शत्रु

- नारायण तिवारी

तासको खाल जमिरेहेको छ । हरियाको हात मालिकको खुट्टामा छ, पैतालामा छ । घरीघरी मालिकको पिठिउँमा हात पु¥याउँछ हरिया र आफ्नो हातलाई भरिसक्के नरम तुल्याउँदै मालिस गर्दछ ।
“एइ मोरा ! खालास् लात्ताले, अलिक बिस्तारो गर् !” मालिकको गर्जनलाई हेक्कामा राख्छ हरिया र लात खानबाट बच्ने प्रयत्नमा अत्यन्त बिस्तारोसित पैताला थिच्छ, खुट्टा थिच्छ, पिठिउँ थिच्छ ।
“एइ मोरा ! तेरो हातमा बल छैन कि क्या हो ! आइमाईको जस्तो के थिच्छस् ? अलिक जोडले थिच् !” फेरि मालिकको आदेशलाई शिरोपर गर्दै अलिक कडा पार्दछ हातÓ ।
हरिया मालिक जे भन्छन् त्यही गर्छ मानौँ हरिया हरिया नभएर स्वरचालित मेसिन हो जो मालिकको जस्तो स्वर त्यस्तै क्रिया उत्पन्न गर्न सक्षम छ । तर ‘स्वरचालित’ हरियाले कहिलेकाहीँ धेरै स्वरहरूको इच्छापूर्ति गर्नुपर्दछ । जस्तो कि मालिकका ठेट्ना छोराहरू सहरबाट गाउँ आउँछन् र अनेक स्वर उत्पन्न गर्दछन् । ती सबै स्वरहरू मानौँ स्विच हुन् जो हरियामाथि थिचिएका हुन् । हरियाले ती स्विच थिचिएपछि ‘क्रिया’ उत्पन्न गर्नुपर्दछ । कहिले दिसा गर्न जाँदा लोटा बोक्ने क्रिया, कहिले नुहाउन थाल्दा कल चलाइदिने, पानी खन्याइदिने क्रिया । सिकार खेल्न जाँदा झोला बोक्ने क्रिया । भनौँ न, ती ठेट्नाको गुहु धोइदिनेबाहेक अन्य सम्पूर्ण गर्न हुने–नहुने काम गरिदिन्छ हरियाÓ । त्यही पनि बेलाबेला लात्ती खाने गर्दछ हरिया ।
त्यसो त लात्ती मात्र पनि खाँदैन, ‘दारु’ पनि खान्छ हरिया— कहिले जेठा मालिकसँग, कहिले ठेट्ना मालिकसँग । आज पनि जेठा मालिकले खाल उठिसकेपछि उसलाई दारु खान दिए ।
“बुझिस् हरिया ! तँलाई म गाली गर्छु नि, त्यसभित्र माया पनि छ, बुझिस् ?”
“बुझैछिए हजुर !” हरियालाई पनि दारु चढ्न थाल्छ ।
“हजुर मेरो माइबाप सबै हो, किन नबुझ्ने !” ऊ चाकरीको स्वतस्पूmर्त स्वर बोल्छ ।
“तँ मेरो घरमा यत्रो सानो छँदादेखि बसेको होइनस् ? भन् त, कसले तँलाई खुवायो–पियायो ? तेरो बाबुको छ ताकत ?”
उसले क्षणभर आफ्नो बाबुलाई सम्झियो जो मालिकको हलो जोत्दाजोत्दा टिबी लागेर मरेको थियो । उसको कन्चटमा मानौँ रिसको वेग दौडियो । बाबुको स्मृतिले ऊ बाबुप्रति भावुक बनेन बरु कठोर भयो र बोल्यो— “आपैmँ सकेन खान, के पाल्छ हामीहरूलाई !”
“तेरो यो बलियो मोटोघाटो शरीर मेरै घरको भात लागेर त हो !” मालिक बडो शालीन मुद्रामा दारुको मातसित रम्दै आफ्नो एहसान जताउँदै थिए । हरिया स्वामीभक्त कुकुरका पाराले मानौँ ‘क्वाइँक क्वाइँक’ गर्दै पुच्छर हल्लाउँदै थियो ।
“आज तँ यहीँ भात खाएर जा बुझिस् ?”
“हुन्छ सरकार !”
मालिक धेरै खुसी भएको दिन उसलाई घरमै भात ख्वाएर पठाउँथे ।
त्यो दिन रक्सीले धेरै मातेकाले उसले धेरै भात खान सकेन ।
भात खाइसकेपछि दस पटकभन्दा बढी पटक उसले मालिकको खुट्टा पक्ड्यो र ढोग्यो ।
मालिकले पनि अनेक पटक खुट्टा ढोगेकामा अति प्रसन्न हुँदै “भयो मोरा, भयो” भन्दै गए ।
अन्त्यमा आजित भएर एक लात्ती मजाले जमाइदिए । त्यसपछि मात्र खुट्टा ढोग्न छाडेर ऊ आफ्नो झुपडीतर्पm लाग्यो । उसको आँखामा आँसु थियो । मालिकका अगाडि त चुपचाप थियो तर बाटाभरि ऊ बडबडाउँदै रह्यो— “मालिक हम्रा मार्लके, मालिकले मलाई पिटेÓ !”
