गीतमा अल्झिएका रत्नसम्सेर

- यज्ञश

सहरमा उनको हप्की खानेहरूको लर्कोमा सुप्रसिद्ध गायकदेखि पत्रकार, कवि, कलाकारसम्म खडा भएको तपाईंले देख्नुभयो भने अचम्म नमान्नुस् । संगीतको धुनमा गीत लेख्न सक्ने यी एकमात्र गीतकार कुनै बेला महाकवि लक्ष्मीप्रसाद देवकोटाका शीष्य थिए । बालकृष्ण सम, सिद्धिचरण र वासु शशी यिनका मुक्तकका पmयान थिए । यिनले अम्बर गुरुङको अनुरोधमा गीत लेखेका छन् । नारायणगोपाल र भूपी शेरचनजस्ता धुरन्धर यी 'बूढो बाघ' बेलाबेलामा तर्सिका छन् । देशका थुप्रै नामी कविलाई उनी कवि मान्दैनन् । तर, आपै+m भने सहरमा आउने हरेक नया काव्यधारमा सजिलै मिसिन्छन् ।

उनले नारायणगोपालदेखि शिशिर योगीसम्मका लागि गीत लेखेका छन् । ७० वर्षो उमेरमा उनी आधुनिक कविता, गीत, गजल, मुक्तक र तान्का लेखिरहेका छन् । 'कसैले नया कुरा झिकेर फूर्ति लायो भने म भिडिहाल्छु,' उनको बूढो जोश उर्लिन्छ । नारायणगोपालका लागि ३० वर्षहिले लेखेको गीतमा अहिले नारायण ओलीले संगीत भरेको पनि उनी छेउमा बसेर हेरिरहेका छन् । तीनछिमलका संगीतकारका लागि शब्द-रचना गरेका यी वृद्धवयका गीतकार अहिले खहरेले खाएको खेतको डिलमा बसेर झोक्राउने किसान जस्तै सेतो बर्को ओडेर अतीत नियालिरहेका छन् । टाउकोमा मिलाएर टासिएको कपासको भुवाजस्तै सेतै फुलेका कपाल छन् । पहिरोले उजाड बनाएको पहाडका साना ढिस्काजस्ता दात छन् । जो बहुमत पहिरोमै बगिसके, अल्पसंख्यामा मात्रै बाकी छन् । यिनमा पनि १६ वर्षो उमेरदेखि खान थालेका चुरोटका निसानी जोगिएर राखिरहेझैं लाग्छ । चरोट त उनी अहिले पनि उत्तिकै तान्छन् । तर, सिंगै खिली होइन, भाचेर । 'भाच्दा अलि कम खाइन्छ कि भनेर नि ', उनी प्रस्टीकरण दिन्छन् । यति हुदा पनि उनका गाला भने चाउरी परेका छैन, आखाको चमक र स्वरको वजनमा कुनै असर परेको छैन ।

भुइ तलाको कोठामा भित्ताभरि गोरखापत्र टासेजसरी पहंेला र सेता प|mेमले छोपिएका सम्मानपत्र र कदरपत्र झुन्ड्याइएका छन् । कोठाको एउटा छेउमा पुरानो गितार छ, 'यो मेरो छोरोले बझाउछ, कहिलेकाही ।' उनी विदेशमा रहेका छोराको एकसरो सम्झना गर्दछन् । ठूलो दराजमाथि दुइवटा 'पुन्टे' तबला लडिरहेका छन् । 'यी चाहि म नै बजाउथे,' अब उनी स्मृतिको जंगलमा हराउन थाल्छन् । 'यो छेउको ठूलो घर छ नि भैया, मैले यसमा पहिलोपटक गाउन, बजाउन सिकेको,' मनमा एकै गुजुल्टो भएर बसेको रसिक काकाहरूको यादको पोको अब विस्तारै खुल्न थाल्छ । 'मेरा काका तबला र हार्मोनियम बजाउनुहुन्थ्यो, घरमा दिनदिनै महफिल जम्दथ्यो, घरको यस्तै माहौलले मलाई साहित्यतिर तानेको हो, भैया', उनी विस्तार लगाउछन् । राजधानीका मधेसी मूलका मानिसको 'प्याटेन्ट राइट' लाग्ने शब्द 'भैया' उनी भने सबैका लागि प्रयोग गर्छन् र बारबार गर्छन् ।

