गिरी र दुःसाध्य समयका कविता

- मधुसूदन गिरी

 'घाम छेक्ने पहाड', तर पनि हामी जीवित छौँ र दुःसाध्य समयु नामक तीनवटा कविता -सङग्रह प्रकाशित गरिसेकेका आजका एक प्रमुख प्रतिनिधि प्रगतिवादी कवि अमर गिरीको प्रस्तुत 'दुःसाध्य समय' पनि यही दोस्रो र तेस्रो चरणका सपनाको र्स्वर्ग र विपनाको यथार्थ धरातलका संयोजनबाट निस्रित बिम्बहरूको माला हो । प्रगतिवादी कविता चर्का नारा र भाषणबाजीमै अल्झिन्छन् भन्ने आरोपलाई झुट्टा सावित गर्दै भूपि शेरचनदेखि आजका विमल निभा, मीनबहादुर विष्ट, श्यामल, कृष्णसेन इच्छुक आदिका लहरमा आफ्नो छुट्टै काव्यशैली बनाएर आएका कवि हुन अमर गिरी । हो, यिनीहरूका कविता प्रायमा वर्गीय सपना पनि बादलको घुम्टोबाट लुकेर यदाकदा देखा पर्ने मेघाच्छन्न आकाशको जूनजस्तै देखिँदै, लुक्दै शिष्ट, सौम्य भाषामा प्रस्तुत भएको पाइन्छ । समाजका सडेगलेका घाउ-खटिराहरूमाथि विष्ट र श्यामलले जस्तो व्यङ्ग्यका हथौडाले हिर्काउने कला भन्दा अलि पृथक, शिष्ट, सौम्य भाषा र सुकोमल भाव तथा शब्दवलीमा आफ्नो छुट्टै कविता कलासहित देखापर्ने कवि गिरीका यस सङ्ग्रहका कविता मात्र पनि कविको छुट्टै पहिचान प्रस्तुत गर्न सफल छन् ।

प्रस्तुत 'दुःसाध्य समय' का अँध्यारा र उज्याला दुवै पक्षका सुन्दर बिम्बहरू उनका कवितामा उनिएका छन् । अँध्यारोका बिम्बमा सत्ताधारीहरूको स्वार्थ , अर्कमण्यता र असक्षमताका कुरूप बिम्बहरू पर्दछन् । कविले देखेका अन्य अँध्याराका बिम्बहरू हुन्, वर्गीय सपनाको सुनौलो र्स्वर्ग देखाएर गरिएको सशस्त्र क्रान्तिका मार्गद्वारा परिवर्तनको अभीष्ट साध्यका क्रममा सिर्जित हत्या, हिंसा र संहारका बिम्बहरू । यति मात्र होइन यहाँ सामाजिक नेतृत्व र जनसेवाको मुकुण्डो लगाएका लोभी, पापी र अवसरवादी तथा स्वार्थी चरित्रका चाक्षुष बिक्बहरू पनि निर्माण गरिएका छन् ।

दलालहरू पूंजीवादी अर्थव्यवस्थाका उत्पादन हुन र हुन् विशेषता । उनीहरूका निमित्त सबैभन्दा ठूलो पैसा हुन्छ । यसैले करोडाँैका धाक लगाउने दलालहरू हजारमा इमान बेचेर बेइमान बन्छन् । त्यस्तै छ आजका दलालजीवी, दलालसमरूप नेतृत्व पनि । त्यसैले यो देश आज घुस्याहा, भ्रष्ट कर्मचारी, कालाबजारी व्यापारी र कमिशनखोर, तस्कर नेताहरूकै मात्र भएको छ जुन नेतृत्वलाई कविले एक जादुगरका रूपमा प्रस्तुत गरेका छन् । सडकमा देखाइने जादू होस् वा सदनमा दुवैमा लाटासिधा जनतालाई सम्मोहित तुल्याएर भ्रममा पारी ठग्ने गरिन्छ । यहाँ यही प्रवृत्तिका बीच साम्य देखाइएको छ ।

