जीवन–वृत्त

- विश्वम्भर चन्चल

शहरको मूलठाउँ, मूलसडक, यसको छेवैमा रहेको एउटा ठूलो रेष्टूराँ । यो रेष्टुराँ शहरका अरू किमती रिेष्टुराँ जस्तै किमती छ । जो–कोही मानिस यहाँ आएर चिया सम्म खान सक्दैनन् ।
रेष्टुराँमा जान खुड्किला चढेर जानुपर्छ । खुड्किला चढिसकेपछि ढोकामा भित्रपट्टि उभिएको पालेले ढोका खोलिदिन्छ र सलाम मार्छ ।
रेष्टुराँभित्र पूर्व–पश्चिममा टेबुलहरू उत्तर–दक्षिण गरी लहरै राखिएका छन् । बीचबाट हिँड्ने बाटो छोडिएको छ । टेबुलका दुइतिर ग्राहक बस्नका लासिग लचकदार गद्दाहरू छन् । भूइँमा मूल्यवान कार्पेट ओछ्याइएको छ । भित्तामा आकर्षक ठूलठूला चित्रहरू टाँगिएका छन् । बत्तीको झकिझकाउ छ ।
स्वदेशी र विदेशी दुबैथरीका मानिस त्यहाँ जान्छन् र आप्mना–आप्mना रुची र मूल्यलाई विचारेर खानेकुराहरू खान्छन् । खास गरेर दिउँसोभन्दा बेलुका नै रेष्टुराँमा ग्राहकहरूको बढी आवत–जावत भएको देखिन्छ ।
म पनि सधैँजसो यसै ठाउँमा खान जान्छु । अरू केही खान मन छैन भने एक कप चिया वा कफी मात्रै भए पनि खान्छु र चिया या कफीको झण्डै मोल जति नै पैसा ब्वायलाई टिपको रूपमा छोडिदिन्छु । यो टिप छोड्ने एउटा नियम हो र मेरो पनि यही नियम बसिसकेको छ ।
आपूmले खाएको मोल जति नै टिप छोडिदिँदा त्यहाँको ब्वाय दङ्ग पर्छ र पूmर्तिसाथ सलाम मारी पैसा टिपेर जान्छ । म आप्mनो ठाउँबाट उठ्छु र निस्कने ढोकातिर लाग्छु । ढोकामा बसेको फुच्चे पालेले यसपाला झन पूmर्तिसाथ खुट्टा बजारेर नै सलाम मार्छ । उसको हातमा केही रूपैयाँ पैसा राखिदिन्छु । त्यहँभित्रका सबैले मेरो अनुहार ताक्छन् । किनकि उसलाई रूपैयाँ पैसा दिने चलन कसैको छैन । मैले तिनीहरू सबैको भन्दा बढी व्यवहार गरेको हुन्छु । केटोले ढोका खालिदिन्छु । म बाहिर निस्केपछि पनि फेरि एकचोटि सलाम मार्ने गर्छ ।
मेरो अभ्यस्तता त्यहाँका ग्राहकवर्गका लागि चिरपरिचित भइसकेको छ । काउण्टरमा बसेको रेष्टुराँ मालिकले पनि मलाई देख्नासाथ नमस्ते गर्छ र म ठाउँमा बस्न नपाउँदै आपैmँ आएर विनम्रसाथ मेरो रुचीको खानेकुरामा प्रश्न गर्छ । वरपरका ग्राहकवर्गमा मप्रति कानेखुशी चल्छ ।
विदेशी लामा लामा चुरोटको धुवाँलई चक्का चक्का पारेर माथितिर फुकिदिन्छु । रेष्टुराँमुनि पूर्वतिर सडकको छेउमा बूढो पीपलको रूखमुनि मानिसहरूको घुइँचो हुन्छ र मूलसडक पनि व्यस्त देखिन्छ । यहाँ यी मानिसको घुइँचो हुनु र सडक व्यस्त हुनुको पनि अभ्यस्तता भइसकेको छ । तर यो अभ्यस्ततासँग मेरो कुनै सम्बन्ध रहँदैन र पश्चिमतिर हेर्छु । त्यहाँ एउटा सानु पार्क छ, जुन पार्क शहरको मूलठाउँमा भएर पनि खालि नाम मात्रको छ । त्यतापट्टि मानिसहरू उभिएका छैनन् । कोही सिमेण्टीका लामा लामा मेचमाथि बसेका छन् र कोही चउरमा नै बसी कुरा गरिरहेछन् ।