बूढो बाघको स्मृतिको भेलमा हेलिनुभन्दा पहिले उनको विवाहको कथातिर लागौं । सानै उमेरदेखि नोकरी गर्न थालेका रत्नसम्सेरले गीत र कविता पनि सानैमा लेखे, चाडै नै आपmनो क्षेत्रमा स्थापित पनि भए । तर, यो सारा 'चाडो'को चटारोमा उनले विवाह गर्न भने बिर्सिए । 'बिर्सिएको भने होइन, म विहे नै नगर्ने सुरमा थिए,' उनले सच्चाए । 'मेरी आमाको मृत्युपछि मलाई मामाले विवाहका लागि दबाब दिए', सामान्य विवाह गर्ने उमेरभन्दा दोब्बर बढी उमेर ४८ वर्षा विवाह गरेका थापाले भने, 'म त्यसबेला रुस जान ठिक्क परेको थिए, तर एक हप्तामा नै मेरो त विवाह भयो' उनलाई अझै पनि विवाह त्यति छिटो भएकोमा अचम्म लाग्छ । त्यो समय सम्भिmएर उनी आज-भोलि पनि उल्लासित हुन्छन् । 'विहेको अघिल्लो रात ११ बजे म एक्लै न्युरोडबाट भोलिपल्ट जग्गेमा लगाउने आपmनो सुट लिएर फर्किएको थिए', उनी एकछिन आपै+mभित्र रोमाञ्चित हुन्छन् । हुनत त्यसअघि पनि उनका लागि विवाहको कुरा आएका थिए । तर, उनका पिताका विश्वासिला गाबहालका एकजना ज्योतिषले पालैपालो ती सबै 'कुरालाई' अस्वीकृत गरिदिन्थे, 'तर, यसपटक भने तिनले पनि साह्रै राम्रो हुन्छ भने ।' ढिलो विहे गरेकोमा अहिले उनलाई पछुतो पनि छ । 'मैले समयमा विवाह गरेको भए, अहिले मेरो छोरा होइन नातिले क्याम्पस पढिरहेको हुने थियो होला ', यो उनको हल्का थकथकी पनि हो । र, लगत्तै अर्ति दिन्छन् 'तर, भाइहरूजस्तो 'क्रियटिभ' काम गर्नेले सकेसम्म विवाह नगरेकै राम्रो ।'

'लेखेर बाचिदैन', लेखाइले लेखक भन्न नसुहाउनेदेखि वरिष्ठ लेखकसम्मले होलसेलमा भन्ने भनाइ हो यो, जो हरेक दिन कम्तिमा सयपटक जति उच्चारित हुन्छ । रत्नसम्सेरलाई कसरी बाचिएको छ भनेर सोध्नेहरू धेरै आए जीवनमा । यसमा उनको रेडिमेड जवाफ छ- 'म बाबुको होटेलमा भात खान्छु ।' सय वर्षन्दा पुरानो यही कम्पाउन्डमा रहेको घरमा कुनै बेला यिनलाई महाकविले पढाएका थिए । 'उहा मेरो पिताका निकै मिल्ने साथी हुनुहुन्थ्यो, यसैले हाम्रो घरमा आइरहनुहुन्थ्यो ।' अब उनी पुराना दिनतिर फर्किन्छन्, 'त्यसैबेला पन्ध्र दिन उहासग मैले पढेको छु ।' केही दिन उनी पढ्नका लागि देवकोटाको घरै पनि पुगे । सात सालमा रत्नसम्सेर दरबार स्कुलमा नौ कक्षामा पढ्थे, कोर्समा एउटा अंग्रेजी कविता थियो 'नेपोलियन एन्ड द सेलर' 'देवकोटा यो कविता बडो रस लिएर पढाउनुहुन्थ्यो ।' छोटो समयमात्र पाएका कहिल्यै दोहोरो प्रश्न नसोध्ने सरको सम्झनामा उनले भने । अझै पनि कहिलेकाही महाकविको हल्का नाके स्वरको रन्को लागिरहन्छ ।

