पहाड र बस्ती

- विश्वम्भर चन्चल

घन र छिनोलाइ बोकेर म आप्mनो घरबाट हिडेँ । त्यसै पहाडको फेदिमा पुग्नलाई पनि मलाई धेरै दिन लाग्यो । जब म त्याहाँ पुगो, मैले पहिलो सन्तोषको सास फेरो । घन र छिनोलाई भूइामा बिसाएँ र आपूm पनि केह िबेर आरामको लागि त्यहीँको एउटा ढुङ्गामथि बसेँ । साँच्ची भनुा भने घरबाट हिाडेको दिनदेखि खाएको थिइना । मलाई त्यस पहाडमा पुग्नलाई नै हतार थियो । र रात–रातभरि पनि मैले हिँडेर नै बिताएँ ।
मैले आपूmले बोक्न सक्ने जतिको खाने सामल लगेको थिएँ । सातू, भटमास, पीठो र पानी खाने एउटा भाँडो पनि साथैमा थियो । त्यो भारीलाई पनि मैले आपूm नजीकै बिसाएँ र पोकाहरू खोलेँ । त्यसपछि अलिकति सातू र भटमास खाएपछि कल्कली पानी पिएँ । त्यसै पाहाडको तल एउटा सानु कुलो बगिरहेको थियो ।
मैले आप्mनो काम शुरु गर्नको लागि सबभन्दा पहिले पाहाडको स्थितिलाई राम्ररी अध्ययन गर्नु जरूरी थियो । किनभने चानचुने काम थिएन त्यो । त्यही कामको लागि मैले आप्mनो जीवन र मूल्यलाई (हुन सक्छ) गुमाउनु पथ्र्यो जुन कुरा म चाहादैनथो ।यो नै मेरो मूल्यको पहिलो र अन्तिम उपलब्धी थियो र यसमा म दृढ–संकल्पित थिएँ ।
मलाई पाहाडको फेदिदेखि माथि टाकुरामा पुग्न फेरि एक दिन पूरा लाग्यो । मानिसहरूको बस्तीदेखि कोशौँ टाढा–टाढा रहेको त्यो विशाल पहाड उत्तर–दक्षिण भई पैmलिाएको थियो । त्यसका पत्रहरू चट्टानै चट्टानले बनेका थिए र त्यस ठाउँमा रूख तथा झारपातका नाम–निशानसम्म पनि देखिदैनथे । । फेरि त्यो उत्तिकै अवस्थामा भिरालो परी कहालीलाग्दो रुपमा खडा थियो ।
काम शुरु गर्नुभन्दा अगाडि उकपटक फेरि मैले त्यस पहाडको उक छेउदेखि अर्को छेउसम्म आँखा घुमाएँ । भौगोलिक सर्भेक्षणसम्बन्धी ज्ञान ममा थिएन, न त अरु कुनै प्राविधिक ज्ञान । त्यसैले मलाई त्यस पहाडको चट्टानलाई अध्ययन गरी काहाँबाट काम शुरु गरे हुन्छ भन्ने कुरामा अप्ठेरो परिरहेको थियो । ममा त खालि आपूmले अहिलेसम्म गरेको कामको अनुभव थियो र त्यस अनुभवलाई प्रयोजनमा ल्याउनको लागि तिनै घन र छिनो साथमा थिए । यसैको सहाराले मैले सानातिना पहाड र पहरालाई फुटाएथेँ र आप्mनो जिविकोपार्जनको लागि हतकेलाहरू खियाएथेँ ।
तर जुन कामलाई मैले अहिले आँटेको थिएँ केवल जिविकोपार्जन र हत्केलालाई खियाउनु मात्र थिएन । मैले मेरो मूल्यको स्थापना गर्नु थियो । यो त्यो मूल्य थियो जसको लािग ‘म’ बाँचिरहेको थिएँ र, आजसम्मको मूल्यहीन ‘म’ लाई पनि मैले सकार्दै आइरहेको थिएँ ।
