म फेरि आउँदैछु

- राजकुमार कार्की

जतिसुकै सहादत भए पनि 
बेथिति ज्यूँका त्यूँ रह्यो
हजारौंको तादानमा भए त्याग र कुर्वान
तर लासको अम्बारमा बसेर
चास्नी चाट्नेहरु फेरि पनि बढ्दै गए ।
 
रगतको आहालमा
डुबुल्की मार्नेहरु होशियार !
षड्यन्त्रको जालो बुनेर
भाइ-भाइ फुटाउने हो होशियार !
म फेरि आउँदैछु
बेथिति विसंगति र विग्रहको विरुद्ध
म दावानल भएर आउँदैछु
तिम्रो षड्यन्त्रका किल्लाहरु ध्वस्त पार्न
म तुफान बनेर आउँदैछु
अघाएकाहरु 'रगत' र 'पसिना' डकार्दैछन्
भोका पेटहरु सारङ्गी बजाउँदैछन्
कति असमान भएको छ
आकाश-धर्ति हाम्रो लागि
हो अब म त्यही विभेद मेट्न आउँदैछु
तिम्रो अंहकार माथि धावा बोल्न
भोको पेट र नाङ्गो आङ्गको
लस्कर लिएर आउँदैछु
हो म आँधिमय बनेर आउँदैछु
मेघको गर्जनसँगै ब्रम्हाण्डमा
चट्याङ बनेर आउँदैछु
तिम्रो शक्तिकेंद्र दहन गर्न
हो म अब प्रलय बनेर आउँदैछु।

२०६२ असोज २८
प्रधाननगर सिलिगुडी,भारत

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 24 पौष, 2064

लेखकका अन्य रचनाहरु