दस सालमा म्याटि्रक गरेपछि रत्नसम्सेरले दस वर्षजति पढाइ छाडे । उनीसगैका प्रयागराज शर्मा, मथुरा श्रेष्ठ र द्घारिका श्रेष्ठहरू थप पढाइमा निरन्तर लागे । तर, उनी भने आइएसीको पाच पेपर जाच दिएर ०१३ सालमा जोगवनीतिर लागे । 'मेरा मामाका छोराहरू मोरङ सुगर मिलमा काम गर्थे, मलाई त्यतै आएर काम गर्न भने, विराटनगरमा पढ्न पनि मिल्छ भने ।' एक रात कसैलाई थाहा नदिई रत्नसम्सेरले घर छाडे । 'एउटा सानो सुटकेस तयार पारे र राति नै हिडें', काठमाडौंका रैथाने थापाले घर छाडेको पहिलो रातको सम्झना हो यो । उनी हाम्फाल्दै मिलमा पुगे र काम थाले । 'मलाई सुपरभाइजरको काम दिएको थियो । तर, त्यहा मारवाडी र नेपालीको अलि राम्रो सम्बन्ध रहेनछ, झमेला हुनथाल्यो, मलाई काम गर्न मन लागेन' दर्ुइ वर्षकाम गरेको पहिलो नोकरीको उनले संक्षिप्त समीक्षा गरे । उनी विराटनगरमा पढ्न पनि पाइने योजनामा थिए । तर, सात किलोमिटरसम्म जोगवनीको मिलबाट आएर पढ्न असम्भव भयो । उनी एकहप्ते छुट्टीमा काठमाडौं आए र कहिल्यै फर्किएनन् । ०१६ सालमा उनी त्रिचन्द्रमा भर्ना भए र २० सालमा बिए पास गरे ।

प्रायः उनी घरभन्दा टाढा हिड्दैनन् । दिन होस् या रात उनलाई गीत र कविता लेख्न समयले छेक्दैन । 'तपाईंले राति १ बजे फोन गर्नुभयो भने पनि म फोन उठाउछु', उनी भन्छन् । हरेक दिन साझ उनी हिडाइमा निस्किन्छन् । तर, टाढा जादैनन् । 'मेरो आपmनो गाडी छैन, नजिकै कुनै कार्यक्रम भयो भने जान्छु नत्र जान्न' उनी भन्छन् । केही महिनाअघि कमलपोखरीबाट महाराजगन्ज जादा नेपाल यातायातमा उनको तीन सय रुपैया चोरियो । यसपछि त झन् उनलाई टाढा हिड्न मन लाग्न छोड्यो । अहिले उनी पिताको ठूलो घरसगैको आपmनो 'सानो घर' टालटुल कम्पनीमा लागेका छन् । केही वर्षपहिले पिताको यो ठूलो घरमा अंश-बण्डाको सानोतिनो 'नौटंकी' भएको थियो । 'घरभित्रै दर्ुइवटा कुमारी मन्दिर थिए, यिनै मन्दिर अगाडि तीनजनाले गोला तानियो' उनी पिताको घर छुटेको सम्झना गर्दछन् ।

रत्नसम्सेर गीतकारका रूपमा बढी प्रसिद्ध भए पनि आधुनिक कवितामा पनि स्थापित कविको नाम हो । तर, उनका गीत बढी चर्चित हुन थालेपछि केही कविले गीतकारलाई हेपेको उनको अनुभव छ । 'कविताभन्दा हरेक किसिमले गाह्रो विधा हो, कविताको जस्तो जे मनलाग्यो त्यही लेखेर हुदैन गीतमा तर, केही कविले हामीलाई त 'ऊ गीतकार आयो' भनेर नाक खुम्च्याउन थाले । अरूको के कुरा भूपीले समेत एकपटक यस्तो गरे', पूरै जीवन आपmना गीतका कृतिको आलोकमा डुबेका बूढाले भने । यस्ता संस्मरण उनका निकै धेरै छन् । अम्बर गुरुङले एक रात छोरा पठाएर उनलाई डाके । 'एउटा नया धुन बनाएको छु, यसमा गीत लेखिदिनुपर्‍यो' घर पुग्नासाथ अम्बरले भने । उनले सात मिनेटमै मुखडा लेखे र सुनाए । गीतमा कतै 'खोला' शब्द हुनर्ुपर्छ भन्ने अम्बरको माग थियो मैले गीत नै खोलाबाट सुरु गरे- 'खोला कति ओभानो ।'