जता हेरो पनि चट्टानका ठूलाठूला ढिकाहरू, भीर र पहराहरू ! उकचाटि त मनमा लाग्यो, कसरी सम्भव होला यो काम ! तर मैले विश्वास हारिनँ । कारण, मेरो मान्ष्तालाई मैले चिनेको थिएा ।पाखुरामा बल थियो र सहाराको रुपमा तिनै घन र छिनो थिए । तिनीहरूलाई पनि एकचोटि छातीमा राखी अयाएँ । र विश्वासलाई अभैm टेवा दिएँ ।
पहाड फुटाउने काम शुरु भयो । जति जति छिनोमाथि घनले हिकाृउादै जान्थो उति उति मेरो मनमा अत्यास चढेर जान्थ्यो । अति साह््रा–साह््र चटान थिए त्याहाँ । धेरैचोटि हिर्काउँदा पनि बल्ल बल्ल एउटा चोइटा उप्किन्थ्यो । अनि अर्को चोइटाको लागि फेरि त्यही प्रक्रिया ।
मेरो कार्यमा कुनै कुनै निशिचत समय तोकिएको थिएन । चौबीसै घण्टा पनि म काम गरिरहन्थेँ । कहिलेकाहीँ जव मेरो पाखुरा चल्नै नसक्ने अवस्थामा हुन्थे अनि त्यस बखत म केहीबेरको लागि आराम लिनथेँ । थैलोबाट सातू र भटमास झिकी खान्थेँ र त्यहीँको चट्टानमाथि सुतथेँ । कहिले सातू र भटमासको सट्टमा पीठोलाई पानीमा रगेटी खान्थेँ । पानी खान मन लागे पनि पूरै पहाड ओर्लेर तल आइपुग्नुपथ्र्यो जुनकुरा सँधैँ सम्भव थिएन र आप्mनो भाँडोमा भरिलगेको पानीले धेरै दिन पुग्दैनथ्यो पनि । यस स्थितिमा मैले पक्पकी मुख बाएर नै काम गर्नुपर्यो ।
दिन, महिना र वर्षहरू बित्दै गए । मेरो छिनोमाथि घनको आवाज आई नै रह्यो । तर पहाडको एक कुनाको एक छेउसम्म मात्र पनि मैले फोरिसिध्याउन सकिना । त्यस बीचमा मेरो जीवनमा कति कति दुःखका दिनहरू कसरी बिते भनी याहाँ भनिरहनु मलाई साध्यै छैन । तर एकचोटि के भयो भने मैले एउटा ठूलै चट्टानलाई फोर्ने कोशिश गरिरहेको थिएान । त्यसको लागि मलाई झण्डै महीना दिन जति लाग्यो र यस बीचमा मैले अपूmलाई धेरै निर्बलियो भउको अनुभव गरेँ । आखिर एक दिन त्यो चट्टचान पुट्यो पनि तर दुर्भाग्यको कुरा चट्टानको ढीका आपूmतिरै खसेको होश पाइनँ र त्यसपछि के भयो झन होश पाइनँ । होश पाएपछि के थाहा भयो भने म पहाडको माथिबाट धेरै तल खस्न आइपुगेको रहेछु र दुईटा चट्टानको बीचमा अड्किएको रहेछु । मेरो र्मतको भैmँ अवस्था देखेर गिध्दहरूले मलाई ठुँगेछन् पनि । चट्टचानले लाग्नु र पहाडबाट खस्नुबाट मलाई त्यतिको ठूलो असर त परेको रहेनछ । केवल दाहिने खुटामा केही चोट लागेछ । तर गिध्दहरूले मलाई कसरी ठुँगेछन् भने मेरो संपूर्ण शरीरभरि प्वाल नै प्वाल परी रगतका ढिकैढिकाहरूले म ढाकिएको थिएँ । यस अवसथामा म कति दिन अथवा महीना रहो थाहा भएन । केवल उज्यालो र अँध्यारोको क्रमलाई हेरेर दिनहरू बितेको थाहा पाउनेले बेहोश अवस्थामा बितेको क्रमलाई कसरी जान्न सक्थेँ !
