ज्यानमारा

- विश्वम्भर चन्चल

ऊ ज्यानमारा थिएन । मानिसहरूले उसलाई ज्यानमारा भने । शहर, गाउँ टोल छिमेक गरी जताततै खबर पैmलियो । पत्रिकाहरूले उसले ज्यान मारेको खबर छापे । तर ज्यान मार्नाको कारण थाहा हुन सकेन । पुलिस तथा सि.आइ.डि. का मानिसहरूले यसको छानविन गर्दै रहे ।
ज्यानमारा डेराबाट भाग्यो । उनै पुलिस तथा सि.आइ.डि का मानिसहरू उसको पछि लागे । ऊ एक ठाउँबाट अर्को ठाउँ भाग्दै हिँड्यो, लुक्दै हिँड्यो । ‘जहाँ गए पनि उसलाई पक्रिन खोज्नेहरू छ्याप्छ्याप्ति छन्....,’ ऊ यसैमा डरायो ।
”भाग् यहाँबाट,” उसका हितैषीहरूले सल्लाह दिए । कोहीले उसलाई दुई चार दिन आप्mनो घरैमा पनि लुकाए । त्यसपछि कसैले आँट गर्न सकेनन् । आपूm सुध्द ज्यानमारामा मुछिने सम्भावना उनीहरूले देखे । सामथ्र्य कसैमा आएन । सल्लाह दिन पनि डराए र कोहीले शंका पनि निकाले, “होइन, घरपट्टि बूढीको ज्यान यसैले मारेको पनि हुनसक्छ !”
ऊ अलपत्रमा पर्यो । शहरको चारैतिर पुलिस र सि.आइ.डि हरू.... ।
मुग्लान् पसोस् भने पनि सिमानामा खबर पुगिसकेको छ यस्तो यस्तो खालको मानिस ज्यानमारा हो र उसलाई त्यहीँ पक्रिराख्नू । ल भैगो मुग्लान् नै पसूँ भने पनि हाम्रो सरकारले मुग्लान सरकारलाई खबर गरिदिने छ र त्यहाँ पनि मेरो खोजी हुने हुन थाल्ने छ,” उसले यही कुरा सोच्यो । मुग्लान भाग्न पनि सकेन ।
“रूप बदलेर भाग्,” एक मन उसमा लाग्यो । यसमा ऊ झन बढी डरायो । यसरी भाग्ने प्रयत्न गर्नु कानूनको दृष्टिमा झन् ठूलो अपराध ठहरिने भयो ।
शहरमा ज्यानमारेको चर्चा जताततै चलिरह्यो । कहिले, किन र कसरी ? भन्ने पत्तो लाग्न सकेन । ‘कसल’े भन्ने कुरामा चाहिँ घरमा डेरा गरी बस्ने मानिसले भन्ने मात्र भयो । एक दुई जना बाँकी रहेका हितैषीले सुनाए, “जाऊ आपूmले नै गएर पुलिसमा रिपोर्ट गर र भन यो ज्यान मार्ने म होइन यसको राम्रो छानविन होस् ।”
ऊ यो कुरा मान्न राजी भएन । सरकारी कानूनदेखि ऊ अताल्लियो । ‘होइन’ भनेर ज्यान फालोस् तर कानूनले उसरलाई छोड्ने थिएन । कि देखाउन सक्नुपथ्र्यो अरूलाई । देखावोस् कसलाई ? घटनाबारे उसलाई कुनै थाहा थिएन । बिहान नौ बज्दा डेराबाट निस्किएको आपूm जब बेलुका दश बजे डेराभित्र पस्यो घरपट्टि बूढीको लासलाई रगतमा मुछिएर लडिरहेको देख्यो । अनि तुरुन्तै पुलिसको आगमनलाई उसले थाहा पायो । डरले थरथर काँप्यो । पुलिसको घेराबाट उम्कन पछाडिको भ्mयालबाट भाग्यो ।
पुलिस....ठाना....नेल....हतकडी.... उसको आँखा अगाडि अनिवार्य रूपमा देखा परे । ऊ यी सबैबाट कहाल्लियो । कुनै मन लाग्यो आखिर दोषी एक दिन पक्रिहाल्छ र म यी सबै कालचक्रबाट मुक्त हुनेछु । ‘तर कहिले ?’ भन्न सकेन र त्यस अगाडिको कानूनबाट नै भयमुक्त पार्न सकेन । । जहाँ गए पनि आपूmलाई ज्यानमाराकै रूपमा पायो । जो, जुन साथीले र इष्टमित्रले केही पछिसम्म उसमाथि सहानुभूति राखेथे, पुलिसमाथि आत्मसमर्पण नगरेकोमा यिनीहरूको दृष्टिमा पनि ऊ ज्यानमारा भयो । तिनै मध्येकाले कुरा थपे, “नत्र किन ऊ त्यसरी भाग्थ्यो ? ठानामा गएर भएभरको कुरा भनिहाल्थ्यो नि ! के हुन्थ्यो र ! दुइ चार दिनको दुख पाउँथ्यो त्यत्ति हो नि !” जुन हितैषीहरूको सहराले केही दिन भए पनि त्यस शहरमा लुकेको थियो सबैले उसलाई साथ दिन छोडे । तर त्यो दुख र त्यो दोषलाई मानिसहरूले आपूmमा परेको ठानेनन् । आपूmलाई परेको भए थाहा हुन्थयो यसरी निर्दोष ज्यानमारा भएर हिँड्न कति गार्हो हुँदोरहेछ ! सोच्यो– अँगार नखाई म किन कालो हग्न जाऊँ पुलिसको सामुन्ने ? अनि ऊ एक दिन शहरलाई छोडेर गाउँतिर पस्यो ।
गाउँ पसेर पनि सुख पाएन । पुलिस र सि.आइ.डि. का मानिसहरू शहरमा जत्तिकै उसको पछि लागेका थिए, थिएनन् थाहा भएन । ‘तर भित्ताको पनि आँखा र कान हुन्छ’ भन्ने जस्तै उसलाई लाग्यो । एउटा नौलो मानिसलाई आप्mनो गाउँमा देखेर गाउँका मानिसले अनौठा गरी हेरे । सबैको हेराइमा उसले आपूmलाई चिनेभैmँ ज्यानमाराको रूपमा पायो । कसैको अगाडि पर्न सकेन र गाउँमा पनि मानिसदेखि भागेर हिँड्यो । “के विश्वास गाउँमा पनि सरकारले सि.आइ.डि प्रशस्त छोडिराखेको छ.... । शहरका होइन, गाउँकै मानिस यस्तो काममा नियुक्त गरिएका हुन्छन्.... ।” यही सोच्यो र पुलिस....ठाना....नेल....हतकडी.... बाट झन् भयावह बन्यो । “अहँ, म मान्दिन । कसरी म त्यो निर्दोष सजायँको भागी बनूँ ?” यही निश्चय गर्यो ।
जहाँ गए पनि ज्यानमाराको त्यो कालो छायाले उसलाई छोडेन । जसरी सहरको एक गल्लीबाट अर्के गल्ली र एक टोलबाट अर्को टोल भाग्दै हिँड्यो त्यसै गरी गाउँको गोरेटो, भीर, पाखामा भाग्दै हिँड्यो, लड्दै हिँड्यो । कति दिनसम्म केही खान पाएन । कति दिनसम्म सुत्न सकेन । झण्डै मरणासन्न अवस्थामा पुग्यो । एक गाउँबाट अर्को गाउँ गयो ‘आपूm ज्यानमारा होइन’ भनी मनलाई धेरैपल्ट सम्झायो । अर्को मनले भन्यो, “समाजको दृष्टिमा तँ को होस् ? एउटा ज्यानमारा जसले आमा सरह माया गरेर राखेकी आप्mनै घरपट्टि बूढीको ज्यान मारिस् !”
सम्भ्mयो, “म कसरी ज्यानमारा हुन सक्छु ? खास ज्यानमारा अरू कोही छ, जसको बारेमा राम्रो छानबिन हुनुपर्छ । त्यसपछि म निर्दोष सावित हुनेछु ।”
तर त्यो मुद्दा टुंगो नलागेसम्म ऊ स्वयं ज्यानमारा रहने कुरा अबश्यम्भावी थियो र हुनसक्छ कानूनले निर्दोष सावित भएर पनि पछिसम्म समाजले उसलाई ज्यानमाराकै दोषमा मुछिरहने कुरा पनि प्रायः निश्चित थियो ।
छोडिदेवोस् पछिका कुरा । जब ऊ पुलिसको सामुन्ने उपस्थित हुन्थ्यो वा पुलिस स्वयंले उसलाई पक्रिई लान्थ्यो पत्रिकाहरूले खबर छाप्ने थिए र यसपटक उसको शुध्द फोटो दिने थिए । अनि प्रत्येकले उसलाई ज्यानमाराको रूपमा चिन्ने थिए र ज्यानमारा नै भन्ने थिए । हुन सक्छ मुद्दा किनारा लाग्दा पनि ऊ ज्यानमारा नै सावित हुने थियो । कारण, कानूनमा बयान चाहिन्छ, प्रमाण चाहिन्छ र घरपट्टि बूढीलाई उसले मारेको हाइएन भन्ने प्रमाण नपुग हुन सक्थयो । अनि.... वर्षको कैद सजायँ । ओहो ! झन् भयङ्कर थियो उसको लागि यो सोचाइ.... !
