पाँच– खेत, मुसा र भँड्खाराहरू

- विश्वम्भर चन्चल

म अलि कम उमेरको थिएँ । आप्mनो घरभित्रका साधारण कुराहरूमा मात्र घरका परिवारलाई मद्दत दिन्थेँ । तर मेरो त्यस किसिमको मद्दत उनीहरूको लागि नगण्ड्य हुन्थ्यो भने मेरो लागि गर्व बन्थ्यो । विचार पुर्याई काम गर्नुपर्ने कुरा भने म गर्न सक्दैनथेँ । र एक किसिमले मलाई त्यस्तो कुनै काम पनि गर्नु पर्दैनथ्यो । खालि आपूm सरहका साथीभाइसँग खेली डुली र हाँसी हिँड्नु नै त्यसबखतका मेरा मुख्य कार्यहरू थिए ।
एक दिन बाले भन्नुभयो, “जाऊ आप्mनो खेत हेरेर आऊ !” उहाँको भनाइलाई मैले बुझिहालेँ । असारको समय, जताततै जलथल र सबैको खेतमा रोपाइँ भैसकेका थिए । तर किन हो हाम्रो भने त्यति बेलासम्म हुन सकेको थिएन । बाले मसँग त्यस विषयमा कुरा गर्नुपर्ने सरोकार पनि थिएन र मलाई पनि आप्mनो खेतबारीको स्याहार–सुसार र बालीनालीबारे कुनै खायस थिएन । कारण, मभन्दा माथि अरु धेरै दाजुहरू थिए र उनीहरूबाट घरबार तथा खेतीपतीको सबै कामकाज चल्थ्यो । बिहानबेलुका समयमै मैले भात खान पाइरहेकै थिएँ र अरु बखत भोक लागेको बेलामा अरु नै केही खानेकुराबाट म आपूmलाई सन्तुष्ट पार्थेँ । खासै भनूँभने म मेरो घरको अर्थिक तथा अन्य अवस्थाबाट बिलकुलै अनभिज्ञ थिएँ ।
त्यस दिन बाको आज्ञाअनुसार म पहिलोपल्ट आप्mनो खेतको हेरचाह गर्न गएँ । तर मैले हेरचाह गर्न सक्ने कुनै अवस्था थिएन त्यहाँ । अनगिन्ती भँड्खाराहरूको कारणले हाम्रो खेतमा पानी जम्न सकेको थिएन । अर्को मुस्किल यो पनि थियो कुनै नदी खोला वा कुलो हाम्रो खेतमा ठडै लाग्न सक्दैनथ्यो । य त आकाशबाट परेको पानीको भर पर्नुपथ्र्यो या त अरुको खेतबाट कुलो काटी ल्याउनुपथ्र्यो । यस अवस्थामा खेती गरी बाली राम्रो पार्नु कति सम्म मुस्किल पर्छ तपाईँहरू आफैँ अन्दाज गर्न सक्नुहुन्छ ।
मथि नै भनिसकेँ, अवस्थालाई हेर्नु बाहेक मैले अरु केही काम गर्न सकिनँ । केवल घरमा गए र बालाई सबै कुरा भन्नु थियो र घर फर्केर आएपछि बालाई भनेँ, “बा खेतमा त अनगिन्ती भँड्खाराहरू छन् । केले....” त्यस वाक्यलाई पनि मैले पूरा गर्न पाएको थिइनँ, उहाँले मलाई झपार्नुभयो, “चुप लाग् लाटा !”
” हो बा मैले ढाँटेको होइन....,” मैले भनेँ, “केले होला त्यत्रा भँड्खाराहरू परेका ? शायद अब धेरै समय लाग्छ ती भँड्खाराहरू थुन्नलाई.... !”