राम्ररी होश फर्केपछि फेरि म पहाडको माथि चढ्न थालेँ । तर चट्टानले चेप्ट्याउादै उति माथिबाट गुल्ट्याएको र गिध्दले ठुँगेको मेरो शरीरले राम्ररी काम दिएन । ढुङ्गैढुङ्गामा समाती बल्ल म पहिलेको ठाउँमा पुगेँ । काम गर्न भने सामथ्र्य आएन । भनुँ भने होश फर्केपछि पनि प्रायः म बेशहोश अवस्थामा नै थिएँ र मेरो शररुकिो कुनै पनि इन्द्रियले काम दिउका थिएनन् । त्यस अवस्थामा चारैतिर अँध्यारै–अँध्यारो सिवाय मैले केही देखिना । “भर्सेलै परोस् मेरो मूल्यको स्थापना.... ।” जीवनका सम्पूर्ण मूल्य र त्यसको स्थापनालाई निष्प्रयोजन र निष्फल बाहेक केही ठानिनँ ।
“जन्मिनु केवल एउटा क्रिया र मर्नु प्रक्रियादेखि बाहेक बीचका यी सम्पूर्ण स्थितिहरू निस्सार र यथार्थहीन हुन् । यथार्थ त केवल जन्मिनु र मर्नु हो भनो फेरि यस बीचको ‘मूल्य स्थापना’ के र कसका लागि.... ?”
आप्mनो आपैmसँगको यस प्रश्नले तत्पश्चात् ममा हीनताबोधको सृष्टी भयो । शरीरले काम नदिए पनि मभित्रको आत्मविश्वासले जति काम दिइरहेथ्यो र आपूmमा मानसिक शक्ति थियो त्यो पनि अब क्षीण हुँदै गयो । मलाई निश्चय भयो मैले पहाड फोर्न नसक्ने भएँ ।, पहरा नसम्मिने भए । मेरो बाबुले त्यस पहाडमाथि जुन प्रकारकमो सपनालाई विच्छाएर गएथे त्यो पनि यथार्थहीन रहेछ र यथार्थको रुपमा मानवीय निर्बलता र निष्फल प्रयत्न नै मेरो सामू खडा भए ।
त्यसको धेरै दिनसम्म पनि मैले काम गर्न सकिनँ । शरीर त अलि अलि गर्दै ठीक हुँदै आयो । तर ममा हीनताबोध बढ्दै जान थाल्यो । त्यस अवस्थामा मैले आप्mनो मूल्यलाई मृत्यूको रुप दिनु सिवाय विकल्पको रुपमा कुनै अर्को उपलब्धी पाउन सकिनँ । लाग्यो– मेरो मूल्यको वलिदान यसैबखत दिउँ । गरूँ यसै पहाडमा आत्महत्या र मानिसहरूले भनून्–कुनै एउटा बहुला थियो जसले इश्वरीय नियमलाई जित्न चाहन्थ्यो तर सकेन । फलस्वरुप ऊ आपैmँले आत्महत्या गर्यो.... ।
एकदिन मैले आप्mनो मृत्यूको लागि राम्रो उपाय सोचेँ । वर्षौँदेखि चट्टानलाई फोर्दा फोर्दै खिइएर ठूटो जस्तै देखिएको छिनोलाई उद्याउन लागाँ । त्यसलाई उद्याएर तीखो पार्न पनि मलाई कम समय लागेन । मेरो योजना कबे थियो भने छिनोको टुप्पोलाई घाँटीको ठीक बीचमा पारी राख्नेछु र अर्कोतिरबाट घनले हिर्काउने छु किनभने मेरा बालककालदेखिका बाबु आमा र साथी भाइ जे भनौँ यिनै दुई हतियार थिए । यिनैबाट मैले आप्mनो पेट पालेथेँ, माया पाएथेँ र यिनैलाई साथमा लिएर भीर, पहरा, पहाढड र चट्टानमा रमाई–रमाई खेलेथेँ भने अब यिनैको सहाराले मर्नु पनि मेरो लागि गर्व हुन्थयो । प्mरि यिनै हतियार थिए जव कि म चौध पर्षको माधत्र थिएँ र मेरो बाबुले हातमा थमाई दिै भनेथे, “बाबु ! तिमीले जीवनमा कहिले हार नखानु । तिम्रो मूल्यलाई तिमीले नै स्थापना गर्नु पर्छ । मानिस स्वयं कमजोर छैन । तर जीवनमा आइपर्ने अनेकन जन्जालहरूले उसलाई हीनताबोधको आभाष गराउँछन् र फलस्वरुप उसले जीवनलाई मूल्यहीन सम्झन्छ । त्यसैले यी जन्जालहरूको सामना गरी शक्तिको परिचालन गरेर मूल्यको स्थापना हुन सक्छ.... ।