.... ऊ धेरैबेरसम्म चूप लागेको देखेर बूढीले सोधिन्, “ अनि के भयो त बा ? त्यो मानिस कहाँ गयो ? कस्तो दुखि मानिस हगि त्यो ?”
“हो आमै !” उसले कुरा अर्कैतिर लग्यो, “आमैको घरमा घरमा को को छन् आमै ?” भनी घरको वरपर हेर्यो ।
“कोही छैनन् बा,” भनिन्, “चाँडै नै खसम परलोक हुनुभो । छोरा बुहारी थिए बुहारी पनि घाँस लिन जाँदा भीरबाट खसेर गई । त्यही पीरले छोरो विदेशियो । । अहिले लाहुर कि दोर्जलिङ्ग के भन्छन् नि कुन्नि त्यहीँ छ । बेला–बेलामा खबर कागज पठाउँछ । म एक्लैै छु यो घरमा । गाउँको यस्तो एकलासे ठाउँ छ । के ठेगान ! एक दिन आपूmलाई पनि आएर कसैले छ्याप्प पारिदेला भन्ने डर लाग्छ ए बा ! सराँ’ त त्यस्तो हुँदो रहेछ.... ।”
ऊ शंकित बन्यो बूढीको कुरालाई सुनेर । अनुहारको पसीना हातले पुच्छ्दै उनलाई एकपटक निहाल्यो । उनले भनिन्, “तिमी पनि भर्खरैका ठिटा रहेछौ बा सराँ बसी हुर्केका । यस्तो गाउँमा कसरी आइपुग्यौ ? काँ जान लागेका हौ कुन्नि ? निकै थाकेका पनि देखिन्छौ ।”
बूढी अभैm उसतिर सरिन् र आँखामाथि हात राखी ठम्याउन खोजिन् । ऊ झन् पर सर्यो र सोध्यो, “के हेरेकी आमै मलाई यसरी ?”
“किन नि होइन बा । मेरो छोराको झझल्को आयो तिमीमा । ऊ पनि तिमी जस्तै छ...,” सुनाइन् ।
“हो र ?” उसले सोध्यो र डरले अनुहार अर्कोतिर फर्कायो ।
बेलुका भैसकेको थियो बूढी चुल्होमा आगो जोर्न लागिन् र सोधिन्,“तिहुन–तरकारीमा के मीठो लाग्छ बा तिमीलाई ? गाउँको ठाउँ सराँ’ जस्तो मीठो पाइँदैन ।”
“ जे भए पनि हुन्छ आमै,” भन्यो र लामो सास फेर्यो । उसले आज कैयौँ दिनदेखिको थकाईलाई मेट्न पाएको थियो । कैयौँ दिनदेखिको भोक मार्न लागेको थियो । यस अवस्थामा बूढीलाई आप्mनी आमाभन्दा पनि बढी मायालु देख्यो र बितेका दुःखलाई सम्झेर नराम्रो गरी आँसु झार्यो ।
खाने बेलामा बूढीले उस्तै माया देखाइन्, “आनन्दसँग खाऊ बा !” उनले भनिन्, “आज तिमीलाई यसरी खुवाउँदा आप्mनै छोरालाई खुवाए जस्तो लागिरहेछ । दैवसंजोगको कुरा हो । कस्तो भाग्यमानी दिन रहेछ आज मेरो !”