रेष्टुराँ अग्लो ठाउँमा रहेकोले पूर्व र पश्चिमका सबै दृश्यहरू राम्रो गरी देखिन्छन् । बाहिरैबाट पनि यो रेष्टुराँ आकर्षक देखिन्छ । रात पर्नु अघि र दिउँसो बत्ती बलिसकेपछिको समयमा यहाँ बसी चिया या कफी खानु आनन्द लाग्छ । यस बखतसम्ममा बाहिर वरपरका रङ्गीचङ्गी बत्ती पनि बलिसकेका हुन्छन् । रेष्टुराँभित्र पनि मनमोहक दृश्य झल्किन्छ ।
मनोरञ्जनको लागि रेष्टुराँभित्र विभिन्न किसिमका सङ्गित र गीत बजिरहन्छन् । कहिलेकहीँ म त्यस सङ्गितको तालमा रक्सी खाएर आपूmलाई झुमाउछु र टेबुल ठटाउँछु । रेष्टुराँमा बार पनि समावेश छ । यसैले त्यहाँ पेय पदार्थ खानु नराम्रो मानिदैन । रक्सी खाँदा भने केही छिनको लागि मैले आपूmका सबकुरा बिर्सिदिन खोज्छु र एउटा बेग्लै संसारको खोजीमा हुन्छु । त्यो संसार अज्ञात, चेतनाहीन र शान्तिमय हुनुपर्छ मेरो लागि । तर त्यसो भइदिँदैन । जहिले र जुनसुकै अवस्थामा पनि म यही संसारमा हुन्छु जहाँ म बाँचिरहेको छु । यो नै मेरो लागि यथार्थको संसार हो जहाँ म छटपटिइरहेको छु । यसैले रक्सी खानुको अभ्यस्ततालाई पनि मैले छोडिदिइसकेको छु र कहिलेकहीँ मात्र बानी स्वरूप खाने गर्छु ।
आपूm बसेको ठाउँअगाडि टेबुलमा भाँडाकुाडा बजेको अवाज आउँछ । त्यतातिर मेरो वास्ता गएको हुँदैन । ब्वयले भन्छ, “हजूर ! कफी” अनि मात्र रेष्टुराँमुनिको तल भीडबाट आँखा टेबुलतिर फर्किन्छन् । कपतिर हात बढाउँछु । दाहिने हातमा लाएको औठीँको चहक आँखामा पर्छ । औठी मूल्यवान हिराको छ । यो औठी देख्दा आपैmँ दङग पर्छु । केही वर्ष यता मसित मूल्यवान धेरै सामानहरू छन् । देब्रे हातमा मूल्यवान घडी छ ।
“हजूर ! अरू केही.... ?” छेवैमा उभिइरहेको ब्वायले प्रश्न गर्छ । ऊ अभैm त्यहीँ उभिइरहेको हुन्छ ।
भन्छु, “भो पर्दैन ।”
मेरो समय यस्तो पनि थियो, जुन त्यस बखतमा मसँग केही थिएन र अहिलेका मेरा यी आर्जनहरूको सपनासम्म पनि थिएन । मेरो संसार अज्ञात थियो । शान्तिमय थियो । म खुशी थिएँ.... ।
धेरै केटाकेटी अवस्था, भनौँ बालकै छँदाको कुरा मलाई थाहा छैन । यति थाहा छ– बालककालमा म रोगी थिएँ । मेरो बाँच्ने आशा कसैले गरेका थिएनन् । यस कुरालाई मैले घरका मनिस अथवा भनूँ बाआमाबाट सुनेको छु र अहिले गाउँघर, वरपरका समेतले भन्छन्, “यस्तो भाग्यमानी हुन्छ भन्ने कुरा कसले सोच्न सकेको थियो र.... !”