बाबुका यी कुराहरूलाई मैले चौध वर्षको उमेरमा बुझ्न सकेको थिएँ भनेर त भन्न सक्दिनँ । तर पछि ठूलो हुँदै गएपछि भने बुभ्mन थालेँ । फेरि अहिले मेरो मृत्यूको योजनाको केही बेरअगाडि मात्र यिनै कुराहरू प्रादुर्भाव भए । मेरो बाबुले पनि यसै पहाड र याहाँका चटटानमा काम गर्दा गर्दै जीवन बिताएथे र उनलाई आइपरेका दुखहरूबारे मलाई सुनाउादा एउटा दन्त्यकथा भैmँ लाग्थ्यो । अहिले भने स्वयं म नै दन्तयकथा भइरहेको थिएँ ।
मैले मर्न चाहिनँ । ममा हीनताबोधबाट स्थितिबोध हुँदै आयो । पुःन शक्ति भरियो । स्फुर्ति बढ्या ।े विश्वासले साथ दियो । अनि फेरि आप्mनो काममा तल्लिन भएँ । गिध्दले ठुँगेका शरीरका खाल्डाहरूमा पनि मासु भरिदै आए ।
मेरो काम पहिलेको भन्द पनि दु्रततरगतिले बढ्न थाल्यो । यस बीचमा ममा के कुराको अनुभव भयोे भने आत्मविश्वास हुनु जीवनमा ठूलो कुरा रहेछ ।किनभने जुन बेलामा म बढी स्पूmर्तिसाथ काम गरिरहेको थिएँ मेरो खाने सामल सिध्दिइसकेथ्यो । महीनौँ–महीनौँसम्म त मैले खालि पानी मात्र खाएर आप्mनो सासलाई धानेँ ।कहिले म पहाडबाट तल फेदिमा झर्थेँ त कहिले टाढा–टाढाका जङ्गलमा गई फपूmल तथा कन्दमूल जे पाइन्छ खाजी ल्याउँथेँ र त्यही खाने गर्थेँ ।एकचोटि यस्तो पनि भयो कि धेरै दिनसम्म मैले केही खान पाइनँ । याहाँसम्मम कि पानीको दलागि पनि तल पहाडको फेदिमा झर्न नसक्ने अवस्थामा भएँ । यो बेला थियो जेठको मध्य महीना र सूर्यको प््खार रापले मेरो सारा शरीरलाई डढाइ सकेथ्यो । यिन्तु न चिन्तुको अवस्थामा म त्यहीँको चट्टानमा उत्तानो परेर झण्डै बेहोश अवसथामा थिएा । गिध्दहरूले एउटा जङ्गली जनावरको सिनोलाई बोक िल्याएछन् मै भए ठाउँमा लुछाचुँडी गर्दै रहेछन् । पहिले त मलाई तिनहिरू धपाउने आँट आएन । किनभने उनीहरूले नै मलाई आहाराको रुपमा क्वारक्वार्ती हेरिरहेका थिए र तर पछि म घिस्रिँदै गएा म त्यस ठाउँमा ढुङगाले हानी उनहिरूलाई धपाएँ । उनीहरू उडे त्यस ठाउँबाट र मैमाथि पखेटा हिर्काउँदै उड्न लागे । अनि त्यो सिनो धेरै दिनको लागि मेरो सामल बन्यो र म फेरि यथावत आप्mनो काममा लागेँ ।
यस्तै क्रम थियो । एकचोटि एक हूल यात्रीहरू त्यह िपहाडको बाटो गरी तिर्थ गर्न आए । उनहिरूले म र मेरो कामलाइृ देखर छक्क परे । सोधे, “तिमीले यो पहाडलाइृ किन फुटाउन लागेका छौ ?” मैले भनेँ, यो ठाउँमा एउटा सुन्दर बस्ती बसाल्न लागेको छु ।” यस प्कारको मेरो जवाफ सुनेर उनहिरू हाँसे र मलाइृ बहुलाको संज्ञा दिए । मैले सुनाएँ, “मानिस कमजोर छैन बुभ्mयौ ?” तर उनीहरूले बुझे वा बुझेनन् मैले थाहा पाइनँ ।हिँड्दा उनीहरूले भने, “हामी फर्केर फेरि यही बाटो आउँदा यो बहुला मरिसक्नेछ ।”