स्वास्नी उसको बाटो हेरिरहेकी थिई— स्वास्नीका नजिक त ऊ भक्कानो फुटाएर नै क्वाँक्वाँ रोयो— “मेरो मालिकले मा¥यो !”
स्वास्नी रामवतीले पहिले त आँखा तरी तर फेरि उसको टाउकोमा हात फिराउँदै बोली— “किन जान्छौ त त्यहाँ, नजाऊ न !”
“कथि कर्बे नइँ ज्याके, के हम्रा खाइला देते ?” (नगएर के गर्नु, कसले मलाई खान दिन्छ ?)
“खाइला होइन, पिइएला भन न !” रामवतीले आँखा तर्दै भनी ।
“हो हो ! पिउन कसले दिन्छ ?” हरियाको रुवाइको वेग मत्थर हुँदै थियो तर रुवाइ रोकिइसकेको थिएन ।
“त्यो मालिक होइन, शत्रु हो हाम्रो !” रामवतीले गम्भीर भएर भनी ।
तर यो कुराले हरिया सन्कियो— रुनधुन छोडेर अब त उल्टै स्वास्नीलाई भकुर्न पो थाल्यो ।
“तैँले के देखेर शत्रु भनिस् हँ मालिकलाई ? भन् राँडी ! तेरो आज ढाड नभाँची छाड्दिनँ ।”
रामवती चुपचाप कुटाइ खाँदै रही तर मुखबाट एक शब्द निकालिन । अन्त्यमा थाकेर हरिया आपैmँ ढल्यो । त्यहीँ ढलेकै ठाउँमा केहीबेरपछि हरिया फ्वाँफ्वाँ गर्न थाल्यो ।
रामवती छोराछोरीनजिक गई । छोराछोरीका टाउकामा हात पु¥याई र बल्ल आँखाबाट आँसु झारी । बाबुको आतङ्कबाट ब्यूँझिएका छोराछोरी अवाक् थिए— रुनुपर्ने हो कि होइन— किंकर्तव्यविमूढ थिएÓ !
ड्ड ड्ड
बिहानैदेखि तासको खाल चालू थियो । आज जेठा मालिक मात्र होइन, उनका छोरा मालिक, छोराका साथी मालिक र वरपर गाउँका सज्जनवृन्दहरू क्रमशः आउँदै खालको शोभा बढाउँदै थिए । हरिया पहिले त जेठा मालिककै तलुवा थिच्तै (चाट्तै) थियो तर जेठा मालिकको इसारा पाएपछि साना मालिकहरूको हातखुट्टा मालिस गर्न थाल्यो । त्यसपछि बेलाबेला साना मालिकका साथी मालिकहरूको पनि हातखुट्टा थिचिदिने गर्न थाल्यो । तासको पत्ती फ्याँत्तैm शालीन मुद्रामा जीउ, हातखुट्टा तेस्र्याएर मालिस गराउनु पनि यी मालिकहरूलाई क्या मजा !
तास खेलिरहेको ठाउँदेखि अलि पर आँगनको एक छेउमा कल थियो; कलमा रामवती थिई । रामवती भाँडा मोल्दै थिई, लुगा धुँदै थिई । साना मालिक, साना मालिकका साथी मालिक रामवतीतिर नजर डुलाउँदै थिए— आँखा सन्काउँदै थिए ।
करिब एक–डेढ बजेको हुँदो हो— साना मालिक, साथी मालिकहरू खाल छाडेर उठे ।
“अब हामी सिकार खेल्न जाने !” साना मालिकले जेठा मालिकको आँखामा हेर्दै बोले ।
सिकार त के भुत्रो खेल्थे— जङ्गल भए पो सिकार खेल्नु ! यसो झाडी, पोथ्रापोथ्री भएतिर चराचुरुङ्गीहरूको सिकारचाहिँ खेल्ने नै परे । जेठा मालिकले हरियालाई अराए— “तँ जा उनीहरूको टहल गर् !”
त्यसपछि लागे सबै सिकार खेल्न । बाटामा साथी मालिकले साना मालिकलाई सोधे— “त्यो अघि आँगनमा भाँडा माझ्ने आइमाई?”
साना मालिकले सङ्केतले चुप लाग्न भन्दै बीचैमा बोले— “त्यो त हाम्रो हरियाकी स्वास्नी हो, राम्री छ नि मोरी, हगि ?”
हरियाले आफ्नी स्वास्नीको रूपको प्रशंसामा खुसीसाथ आँखा तल झुकायो तर प्रशंसाभित्रको दुराशयको चाहिँ उसले सम्भवतः भेउ पाउन सकेन वा भेउ पाएर पनि अरूले स्विच थिच्दा चल्ने ऊ बहिरो बन्यो ।
“एइ हरिया ! छोड् सिकार, आज बसेर मजाले दारु खाऔँ !”