बालककालबाट हुर्केपछि म केटाकेटी अवस्थामा आएँ । बाले हात समातेर मलाई स्कूल लैजानुहुन्थ्यो । मेरो स्वादिष्टका कुरा गेडा पिपलमेट, पुष्टकारी, नरिवल र तिलौरीमा सिमित थिए । तर त्यतिको लागि पनि मैले बासँग झगडा गनुपथ्र्यो । घरभरिको म झगडालु मानिस थिएँ । यस प्रकारको बानी मेरो धेरै पछिसम्म रह्यो । यही बानीले गर्दा नै घरका परिवारबाट मैले धेरै पटक पिटाइ खाएको छु.... ।
गाउँको स्कूलबाट म शहरको स्कूलमा गएर पढेको देख्दा बा औधि खुशी हुनुहुन्थ्यो । कुनै दिन आपूm नै भान्छामा गएर भात पस्किदिएर खुवाई स्कूल पठाउने गर्नुहुन्थ्यो.... ।
दिउँसोको लागि खर्चको रूपमा दश वा बीस पैसा भन्दा बढी कहिल्यै पाइएन । त्यो पैसाले बकुला, भटमास वा ठण्डा बरफ खाएर नै पेटको भोक मार्थेँ । पछिपछि हुँदै गएपछि त्यही पैसा पनि साइकल सिक्नको लागि भाडामा जान्थ्यो.... ।
स्कूल जाने लुगा कोरा वा घरबुनाको कमीज–सुरुवाल थिए । कहिले लामो दौरा र छोटो सुरुवाल हुन्थ्यो । खुट्टामा जुत्ता हुँदैनथे । एकचोटि मामाघरबाट मामाको छोरालाई ठीक नभएको भनी देशी रातो जुत्ता दिए । त्यो पनि ठीक नभई लगाउँदा मेरो खुट्टामा त्यसले ठूलै घाउ लगायो र धेरै दिनसम्म स्कूल नै जान सकिनँ । तैपनि त्यस बेलामा साथीभाइको सामुन्ने देशी जुत्ता लगाउन पाउँदा मैले आपूmमा ठूलो घमण्ड लिएको थिएँ । कमीज–सुरुवाल वा दौरा–सुरुवालमाथि वेष्टकोट कहिल्यै लगाइहालेँ कि सम्झना छैन । कोट भने धेरैपछि मात्र आपूmले कमाइ गरेदेखि आङमा परेको हो । तर पनि ममा केही कुराको अपूर्ण थिएन । सम्पूर्ण थिएँ आपूmमा र यो विश्वलाई मैले देखेकै थिइनँ.... ।
रेष्टुराँभित्रको प्रकाशमा मेरो आङमा विदेशी ट्विडको आकर्षक कोट झल्किन्छ । धेरै जनाले मसित यस कोटको बारेमा सोधेका छन् । तर आप्mनै त्यस्तै साथीभाइ बाहेक अरूले त मसँग बोल्नसम्म पनि आँट गर्दैनन् । कोटको इतिहास सुन्दा नै सबै छक्क पर्छन् । विदेशमा पनि यस खालको कपडामा यसलाई सबभन्दा बढी मोल परेको थियो.... ।
कोट सुहाउँदो पाइन्ट, कमीज, जुत्ता र टाई पनि कम छैनन् । म सँधैँ यसरी नै हिँड्छु । मेरो पोशाकमा कतै केही अपुग हुँदैन । आङमा पोशाक फेरि त्यस्तै मिलेको हुन्छ । मेरो जिउ पोशाक सुहाउने नै छ । जस्तो पोशाक लाए पनि सुहाउँछ । अग्लो मानिस र अग्लाइमा मोटाइ क्या मिलेको ! साथीभाइहरू मेरो शरीरमा पनि लोभ गर्छन्.... ।
म चूप लागी बसिरहेको देखेर यसपाली रेष्टुराँ मलिक त्यो बूढो आएर आपैmँ हात माड्छ, “हजूर ! ब्वाय आएन कि कसो ?”
”होइन ठीक छ । केही चाहिएमा डाकुँला ।”
”हस् हजूर,” फुलेको कपालमा ढाकाको चुच्चे टोपी ढल्काउँदै ऊ जान्छ । मैले आज बेलुकाको एउटा ठूलो पार्टीको निम्ता सम्झन्छु । ठूला–ठूला मनिस आउछन्ँ त्यहाँ । ठूला–ठूला कुरामा बहश चल्छन् । यस्ता कुरामा म पनि प्रतिष्ठित मानिएको छु । शहरमा कतै यस्ता ठूला कुरा भए कि मलाई निम्ता नआई छाड्दैन । मैले यस्ता सभा, भाषण, पार्टीमा गएर बोल्नुपर्छ । त्यहाँ विव्दान र नामी अनुभवी मान्छेहरू हुन्छन् । ती सबैको बीचमा मेरो पनि मान हुन्छ । मेरो योग्यताको कदर हुन्छ.... ।