थ्यसपछि अरु केही वर्षहरू बिते । यस बखतसम्ममा पहाडको उक चौथाइ भाग मात्र मैले फुटाउन सकेँ । एक चौथाइ भाग मेरो बाबुले फुटाएथे र जम्माजम्मी आधा खण्ड मात्र अहिले फुट्न सक्यो । अब म प्राय धेरै बूढो पनि भइसकेथेँ । मेरो हत्केलामा मासु थिएनन् । भउका हाडहरू पनि घन र छिनोको बोझले छिया छिया भइसकेथे र यसपटक मैले आपूmमा पूणतया हार खाएँ । अब त विश्वास भएर पनि मेरो हातहरूले घन र छिनोलाई समात्न नसक्ने अवस्थामा मैले आपूmाई पाएँ । यात्रुहरूले जे भनी गएथे त्यो कुरा ठीक भयो । मैले सोच्दै थिएँ कि धेरै दिनहरू बिते । यस बीचमा फेरि एउटा नराम्रो घटना घट्यो । एक दिन त्याहाँ एउटा बेसकरी हूरी आयो मलाई नै उडाउने गरी । त्यस अघि कहिल्यै पनि त्यति ठूलो हूरी आउको थ्एिन र आए पनि चट्टानका ठूला–ठूला ओडारमा बसेर आप्mनो सुरक्ष गरेको थिएा । तर त्यस दिन भने सुरक्षाको लागि मैले नजीकमा कहीा ओडार पाउन सकिनँ । अलिकति टाढा जान पनि सकिनँ । हूरीले परालको त्यान्द्रो जस्तो मेरो शरीरलाई उडाएर धेरै पर लगी चट्टानमाथि बजारिदियो । म मुच्र्छामा परेँ । बिउँझदाचाहिँ केही वर्ष पहिलेका तिनै तिर्थ यात्रहिरू मेरो चारैतिर घेरा लागी मलाइृ बिउाझाउने प्रयतन गरिरहेका थिए ।
मुच्र्छाबाट बिउँझिएपछि मैले चारैतिर शून्य आँखाले हेरेँ । त्यसपछि गउर मेरो आँखा पहाडको त्यस भागमा अडिए जाहाँ र जति मैले फुटाउन सकेको थिएा । मैले देखेँ– त्याहाँ ढुङगैढुङ्गाले बनेका साना–साना घरहरू, विभिन्न थरिका पूmल पूmलेका वगैँचाहरू, पानीको झर्ना, दूबो उम्रिएका चउर र त्याहाँका रूखका छहारीमुनि मनिसहरू सुती आराम लिइरहेका आदि आदि दृश्यले म अतिशय खुशी भएँ र खुशीका आँशुहरूलाई आाखाबाट बगाएँ । तिर्थ यात्रीहरूले सोधे, “तिमी किन रोएका बहुला ?”
“मेरो सपना साकार भउको देखेर,” मैले भनेँ ।
“खोइ, कसरी तिम्रो सपना साकार भयो ?” उनीहरूले आश्चर्य माने ।
“तिमीहरूले देखेनौ ?” मैले सोधेँ, “ऊः ! हेर त कति सुन्दर बस्ती बसिसक्यो यस चीसो पहाडमा ! के स्वर्गभन्दा कम छ यो ठाउँ ! यात्ररू हो ! तिमहिरू एकपल्ट भित्री मनले सोच त , सुख काहाँ छ भनेर ? परिश्रम तिमहिरूको हातमा छ र सुख र शान्तिचाहिँ तिमहिरूको मनमा । मैले अभैm हरेस खाउको छैन बुभ्mयौ । तिमहिरूले कति कति वर्ष लगाएर तिर्थ गरेर आयौ केवल मृत्यूपछिको स्वर्गप्राप्तिको लागि । तर मैले यसै पहाडमा काम गरेर आप्mनो जीवन बिताएँ स्वर्ग प्राप्तिकै लागि । फरक यति छ– तिमीहरू जीवनबाट हारेर स्वर्गप्रप्ति गर्न खोज्छौ मचाहिँ जीवनलाई जितेर नै स्वर्गप्रप्ति गर्न खोज्छु । म जीवित मान्छेको मूल्य स्थपना गर्न खोज्छु । तिमहिरू मृत्यूपछिको मूल्य स्थापना गर्न खोज्छौ । संझ यथार्थ कुन हो.... ?”
