बहुला पण्डित

- विश्वम्भर चन्चल

गाउँमा एउटा हल्ला फिँजियो । हल्ला हुनु सामान्य कुरा हो तर यो सत्य पनि हुन सक्छ र असत्य पनि । यस्तै सत्य र असत्यको बीचमा मैले पनि यो हल्ला नसुनेको होइन । सुनिहाल्दैमा पत्यउनै पछृ केही छैन । कुरा बुभ्mनु राम्रो हो । विचार गर्नु आप्mनो बुध्दिको कुरा । त्यसैे उक दुइ जनालाई सोधो के यो सत्य हो ? भनेर कसैले त्यस कुरालाई दुःखसाथ सत्य मानेर सुनाए भने कसैले असत्य ठानेर पनि सत्यको रुप दिए । मलाई भने सत्य भए पनि कसैमाथि हाासो उठाउनु थिएन न त असत्यलाई नै सत्यको रुप दिनु थियो ! थियो त केवल एउटा सहानुभूति जुन कुरा सत्य भएर पनि असत्य भैmँ मान्नै पथ्र्यो ।
पण्डित बहुलाए रे ! उनी बहुलाएका पनि हुन सक्छन् र नबहुलाएका पनि । अथवा मानिस आपैmँले उनीबारे यस्तो हल्ला गरिदिएका हुन् ? यदि बहुलाएका हुन् भने कारण के थियो ? कारण कसैलाई थाहा छैन । घरायसी वा बाहिरी जे पनि हुन सक्छ । कसैले भन्छन्– उनी त्यसै बहुलाए । कसैले भन्छन्– उनलाई घरायसी पीर थियो । कोही भन्छन्– उनलाई एकजना साहुले दुःख दियो अनावश्यक नै । यीमध्यै कारण कुनै पनि हुन सक्छ अथवा भनौँ– यी कारणबाहेक अरू अरू कारण पनि हुन सक्छन्, जसबाट उनी बहुलाए । आखिर बहुलाएका भए पनि नबहुलाएकै भए पनि उनको मनस्थिति असन्तुलन भएको भने पक्कै हो र कुरा केही हदसम्म सत्य नै थियो । सन्तुलित मनस्थिति भएका मानिस कति पो छन् र यहाँ ? हरेक मानिसमा केही न केही असन्तुलन रहेको हुन्छ भन्ने कुरा ठूला ठूला वैज्ञानिकहरूले प्रमाणित नै गरिदिएका छन् । भने पण्डित हामी सबैबाट भिन्न पनि थिएनन् । उनी साधारणै मानिस थिए हामी जस्तै । असुन्तलनमा केह िघटबढको मात्रा फरक मात्र हो ।
गाउँलेहरूले गएर सोधे, “पण्डित बा तपाईँ किन बहुलाउनुभयो ?” उन िबोलेनन् र आपूm बहुलाएको, नबुलाएकोमा विचार गर्न घोरिए । अघि पछिको कैलो र रातो रङको मिश्रित अनुहार कालो देखियो । निधारका मुजाहरू खुम्चिएर एकै ठाउामा आए ।मानिसहरूले त्यसो भन्दा उनलाई लाज लाग्नु पनि स्वभाविक नै थियो । यसैले पनि उनी जवाफको अन्योलमा नबोलेका हुन सक्छन् । उनहिरूले भने, “बहुलाउनुको पनि विभिन रुप हुन्छ रे बुभ्mनु भो पण्डित बा ! तपाईँचाहिँ नबोल्ने गरी बहुलाउनु भएछ । के हुन्छ तपाईालाई भन्नोस् त ? कोहीसँग बोल्नै मन नलाग्ने, मानिस देख्यो कि रीस उठ्ने वा डर, त्रास, शंका पैदा हुने होला, होइन ?”
पण्डितलाई अर्को शंका उठ्यो त्यो आप्mनूपन पनि बहुलाउनुको लक्षण थियो ? भने, “होइन म बहुलाएको छैन । मलाई केही भएकै छैन ।”
उनको कुरामा गाएालेहरूले झन श.का गरै र आश्वासन दिँदै भने, “ अब तयसो होइन पण्डित बा । लाज मान्ने कुरा के छ र !! दैवको कालचक्र यस्तै हो । कहिले कसैलाइृे केह िपर्छ भने कहिले कसैलाइृ केह ि। बहुलाएर पनि म बहुला छैन भनी ढाकछोप गर्नु झन् नराम्रो हो । बरु बेलैमा औषधिमूलो गरै बिसेक भइहाल्छ । राम्ररी औषधि गर्नुपर्छ ।”
पण्डितले सोचे, “उनी आपूm बहुलाउकै हुन् । नत्र भने उनले आजसम्ममा कसको के बिगार गरिदिएका छन् र उनलाई तिनीहरूले बहुला भनून् ?