त्यस बेलामा मलाई यस्ता सभा, भाषण र पार्टीको नाम थाहा थिएन । न त मलाई कही कसैले निम्ता गर्थे । न त म जान सक्थेँ, बोल्न सक्थेँ । गाउँमा यस्ता कुरा हुँदैनथे । त्यसैले देख्न सम्म पाउँदैनथो । यस्ता ठूला कुरा भनेकामा कहिलेकहीँ रामायण, महाभारतका नाच हुन्थे । ती नाचहरूमा मैले पनि भाग लिन्थेँ.... ।
मेरा दिनहरू गाउँले साथीभाइहरूसँग गुच्चा खेलेर, खोपी खेलेर, तास खेलेर, पौडी खेलेर वा डण्डी बियो खेलेर नै बित्थे । म फाँट–फाँट बारी–बारी दगुर्थेँ र कहिले बाँसको पांग्रो बनाएर गुडाउँदै हिँड्थेँ । यसरी खेल्दा साथीभाइसँग झगडा पर्दथ्यो र उनीहरूसँग म डराउँथेँ । हामीमा एउटा बदमास साथी थियो जसले जो कोहीसँग झगडा गर्यो कि आप्mनू अगाडि जे छ, ढुङ्गो, मूढो वा अरू जे होस् चीज पायो कि खप्परमा वा शरीरको अन्यत्र भाग जहाँ होस् बजाइदिइहाल्थ्यो । । यसैले सबै ऊदेखि डराउँथे । मलाई पनि धेरैचोटि उसले ढुङ्गा मूढाले हान्न खोजेको छ र म दैडिएर घरतिर भागेको छु, केही नलागे टोकिदिएर मासुको चोक्टै निकालिदिन्थ्यो.... ।
स्कूलछुट्टिको दिन घर बस्दा गोठालो जानु र दिनभरि हिलो खेतमा लौरी गाडी खेल्नुमा यसै पनि आनन्द थियो । झन् त्यसमाथि गोठालोमा आकर्षणका केन्द्र तीनवटी केटीहरू थिए । यसैले स्कूल जानुनपर्ने दिन गोठालो जानुमा मेरा आप्mनै दाजुभाइसँग हानाथाप पर्दथ्यो । तर गोठालो गए पनि मेरो काम भने ती तीनवटी केटीहरूलाई मनपरी गाली गर्नु थियो । कारण, मेरो बानी–व्यहोराबाट उनीहरू मलाई रुचाउँदैनथे र अर्कोतिर म भने उनीहरूलाई गाली गरेर वा अरू किसिमले तर्साएर नै नजीक बनाउन चाहन्थेँ । तर उनीहरू कहिल्यै मेरो नजीक भएनन् । कुनै दिन मैले उनहिरूलाई क्वाँ क्वाँ नै रूवाइदिएको छु र उनीहरूका दाजुभाइले मलाई कुट्न आउँदा मैले फाँटैफाँट भाग्नुपरेको छ.... ।
त्यस बखतमा केटीहरूको इच्छाबाट म त्यति लालायित थिएँ भने आज केटीहरूप्रति म वाक्क् भएको छु । मेरो घरमा आप्mनै राम्री स्वास्नी छ । रहरलाग्दा छोरा र छोरीहरू छन् तैपनि शहरका अति राम्रा र धनाढ्यका छोरीहरू मेरो नाम सुन्नासाथ मलाई भेट्न मरिमेट्छन् र अनेक चिट्ठीहरू पठाउँछन् । ती चिट्ठीहरू मेरी आप्mनै स्वास्नीले पढी मलाई सुनाउँछे र हामी दुवै जना चिट्ठीका कुरालाई लिएर बेस्करी हाँस्छौँ.... ।
रेष्टुराँमा ग्राहकहरूको आवत–जावत चली नै रहेको छ । कफीको घुट्कासँगै चुरोटको धुवाँलाई मैले फुकी नै रहेको हुन्छु । ग्राहकहरूका अगाडि काँटा, चम्चा र प्लेटका आवाजहरू आइरहन्छन् । ब्वायहरू हस्याङफस्याङमा यताउति आप्mनो आप्mनो काममा लागिरहेका हुन्छन् । काउण्टरमा बसेको रेष्टुराँ मालिक बील लेख्दैमा व्यस्त देखिन्छ । मैले खल्तीबाट आकर्षक वालेट झिक्छु र त्यहाँभित्रका नोटहरूलाई हेर्छु । नोटहरू यथावत् छन् । कहिल्यै सिध्दिदैनन् । आज सिध्दिन्छ भने भोलि फेरि भरिइन्छ.... ।
बेपारमा लक्ष्मी बस्छिन् भन्ने कुरा साँचो हो । अनैतिक बन्नुपर्दैन । सोझो आप्mनो बुध्दि र परिश्रमले पनि बेपारमा नाफा हुन सक्छ । खोइ ! मलाई यसै गरी भएकै छ । मैले कहिल्यै त्यस्तो बेइमानी काम गरिनँ । शायद मेरो यही ईमान्दारीले पनि होला अन्तर्राष्ट्रिय बजारमा समेत मेरो बेपारले प्रभाव पारेको छ र स्थान पाएको छ । ठूला ठूला कम्पनीमा, हो ! यस्तै ईमान्दारिता चाहिन्छ । नत्र भने कम्पनी फेल हुन सक्छ । मैले पनि धन कमाउने उद्देश्यले त्यस्तै बेइमानी गर्न थालेको भए आजको मेरो ख्याती असम्भव थियो । म फलानो एण्ड कम्पनी....को नाउँले प्रशिध्द हुने थिइनँ ।