जसरी सडकको जादुगर सडकमा जादू देखाउँछ, औँलाका कापबाट रूपियाँ निकाल्छ तर जीवन ती जादूका रूपैयाबाट होइन दर्शकलाई ठगेका रूपियाँबाट चल्छ । त्यसैले त्यसबाट रूपियाँ आदि ऊ केही पनि उत्पादन गर्न सक्दैन, भ्रम मात्र सिर्जना गर्दछ । ऊ त्यसैलाई आफ्नो पुरूषार्थ ठानेर मख्ख पर्दछ । त्यसै गरी नेता पनि भ्रम सिवाय केही उत्पादन गर्न सक्दैन भन्ने विचार ुजादुगरु शर्ीष्ाक कवितामा प्रस्तुत गरिएको छ । सत्ताका जनप्रदत्त सिंहासनमा पुग्नेवित्तिकै वेशभूषा लवाइखुवाइ आदि जम्मै जादुगरी ढङ्गले फेरिनु त सामान्य कुरा हो, दर्ुइ छाक राम्ररी खान नपुग्ने जनताका प्रतिनिधिहरू सत्तामा पुग्ने वित्तिकै वोइङभरि नुन होइन सुन बोक्छन् । यस्ता भष्ट्र तस्करहरूले भोलिको कस्तो नेपालको निर्माण गर्ने हुन्, हर्ेन बाँकी नै छ । राजनीति कर्मीहरूका यस्ता धर्ूत स्याल प्रवृत्तिको चित्रण यहाँ धेरै ठाउँमा छ ।

यसैले यी कविताका अर्न्तर्वस्तुका कुरा गर्दा भूमिका लेखक विष्णु रिजालका शब्दहरू सान्दर्भिक लाग्छन्, ुुहामी बाँचिरहेको समय, आरोह अवरोह , उतार-चढाव , घाम-छायाँ, आशा-निराशा, उकाली-ओरालीजस्ता विविध तत्वहरू बीचको विरोधाभाष र अन्तरद्वन्द्वबाट गुज्रिरहेको छ । एकजना प्रतिबद्ध प्रगतिवादी कविका नाताले अमर गिरीले यी सबै प्रक्रियामा आफूलाई केवल दर्शकका रूपमा उभ्याउन कदापि सम्भव छैन । हरेक नागरिकका प्राथमिक दायित्वहरू के के हुन् भन्नेमा अमर गिरी सजक हुनुहुन्छ । यही मान्यताका आधारमा उहाँले तीसको दशकदेखि प्रगतिवादी झण्डालाई बुलन्द रूपमा उठाइरहनुभएको छ ।

यति मात्र होइन कवितामा बिर्खबहादुर जस्ता निर्धन किसानका दूरावस्थाका बिम्बहरू पनि छन् र मानबहादुर तामाङजस्ता युगौँदेखि हिँङ्न नसकेका निम्नवर्गीय पात्रहरू पनि छन् जो हिँडन थालेपछि शोषक सामन्त र पूँजीपतिहरूका आङ्मा घाम लाग्न छोडेको छ, रातका सपना हराएका छन् । यसै सङग्रहमा आँसुले अगेनो सल्काइरहेका नारीको बिम्ब छ, नारीलाई उपभोग्य वस्तु बनाएर क्याविन रेस्टुरेन्ट वा मसाज आदि कतिपय देह व्यापारका अघोषित कोठी बनेको सङ्केत पनि यहाँ छ, देहव्यापार र देहव्यापारसँगै मान्छेका पीडा, व्यथा र वेदनालाई हाँसोसँग साटेर व्यापार बढाउने पैसावाल पूँजीपतिहरूको हाँसोको बजारशास्त्र छ ।

त्यसो त हात्तीका देखाउने दाँत बनेको कमैयाहरूको मुक्तिको स्थित्ति पनि उस्तै छ । बढ्नका लागि विशाल आकाश खुल्ला भए पनि जरा पिँधमा कुण्ठित भएको प्रजान्त्ररूपी गमलाका वृक्ष भएका निर्धन कमैया अथवा सिंहदरबारका दुर्योधनहरूद्वारा पठाइएका वर्दिधारी दुःशासनहरूद्वारा नङ्ग्याइएका यही देशमा जन्मेर र हर्ुर्केर पनि बाबु नछुट्टनिाले अनागरिक बनेका बदिनीहरूका छाया चित्रहरू पनि यहाँ छन् ।
यसरी आजको दुःसाध्य बनेको तरल समयका विविध पक्ष र पाटाका असङख्य सुन्दर, सुकोमल बिम्बयुक्त यस सङग्हका कविताले कवि गिरीलाई आजको नेपाली कविताको इतिहासका उत्तरोत्तर उपल्ला सिडीहरू उकालिरहेको छ । शिखर छुँदो प्रतिस्पर्धाका झण्डा हल्लाउन लगाइरहेछ ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 28 मङ्गसीर, 2064

लेखकका अन्य रचनाहरु