हुन पनि उनी ज्यादै विनम्र खालका थिए । उउटा सानहु बचचादेखि लिएर बूढोसम्म उस्तै मिजासिलो व्यवहार गर्थे । ज्यू, हजूर, बाबु, राजा, हस्, शिरोपर जस्ता शब्दले नै कसेको आाखामा राखे पनि उनी बिझाउादैनथे । । यही नै कारण थियो गाउामा धेरैले उनीमाथि सहानुभूति दर्शाए र उनकिहाँ गएर उह िकुरा दोहोर्याए, “पण्डित बा धन्दा मान्नु पर्दैन । बिसेक हुन्छ । तर औषधि भने गर्नुपर्छ ।”
उनलाई अर्को पीर थपियो पैसाको । बहुलाए पनि नबहुलाए पनि औषधि गर्नै पर्ने भयो । औषधि नगरे अरु बहुलाउने डर, गाउँलेहरूले बहुला नै भन्ने । गरूँ, कसरी गरू ? कुन उपायले ? दोसाँधमा परे । जिन्दगी दुखैमा बित्यो । राम्रो कहिल्यै लाएनन् । घरमा मीठो कहिल्यै पाकेन । अझ भनू यत्रो साठी वर्षको उमेर नाघिसक्दा पनि विरलै मात्र हो आप्mनो घरको छाक खानु परेको । मीठो जति खाए होला उनले जजमानहरूकहाँ गएर– खीर, दूध, दही, ध्यू, सब कुरा । खान भने उनी प्रशस्त सक्थे । त्यही खाएरै होला अहिलेसम्म पनि उनका गाला अभैm राता देखिन्थे । एक दिनमा डाँडाकाँडा नाघेर चार पाँच ठाउँमा सम्म श्राध्द गर्न पुग्थे । यो उनको शारीरिक शक्तिको परिणाम थियो ।
भन्न सबै सक्छन् । गर्ने को ? पण्डितको औषधिको पैसा कसले बेहोर्ने ? दुइ दुइवटा घरबार । सधैँ कलह, झगडा । बाबुको दुखमा हाँस्ने छोरो । जजमानी पेशा, पण्डितसँग कहाँ पैसा हुनु ? कसले उनको हेरविचार गर्नु ?पुराना मोहरहरू कतै राखेका थिए होलान् कतै भित्तामा प्वाल पारेर वा मझेरीमा खनेर । तर त्यो पनि सैले सापटी लगिदियो । नाइँ भन्न सकेनन् । फिर्ता कहिल्यै आएन । पण्डित पिरोलिइरहे । त्यही मानिस पनि अहिले पण्डितको लागि मद्दत गर्न अघि सरेन । उनले भन्न सकेनन् । अवस्था विग्रिदै गयो । एकान्तमा घोरिनु र विचार गर्नु, मन बहलाउन बाहिर कतै निस्केमा ‘बहुला पण्डित आयो’ भनिठान्लान् । भनी डराउनुले पनि उनी झन डराउन थाले र एकान्तमै बरबराए ल। बरबराउनुको पनि कारण थियो । कोही त्यसै बरबराउाद्येन । कोही त्यसै बहुलाउँदैन । उनलाई घरनजीकको एकजना साहुले यही मौका छोपी नालिस दियो– कुन्नी कति हो वर्षको वाली भराइपाउँ, अन्यथा घरबाट निकाला गरिपाउँ भनेर । यस्तो नालिस प्रत्यवादीको कुरा उनले कहिल्यै जानेनन् । जुधाउने र पछार्ने काम कहिल्यै गरेनन् । कसैको हानी नोक्सानी कसैबाट भएन । तर त्यो साहुले उनको नालिस दिनु उनको लागि वज्रपात भैmँनभए अरू के हुन सक्छ ? उनी यसैमा डराए र जिन्दगीभरि आपूm बसी उठाएको घर उड्ला भनेर स्थितिमा बढी असुलन आयो । गाउँलै आफन्तसँग उनले सल्लाह लिए । डराउनुपर्ने कुनै कारण थिएन ।
केवल साहुले उनलाई दुःख मात्र दिन खोजेको हो । उसले यस्तै काममा जिन्दगी बिताएको छ– अड्डा अदालत र मुद्दा मामिलामा । बिर्के टोपी र मोहन शम्शेरको पालाको साइकलमा उसले दिनमा दश ठाउँको अड्डा भ्याउँछ । कुनै बखत कसैलाई जनलिस दिन नपाए आप्mनै हातका बूढी औँलाहरूलाई जुधाएर पनि बस्दछ । यो उसको धर्म हो । यो जस्तै अरूहरूको पनि धर्म हो । नत्र उनहिरूलाई बिहान बेलुका आप्mनै छाक खाएको पनि पच्दैन ।