सुत्ने बेलामा पनि उनले उसैगरी माया देखाइन् । ‘आरामसँग सुत बा’ भन्दै जेजस्तो ओढ्ने–ओछ्याउने छ दिँदै भनिन्, “तिमी त्यो कुनामा सुत । म यतापट्टि सुत्छु । के गर्नु ! गाउँको घर । हामी गरीब मान्छे सराँ’ जस्तो ठूलठूला घर भएका धनी मान्छे हुँदैनन् यहाँ । पकाउने, खाने, सुत्ने सबै कुरा सबै कुरा यही एउटा छिँडीमा नै काम चलाउनुपर्छ ।”
एकैछिनमा बूढी निदाइन् । उसलाई भने निद्रा लागेन । ज्यानमाराको रूपमा उसले आप्mने कालो छायालाई त्यहीँ अँध्यारो छिँडीमा पनि देख्यो । अनि देख्यो पुलिस....ठाना....नेल....हतकडी.... । ऊ फेरि भयभीत भयो र शरीर पसीनाले डुब्यो । धेरै कोशिश गर्दा पनि यी सब भय र शंकादेखि आपूmलाई मुक्त पार्न सकेन । ‘संसारभरि म जाहाँ जाऊँ ज्यानमारा नै हुनेछु । पुलिस र सि.आइ.डी. मेरो पछि लाग्नेछन् । म एकदिन पक्रिइनेछु । । तिनै पुलिस....त्यही ठाना....तिनै नेल....हतकडी.... अनि यसरी मेरो भाग्नुको माने के.... ?”
सबै तथ्यलाई उसले आपूmमा स्वीकार्यो । खल्तीबाट सलाई झिकी भ्mवार्र कोर्यो । नजीकैको टुकी बालेर नै छिडीँको यताउति चारैतिर हेर्यो, परको खुकुरी देख्यो । गयो, त्यहाँ गएर त्यो झिक्यो । कालो ध्वाँसै–ध्वाँसोले छोपिएको दाप देख्दा धेरै समयदेखि प्रयोग नगरेको जस्तो थियो । “बूढीले शायद चोर वा डर भगाउन राखेकी होलिन्,” ऊ मनमनै हाँस्यो र अहिले खुकुरी दापबाट बाहिर झिक्यो । धार छाम्यो । लाग्ने देख्यो । अनि बूढीतिर हेर्यो । उनी गहिरो निद्रामा सुतिरहेकी थिइन् । सम्भ्mयो– बूढीले अहिले यो अवस्थामा मलाई देखिन् भने उनले म त्यही ज्यानमारा हो भनी शंका गर्न सक्नेछिन् र डरले कराउनेछिन् । रातको बेला सानो आवाज पनि टाढासम्म सुनिन सक्छ । गाउँलेहरू आउनेछन् र यहीँ यसै अवस्थामा मलाई पक्रिने छन् । म पुग्नेछु तिनै पुलिसको सामुन्ने.... त्यही ठाना.... तिनै नेल....हतकडी.... र अझ दोहोरो सजायँ, दोहोरो ज्यान मार्ने उद्देश्यमा.... । ऊ झन् काँप्यो त्यस अवस्थामा र दापभित्र खुकुरी राख्न खोज्यो, तर एकैपल्टमा सकेन र सोच्यो, “भागूँ यही खुकुरी लिएर र दापलाई यसै खोपामा छोडिदिउँ । यसले मेरो मद्दत गर्नेछ.... ।”
टुकीको उज्यालोमा बूढीको आँखा खुल्यो, कुन समय भयो उनलाई थाहा भएन । अकस्मात्को छिँडीको उज्यालोले डर र आश्चर्य एकैचोटि ल्याइदियो । त्यो बास बस्ने मानिसको पनि याद भएन । डराएर ठूलो स्वरले चिच्याइन्– चो....चोर......चो....र....
हातमा खुकुरी लिएको उसको अगाडि फेरि आप्mनो कालो छाया देखापर्यो । उसले आपूmलाई ज्यानमाराको रूपमा पायो । बूढी जुरमुराउँदै ओछ्यानबाट उठ्न लाग्दा छटक्कै काटिदियो । केही बेरसम्म उनका अङ्गहरू फिटफिटाइरहे । टुकीको उज्यालोमा उनको रगत कालो देखियो । उसले रगत र टुक्रिएका बूढीका दुइ शरीरलाई केही बेर हेर्यो । “अब म सब भय र शंकादेखि मुक्त छु । मैले जे गरेँ स्वीकार्छु र त्यसको सजायँ पनि....,” उसले यही सोच्यो र हातमा खुकुरी लिएको लियै त्यसै बेला गाउँबाट शहरतिर लाग्यो ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 31 भाद्र, 2069

लेखकका अन्य रचनाहरु