लघुकथा लेखन परम्परा र लघुकथा दिवस

- छविरमण सिलवाल

नेपाली लघुकथा लेखन र प्रकाशनले लामो इतिहास पार गरे पनि साठीको दशकमा निकै फस्टाएको देखिन्छ । यस विधाले आफ्नै मूल विधाको रूपमा आकार पाइसकेको छ । व्यस्त मान्छेहरूका दिनचर्याबाट छोटा कथाहरूको माग वढेको हुन सक्छ । एकै वसाइमा जीवनका अनेक रंगहरूसंग रमाउने अवसर मिल्छ लघुकथा मार्फत । यसैैले भन्न सकिन्छ, यस विधाको भविश्य अत्यन्त उज्वल छ । थुप्रै सर्जकहरू लधुकथा लेखन तर्फ उन्मुख भएका पनि छन् । नेपाली लघुकथाले प्रवृत्तिगत दृष्टिले पनि फड्को मारीरहेको देखिन्छ । इतिहास खोतल्दै जाने हो भने यस विधालाई वि.स.२००६ लाई आधार भूमि मान्न सकिन्छ । त्यसपछिका दिनहरूमा क्रमशः विकास र विस्तार भएपनि साठीको दशकमा निकै फस्टाएको देखिन्छ, साथै लघुकथा लेखनमा नविन प्रवृति, प्रविधिसंस्कृतिको प्रयोग र व्यापकीकरण भएको छ । नेपाली लघुकथामा २०५४ अघि थोरै व्यक्तिहरूले मात्र यस विधामा कलम चलाए पनि त्यस पछिका दिनहरूमा भने निकैफस्टाएको देखिन्छ । २०५४ मा पहिलो राष्ट्रव्यापी लघुकथा प्रतियोगिता भएको थियो, त्यसपछिका दिनहरूमा नेपाली साहित्यमा लघुकथाको विशेष चहलपहल शुरु भएको मानिन्छ । वि.स.२०६५ सालमा लघुकथा समाजको स्थापना भएपछि यस विधामा संस्थागत रूपमा विकास गर्ने क्रम वढिरहेको छ । लघुकथासम्बन्धि कार्यक्रम हुने क्रम बढ्दो छ । हालै “नेपाली लघुकथा” नामक पत्रिका पनि प्रकाशन भएको छ । मुलतः यस पत्रिकाको मूल उद्देश्य भनेकै नेपाली लघुकथाका विविध सामग्रीहरूलाई पाठक समक्ष पु¥याउनु नै हो । यस पत्रिकाको सन्दर्भमा लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन यसो भन्नुहुन्छ–“नेपाली लघुकथाको विकास र विस्तारको लागि कुनै प्रकाशन नभएको सन्दर्भमा “नेपाली लघुकथा” को नियमित प्रकाशनले लघुकथा लेखनमा आकर्षण बढाउनका साथै लघुकथाको विकासको लागि माध्यम बन्ने हाम्रो विश्वास छ ।” नेपाली लघुकथाको सन्दर्भ र लघुकथा समाजको बारेमा यस समाजका सदस्य समेत रहनु भएका र निकै उत्कृष्ठ लघुकथा सिर्जना गर्ने लघुकथाकार, नाट्यकर्मि तथा प्राज्ञ कृष्ण शाह यात्रीका भनाइहरू हेरौं–“नेपाली साहित्यमा लघुकथालेखन र प्रकाशनको साठी वर्ष प्रामाणिक इतिहास छ । यतिबेला नेपाली साहित्यमा लघुकथा स्थापित विधाको रूपमा मात्र सीमित छैन, यो सबै भन्दा लोकप्रिय र धेरै पढिने विधाको रूपमा पनि कहलिएको छ । पचासको दशकको आरम्भयता सम्म पनि यस विधालाई छुट्टै विधाको रूपमा मान्यता दिन आनाकानी गरिन्थ्यो । फुर्सदको लेखनी बनाउँथे धेरैले यसलाई । लघुकथा विधाको सीमा र मर्म नै नबुझी कलम चलाइदिन्थे अन्य विधामा स्थापित स्रष्टाहरूले । जसले गर्दा लघुकथा विधाप्रति केही समय अन्योलता थप्ने काम मात्र ग¥यो । तर अहिले स्थिति निकै फेरिएको छ । यसमा प्रतिबद्धतापूर्वक लाग्ने कथाकारहरू बढेका छन् । उल्लेख्य लघुकथाकृति प्रकाशित भइरहेका छन् । लघुकथामाथि बाक्लो छलफल, महत्वपूर्ण विचारगोष्ठि र गहन कार्यपत्रहरूका प्रस्तुतिजन्य कार्यहरू भइरहेका छन् । सबैभन्दा मूलकुरा लघुकथालाई पनि आफ्नो मूलविधाको रुपमा