जब मैले सो–है वर्षको उमेरमा म्याट्रिक पनि पास नगरी महीनाको तीस रूपियाँ आउने जागीर खाएँ मेरो बाले मलाई ‘जागीर नखा’ भनी भन्न सक्नुभएन । पहिलो महीनाको तलव स्वरूप मैले बाको हातमा दश रूपियाँ राखिदिएँ । मेरो बालाई मेरो त्यति सानै उमेरको कमाई लिन अप्ठेरो लागेको कुरा मलाई थाहा छ । तर पनि लिनुभयो र उहाँलाई लागेथ्यो, “अब मेरो छोरा पनि आपैmँ कमाउन सक्ने भयो र पछि गएर यसले मलाई सुख दिनेछ” भनी उहाँको अनुहारमा देखिएको त्यो खुशीको लहरलाई आज पनि झल्झली देखी नै रहेको छु । अपशोच छ ! आज मेरो बा यस संसारमा हुनुभएन । मैले उहाँलाई सुख दिन नसकिकन नै उहाँ बित्नुभयो । मलाई त्यतिविधि माया गर्ने बा, मेरो पुरुषार्थ हेर्न खोज्ने बा र ‘बाको केही गरी मृत्यू भैहाल्यो भने मैले के गर्ने होला ? कसो गर्ने होला ?’ भनी आकस्मिक भयको चिन्ता लिई डराइरहने म, आज बाले न मेरो पुरुषार्थ देख्न सक्नुभयो न त मैले बाको मृत्यूमा डराउनुपर्ने अवस्था आयो । बरु मृत्यूको अन्तिम घडीमा बाले मलाई देख्न पाउनुभएन र मैले पनि बालाई देख्न पाइनँ । मृत्यूको तीन महीनापछि मात्र मैले उहाँको सम्झनामा केवल एक दुइ पटक दुइ चार थोपा आँशु झारेँ.... ।
जागीर खानुसँगै मैले पढ्दै गएँ । तर मैले पढेकोमा मेरो जागीरका हाकिम भनाउँदाहरू र जागीरभित्रैका साथीभाइ समेतले मेरो पढाइमा बाधा हाल्ने धेरै कोशिश गरे । यहाँ सम्म कि चौबीसै घण्टा रक्सी खाई रहेको जस्तो राता राता आँखा भएको र बिहान १० बजे अड्डा आइपुगेदेखि बेलुका ५ बजे सम्म मेचमा बसी टाउको झुलाई निदाइरहने हाकिम र त्यो भन्दा मुनिको अर्को एक जना कोखामा समेत दाँत हुने जस्तो सहायक हाकिम मिली मलाई सधैँभरिको लागि जागीरबाट खोसिदिने कार्वाही गरे । तर एक जना तीभन्दा पनि माथिल्लो तहको अड्डामा बसेका हाकिमले ममाथि दया गरेर मेरो जागीर केही हुन पाएन न त मैले पढ्नु नै छोड्नुपर्यो.... ।
साथीभाइहहरू पनि त्यस्तै मूर्ख थिए । पढेका कोही थिएनन् । जो पढ्न नसकी र बदमास काममा लागी हिँडेका छन् त्यस्तै त्यस्ता मात्र थिए । तलका कर्मचारी छाडौँ, राणाका पालाका सिपाहकिो पदोन्नति हुँदै आएर अहिले त्यस बखतमा माथिल्ला दर्जाका हाकिम बनेका थिए भने उनीहरूबाट मैले के कदर पाउन सक्थेँ ? ती साथीभाइ, ती हाकिम र त्यो जागीरबाट मैले आपूmलाई घृणित पाएँ.... ।
कपको कफी आधा हुन लागेको छ । अहिले आएर मैले त्यसमा चिनीको मात्र कम पाउँछु । भाँडोबाट एक चम्चा अलि नभरी चिनी हालेर चलाएपछि मात्र कफीमा केही स्वाद आउँछ । म अगाडिको ग्राहकले कर्दले कट्लेट काट्दैछ । त्यो काट्दा उसलाई रिकापीबाट उछिट्टिएला भनीे मुस्किल परिरहेको छ । यस्तो बखतमा हाँस्नु सभ्य मानिस गनिन्न तापनि आप्mनो असभ्यपनमाथि म आपैmँमा हाँसिदिन्छु । एउटा ब्वायले म एक्लै आपूmमा हाँसेको देखेर ऊ पनि हाँस्छ र हाँस्दै परतिर जान्छ । यस घटनामा मलाई रमाइलो लाग्छ । उसलाई डाक्छु र पाकेटबाट पाँचको नोट झिकी हातमा थमाइदिन्छु । ऊ आश्चर्य मान्छ र लिन हिच्किचाउँछ । । नोटलाई उसको मुठीमा बाँधिदिन्छु र लिई जान आज्ञा दिन्छु । ऊ मलाई फर्किँदै हेर्दै भान्साघरतिर जान्छ । म अर्को घट्को कफी पिउँछु ।