एउटा उत्सुकता भनौँ वा मायाले मैले जुन कुरा जान्न चाहेँ त्यो सकिनँ । बरु बाले मलाई बेस्करी कुट्नुभयो त्यसदिन र लगेर कोठामा थुनिदिनुभयो । त्यसको मैले कुनै कारण थाहा पाउन सकिनँ । सकैँ भने पनि , सकिनँ भने पनि एउटौ कुरा थाहा पाएँ, मैले त्यो कुरा बालाई भन्न नहुने रहेछ । त केको लागि मलाई खेत हेर्न जान अह््राउनुभएको थियो, त्यो पनि बुभ्mन सकिनँ । ल सुन्नुहोस् त्यसभन्नदा पनि बढी आश्चर्यपूर्ण कुरा त के भयो त्यस दिनदेखि मेरो परिवारमा सबै मानिसहरूले मसँग राम्ररी कुरा गर्न पनि चाहेनन् । केवल बिहान र बेलुका मलाई थुनेको कोठामा नै साधारण दालभात र तरकारी लेराइदिन्थे र त्यसपछि मलाई कोठाभित्र नै राखी ढोकामा ताल्चा मारिदिन्थे । कतिपटक मैले उनीहरूसँग मैले गरेको अपराध अथवा यसरी कोठामा थुनिनुको कारण सोधेँ तर कसैले भनिदिएनन् । कारण, सबै जना बादेखि थर्कमान हुन्थे र मेरो बा धेरै बूढो भइसकेर पनि फुर्ति भने अभैm बढ्दो यौवनको पट्ठाको भन्दा कम थिएन । फेरि उहाँको मिजासमा घमण्डीपना थियो र घरको बूढापाका अथवा संरक्षकको हैसियतले ‘मैले भनेको कुरा हुनै पर्छ’ भन्ने उहाँको सिध्दान्त थियो ।
म कोठामा पूर्णतया थुनिएँ । कहिले म त्यहाँबाट निस्कन पाउँछु अनिश्चित थियो । घरबाहिरको त कुरै छाडूँ आप्mनै घरभित्रको पनि मलाई कुनै कुरा थाहा हुन सकेन । कतिसम्म भने घरको वातावरण भने चौबीसै घण्टा स्तब्ध रहन्थ्यो, तापनि एकाधपटक भने बाको कुर्लाइ अवश्य नै सुनिन्थ्यो ।
यसरी थुनिनु मेरो लागि अब सह्य हुन सकेन । एकदिन भ्mयालबाट हाम्फालेर भागेँ । मेरो जानु अन्यत्र कहीँ थिएन । सरासर म आप्mनो खेतमा गएँ र भँड्खाराहरूको निरीक्षण गरेँ । त्यसअघिसम्म ममा जुन एउटा केटाकेटीपन अथवा अपरिपक्वता थियो केही दिनभित्रका घटनाहरूले अनौठो परिवर्तन ल्यायो । मैले ती भँड्खाराहरू कसरी परे भनी विचार गर्न थालेँ र के पनि निश्चय गरेँ भने अब यी भँड्खाराहरू सबै नटाली घर फर्कनै छैन ।
त्यस दिनदेखि म रातोदिन खेतको पहरा गरी बसेँ र भँड्खाराहरू थुन्नको लागि चाहिने लठ्ठी, कोदाली आदिको पनि बन्दोबस्त गरेँ । तर दिनभर थुन्थेँ रातभरमा फेरि उस्तै भइहाल्थ्यो । साँच्चै भन्ने हो भने हाम्रो खेत भित्रभित्रै सबै खोक्रो भइसकेको थियो । राम्ररी कतै टेक्दा पनि भ्वाकभ्वाकी भासिन्थ्यो । तर किन यसो भएको हो त्यसको खोजी भने म गर्दै थिएँ ।
एकदिन टोल्हाएर त्यसै.... कान्ला को डीलमा बसिरहेको थिएँ । अचानक एउटा भँड्खारोबाट एउटा बडेमानको मूसा बाहिर निस्कियो र पल्याकपुलुक चारैतिर हेरी अर्को भँड्खारोभित्र घुसिहाल्यो । आश्चर्यपूर्वक मैले त्यसै भँड्खारोतिर मात्र हेरिरहेँ जाहाँबाट त्यो पहिलो मूसा निस्किएको थियो । त्यसपछि एक....दुइ....तीन.... गरी धेरै मूसाहरूको ताँती नै निस्कियो र तिनीहरू विभिन्न कान्लाका विभिन्न भँड्खाराहरूभित्र पसे ।
भेलिपल्टदेखि मूसाहरू जुनसुकै बेलामा पनि बारम्बार देखिन थाले । र, भँड्खाराहरूका कारण पनि तिनीहरू नै थिए । मलाई पनि आप्mनो खोजी र त्यसको सफलतामा कम खुशी लागेन ।
अब म मूसाहरू मार्नको लागि उपाय खोज्न थालेँ । औषधि हालुँ या सम्पूर्ण भँड्खाराहरू नै खनिदिएर तिनीहरूलाई आश्रयहीन तुल्याउँ ? अथवा सारा खेतलाई सम्याएर एउटै गह््रो बनाऊँ जहाँ कान्लाको एउटै डीलसम्म पनि नहोस् !