सबैबो सबै आफन्त हुँदैनन् । आपूmले गरेर प िन अरू हुन सक्दैनन् । यो स्थिति तपाईँहरूमा आएको हुन सक्छ, ममा आउको हुन सक्छ । बाहिर ठीक पारी भित्रभित्रै कैँची काट्ने पनि यहाँ धेरै हुन्छन् । पण्डितले सोचेका आफन्तहरूमा पनि केही यस्ता हुन सक्छन् जसले पण्डितलाई साँच्चिकै घरबारी उड्ने शंका देखाइदिए । उनी त्यही ‘हाहा’ मा लागे । साँच्चिकै सल्लाह दिने आफन्तहरूको कुरा उनले सुनेनन् । बरु उल्टै उनीहरूमाथि पनि शंका गर्न लागे ।
मानि’मा उक बेला यस्तो आउँछ जुन कुराको परिणामबारे सोच्न नै सकिउको हुँदैन । त्यो बेला आफनो हो । आप्mनू रमाइलोको लागि हो । त्यस बेलामा धेरै भूल गरिन्छन् र ती भूलहरूको मापष्mी पनि हामी पाइहाल्छौँ । किनभने हाम्रो बेला नै त्यस्तो हो । हामीलाई कसैले नराम्रो दृष्टिले हेर्दैन । बामीले गरेका भूलहरूबाट अरूलाई निकै चोट पर्न जान्छ तर पनि हामी हाँस्छौँ । त्यो बेला हो–केटकटीपन । यस्तै केटाकेटीपनको अल्लारे बुध्दिको मारमा एक दिन पण्डित परे । यो पनि संयोगकै कुरा हो । संयोगले हाम्रो जिन्दगमिा ठूलो भूमिका खेलेका हुन्छ । पण्डितको त्षृे अवस्थालाई केटकेटीले बुभ्mन सकेनन् । त्यमाथि सोझा पण्डित । कसैले’पण्डित बा तपाईँलाई एक चट्कन हानुँ है’ भने पनि ‘हुन्छ बा राजा हान्नोस्’ भनी गाला थाप्लान् जस्ता मानिस, गाउँका केटकेटीहरूले पनि हेप्ने नै भए । एक दिन सब अल्लारे केटा जम्मा भए र पण्डितलाई सुनाए, “पण्डित बा तपाईँको जात गयो रे हो ?”
“के रे ?” उनले झसङ्ग झस्केर सोधे, “कसले भन्यो मेरो जात गयो भनेर ?”
“सबै त्यसै भन्छन् गाउँमा । अस्ति कुन्नि कसको भतेरमा हो तल्लो जातिकोले छोएको खानुभयो रे तपाईँले,” भनेर तिनीहरूले कुरा बढाए । पण्डितले जनै छामै, जस्ता तस्तै छ । सम्झे– कसको भतेरमा कसले छोएको खाएँ भनेर । लाग्यो– गाउँलेहरूले उनको जात पनि लिइदिए अब । साहुले दुःख दिएर पुगेन । गाउँले सबै उसैपट्टि लागे अब र जातसम्म लिन बाँकी राखेनन् । दुइटै बज्रपात एकैचोटि भयो उनलाई । । एउटा धरबार उड्नु, दोश्रो जात जानु । अब उनले छौको कसैले नखाने भए । उनको जजमानी पेशाको अन्त्य भयो । उनको जाहाज डुब्यो, गयो, उड्या, सर्वस्व भयो । उनले यहाँ बाँचनु केही काम भएन । मरेपछि पनि पतित भए । नरकमा जो भए । उनले आजसम्म भनेका गरुडपुराणका आख्यानहरूमा उनी आपैmँ पर्ने भए, उनी आपैmँले भोग्नुपर्ने भयो । उनले ती केटाहरूलाई समाती पिट्न खोजे– यस्तो नचाहिने हल्ला किन गर्छौ भनेर ? केटाहरू न हुन् – भागे, दौडे । पण्डित तिनीहरूकै पछि लागे फाँटै फाँट, बारी बारी, कान्ला बान्ला । गाउँलेहरूले देखे– उनी बहुलाएर दौडे र अब कहाँ गई हाम्फाल्ने हुन् भनी सबैले मिली समाते । पण्डित चिच्याए, “ल भन तिमीहरू, मेरो जात गएको हो ? होइन ! मैले छोएको भात खान्छौ कि खाँदैनौ ? खान्छौ, होइन ? कि खादैनौ ?”