हिजो मात्रै पनि मेरो पहिलेको जागीरको मभन्दा माथिको एउटा कर्मचारीसँग भेट भएथ्यो । उसले मलाई राम्ररी पनि हेर्न सकेन र अलिक टाढा पुगेपछि मात्र पछाडि फर्केर हेर्यो । त्यस बेलाका साथीभाइ पनि त्यस्तै छन् । मैले आपूmले नै बोलाई कुरा गर्दा पनि हच्कन्छन् । कोहीले चाहिँ मेरो उन्नतिमा तारीफ गर्छन् र धन्यवाद दिन्छन् । सधैँ रक्सी खाएर अड्डा आउने जस्तो त्यो हाकिम मैले जागीर छोडेका लगत्तै पछि नै भ्रष्टाचारमा परी खोसिएको छ । कोखमा दाँत हुने जस्तो चाहिँ अहिलेसम्म अरू नै अड्डामा जागीरे छ क्यार । साथीभाइले पनि धेरैले त्यो जागीर छोडिसके । त्यसैमा बस्नेहरूको सोर्ह–सत्र वर्षको बीचमा भर्खर एक तहसम्म मात्र पदोन्नति भएको छ.... ।
जागीर नखानुमा मेरो लागि मुस्किल बनिसकेको थियो । मेरो परिवारबाट पढाइमा मद्दत हुन सक्दैनथ्यो । त्यसैले मैले अर्को जागीर खाएँ । संयोगको कुरा हो, जागीर पाउन त्यति गार्हो परेन । दोश्रो जागीरमा प्रवेश गरेपछि मलाई कस्तो लाग्यो भने मैले दोश्रो जीवन नै पाएको छु । सबै पढेलेखेका, सबै बुध्दिमान् र उनीहरूको नजीकमा केही छिन बसे पनि धेरे कुराको बुध्दि पाउन सकिन्थ्यो.... ।
मेरो जागीरले दैनिक खर्च र पारिवारिक खर्च पनि बेहोनु पर्दथ्यो । सोर्ह वर्षको उमेरदेखि नै मैले कहिल्यै परिवारको बोझ बन्नु परेन । बरु परिवारकै लागि धेरै मद्दत गरेँ । परिवारप्रतिको मेरो विचार पनि यही थियो र म आप्mनो खुटामा उभिई आप्mनो र परिवारको लागि सहायक सिध्द भएँ.... ।
परिवार बाहेक मैले अरू धेरैको मद्दत गरेको छु । । आज मेरो लागि रूपैयाँ– पैसाको कुनै महत्व छैन । जो आउ म दिएरै पठाउँछु । तर लिनेले कहिल्यै फिर्ता दिन जान्दैनन् । कसकसले कति लिए, कसकसलाई कति दिनु छ सम्झना पनि हुँदैन । बाटा–बाटामा बस्ने माग्नेलाई पनि दिएरै हिँड्छु । सबै माग्नेले मलाई चिनिसकेका छन् र देख्नासाथ धेरै परसम्म पछि लागेर आउँछन् । कमजोर दिल भएर हो कि किन हो यस्तो लाग्छ– कुनै दिन मैले पनि यसै गरी हात थापेर हिँड्नुपर्यो भने मेरो लागि आजको म जस्तो मलाई दिने मानिस चाहिन्छन् । भविष्यको गर्भमा को पस्न सकेको छ र ! आजको मेरो अवस्थाले यस कुराको प्रमाण दिइरहेछ । ‘जसले अरूलाई गर्छ, भगवानले उसलाई गछ’ भन्नेमाथि मेरो विश्वास छ.... ।
एक बेला यस्तो पनि थियो, जब मेरो भतिजा बिरामी भयो । र, उसलाई अस्पतालमा भर्ना गर्नुपर्यो । मरो परिवारको लागि म नै सहारा थिएँ । बाले यी कुरा सुनाउनुभयो । तुरुन्तै एक जना साथीकहाँ पुगेँ र भएको ब्यहोरा सुनाएँ । उसले केही पनि नभनी नाडीबाट घठी फुकाल्यो र स्वास्नीलाई दिँदै भन्यो, “यो घडी लगेर फलानाकहाँ बन्दगी राख र पैसा लेराऊ ।” स्वास्जी उठेर गई र नब्बे रूपियाँ ल्याई मेरो हातमा राखिदिई । त्यही पैसाले बिरामी भतिजाको लागि तुरून्तैको काम टारेँ....।
अचेल पनि त्यो साथीसँग कहिलेकहीँ भेट हुन्छ । जहाँ भेट् होस् केही बेर भए पनि म उससँग भलाकुसारी गर्छु । म उसको गुणलाई कहिल्यै बिर्सन सक्दिनँ । अरू पनि जसले मलाई सानै कुरा भए पनि गुन लाएका छन् तीप्रति कृतघ्न बन्न मैले कहिल्यै जानिनँ.... ।
