ए S ! मुलाकात एक बहाना हे

- भूमिराज बस्ताकोटी

उफरबाट अत्यन्तै मिठो स्वरमा लताको गीत बजि रहेको छ । आडैमा रहेको छोराले खेलि रहेको गुच्चाको प्याट्ट प्याट्ट ध्वनि पनि नजिकबाटै आइ रहेको छ । छोरी A B C D... को एउटा अङ्ग्रेजी लयमा मस्त देखिएकी छ । मुलाकातलाई रङ्गीन बनाउन उनलाई वरिपरि हेरि रहेको छु तर रङ्ग पोखिने कुनै लक्षण आभाषित भइ रहेको छैन । गीतको अन्तरा बज्न थाल्छ – “मे हुँ अपने सनम की बाहो मे, मेरे कदमो तले जमाना हे ।” मस्तिष्कमा अचानक एउटा समाज शास्त्रीय झट्का उठ्छ – दुई प्रेमी प्रेमिका एक अर्काको आलिङ्गनमा हुँदा पनि त्यो प्रेमको मधुर रसमा मस्त नभएर संसारलाई पाइताला मुनि देख्नु पर्ने कस्तो मनोविज्ञान !!!

‘अर्काको बुद्धिमा राजा हुनु भन्दा आप्mनै बुद्धिमा जोगी हुनु ठिक’ पक्कै हो । तर जोगीप्रतिको यो उपेक्षा एकातिर वर्तमान नेपाली राजनीतिक परिवेशमा दशनामीहरूका लागि राम्रै मसला बन्न सक्छ भने अर्कातिर सिङ्गो मानव जातिका लागि कथित् मुक्तिको मार्ग । सायद सबैभित्रको एक स्वैर काल्पनिक आदर्शले खास मान्छेलाई महŒव दिइ रहेको हुँदैन । ऊ सधैँ एउटा विशेष उचाइको मान्छे खोजि रहेको हुन्छ । सुनको मृगका पछि लागि रहे जस्तो !

निजी विद्यालयहरूमा अहिले कपाल काट्ने लहर नै चलेको रहेछ ।
“बाबा यो कपाल भएन रे ! छोटो बनाएर फालिदिनु प¥यो रे !” छोराले अर्ध रुवाइको स्वरमा लगभग आदेशात्मक भाषा प्रयोग ग¥यो ।

मैले पनि लगत्तै त्यसको कार्यान्वयन गरि हालेँ, आपैm कैँची र काइँयो लिएर । भोलिपल्ट अझ रिसाउँदै पौने रुवाइको स्वरमा चिच्चायो –
“यसरी पनि भएन रे ! पुरै मसिनो पार्नु प¥यो रे !, हजामले १नं. बिलेडले काटे जसरी । नत्र जरिवाना तिर्नु पर्छ रे !”

यता आपूm रोजगार रहेको संस्थामा पनि धेरै केटाहरूका टाउका लगभग मुडुला देखेँ । सोधेँ –
“के हो यो ?”
“स्कुलको आदेश सर ।” जवाफ आयो ।

“यसमा तपाईं के भन्नु हुन्छ सर ?” एउटाले प्रश्न गरि हाल्यो ।

मैले के भन्नु ! तैपनि भनेँ – “राजेश हमालले कपाल पालेको राम्रो देखिने, हामै्र पोखरेली श्रद्धेय साहित्यकार दाजु सरुभक्तले पालेको कपालको पनि धेरैले प्रशंसा गर्ने, कवि तथा गुरु नुमराज बराल लामो कपाल हल्लाउँदै कक्षामा प्रवेश गर्दा सौन्दर्यले भ्mयालबाट चियाउने अनि यही कक्षामा सम्पूर्ण नानीहरूले पालेको कपालप्रति कसैले चुँसम्म नबोल्ने तर तिमीहरूले पालेको कपाल मात्रै किन सौताको छोरा हँ ! ! !”