“होइन, तपाईको जात गएको छैन । कसले भन्यो तपाईको जात गयो भनेर ? हामी अघिपछि भैmँ तपाईँले पकाएको भतेरको भात खान्छौँ,” गाउँलेहरूले सुनाए ।
पण्डित कराए, “हो ! हो ! मेरो जात गएकै हो । ल हेर मेरो जनै नै छैन । जनै समातेर किरिया खान्छु,” भनी घाँटकिो जनै समाते । यो उनको स्वभाविक आवेश थियो आपैmँसँगको, आपूmभित्रको आप्mनो कमजोरीको । मानिस जब समाज र सामाजिक प्रवृत्तिदेखि हार खान्छ अनि उसले यावत कुराहरूलाई स्वीकार गर्न थाल्छ । त्यस बखत मानव ह््रदयभित्रको ‘इगो’ ले पनि काम गर्न छोड्छ । तर गाउँलेहरूले पण्डितको यो कुरालाई बुभ्mन सकेनन् र ठाने– उनी निश्चित बहुलाए । कसैले विश्वास नगर्ने कुरै भएन । रोकथाम गरी घरमा ल्याएर राखे । अब उनको घरबार उड्नुको त्रास गयो । जात मात्रको बाँकी रह्यो । उनले सबैसित हात जोरेर भने, सबैको गोडा समातेर ढोगे, “विन्ति छ, जनी छ मेरो जात नजावोस् !”
तपाईहरू नपत्याउनुहोला– यो हाम्रो संस्कृति हो, संस्कार हो, धर्म हो, विश्वास हो, सब कुरा हो र यहाँनेर आएर पण्डितको लागि सब कुरा जातपात हो । यही जातिपातिको संस्कारमा उनको धर्म अडेको छ, कर्म अडेको छ । हामी कसैले पनि यसलाई झुटो मान्न सक्दैनौँ । हाम्रो पुरानो संस्कारले पनि यसलाई थिचेको छ, र यसबाट मुक्ति पाउन हामीले अभैm शताब्दी पर्खिनुपर्ने छ । चाहे हामी जे भनेर फलाक्दै हिँडौँ– हाम्रो मन हामीसँग छ । पहिले हामीमा मानसिक क्रान्ति आउनुपर्छ आपैmँमा यी पुराना मान्यताहरू मिल्काउन र मानसिक क्रान्ति जस्तो कुरो त्यसै आउने पनि होइन । यसैको लागि हो मैले भनेको– शताब्दी अभैm पर्खिनुपर्छ भनेर । उक दुइ जनामा आएको परिवर्तनले देशको सिंपूर्णतालाई मान्न भने किमार्थ सकिँदैन ।
मलाई सम्झना छ– एकचोटि पण्डित शहरको आप्mनो नातेदारकहाँ बिहेको लागि निम्त्याइएको थिए । शहरको भलनचल्तीअनुसार त्यहाँ ‘बफे’ को आयोजना गरिएको थियो । उनको अवस्था कसैले बुझेन । त्यहीँ सम्मिलित हुन आग्रह गरियोे । उनी त्यहाँबाट नातेदारको आँखा छली भागेर भोकै पेट घर पुगे । भोलिपल्टदेखि गाउँका सबैलाई सचेत तुल्याउँदै भने, “ ल है, शहरियाको भाजमा कहिल्यै कोही नजानु । त्यहाँ जाँदा सबैको जात जान्छ,” भनी त्यस किसिमको कार्यलार्ई घोर कुकर्मको संज्ञा दिए । उनको यही कुरालाई ती केटाकेटीले सुनेका थिए र यही कुराले उनलाई जिस्क्याए । तर उनले सोच्न सकेनन् र त्यसको लागि उनी दौडे ।