रेष्टुराँमा बजेको संगीतको स्वर चर्किन्छ । यो चर्किँदो स्वर कुनै ग्राहकलाई मन पर्दैन भने कुनैलाई पर्छ । कोही यही संगीतको तालमा बिस्तारै सुर मिलाई टाउको हल्लाउँछन् र कुनैको मुखबाट गीतको आवाज निस्कन्छ । ब्वायहरू फेरि पनि आप्mनो आप्mनो तोकिएको टेबुलमा व्यस्त देखिन्छन् । कुनै टेबुलमा कुनै ग्राहकको लागि धेरै भयो ब्वाय देखा पर्दैन । जुन टेबुलमा ब्वाय आएको छैन यहाँ बसेको ग्राहकले टेबुलमा आष्टे« ठटाउँछ र उसलाई डाक्छ । खाँदै गरेका ग्राहकहरू त्यतातिर हेर्छन् । ऊ अभैm टेबुल ठटाइरहेको छ । काउण्टरमा बसेको रेष्टुराँ मलिकले घण्टी बजाएर ब्वायलाई उपस्थित गराउँछ र गाली गर्छ । ऊ भन्छ, “के गर्नु हजुर ! गर्दैछु भ्याउदिनँ ।”
दोश्रो जागीरले पनि मलाई सन्तुष्टि मिलेन । जागीरको पैसाले मैले आप्mनो र परिवारको लागि पुर्याउन सकिनँ । बदलिँदो समयमा मेरा आवश्यकताहरू पनि बढ्दै गए । पछिको लागि अरू केही बन्दोबस्त गर्ने कुरा त छाडौँ, दैनिक गुजारा नै चलाउन मुस्किल पर्यो ।
आखिर सोझो जागीरबाट कसले के बन्दोबस्त गर्न सकेका छन् र मैले सकूँ ! सुन्न त सुनेका थिएँ फलानाले जागीरकै बेलामा तेर्ह चौधवटा घर बनाए रे । फलानाले जागीर खोसिएपछि चार–पाँचवटा मोटर किनी भाडामा राखे रे । तर मैले भने त्यस्तो गर्न सक्दैनथेँ । त्यसमाथि जागीर जस्तो बन्धन र घृणाको बस्तु मैले अरू देखिनँ । म आपूm सधैँ स्वतन्त्र बन्न चाहन्थेँ र व्यक्तिगत स्वतन्त्रताको पक्षमा म सधैँभरि रहनेछु । मैले जागीरदेखि स्वतन्त्र हुन चाहेँ । तर एउटा अरू कुनै बाटो अपनाउनु अनिवार्य थियो । त्यसैले केही पैसा जोरजाम गरी एकजना साथीसँग मिली एउटा सानोतिनो बेपारमा लागेँ । त्यस बेलासम्ममा मैले उच्च शिक्षा प्राप्त गरिसकेको थिएँ । अरू बाहिरी क्रियाकलापमा पनि म दक्ष थिएँ । मेरो बेपार बढ्दै गयो र आज अन्तर्राष्ट्रिय बजारमा समेत मेरो कम्पनीले स्थान प्राप्त गरेको छ.... ।
अहिले म केमा कम छु ? मेरो देशका औलामा गन्न सकिने धनी वर्गको दाँजोमा म एउटा छु । मेरो ठाँटबाटबाट सामन्ती परिवारको छोरो जस्तो देखिन्छु । शहरछेवैको अग्लो र खुला ठाउँमा भव्य घर छ । यो घरमा पस्दा मलाई जहिले पनि गाउँको पुरानो घरको सम्झना आउँछ । कोठामा पस्दा आधा शरीर पुड्क्याउनुपर्ने ढोका, टाउकोसम्म छिर्न सक्ने भ्mयाल र मभरिको कोठा देख्दा सारै नरमाइलो लाग्थ्यो र बालाई सुनाउथेँ, “पुरुषार्थ गर्दै गइस् भने तँ आपूmले नै ठूलो घर बनाउलास् नि !” यसो भनी बा मलाई हौसला दिनुहुन्थ्यो.... ।
हो ! आज यो घर मात्र होइन घरभरिका नोकरचाकर छन् । सवारीको साधनमा मोटर, मोटरसाइकल छ । जहिले जहाँ जान जुन मन लाग्छ त्यही चढेर हिँडिदिन्छु । खानको लागि विदेशबाट फलपूmलहरू झिकाउँछु जब कि कुनै बेला मैले भोकभोकै पनि सुत्न परेको थियो.... ।
कफी सिध्दिनै लागेको छ । अब त चीसो पनि भइसकेको छ । तर चीसो हुनुसँग मालई मतलव छैन । चीसो भए पनि खाने बानी मैले विदेशमै सिकसकेको छु । त्यसै बेलादेखि मात्र मेरो कफी खाने बानी बसेको हो । त्यसअघि म चिया मात्र खान्थेँ । र, कुनै बेला मैले कफीको नामसम्म सुनेको थिइनँ र एकचोटि मेरो आफन्तको मानिसले साथीसँग बसी कफी खाएको कुरा गर्दा मैले सोधेथेँ, “कफी कस्तो हुन्छ ?” उनले भने, “चिया जस्तै पिउने कुरा हो.... ।”
