एब्युज

- गोबिन्दसिंह रावत, पीएचडी

मधुलाई यहाँ आएको तीन वर्षजति भएछ र यो फार्म हाउसमा काम गरेको पनि लगभग त्यतिनै भएको हुनु पर्छ । नेपालमा आप्mनो मामाको गैर सरकारी संस्थामा काम गर्दै आएकी मधुलाई सपनाको मुलुक उत्तर अमेरिकामा एउटा सेमिनारमा सहभागी हुन मौका मिल्यो । मामाको सहयोग र श्रीमानको चाहनाले गर्दा विदेशिने मौका पाएकी मधुलाई नेपालमा मासिक सोह्र हजार अर्थात लगभग दुई सय डलरबाट एकैपटक मासिक बाह् सय डलर अर्थात नेपालमा खाईपाई आएको तलब घटाएर थप लगभग अस्सी हजार बढी पाउने गरी फार्म हाउसमा काम मिल्यो । सुवर्ण अवसरहरुको देश भनेर सुन्दै आएकी मधुलाई श्रीमानको खुशी तथा स्वीकृति र दुई छोरीको उज्वल भविष्यले शहरभन्दा तीन घण्टा टाढा विकसित र सुविधा सम्पन्न गाँउमा रहेको फार्म हाउसमा काम गर्दै त्यही बस्न बाध्य गरायो ।
छ महिनाको भीसा लिएर सम्भावनाले भरिएको भूमीमा पुगेकी मधुलाई आठ महिनापछि अचानक त्यहाँको अध्यागमन विभागबाट भीसा बिना बसेकाहरुलाई समात्न छापा मार्न प्रहरीहरु आउने गरेको सुनेपछि मधुलाई पनि समातिने र निकालिने डरले सताउन थालेको थियो । श्रीमानसँग यसबारे कुरा हुँदा अरुहरु जस्तै बिना कागज बस्दै आएकाहरु जस्तै उपाय खोजेर बस्ने सल्लाह पाएपछि मधुले पनि उपायहरु खोज्न थाली । कम से कम दुई÷चार वर्ष बस्न पाए छोरीहरुलाई राम्ररी बाहिर पढाउन सकिने र काठमाडौंमा घडेरी किनेर घर बनाउने सपना देखेकी मधुलाई पनि सपनाले बाध्न थाल्यो । फार्म हाउसको सुपरभाइजरलाई बिन्ति चढाई । सुपरभाइजरले पनि बिन्ति सुन्यो । अनि यसरी अध्यागमनबाट अचानक आउने प्रहरी छापाको बेला फार्म हाउसका सुपरभाइजरले मधुलाई सतर्क गराउँदै सुरक्षा प्रदान गर्दै गएपछि विगत तीन वर्षदेखि मधु त्यही फार्म हाउसमा कार्यरत छिन् । नेपालमा श्रीमानले भर्खर घडेरी पनि किनीसके भने छोरीहरु मसुरीको वोडि¨ स्कूलमा पढ्दैछन् ।
तर आज अचानक त्यही फार्म हाउसमा काम गर्ने एकजना सहमर्की अफ्रिकन महिलाले फार्म हाउसका सुपरभाइजरले उनलाई छुन खोज्यो भनेर फार्म हाउसका म्यानेजरलाई उजुरी गरेपछि सुपरभाइजरलाई तुरन्तै कामबाट निकालिदिएको घटनाले ससंकित गरायो । रातको समयलाई दिउसोमा परिवर्तन गराउन सुपरभाइजरलाई अनुरोध गर्दा सुपरभाइजरले मधुलाई जस्तै उपाय बताउँदा महिला नमानेपछि उब्जिएको बबालले सुपरभाइजरको जागिर गएको थियो ।
मधुले आफैलाई प्रश्न गरी –के यसैलाई सेक्सुयल एब्युज भनिन्छ ?

टोरोन्टो


प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 30 आसाढ, 2069

लेखकका अन्य रचनाहरु