यी सबै उपायहरूमा मलाई दोश्रो उपाय नै उपयुक्त लाग्यो । किनभने औषधिको प्रयोग गर्दा त्यस बखत भएका मूसा त मर्ने थिए तर भविष्यमा फेरि अरु मूसा आउन सक्थे । तेश्रो उपायमा चाहिँ त्यत्रो टँगिन खेतलाई एउटै गह््रोमा सम्याउनु सम्भव थिएन र आखिरमा मैले सम्पूर्ण भँड्खाराहरू नै खनिदिने अठोट गरी भकाभक खन्न थालेँ ।
मैले यसो गर्न लागेको खबर घरमा पुगेछ । तुरुन्त नै मेरो बा र परिवारका अन्य सारा मानिसहरू दौडी–दौडी खेतमा आइपुगे । बाले परैबाट चिच्याउँदै आएनुभएको थियो , “नचल् खेतमा ! नखन् ती भँड्खाराहरू !”
बा म भएठाएँमा आइपुग्नुभएपछि मैले भनेँ, “यत्रा भँड्खाराहरू पार्ने सबै मूसा रहेछन् बा । त्यसैले यी भँड्खाराहरू खनिदिएर यिनीहरूलाई यहाँबाट भगाउनै पर्छ । नत्र.... ।”
“के नत्र उल्लू ?” बाले मेरो हातबाट कोदाली खोस्नुभयो र भन्नुभयो, “यी मूसाहरू यस खेतका रैथाने हुन् यिनीहरूलाई हामीले यहाँबाट धपायौँ वा मार्यौँ भने हाम्रो परिवारमा अनिकाल लाग्छ । हामीलाई ठूलो दशाले छुन्छ.... ।”
“कसरी ? यो हुनै सक्दैन,” मैले पनि रिसाएर भनेँ, “यस्तो कुरामा पनि विश्वास मान्ने ?”
उसै त बा, झन् रिसाएर नृसिँहावतार भइहाल्नुभयो । र मलाई झम्टनुभयो, “कुजात ! तँलाई यो बोल्ने साहस कसले दियो ?” त्यसपछि उहाँले घरका अरु मानिसलाई आज्ञा दिनुभयो । मैले केही बोल्नै नपाई उनीहरूले मलाई चारैतिरबाट उम्कनै नदिई घिच्याउँदै घर पुर्याए.... ।
अहिले म स्वयं बूढो भएको छु । त्यो खेत बूढो भएको छ । त्यसको इतिहास बूढो भइसकेको छ । र, अभैm पनि जब म कहिलेकाहिँ घर र शहर गर्दा त्यसै खेतको बाटो गरी हिँड्छु, त्यहाँ मूसाका ताँतीहरू झन् झन् बढेका देख्छु । कान्लाहरू भत्केका सुन्छु र एकदम खुकुलिइसकेको खेतको माटोजति वर्षौँ–वर्षौँको पानीको भेलले बगाउँदा–बगाउँदै अन्यत्र कतै लगी ढिस्का–ढिस्का बनाएको हेरिरहेको छु । तर पनि मेरो परिवारका मनिसले भने त्यस ठाउँमा गएर आजसम्म पनि पूजा गर्दैछन् । यस अवस्थामा आएर म के सम्झन पुग्छु भने त्यसबेलामा मेरो बाले सबभन्दा विश्वासिलो एउटा दाजुलाई एकदिन भनेको सुनेको थिएँ, “बाबु ! कसैलाई र कहिल्यै पनि नभन्नु यो कुरा कि हाम्रो पूर्खामा एउटा श्राप परेको छ जसअनुसार मूसालाई हामीले इष्टदेवको रुपमा मान्नु पर्छ र यिनको विरोधमा हामी कसैले बोल्नसम्म हुँदैन.... ।”

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 11 श्रावण, 2069

लेखकका अन्य रचनाहरु