रत्नसम्सेरको स्मृतिको डुंगा निकै ठूला गंगामा सयर गरिरहेको छ । यो कहिले नारायणगोपालसम्म पुग्छ, कहिले नातिकाजी त कहिले धु्रवचन्द्र गौतम र कहिले साहिर लुधियानवीसम्म । दस सालमा सरस्वती सदनमा नातिकाजीलाई सेन्टअपमा चिट चोराएका रत्नसम्सेरपछि उन्नाईस सालतिर त्रिचन्द्रमा धु्रवचन्द्र गौतमका पनि सहपाठी भए । 'मैले दस वर्षपढ्न छाडेका कारण यत्रो ग्याप बनेको हो,' उनी भन्छन् । नारायणगोपाल र रत्नसम्सेरको सम्बन्धका बारेमा अहिलेसम्म धेरैपटक लेखिएको र बोलिएको छ । यी दर्ुइको सम्बन्ध हार्दिक थिएन भन्ने खबर निकै लामो समयसम्म फैलिइरह्यो । 'उसको र मेरो सम्बन्ध धेरैले बुझेनन्', उनी फरक मत प्रकट गर्दछन् । ०२०/२१ सालको रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा नारायणगोपालले गाउन खोजेको गीत गाउन दिइएन । पञ्चायती सरकारले प्रतिबन्ध लगाएको यो गीत रत्नसम्सेरले लेखेका थिए, जुन यस्तो थियोः

एक मुठी चामल पाउन हजुर
बिहानीका तार, हामी र्सवहारा
धुलोमा लडी ओड्छौं शीतका धारा
गीतमा भएको 'र्सवाहारा' शब्दका कारण गाउन नदिइएको उनको सजिलो अनुमान छ । यस्तै, अर्को सम्झना नारायणगोपाल भारतको बरोदामा संगीत पढ्न जाने समयको पनि छ । 'उनी 'ए कान्छा' गीत रर्ेकर्ड गराउन गएका थिए, स्कलरसिपमा पढ्न जानका लागि भारतीय दूतावासले दिएको मिति सकिन लागेको थियो । यस्तैमा एक दिन नारायणगोपालका माता-पिता नै मेरो घरमा आएर 'तिमीले र्फम भरिदिनुपर्‍यो' भने ।' त्यसपछि नारायणगोपालको र्फम आफूले भरिदिएको उनले बताए । 'तर, होस्टल चाहिने/नचाहिने र मासु खाने/नखाने भन्ने कुरा भर्न चाहि मलाई निकै गाह्रो पर्‍यो', उनी सम्भिmन्छन् ।