लिने स्रष्टाहरूको पहलमा लघुकथा समाजको स्थापना भएको छ । यसले लघुकथा विधाप्रति अझै उज्यालो भविश्यको सङ्केत गरेको छ । लघुकथा स्थापनाको अवसरमा हामीले भाद्र ५ लाई लघुकथा दिवसको रुपमा मनाउने गरेका छौं । यसपटक पनि भव्यरुपमा लघुकथा दिवश मनाउने तयारी भइरहेको छ । सबै सर्जक, पाठक र लघुकथाकारहरूलाई पनि लघुकथा दिवस सफल पार्नको लागि आ–आफ्नो क्षेत्रबाट अनुरोध पनि गर्दछु ।” यात्रीका विचारहरूसंग सहमत हुनै पर्छ हालको परिवेशमा लघुकथाका विकास र सम्वद्र्धनको लागि थुपै्र कार्यहरू भएका छन् । संस्थागत रुपमै भएका यस्ता कार्यले लघुकथा विधामा कलम चलाउने सर्जकहरूले पनि आशावादी भएर अगाडि वढ्नको लागि प्रेरित भएका छन् । नेपालमा मात्र नभएर यस विधाले विश्वव्यापी रूपमा आफ्नो प्रभुत्व जमाउन सफल रहेको देखिन्छ । थुप्रै स्रष्टाहरूले लघुकथाका पुस्तकहरू लेखेका छन् । डिजिटल प्रविधिको प्रयोगसंगै यसको व्यापकता वढेको छ । थुपै्र वेभ पत्रिकाहरूले पनि लघुकथालाई प्राथमिकताका साथ प्रकाशन गरिरहेका छन् । यसै सन्दर्भमा समकालीन साहित्य डट कमका सञ्चालक तथा डायस्पोरिक साहित्यकार कृष्ण बजगाईँ नेपाली लघुकथाका बारेमा यसो भन्छन्–“नेपाली साहित्यमा लघुकथाको इतिहास त्यति लामो छैन । तर पनि अहिले सर्वाधिक रुचाइएको विधाको रूपमा यसले आफ्नो स्थान बनाउन सफल भएको छ । मूलधारको नेपाली साहित्यमा मात्र सीमित नरहेर नेपाली डायस्पोरामा पनि लघुकथा लेखनको राम्रै सुरूवात भएको छ । लघुकथा विधामा स्थापित लघुकथाकारहरू डायस्पोरामा पनि छाइसकेका छन् ।”
डिजिटल प्रविधि कै कुरा गर्दा नेपाली साहित्यमा पनि पछिल्ला वर्षहरूमा वेभ पत्रिकाहरू मार्फत संसारलाई नजिक बनाएको छ । विश्वको कुनै पनि कुनामा बसेर साहित्यका विविध स्वादहरूलाई रसस्वादन गर्न सकिन्छ । थुप्रै नेपाली वेभ साइटहरू सञ्चालनमा रहेका छन् । नेपाललगायत विदेशलाई कर्मभूमि बनाइरहेका थुप्रै नेपालीहरूको साझामञ्चको रूपमा सञ्चालन भएका यस्ता वेभ साइटहरूले नेपाली भाषा साहित्यका क्षेत्रमा निकै ठूलो योगदान पु¥याइरहेका छन् । नेपाली साहित्यमा यस्ता साइटहरूको आफ्नै महत्व छ । यस्ता वेभ पत्रिकाहरूमा साहित्यका विविध विधाहरू समावेश भएका छन् । आज हामी जहाँ गएपनि खल्तीमा सिङ्गै विश्व बोकेर हिड्न सक्ने भएका छौं । यही प्रविधि मार्फत नेपाली लघुकथालाई पनि यस प्रविधिसंग जोडिरहेका छौं, नेपाली लघुकथा डट कम मार्फत । यस प्रविधि मार्फत संसारका पाठकसामू नेपाली लघुकथा पढ्नको नेपाली लघुकथा डट कमले निकै मद्दत गर्ने नै छ । यो वेभ सञ्चालन गर्नको लागि मलाई जिम्मा दिएर लघुकथा समाजले मलाई पनि धन्य बनाएको छ । जे जस्तो भएपनि नेपाली साहित्यमा लघुकथाले ठूलो फड्को मार्न सफल भएको छ । हरेक वर्ष भाद्र ५ लाई लघुकथा दिवसका रुपमा मनाइने कुरा यस संस्थाका उपाध्यक्ष एवं साहित्यकार ध्रुव मधिकर्मी बताउनु हुन्छ । तपाई हामीले पनि आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरेर यस पावन दिनको शुरुवात गरौं ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 31 भाद्र, 2069

लेखकका अन्य रचनाहरु