पण्डितलाई बहुलाउनुबाट अब निश्चय पनि सद्दे हुनुपर्यो । उनको जात फिर्ता ल्याउनुपर्यो । उनको धर्म तथा कर्म जोगाउनुपर्यो । तर अर्को फसाद आइलाग्यो उनलाई । डाक्टरी औषधि खानुपर्ने भयो । कसरी खाउल् त्यो ? यसमा कुखुराको फुल हालेको हुन्छ , रक्सी मिसाउको हुन्छ भन्छन्, कुन कुन जनावर हो, अझ भनौँ गाईको हाड पनि पिँधेर हालेको हुनछ भन्छन् । उनको दोहारो जात जाने भयो । उनी त्यसैको दोधारमा परे । फेरि आफनतहरू जम्मा भउर भने, “पण्डित बा, किन धन्दा मान्नुहुन्छ ? आज भोलिका बाहुनहरू त्यसै पनि रक्सी खाएर हिाड्न थाले भने तपाईँले औषधिको लागि खाएर के हुन्छ ? तपाईको आँखाँले त देखेको हुनुहुन्न नि ? नदेखेपछि जे पनि चोखै भनी ठान्नोस् न हुन्न ?”
“मेरो दोहोरो जात जाँदैन, होइन त ?” पक्का भयो ?” उनले डराएर सोधे ।
“जाँदैन, जाँदैन । त्यसमा हामी जिम्मा भयौँ,” उनीहरूले विश्वास दिलाए, “तपाईँले पकाएको भतेको भात पहिले हामीले नै खाने भयौँ हुनन ?”
भतेरको भातमा पनि पण्डित निपुण थिए । सहयोगी थिए । कतै कसको घरमा व्रतबन्ध वा बिहे पर्न हुादैनथ्यो उनैलाई भात पकाउनेमा नडाके उनी नराम्रो गरी चित्त दुखाउँथे । र, त्यो मानिस आफ,बाट रिसाएको हो कि भन्ठानी आएर हात जोडी माफी माग्थे । कैलो मुठे जँुगा, अग्लो शरीर, निधारमा चाउरीका मोटा धर्साहरू कोरिएका, कानभित्र कैला रौँहरू उम्रिएका र कैला नै आँखा भएका पण्डित जहिले जसको भतेरमा खड्कौँलो घिसार्दै र वा दाल तिहुनका ठूला ठूला बाल्टिन बोक्दै भतेरको उक छेउदेखि अर्को छेउसम्म दौडिरहेका देखिन्थे ।
गाउँलेहरूलाई यो पनि लाग्यो– पण्डित साँच्चिकै बहुलाएका बहुलायै भए भने एउटा ठूलो अभावको महशुश उनीहरूले गर्नुपर्ने छ । कसैलाई यसो दुइ चार पैसाको खााचो पर्दा भन्ने मान्छे हुने छैन । जसले भनोस् नाईनास्ती गर्ने बानी उनको थिएन । आपूmसँग नभए अरूकहाँ गई मागी ल्याउँथे र त्यो भन्ने मान्छेको खाँचो टारिदिन्थे । यसैले पनि धेरैको सहयोग उनले पाए । कुरा कट्नेहरूे त खालि कुरै मात्र काटिरहे । उनहिरूको अरू के काम पो हुन्छ र ? न उनीहरू आप्mनो राम्रो गर्नपट्टि लाग्छन् । न त अरूको राम्रो देख्न सक्छन् । आप्mनो राम्रो गर्न लागे भने अरूको कुरा काट्ने समय कहाँ मिल्छ र ! त्यसैले यस्तालाइृ बरु आप्mनो राम्रो चाहिनन, आपूm राम्रो बन्ने समयलाई अरूको कुरा काट्नपट्टि लगाउँछन् । हाम्रँे पुरानो धारणा छ– आइमाईहरू बढी कुरा काट्ने हुन्छन् । तर समय बदलियो । लोग्नेमान्छेहरू बढी यस प्रवृत्तिपट्टि ढल्किन थाले । यो मेरै मात्र धारणा हो या तपाईँहरूको पनि हो म भन्न सक्दिनँ ।
आखिर सबैको एकै मत भयो । पण्डितलाई बहुलाएको मानिसको औषधि गर्ने ठाउँमा पुर्याइयो । डाक्टरकहाा नजान उनले निकै जोर जुलुम गरे, उनलाई औषधि गर्ने पैसाको रिणमा डुब्न आाट आएन, डाक्टरी औषधि खान मन लागेन । उनले जिन्दगीभरिमा डाक्टरी औषधि मुखैमा हालेका छैनन् भने अहिले यो बुढेसकालमा आएर किन बिटुलिने भन्ने कुरा उनको मनले साच्यो । तर खास भनूँ भने उनी अहिले यो उमेरसम्म बिरामी नै भएका छैनन् औषधि खानुपर्ने गरी ।