अर्का यस्तै, धुरन्धरसगको संस्मरणको कथा पनि बेग्लै छ । १९७४ मा बम्बैको रूपतारा स्टुडियोमा नेपाली फिल्म 'मनको बाध'को काम भइरहेको थियो । संगीतकार जयदेवसग रत्नसम्सेरको राम्रै चिनाजानी थियो । त्यो स्टुडियोमा डिसेम्बरको अन्त्यतिरैको कुनै तारिखमा उनले पहिलोपटक साहिर लुधियानवीलाई भेटेका थिए । भारतीय सिनेमाका यशस्वी गीतकार लुधयानवीका यी अग्रिम पmयान थिए । 'सामान्य बर्ुसट, पाइन्ट र चप्पलमा आएका साहिरलाई सुरुमा देख्दा मलाई यो मान्छेलाई मैले कहा देखेको छु जस्तोमात्र लाग्यो । पछि जयदेवले साहिरसग मेरो चिनजान गराइदिए', उनी सम्भिmन्छन् । जयदेवले उनलाई नेपालको स्थापित गीतकारका रूपमा परिचय गराइदिएका थिए र साहिरले घरमै आउन भनेका पनि थिए । तर, उनी जान भ्याएनन् । उनी आफूमा सुरुदेखि नै साहिरको प्रभाव रहेको बताउछन् । 'तर, भैया, ऊबाट प्रभावित भएरचाहि मैले गीत लेखेको छैन नि ' बीचैमा उनी आपmनो कुरा राखिहाल्छन् । साहिरको कविता संग्रहमा कुनै बेला जानिसार अख्तरले लेखेको भूमिका उनलाई निकै मन परेको रहेछ । 'त्यस्तो भूमिका मैले आजसम्म कसैको पढेको छैन र कसैले लेख्ला भन्ने पनि लाग्दैन,' उनी भन्छन् । जानिसार अख्तर अहिलेका चर्चित गीतकार/कवि जावेद अख्तरका पिता हुन् ।

रत्नसम्सेरले कहिल्यै रक्सी खाएनन् । भूपी, नारायणगोपाल र अम्बर गुरुङको संगत गरेर पनि उनी आपmनै गीतको नशामा मस्त रहे । 'जीवनमा नशाको कमी कहिल्यै महसुस भएन', उनी भन्छन् । आफूबाहेक अरूले लेखेका गीत उनलाई जस्तातस्ता मन पर्दैनन् । गोपाल योञ्जनका समेत केही गीतमा उनको असन्तुष्टि छ । 'गल्ती हजार हुन्छन् र चुमेर आखाभरि'का केही शब्दको अर्थ उनले अहिलेसम्म बुझेका छैनन् । अगमसिंह गिरी र्रर् इश्वर बल्लभ उनलाई मन पर्थे, यस्तै मनपर्थे शैलेन्द्र, साहिर र गुलजार । 'गुलजारले त अहिले पनि निकै राम्रा गीत लेखिरहेका छन्', उनी भन्छन् ।

त्यसो त रत्नसम्सेरसग उपेक्षाका पनि स्मृति छन् । उनी तिनलाई उक्काएर फेरि ताजा बनाउन मन पराउदैनन् । 'तिमी पत्याउछांै, एउटा गीत लेखेर दिएको १६ वर्षसंगीतका लागि मैले प्रतीक्षा गरेको छु, भैया', हल्का भावुक मुद्रामा उनले भने । 'एक जना निकै चलेको गायक-संगीतकारले मलाई त्यति लामो समयसम्म झुलायो, तर म उसको नाम भन्दिन' ती गायक-संगीतकारले धेरै समयको अन्तरपछि रत्नसम्सेरलाई अन्तराको एउटा अंश फेरिदिन आग्रह गरे, जुन उनले मान्ने प्रश्नै थिएन । 'चाहे पाप भन या अपराध' बोलको यो गीतमा त्यसपछि बल्ल अर्का संगीतकारले काम गरे । 'म कुनै कार्यक्रममा पनि गीत वाचन नगर्ने मान्छेले त्यसैकारण केही प्रज्ञा-प्रतिष्ठानमा यो गीत वाचनसमेत गरें', साथै उनी यो गीतले तत्काल पाएको प्रशंसाको पनि स्मरण गर्दछन् ।

रत्नसम्सेरले जम्माजम्मी १२ नेपाली फिल्ममा गीत लेखेका छन् । तर, यिनको स्मरण भने १२ सय जतिको छ । फिल्मवालाले 'गीतको पैसा नदिएको, गीत नै नबुझेको र पर्दामा उतार्दा बिम्ब बिगारिएको अनुभव गरेका छन् उनले । नया युगको साहित्यका विषयमा पुरानो युगका यी बाघका धारणा फेरि कुनै अर्को पटकमा ।

नयाँ पत्रिकाबाट

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 23 मङ्गसीर, 2064

लेखकका अन्य रचनाहरु