दन्त्यकथाको नियति बाँच्दै पराजुली

- जयदेव भट्टर्राई

"उहिले म दन्त्यकथा/लोककथाको राजकुमार भएर बाँचेको छु । दन्त्यकथाका राजकुमार मणिको माला लगाएपछि बाँच्छन् । म इन्सुलिनको टुप्पोमा टिकेको छु ।" नौ वर्षघि गम्भीररूपले अस्वस्थ भई मृत्युको नजिक पुगिसक्नु भएका कृष्णप्रसाद पराजुलीले काललाई जित्न सक्नुभयो । भाषा, साहित्यको साधनामा चुर्ल्र्लुम्म डुबेर राम्रा रचना र मीठा अभिव्यक्तिले धेरैको मन जित्नुभएका पराजुलीले मनमात्र होइन मृत्युलाई पनि जित्नुभयो । बिरामीबाट राम्ररी तङ्ग्रिन पनि नपाउँदै नेपाली भाषा र साहित्यको साधनामा रम्न रूचाउने पराजुलीले बिरामी भएपछि मात्र आठवटा कृति प्रकाशमा ल्याई सक्नुभयो, तीनवटा कृति प्रकाशनको तरखरमा छन् । यतिमात्र हो र ! लेख्न खोज्नेलाई प्रेरित गरेर हिँडाउने, कृति छाप्न खोज्नका लागि तारतम्य मिलाइदिने, पत्रिकाको सम्पादन, साहित्यिक सङ्घ-संस्थामा सक्रिय र कार्यक्रमहरूमा पुगेर पनि उहाँले भाषा साहित्यको साधन गरिरहनुभएको छ ।

"जीवनमा मैले काँडा बिझदा पनि सयपत्री फुलेको कल्पना गरे, आँसुमा निचोरिँदा पनि सुनगाभा फुलेको देख्न खोजेँ र छातीमा घाउ लागे पनि गुराँस फुलेको आभास पाउन सिकेँ । यसै आत्मविश्वासले मलाई उठ्न सिकायो, बाँच्न सिकायो र हाँस्न सिकायो । सानै छँदादेखि लोक जीवनसँग भिजेर मैले गाउन-गुनगुनाउन थालेकी थिएँ । एघार वर्षो उमेरमा ज्ञानको खोजीमा काठमाडौँ आएपछि साहित्यिक परिवेशमा खेल्दै जाने अवसर मिल्यो । झण्डै ६० वर्षघिको त्यस नवकिशोरकालदेखि साहित्यको चस्का लिँदै आजपर्यन्त जीवन र जगत्का निम्ति केही दिन सकिन्छ कि भनेर मैले सृजन र साधनाको यात्रा गर्दै आएको छु ।" कृष्णप्रसाद पराजुलीको कथन हो यो । जीवनमा बढीभन्दा बढी दिएर उहाँले सिर्जना र साधनाको यात्रामा लागि पर्नुभएको छ- ७३ वर्षो उमेरमा पनि ।

वि. सं. १९९२ सालको असार २४ गते काभ्रेको भ्रमरकोटमा जन्मिनु भए पनि ६२ वर्षो उहाँको जीवन काठमाडौँ बितिसक्यो । काठमाडौँको सुनगाभामा बस्ती (भोटबहाल), हुँदै ललितपुरको सानेपासम्म आइपुग्दा कृष्णप्रसाद पराजुलीको उमेर मात्र बढेन, भाषा साहित्यको क्षेत्रमा योगदान पनि बढ्यो । वि.सं. २०११ सालमा 'गोरखापत्र' मा कविता र त्यसैवर्ष'परोपकार' मा कविता छापिएपछि साहित्यिक संसारमा औपचारिक यात्रा थाल्नुभयो उहाँले । २०११ अघि नै लेख्न थालेको मान्छे २०६४ सम्म आइपुग्दा पनि लेखेको लेख्यै हुनुहुन्छ, साधनामा नथाकी लाग्नु भएको छ ।
अचेल चाहिँ के गर्दै हुनुहुन्छ -

जाडोको समयमा त्यति सक्रिय हुन सकिँदोरहेनछ । पलेँटी कसेर लेख्न बसेजस्तो सजिलो अचेल हुँदैन । आफूले भन्दै गयो र कम्प्युटरमा लेखाउँदै जाँदा समय बढी लिँदोरहेछ । यसरी लेखनमा लागेर आत्मकथा लेख्दैछु । ६ सय पृष्ठ पुगिसकेको यसलाई मैले 'शिखर यात्रा' नाम दिएको छु । यीबाहेक अरू दर्ुइ कृति प्रकाशनमा पनि लागेको छु ।"धेरै विधामा छरिनुभएको छ, आफूलाई कुनमा बढी सफल ठान्नुहुन्छ -