बलिया पण्डित, गाउालेहरूको पञ्जाबाट फुत्के बाटोमा र भग्न खोजे । पुगे राजाको ढोकामा र, “गाउँलेहरूले अन्याय गरे सरकार मलाई !! म सद्दे मानिसलाई पनि घिसारेर ल्याई बहुला भने,” भनी न्याय माग्न पलेटी कसेर बसे ।बटुवाहरू समेतले कुरा बुभ्mन खोजे कुरा के हो भनेर । गाउँलेहरूले बताए, “उनी एउटा बहुला हुन् र डाक्टरकहाँ जान उनी मान्दैनन् ।”
राजा ईश्वरका प्रतिक, राजा विष्णुका अवतार, राजाले हिँडेका ठाउँको माटो शिरमा लगाए पनि मुक्ति पाइने भन्ने हामी हिन्दू राज्यका हिनदूहरूको धरणा । त्यसमाथि न्यायका मूर्ति मानिने राजा । आपूmमाथि गाउँलेहरूले गरेको अन्यायलाई कहाँ लगेर पोखून् उनले ? मौका यही हो भनिठाने– राजाको दर्शन गर्ने र न्याय माग्ने । अनि कस्सिए ढोकामा घुँडा धसेर । पुलिसले उनलाई त्यहाँ बस्न दिएन, पुलिसकै मद्दतबाट गाउँलैहरूले उनलाई समाते र अन्त्यामा पुर्याइए डाक्टरकहाा ।
त्यहाँ विभिन्न किसिमका रोगीहरू थिए । बहुलाएका मात्रै मानिसको औषधि डाक्टर गर्दैनथे । अरू रोगीहरूको उपचार पनि उनी गर्थे । प्रति जनसंख्या कम डाक्टर भएको देश एउटै व्यक्ति सर्वव्यापि हुने ठाउँ, पण्डितलाई त्यो कुरा याद भएन र त्यहाँ उपस्थित रोगीहरूलाई सम्बोधन गरी सोधे, “तपाईँहरू सबै बहुला हो ?”
रोगीहरूलाइृ पण्डित अनौठा लागे, देख्नमा सद्दे छन् कुरा किन यस्तो बेढङ्गी ? किन मिजास यस्तो असभ्य ? कोहीले उनालई बहुलाएका रहेछन् भनी केही जवाफ दिएनन् । कोहीले रिसाएर भने, “होइन, हामी अरू नै औषधि गर्न आउको, बरु तपाईँ नै बहुला जस्तो देखिनुहुन्छ नि हो ?”
पण्डित कराए, “म बहुला होइन बुभ्mनु भो ! तपाईँहरू बहुला, नत्र किन यो बहुलाको औषधि गर्ने ठाउामा तपाईँहरू पनि आउनुभयो, ज भन्नोस् ?”
“ मो भो पण्डित बा भित्र हिँड्नोस्,” गाउँलेहरूले उनलाई डाक्टर बस्ने कोठाभित्र हुले । पण्डितले देखो मोटा, पुका र चस्मावाल डाक्टर मेचमा बसेका थिए ।उनको अगाडि टेबुल थियो र त्यहाँ रोगीहरू जााचिने यन्त्रहरू थिए । टेबुलअगाडि अरू इ तीन वटा मेचहरू पनि थिए जसमा गएर रोगहिरू बसी आप्mना रोगसम्बन्धी कुराहरू बताउँथे । कोठाभित्र पस्न पाएका थिएनन्, ढोकैदेखि लमपसार परेर लामा खुटा भउका पण्डितले “प्रभु....हजुर....परमेश्वर....मेरा देउता....” आदि आदि भनी डाक्टरको गोडा समात्न पुगे । उनलाई थाहा छ– डाक्टर पनि बाहुन नै हुन् र बाहुनका गोडा समात्नु पाप होइन, बरु धर्म हो । उनले अरू बाहुनका पनि खुट्टा समातेका छन्, धाइदिएका छन्, ढोगेका छन् र चिल्ला घसिदिएका छन् । उनको लागि यो कुनै ठूलो कुरा होइन । त्यसमाथि, त्यस्ता ठूला मान्छे, डाक्टर साहेब ! जसले उनको औषधि गर्छन्, उनको बहुलापन बिसेक गरिदिन्छन् यसमा उनले “प्रभु....हजुर....” आदि भन्न नहुने कुरा के भयो ? ढोग्न नहुने कुरा के भयो ?