तर उनीहरूमध्ये कसैले पनि मेरो कुरा मान्न तयार भएनन् र मलाई त्यसै अवस्थामा छोडी आप्mनो बाटो लागे । म फेरि सकी न सकी पहाड फोर्न लागेँ ।
त्यसके लगत्तै केही दिनपछि फेरि अर्को हूल मानिसहरू त्यतैबाट आए ।त्याहाँ उनहिरूको बास पर्यो । उनीहरूले आप्mना सारा सरसामानलाई त्यहीँ बिसाई केही खानेकुरा खाए र टाढाबाट लोहोटा अदिमा बाकी ल्याएको पानी पिई त्यसै पहाडको टाकुरामा सुते ।
भेलिपल्ट भयो । उनहिरू त्याहाँबाट हिँडेनन् । केवल पहाडको चारैतिर हेरेर र घुमीघुमी मा त्र दिन बितए । रात पर्यो र फेरि पर्सिपल्ट भयो उनीहरू अभैm गएनन् । त्ययसपछि म उनहिरू भएठाउँमा गई सोधो, तिमीहरूको घर काहाँ हो र अहिले काहाँ जान लागेका हौ ?” उनीहरूले भने, “हामी घर–बार विहीन फिरन्ता हौँ । हामीलाई यो ठाउँ अति रमाइलो लाग्यो र यहीँ घर–बास गरी जीवन बिताउने उपाय सोच्दैछौँ । अनि तिमी को हौ र यहाँ यस हालतमा कसरी भयौँ ?”
म्ैले ती फिरन्ताहरूलाइृ आप्mनो जीवनको कथा सुनाएँ ।यो सुनाउन मलाई पूरा दुइ दिन र दुइ रात लाग्यो । यसपछि उनीहरूले मालई मेरो साहसलाइृ धन्यवाद दिँदै मेरो अवस्थामा सहानुभूति प्रकट गरे । उनीहरूले भने, “निश्चय नै हामी यहाँ आप्mनो बस्ती बसाल्ने छौा र अब तिमी पनि बढी काम नगर । बाँक िपहाडलाइृ हामीले नै फुटाउने छौँ ।”
ऋाहो म कति खुशी भएा त्यस दिन र त्यस पहाडमाथि उफ्री–उफ्री नाचेँ सााच्चि नै म बहुलाजस्तो भएँ । यसप्रकारको बहुलापनले फेरि मलाई बेहोश अवस्थामा पार्यो । उनहिरूले नै मलाई अनेक प्रयतनबाट बिउाझाए र यस बखत उनहिरू पनि रोइरहेका थिए र मेरो जीवनको लागि भगवानसाग प्रार्थना गरिरहेका थिए ।
फिरन्ताहरूले आप्mनो काम शुरु गरे । अब मेरा दुइ हातका सट्टामा सयौँ हातहरू पहाडमा बज्रिए । हेर्दाहेर्दै पहाडका चट्टानहरू डङ् डङ् फुट्न लागे । तर मलाइृ भने उनीहरूले कुनै काम गनृ दिएनन् । केवल मेरो निर्देशन मात्र चाहनथे । उक किसिमले म हलचल गर्न नसक्ने अवस्थामा पनि पुगिसकेको थिएँ ।
केही दिनभित्रमा नै यो खबर मानिसको बस्तीबस्तीसम्म पैmलिन पुग्यो । कोशौँ–कोश टाढादेखि मानिसहरू यहाँ धुइरिए । कारण के थियो भने यो पहाडमा अति डरलाग्दो भूतको बास छ र जो कोही मानसले यस पहाडको चार सिमानभित्र खुट्टसम्म हाले पनि ततकाले उसको मृत्यू हुन्छ मनी मानिसहरू भन्थे । कैयौँ मानिसहरूको यहाँ मृत्यू भएको थियो । र, जो मानिस यहाँ आए कसरी उनीहरूको मृत्यू भयो भन्ने बारे एउटा रहस्य हुन्थ्यो, कसैलाई यसको वास्तविक ज्ञान थिएन । भूतकै कारणले यहाा रूख तथा झारपातसम्म नउम्रेका हुन् भनी उनहिरू भन्थे । संसारमा अब प्रायः बस्ती बसाल्न हुने भयो । हामीले ढुङ्गैढुङ्गाका साना–साना घरहरू बनायौँ । चाहिनेक ाठ, माटो, पानी, पनि मेरा मानिसहरूले कोशौँकोश टाढादेखि बोकी ल्याए । यी सबै कुरा गर्न हामीलाई कम दुख भएन ।