आज मलाई सम्पूर्ण कुराको ज्ञान छ र पनि म अज्ञानी छु । म सधैँ अज्ञात केही न केही कुराको खोजी गरिरहन्छु । थाहा छैन त्यो चीज के हो र केबाट मलाई सतुष्टी मिल्छ । मलाई सधैँ केही कुरो नपुग भइरहन्छ । मेरो ज्ञान र मेरो भौतिक आर्जनले सधैँ छटपटि दिएको छ, असन्तोष दिएको छ । जति म नपुग कुराहरूलाई पूरा गराउँदै जान्छु उति नपुग हुँदै जान्छ । मेरो मन सधैँ रित्तो रहेको छ, शान्ति विना । मेरो मुटु सधैँ हल्लिएको छ त्रस्त विश्वको माझमा । म शान्तिको खोजीमा हिँड्छु । तर कतै कहिल्यै पाउँदिनँ .... ।
बाँकी कफी सिध्याउँछु र बीलको प्रतिक्षा पनि गर्दिनँ । त्यही टेबुललमाथि एउटा नोट, कुन्नि कति रूपैयाँको हो, राखिदिएर सरासर रेष्टुराँको ढोकाबाहिर निस्कन्छु । आजको मेरो त्यस्तो हतारको व्यवहार देखेर रेष्टुराँ मालिक पनि जिल्ल पर्छ र सिढीँमुनिसम्म मलाई हेर्दै गरेको हुन्छ ।
कुन बेला गाउँ पुगुँजस्तो हुन्छ । त्यो खोला, खोलाको तिरको लामो बाटो, वरपरका डाँडा र फाँट–खेतहरूले मलाई हिजोको दिनको सम्झना गराउँछन् । कति स्वतन्त्र थिएँ म त्यस बेला ! कति सुखी थिएँ म ! मेरा इच्छाहरू सीमित थिए । म सुखी थिएँ । हास्दै दोड्दै र खेल्दै त्यहीँ नै रमाउँथेँ । त्यहीँ नै लड्थेँ । मलाई चोटपटक थाहा थिएन । पीर चिन्ता थाहा थिएन । असन्तोष, माया र घृणा थाहा थिएन । मैले तिनै डाँडा र फाँटमा यो विश्वलाई नै समेटेथेँ र त्यहीँ मेरो संसारको म राजा थिएँ.... ।
गाउँ पुग्छु । गाउँको चउरमा केटकेटीका खेल्ने साथीभाइ अभैm गोठालो लागिरहेका हुन्छन् र तास खेलिरहेका हुन्छन् । अब उनीहरूमा केटाकेटी अवस्थाको होइन, प्रौढा अवस्थाको उमेर आएको छ र पनि उनीहरूको लागि केटाकेटीपन छ । व्यवहारमा गाउँकै सोझोपन छ । उनीहरूको लागि केटाकेटीदेखिको त्यही चउर र त्यही गाउँ प्रिय छ । त्यही हाँसो र त्यही ठट्टा रमाइलो छ । उनीहरूमा चिन्ता र असन्तोषको केही चिन्ह देखिन्न न त यो त्रस्त विश्वमा डराएका देखिन्छन् । ज्ञान र विज्ञानसँग उनीहरूको सम्बन्ध छैन । सम्बन्ध छ त आप्mनै खेतीपाती, वस्तुभाउ र परिश्रमसँग.... ।
सबभन्दा पहिले त म त्यसै ठाउँमा जान्छु र उनीहरूको छेउमा बस्छु । मेरो अगमनमा उनीहरू वास्ता गर्दैनन्, आप्mनै ठट्टा र हाँसोमा उनहिरू खेलिरहन्छन् । कसैले मेरो अनुहारमा हेरी फिस्स हाँसिदन्छन् र कसैले मेरो गाउँ फर्किनुमा आश्चर्य प्रकट गरिटोपल्छन् ।
“म पनि तिमहिरूसँग खेल्छु, खेलाउँछौ ?” अकस्मात्को मेरो यस प्रश्नमा उनीहरूलाई अप्ठेरो लाग्छ र अनुहार केही चलमलाउँछ । फेरि भन्छु, ”हो ! म पनि खेल्छु ।”
“हुन्छ आऊ,” उनीहरूले मलाई बस्ने ठाउँ राम्ररी नै छोडिदिन्छन्र म खेल्न थाल्छु । धेरैचोटि खेल हुँदा पनि मैले जित्न सक्दिनँ र उनहिरू हाँस्छन् र भन्छन्, “खोइ ! तिमी त हार्यौ ।”
“हो ! मैले हारेँ.... !” भन्छु र उनीहरूसँगै म पनि हाँस्छु.... ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 27 आश्वीन, 2069

लेखकका अन्य रचनाहरु