डाक्टर पण्डितबाट पर हटे उकदम रिसाएको अनुहार लाएर, गाउँलेहरूलाई भनेर उनलाई वर लेराए । डाक्टरले भने, “बस्नुस् !” उनी मेचमा बसेनन्, भूईँमै टक्रुुक्क बसे ।
“त्यहाँ होइन मेचमाथि बस्नोस्,” डाक्टर झनैपो रिसाए । उनी यस्तै स्वभावका छन्, रोगीहरूदेखि रिसाउाछन् भनी मानिसहरू भन्दछन् ।
पण्डितले डराउँदै र हात जोड्दै भने, “मेरी बाबै नि ! मैले हजुरको अगाडि मेचमा बस्नुहुन्छ ! मेरो धर्म जाँदैन प्रभु.... !”
मरिगएपनि उन िमेचमा बस्न मानेनन् । बसुन् पनि कसरी ?उक त उनी कहिले पनि मेचमा बसेका छैनन् । दोश्रो कुरो, त्यस्ता ठूला मान्छे डाक्टर साहेवको अगाडि परेको त्यह िमात्र दिन थियो । देख्न त देखेका थिए उनले डम्म शरीर परेका, सुट र टाई लगाएका, चश्मा लगाएका सहरका मानिसहरूलाई र उनहिरूलाई देख्दा उनको मनमा लाग्थ्यो– उनहिरू निकै ठूला मानिसहरू हुन् । त्यस्ता मानिसहरूको अगाडि बसेर भने उनले कहिल्यै कुरा गरेका थिएनन् । त्यस्ता मानि’हरूको अगाडि उनी आपूmलाई ज्यादै सानो र तल सम्झन्थे जसले पहेँला दाने दौरा सुरुवाल बाहेक कहिल्यै लाएनन् । त्यही पनि दौरा लामो, सुरुवाल छोटो, कम्मरमा एउटा मैलो पटुकाजुन भोज भतेरमा धोतिको काम आउँथ्यो । घेरा फाटेको टोपी र च्यातिएको इष्टकोट भयो भने पनि कहिलेकहीँ मात्र, वा गाउँमा कसैको विहे पर्दा जन्त जानु पर्यो भने द्दण्ण्ड सालमा हालेको कोट र फाटेको जुत्ता सिवाय उनले लाएको देखिएन ।
बल्ल बल्ल गाउँलेहरूले उचालेर उनलाई मेचमा राखे । उनले डाक्टरसँग हात जोेरेर टेबुलमै ढोग्दै भने, “प्रभु ! म बहुलाएको छैन, मलाई डाक्टरी औषधि नख्वाइबक्सियोस् ।”
डाक्टरले सोध्नुपनेृ थिया–उनमा के कस्ता घटनाहरू आइपरे, कसरी उनको यो अवस्था आयो, कहिलेदेखि र कसरी शुरु भयो उनको यो व्यथा आदि व्यक्तिगत इतिहासलाई केलाउनुपर्ने थियो । तर केही सोधपुछ गरेनन् र सिधा यन्त्र झिके र उनको शरीर जाँचे ।
“राम.... ! राम.... ! राम.... ! कस्तो हतियार लगाउनुपर्यो ए शरीरमा ! पण्डित बरबराए, यस बखत डाक्टर केही हाँसे ।
“ला ला चूप लाग्नोस्,” डाक्टरले भने, “नहल्लिकन राम्ररी बस्नोस्, सास राम्ररी फेर्नोस्, अँ भन्नोस् निद्रा लाग्छ कि लाग्दैन ?”