हरियाको मुखबाट पानी आयो । जेठा मालिकले लात्ताले गोदेपछि र उसले स्वास्नीलाई भकुरेको दिनदेखि आजसम्म उसले दारु मुखमा लगाएको थिएन । धेरै दिन भएकाले उसलाई पनि तलतल लागेको थियो ।
उनीहरू हिँड्दाहिँड्दै भीमपुर चोकमा पुगे । अरू चीज नपाउन सक्छ तर दारु नपाउने ठाउँ हाम्रो नेपालमा सायदै कहीँ होला । साना मालिकका साथी मालिकको निधारमा यो चिन्ता देखिए पनि समाधान तुरुन्तै भेटियो । भीमपुर चौकमा दारुका घरेलु पसलहरूको कमी थिएन । पसे एउटा घरेलु पसलभित्र !
अरू पसलमा होस्नहोस्, दारुपसलमा बिक्रेता केटीहरू बसेकै हुन्छन् हाम्रो नेपालमा । साना मालिक, साथी मालिक, हरिया सबैसबैले दिल खोलेर खाए रक्सी, मासु । मालिक खाल केटीहरूसित ठट्टा गर्न, केटीहरूका हात समात्न, मौका परे अर्थोक पनि समात्ने प्रयत्नमा लाग्दा भए । हरिया भने दारुको हरहर मेट्नमा तल्लीन थियो । मालिकहरू आज हरियाप्रति अलि बढ्ता नै उदार बनेका थिए । आपूmहरूले संयमपूर्वक पिए पनि हरियालाई धोक्नसम्म धोक्न दिनबाट रोकेनन्, बरु प्रेरित गर्दा भए ।
साँझसाँझ प¥यो, उनीहरू उठेनन् । रातरात प¥यो, उनीहरू उठेनन् । होला करिब नौ बजेतिर मात्र उनीहरू उठेका !
“एइ हरिया ! तँलाई धेरै लागेछ, हिँड् हामी पु¥याइदिन्छौँ ।” हरिया लल्याकलुलुक थियो— एउटा खुट्टा यहाँ अर्को खुट्टा उहाँ टेक्थ्यो । साना मालिक र साथी मालिकहरूले पालैपालो हरियाको पाखुरा पक्रिएर डो¥याए ।
हरियाको शरीर मात्र शिथिल थियो, हृदय शिथिल थिएन । त्यसैले ऊ भावुक हुँदै बोल्दै थियो— “मालिक ! आहाँ सब हम्रा खूब माया करैछिए । और रहतिए त हम्रा छोड् देतिए । अहीँ सब छिए जे हम्रो बोएक के घर पुँगादेइछिए !”
रामवतीले टाढैबाट देखी हरियालाई । साना मालिक, साना मालिकका साथी मालिकहरूले हरियालाई मानौँ घिसार्दै छन्— रामवतीले देखी ।
‘आज पनि धोकेर आयो ।’ रामवती चिन्तित थिई ।
“एइ हरिया ! तेरो घर आइपुग्यो ।” साना मालिकले बोले । साना मालिकले रामवतीलाई निलुँलाजत्तिकै गरी हेरे । रामवतीलाई डर लागेन । जसरी लोग्नेले उसलाई पिट्दा उसमा प्रतिक्रिया उत्पन्न हुँदैन त्यसै गरी मालिकको डरलाग्दो हेराइमा पनि ऊ प्रतिक्रियाविहीन थिई ।
“ला, तेरो लोग्नेलाई सुता ।” हरियालाई झुपडीभित्र साना मालिकले नै डो¥याए । साथसाथै डो¥याउने रामवतीलाई पनि च्याप्तै थिए साना मालिक !
साना मालिकका साथी मालिक पिँढीमा बसे जहाँ हरिया र रामवतीका छोराछोरी पनि सुतिरहेका थिए ।
भित्र हरिया उत्तानो पल्टियो । उसका आँखा खुला थिए । बोल्दाबोल्दा उसको स्वर नातागत मधुरो भइसकेको थियो । उसले जे बोले पनि कसैले सुन्न सक्ने अवस्था थिएन । साना मालिक रामवतीमाथि सवार भइसकेका थिए । रामवती पुनः प्रतिक्रियाविहीन थिई र घरीघरी हरियाको आँखामा आँखा गाडेर हेर्दथी, मानौँ सोध्न खोजिरहेकी होस्— ‘भन ! तिम्री स्वास्नी लुटिँदै छे— तिम्रो मालिक शत्रु हो कि मित्र हो ? भन, किन बोल्दैनौ— तिम्रै अगाडि तिम्रो स्वास्नीको बलात्कार हुँदै छ ! अझै किन जाग्दैनौ ?’

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 6 आश्वीन, 2069

लेखकका अन्य रचनाहरु