"यो त पाठक समीक्षकले भन्ने कुरो हो । म आफैँले म यसमा सफल छु भन्ने कुरा पनि आएन । यतिचाहिँ भन्न सक्छु- मलाई कवितामा खेल्न गुनगुनाइरहन मन लाग्छ । कथा, निबन्ध, संस्मरण आदि पनि म मन पराउँछु । कविताकै प्रभाव होला, गद्यमा पनि बग्ने बानी परेको छ । पाठकहरूले मेरा कृति पढेर र मेरो लेखनशैली हेरेर अनुभव गर्नसक्छन् । मलाई आत्मसन्तुष्टि छ मेरा सबैजसो कृति रूचाइएका छन् । गीत-कविता र कथा, निबन्ध, प्रबन्ध र भाषिक पुस्तक कृति कुनै पनि नयाँ-नयाँ संस्करण भइरहेका छन् अनि बढी नै सङ्ख्यामा छापिएका र फिँजिएका पनि छन् । नेपालभित्र र नेपालबाहिरको नेपाल समाजमा पुग्न र भिज्न पाउनुलाई मैले सौभाग्य ठानेको छु ।

वि.सं. २०२२ सालमा कविता प्रतियोगितामा स्वर्ण्र्ााक, २०२५ मा एकेडेमीद्वारा आयोजित कविता महोत्सवमा पुरस्कृत, २०४४ को राष्ट्रिय बालकोष पुरस्कार, २०४५ को बालहितकारी पुरस्कार, २०४६ को झपट पुरस्कार, २०४७ को हरिहरशास्त्री सावित्रीदेवी पुरस्कार, २०५१ को दानमाया प्रतिभा पुरस्कार, २०४८ को छिन्नलता गीत पुरस्कारलगायत विभिन्न संस्थाबाट अभिनन्दित र सम्मानित हुनुभएको छ उहाँ ।

साहित्यका सम्बन्धमा तपाईँको विचार -
यसबारेमा मैले पहिले धेरै ठाउँमा भनिसके- साहित्यकार हुन वरदान चाहिँदैन । न खेलाची वा देखौवापनले कुनै व्यक्ति साहित्यकार हुनसक्छ । साहित्यिक सिर्जना वनमा गएर वा सालका पातलिनु होइन, न यो मनचिन्ते आकाशबाट असिना झार्नु हो । यसका निम्ति चाहिन्छ- आस्था र सङ्कल्प, त्याग र तपस्या, लगन र दृढता तथा अनुभूति र संवेदना । कुनै पनि लेखकले पहिले त आफैँलाई बुझनु र पढ्नर्ुपर्छ । आफूमा अभिभूत नभएसम्म ऊ झारपात थुपार्छ वा फूल बटुल्छ केही थाहा हुँदैन ।

जीवनभर नेपाली भाषा र साहित्यको क्षेत्रमा समर्पित भएर लाग्नुभयो कृष्णप्रसाद पराजुली । एकेडेमीसँग आवाद्ध भएर, त्रिभुवन विश्वविद्यालयमा लामो समय प्राध्यापन गरेर, लेखेर, सम्पादन गरेर, सक्रिय भएर, प्रेरित गरेर उहाँले नेपाली भाषा र साहित्यकै साधना गर्नुभयो । रोग र खर्चले दुःख दिँदासमेत उहाँप्रति हामीले त्यति चासो देखाउन सकेनौँ । एउटा स्रष्टा दिनहुँ महड्ढो औषधि खाएर भएपनि भाषा-साहित्यमै लागिपर्दासमेत सरकारी चासो देखिएको छैन । "मैले आफ्नो उपचारका लागि कसैसँग कतै केही मागेको छैन ।" उहाँ त यसो भन्नुहुन्छ । यो मुलुकका लागि धेरै दिनेका लागि यो मुलुकले पनि केही दिन सक्नुपर्छ । नत्र त उहाँको भन्नुभएजस्तै हामीले पनि भन्नुपर्ने हुन्छ-

"अर्थहीन बाटोमा उभिएर गौरव गाउने रोग लागेको छ नेपालीलाई । यसैले ती कसैको मृत्युपछि मसानमा बसेर रून जान्दछन् तर जीवनमा मुस्कुराउने क्रियालाई उनीहरू ठाउँ दिँदैनन् । यसैले यहँा असल र जीवित साहित्यकारको जन्मोत्सवको महत्त्व छैन, मूल्य आँकिदैन उसको । उसका खुशी र रमाइला आफै पानी भएर बग्छन्, गीत भएर जान्छन् । यस धमिलो वातावरणमा म आफ्नो जन्मदिन नै बिर्सन्छु- यसमा उदेक लाग्दो कुरै के छ र !

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 28 मङ्गसीर, 2064

लेखकका अन्य रचनाहरु