“कहाा लाग्नु हजुर निद्रा, सबै जना मेरो जात गयो भन्छन् । धरोधर्म जनै छाएर भन्छु, मैले कसैको भतेरमा पनि आपू,भन्दा तल्लो जातले छोएको खाएको छैन । तिनै असत्तिहरूले मलाई बहुला पारिदिए, म आपूm के बहुला हुन्थेँ ! होइन हजुर ?”
डाक्टरले उनको शरीर जताततै जाँचे, उनको व्यवहारहरूलाई नियाले र ठाने– पक्कै यो उनको बहुलापन हो । उनी राम्रै गरी बहुलाइसकेका छन्.... !
तर उनको सामाजिक अवस्थालाई डाक्टरले बुभ्mन सकेनन् । उनको परिवेशभित्र उनी घुस्न सकेनन् । केवल ठाने– एउटा बहुला जो अरूहरू सामान्य व्यक्तिभन्दा असामान्य व्यवहार गर्दछ.... ।
“प्रभु.... ! मालिक..... ! जनी छ, मलाई डाक्टरी औषधि नख्वाइदिबक्सियोस् । म बहुलाएको छैन,” पण्डित झनै रुने अवस्थामा पुगे ।
“के त अस्पतालमा बस्ने ?” डाक्टरले झर्केर सोधे ।
मेरी बाबै नि ! लौ गयो ज्यान ! झन् अस्पतालमा बस्नुपर्ने भयो । त्यहाँ झन् को को जातिका मान्छे हुन्छ, को को जातिले पकाएको र ल्याएको खानुपर्छ । भन्न त बाहुन मान्छे भन्छन् । तर के ठेगान ? न वा हुन् न वा होइनन् । त्यो त जगन्नाथको मद्यिर । जसको जुठो पनि खानुपर्छ । आप्mनु घरबाट लेराएरु प्ण्डित खान सक्ने होइनन् । फेरि घरबाट ल्याएको भात के खान्थे उनी ? उति टाढादेखि लुगा लाएर ल्याएको, जुत्ता लाएर ल्याएको, बाटोमा कसकसलाई छोएर ल्याएको.... । अर्कोतिर, अस्पतालमा न धोतिको प्रबन्ध, न धोति फेरेर खाने वा त्यसै खाने ? यी सबैतिरबाट कुनै पनि उपायले उनको धर्म जाने भयो, कर्म जाने भयो । अब धर्म कर्म जोगाउने उपाय एउटै मात्र बाँकी छ, त्यो हो– घर जाने र डाक्टरी औषधि र अस्पतालबाट मुक्ति पाउने । यही सोचे पण्डितले र डाक्टरसँग रोए, “प्रभु ! म बहुलाएको छैन । म घर जान्छु, छोडिदिबक्स्योेस् । औषधि पनि म खान्न, अस्पतालमा पनि बस्दिनँ । बहुलाउन परे बहुलाएरै आप्mनै घरमा मरूँँला ।”
डाक्टर मानेनन् । आपूmकहाँ आइसकेको रोगीलाई बिसेक पार्नु उनको कर्तव्य थियो । जसरी पुलिसले अपराधीलाई छोड्दैन त्यस्तै गरी डाक्टरले रोगीलाई छोड्दैन । उनले गाउँलेहरूलाई भने, “यिनलाई अस्पताल भर्ना गरिदिनोस्, म लेखिदिन्छु । महिना दिन जतिमा बिसेक हुन्छन् ।”
पण्डितलाई त्यसै दिन बहुला घरमा भर्ना गरियो । अस्पतालको ढोकामा उनी सबैसित रोए, कराए, चिच्याए । तर कसैले उनलाई सुनिदिएन । अस्पतालभित्रका बहुलाहरूले उनी जानेबित्तिकै “हाम्रो अर्को साथी आयो” भनी उनलाई अँगालो मारे, अट्टहास गरी हाँसे, थपडी मारे र उनलाई आप्mनो खानेकुराहरू पनि खान दिए ।
पाठकहरू ! धेरै धेरै महीना बिते पण्डित अभैm बिसेक हुन सकेनन् । उनी अब पूर्णत बहुला भइसकेका छन् । कहिलेकहीँ हामी उनलाई हेर्न र भेट्न जाँदा धेरै मैलो र मेटो जनै समातेर उनी पहिलेको त्यही वाक्य कराइरहेका हुन्छन् “मेरो जात गएको छैन....म जनै समातेर किरिया खान्छु.... ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 25 कार्तिक, 2069

लेखकका अन्य रचनाहरु