हुन थाल्यो।

पात्रलाइ चढेछ क्यार!
उसलाइ मैले कथामा प्रयोग गरेँ अरे। म सँग झोकिन थाल्यो। मुडकी ताक्यो।
मैले सोधेँ
"रक्सीको बिल तिर्ने पैसा छ?
उ कालो निलो भयो अनि भन्यो," तपाँइनै दिनोस, म सरिता सँग बिहे गर्छु ।।।

गोवालपाडा, असम

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 9 मङ्गसीर, 2069

लेखकका अन्य रचनाहरु