केही समयभित्रमा ने त्यहाँ एउटा सुन्दर बस्ती बस्यो । पूल, वगैँचाहरू लहलहाए । देवताका मनिदरहरू बने र त्यहाँ घण्टाहरू बजे । यिनै घण्टाका आवाजमा हाम्रो चेतना जाग्थ्यो, भावना उर्लन्थयो र प्राण सलबलाउँथ्यो । हामीलाइृ हाम्रो समय र मूल्यको ज्ञान यनै घण्टाका आवाजहरूले दिन्थे । बिहानको आवाजमा हामी काममा जुट्थ्यौँ र बेलुका प्mरि यिनेका आवाजले हामीलाई आराम लिने स.केत दिन्थ्यो ।
बस्तीका मानिसहरूले एउटा अर्को के काम पनि गरे भने बस्तीकको बीचमा मेरो एउटा भव्य–मूर्तीको स्थापना गरे र बस्तीलाई मेरो नामबाट नामाकरण गरे । त्यसको लागि उउटा शुभ–मूहूर्तमा उद्घाटन हुने कामको पनि तयारी भयो ।
जुन दिन त्यो कार्य गरिने थियो त्यस दिनको अघिल्लै बेलुकादेखि मनिदरहरूमा घण्टा बजे र रातभरि पनि बजी नै रहे । मानिसहरूको चहलपहल पनि राती नै देखि भइरहेको थियो । जब बिहानको पहिलो प्रहर भयो , कोशौँ–कोश टाढाका बस्तीहरूमा समेत सुनिने गरी विगुल फुकिए, ढोलक बजाइए र शंखध्वनीहरू पनि भए । मचाहिँ आप्mनो ओडारबाट बल्ल बल्ल बाहिर निस्किएँ र बस्तीको चारैतिर हेरेँ । अहा ! क्या सुन्दर ! स्वर्ग भैmँ छ यो बस्ती ! कति सुखी देखिएका यस बस्तीका मानिसहरू.... ! यस अवस्थामा मैले मेरो खुशीलाई थाम्न सकिनँ र कुनै दिन अघि त्यसै पहाडको टाकुरामा नाचेको भैmँ नाच्न पनि सकिनँ । के गरी प्रकट गरूँ म मेरो खुशीलाई ! मेरो मूल्यको स्थापनालाई ! लौ त यसपछि मेरो बाँच्नुको अब कुनै अर्थ छैन । मृत्यूपछिको पनि कुनै मूल्य छैन र जति समय म यस पृथ्वीमा बाँच्छु मेरो अस्तित्प बाँचेको हुन्छ । त्यसपछि ममा न स्थितिबोध, न आत्मबोध र न त हीनताबोध नै हुन्छ ? र भए पनि मृत्यूपछिका यी सब बोधहरू आज ममा छैनन् । छ त केवल आजको मेरो अस्तित्वबोध जो अहिले, यस बखत मसँग छ र यसलाई मैले सकी नसकी प्राप्त गरेको छु । यस स्थितिमा मैले ईश्वरलाई पनि जितेकी छु जसले निःसहाय र निर्बल प्राणीको रुपमा मलाई यहाँ पठायो । तर.... हे ईश्वर ! हेर अभैm म निर्बलियो छैन.... ।
यति भनिसकेपछि मैले एउटा धारिलो हतियारलाई एउटा हातमा लिएँ र आप्mनो अर्को हातलाई काटेँ । मेरा मानिसहरूले मेरो चाला देखेर रुँदै कराउँदै मलाई जोगाउन आए । तर उनीहरू म भए ठाउँमा आइपुग्दा नपुग्दै म अङ्गहीन बनिसकेको थिएँ र रगताम्मे पनि.... ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 14 आसाढ, 2069

लेखकका अन्य रचनाहरु