पूजा स्थगित

- लुमडी आचार्य

धर्मानन्दको धर्मप्रतिको बाहिरी आस्था-देखेर छरछिमेकी मात्र होइन, पल्लो, झन । पल्लो गाउँसम्मका गाउँलेहरू अत्यन्त प्रभावित छन । एकाध वर्षयता । लामो टुप्पी, निधारमा रातो ठाडो टीको, पुरानो ढाँचाको ढाकाको टोपी र दौरा सुरुवाल माथि बानिएको पटुका र लामा जुङ्गाले उनको व्यक्तित्व साँच्चै धर्मात्मा जस्तो देखिन्छ । पेशा उनको पुरेत्याइँ । "टायलघरे पुरेतबा" उनको अचेलको चिनारी । धर्मानन्द त केबल चिनामा पण्डितबाजेले जुराई दिएको नाम मात्र हो ।

गाईखाने भाषाको साँवा अक्षरसम्मको भेउ पनि छैन उनलाई । नेपाली बाह्रखरी पनि पाठशालाको दैलो कुल्चने अवसर पाएर हैन, दाजुहरूसँग सिकेको आफ्नै घर-आँगनमै । सराद्दे, न्वारान, सत्यनारायणको पूजामा बढाइ, चढाइ, टुक्का जोरेर जजमानहरूलाई मख्ख बनाउने कला जानेपछि पुरेतबाट पण्डित भनिन थालेका छन । । परिचितका लागि उनी साँच्चिकै धार्मिक, परमेश्वर जस्तै । हरेक बिहानी दर्ुइ, अर्ढाई घण्टा पूजाआजामै बित्छ । उनको शङ्ख-घण्टको गुञ्जनले बिहानको ९, बजेको समयको सङ्केत गरेको आभाष हुन्छ, छरछिमेकमा । प्रशंसा सुरु हुन्छ- "धन्य, धर्मानन्द गुरुको निष्ठा !"

आउँदो पूणिर्माका दिन धूमधामसँग सत्यनारायणको पूजा लगाउने अठोट गरेछन । पल्लो गाउँका जजमान-गजरामले । यसको लागि आवश्यक सामग्रीबारे सल्लाह गर्न र पुरेतजीलाई निम्तो दिन टायलघरेकहाँ पुगे गजराम । धर्मानन्द पूजा सकेर गीता पाठ गर्दै रहेछन । । हत्तपत्त बाहिर निस्केर पुरेत्नी बज्यैले कानेखुशी गरिन ।- "केहीबेर पखौर्ँ है काजी ! पूजा नसकी उहाँ कसैसँग बोल्नु हुन्न" । यतिबेलै एउटा अपरिचित लाग्ने मानिस टुप्लुक्कियो । '"याँ ठारो, बुरो बाख्रो बेच्ने छैन -" । उसले रूखोस्वरमा सोध्यो ।

आगन्तुकको बोली रोकिन नपाउँदै गीता पाठ स्थगित गर्दै चिच्याए, धर्मानन्द "तुमुचा कर्साई हो - पख, पख ! सिंगारी बाख्रो बैलियो, अब त्यसको काम छैन । मासु चैँ थुप्रै छ त्यसको । मोल मिला 'र लैजा' ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 16 मङ्गसीर, 2064

लेखकका अन्य रचनाहरु