विद्यार्थीले पर्रर ताली बजाए । ताली पाएपछि राम्रै कुरा गरेछुको बोधमा पुनः थपेँ –
“समस्या कपालको होइन, समस्या त्यसभित्र लुकेर रहेको अमानवीय व्यवहारको हो । कपाल फाल्नु पाल्नुले मान्छे राम्रो र नराम्रो हुँदैन, अनुशासित र अनुशासनहीन पनि हुँदैन । फाल्ने हो भने ती अमानवीय पक्षलाई खोजी गरी गरी फाल्नु प¥यो अन्यथा कक्षा १० सम्म पाल्न नदिने तर त्यही विद्यार्थीले ११ पछि विभिन्न स्टाइलमा छाँट पार्न पाउने भएपछि यसको के मूल्य भयो र ?”
शिक्षकको भूमिकामा न थिएँ । आखिर हामीलाई सुन्ने तिनीहरू मात्रै न हुन् । जाने जति आदर्शका कुरा खोल्न पाइने भएपछि म पनि पछि परिनँ । ताली पुनः बज्यो ।

“सर यही कुरा बिहान एसेम्ब्लीमा भनि दिनु न ।” एउटाले घाँटी नै अँठ्याएर भनि हाल्यो ।
एता लताको अर्काे गीत बज्न थालि सकेछ । “तुने ओ रङ्गिले कैसा जादु किया ...” म पुनः स्मृतिमा रमाउन पुगे छु –

‘लु’को समीक्षा कायक्रम थियो, चिप्लेढुङ्गाको कुनै रेस्टुराँमा । ¥यान्डम रिडर्स सोसाइटीको आयोजनामा भएको त्यस कार्यक्रममा उपन्यासका स्रष्टा नयन राज पाण्डे पनि आएका थिए । छलफलका क्रममा उपन्यासको एउटा पात्रले भारतीय झन्डालाई कट्टु बनाएर लगाएको थाहा भयो । मैले उपन्यास पढेको थिइनँ तर यस विषयले भने छोयो । मैले लेखकलाई प्रश्न पनि गरेँ –
“आप्mनो आत्म सम्मान देखाउन अर्काको आत्म सम्मानलाई टाँगमुनि हाल्नु कति न्यायोचित कुरा हो ?”
तर उनले त्यसलाई अति हल्का रूपमा लिएर भने –
“मैले त्यो देखेकै कुरा लेखेको हो, पिर नमान्नु होस् कपडा खेर गएको छैन !”
देख्न त के के देखिन्छ देखिन्छ, सबै लेख्नु !? अनि वस्तुको वस्तुवादी उपयोगिता मात्रै हेर्ने चरम वस्तुवादी बन्ने हो भने उनले साहित्य लेख्नै छाडि दिए हुन्छ । वस्तुको वस्तुवादी उपयोगिताका कोणले मात्रै हेर्दा तिन सय रुपियाँको र २५६ पृष्ठको उक्त उपन्यास एक महिनाको शौचालय कागज भन्दा बढी कहाँ उपयोग हुन्छ र ? हुन सक्छ उनले भारतमा दुई चार प्रति उपन्यास जलून्, मिडियामा समाचार आओस् र आपूm अन्तर्राष्ट्रिय व्यक्तित्व बनूँ भन्ने अभिलाषा पनि राखेका हुन सक्छन्, भए शुभ कामना छ ।

आजकल हाई प्रोफाइल वनभोजहरू पर्याप्त देखिन थालेका छन् । हरेक क्षेत्रमा नैतिकता, आदर्श र मूल्यका गफ घाँटीसम्म आउने गरी सुन्नु पर्ने मान्छेहरू त्यहाँ सवा दिउँसोदेखि मदिरा र मांसमा पूर्ण प्राकृतिक भएर नग्न ताण्डव नृत्य गरेको हेर्नु र अश्लिलताको पराकाष्ठामा पुग्ने गरी गरिएका ननभेज जोकहरू सुन्नु पर्दा उल्टी आउला जस्तो आभाष हुन्छ । अनि सरु दाइको ‘इथरमा कोरिएको प्रेमपत्र’ नाटकको एउटा संवाद याद आउँछ –

“यतिखेर पृथ्वीमा महान् र प्रतिभाशाली व्यक्तिहरूको आवश्यकता छैन, आदर्श र चरित्रवान् व्यक्तिहरूको आवश्यकता छ ।”

गीत दोहोरिन थालि सकेछन् । उफरबाट फेरि लताको उही गीत बजि रहेको रहेछ –
ए S ! मुलाकात एक बहाना हे
प्यारका सिलसिला पुराना हे...

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 27 श्रावण, 2069

लेखकका अन्य रचनाहरु