मैथिलीका कविकोकिल विद्यापति

- वृषेशचन्द्र लाल

मिथिला आफ्ना महान साहित्यकार कविकोकिल विद्यापत्रि्रति श्रद्धासुमन चढाउदैछ । विद्यापति स्मृति दिवस अब मिथिलाञ्चलमा कविकोकिलको सम्झनामा मात्र सीमित छैन, यसले मैथिली साहित्यको पुनरुउत्थान तथा यसलाई क्षेत्रीय भाषाको रूपमा सम्मानित गराउन सक्रिय यस क्षेत्रको भाषिक आन्दोलनलाई ऊर्जा प्रदान गर्ने मैथिलीभाषीकोे एकता दिवसको रूप लिइसकेको छ ।

भारतमा मात्रै होइन, नेपालमा पनि मैथिली आन्दोलन विद्यापति स्मृति दिवसकै आयोजनबाट सुरु भएको थियो । नेपालमा स्व पं सुन्दर झा शास्त्रीसमेतका अग्रसरतामा सुरू भएको योे आयोजन आरम्भमा 'एउटै भाषा एउटै भेष'को पञ्चायती मानसिकताविरुद्ध क्षेत्रीय भाषाहरूको अस्मिता र सम्मानको संर्घष्ा तथा यसका लागि लोकतन्त्रको आवश्यकता बोध गराउने लक्ष्यतिर केन्द्रित थियो ।

विद्यापतिले सम्पर्ूण्ा जीवन साहित्यलाई अर्पित गर्नुभयो । मृत्युको अन्तिम क्षणसम्म पदको रचना गर्दै काव्यधारा प्रवाहित गरिरहनुभयो । भनिन्छ, आफ्नो जीवनको अन्तकाल आइपुगेको उहालाई आभाष भइसकेको थियोे र आफैं आफ्नी छोरी, धर्मपत्नीलाई त्यसको जनाउदिई गंगालाभका लागि प्रस्थान गर्नुभएको थियो । अलिपरै वाजितपुरसम्म पुग्दा उहाको शक्ति पर्ूण्ातया क्षीण भयो र अगाडि बढ्न अर्समर्थ हुनुभयो । त्यतिबेला उहाले गर्नुभएको गंगाको वन्दना विद्यापतिका अमर पदावलीहरूमध्ये एक हुन्(

बड. सुखसार पाओल तुआ तीरे । छोड.इत निकट नयन बह नीरे ।।

भनिन्छ, उहाको भक्तिपूर्ूण्ा वन्दनापछि गङ्गाको धार विद्यापतिसम्म घुमेर गयो र गङ्गालाभ गर्दै उहाले देहत्याग गर्नुभयो । वाजितपुरको त्यो स्थानमा अहिले विद्यापति नगर रेल्वे स्टेसन छ । जीवनको अन्तिम क्षणसम्म रचनाको प्रमाणका साथै यसले उहाको आध्यात्मिक उच्चता पनि स्पष्ट गर्छ ।

विद्यापतिको लेखन, विषय र भाषाक्षेत्र व्यापक र विशाल थियो । उहाका रचना संस्कृत, प्राकृत, मैथिली र अबहठ्ठमा प्राप्त भएका छन् । मैथिलीमा मात्रै उहाले शक्ति आराधना, नचारी, कृष्णलीला, प्रणय लगायतका विषयमा हजारभन्दा बढी गीत रचना गर्नुभएको छ भने अबहठ्ठमा दर्ुइवटा खण्डकाव्य कर्ीर्त्तिलता र कर्ीर्त्तिपताका तथा संस्कृत-प्राकृत-मैथिलीमा गोरक्षविजय र संस्कृत-प्राकृतमा मणिमञ्जरी नाटकहरू उपलब्ध छन् । संस्कृतमा उहाले शास्त्रीय र व्यवहारोपयोगी धेरै ग्रन्थ लेख्नुभएको थियो । तीमध्ये शिक्षाप्रद रोचक कथा संकलन पुरुषपरीक्षा तथा अभिलेखाङ्कन नमुनाका साथै शासनोपयोगी पत्राचारको लिखनावली विख्यात छ । विद्यापतिको यात्रा साहित्य भूपरिक्रमण, धर्मशास्त्र र कर्मकाण्डका पारम्परिक ग्रन्थहरू विभागसार, शैवर्सवस्वसार, दर्ुगाभक्ति तरङ्गनिी, दानवाक्यावली, गङ्गावाक्यावली, गयापत्तलक, वर्षृत्य, व्याड.ी भक्तितरङ्गनिी आदि अमर कृति छन् ।

यी सबै कृतिमा तत्कालीन सूचना र सामाजिक चित्रण पाइन्छ । कर्ीर्त्तिलतालाई विद्यापतिको पहिलो रचना मानिन्छ । त्यतिखेर मिथिलाका विद्वान संस्कृतमा लेख्ने गर्थे । कर्ीर्त्तिलतामा उहाले मातृभाषामा लेख्ने कारण र यसको महत्त्व बताउनुभएको छ( देसिल बअना सब जनमिठ्ठा, ते तैसन जम्पओ अबहठ्ठा । कर्ीर्त्तिपताकामे मैथिली भाषामा प्रेमसम्बन्धी कमनीय कविता छन् । शैवर्सवस्वसारमा भवसिंहदेखि व्ािश्वासदेवीसम्मका कर्ीर्तिकथा विरुदावली शैलीमा वणिर्त छ । गंगावाक्यावली र दर्ुगाभक्तितरंगिणी गंगा र शक्तिको उपासनामा विद्यापतिद्वारा रचित रचना संग्रह हुन् ।

विद्यापतिका पिता गणपति ठाकुर र माता गांगोदेवी थिए । मिथिलाको राजधानी ओइनी थियो । ओइनीमा राजकुमार शिवसिंह, कर्ीर्तिसिंह तथा पद्मसिंहसग उहाको शिक्षादीक्ष्ँा भयो । त्यसपछि सिदरपुरमा प्रकाण्ड विद्वान हरिमिश्रको चौपाडीमा न्यायशास्त्र तथा धर्मशास्त्रको अध्ययन गर्नुभयो ।

विद्यापति सरस, विनोदी र चतुर त थिए, आफ्नो सम्मोहक र उदात्त व्यक्तित्त्वका कारण राजा शिवसिंहले उनलाई राजपण्डित बनाए । विद्यापतिका शृङगार गीत रचना यसै अवधिमा भयो । दिल्लीका सुल्तान इब्राहिम शाहलाई राजस्व नबुझाएको कारण राजा शिवसिंहलाई सुल्तानले बन्दी बनाए । विद्यापतिले आफ्ना गीत सुनाई सुल्तानलाई मुग्ध पारी शिवसिंहलाई मुक्त गराएका थिए । १४०र्२र् इमा जलालुद्दीनले मिथिलामाथि आक्रमण गरे, तर उनी पराजित भएर फर्किनुपर्‍यो । त्यस युद्धमा कविकोकिलको भूमिकाबाट प्रभावित भई राजा शिवसिंहले त्यसलगत्तै राज्याभिषेक अवसरमा उनलाई आफ्नो जन्मस्थली बिस्फी ग्राम दानस्वरूप प्रदान गर्नुभयो ।

तीन-चार वर्षछि फेरि इब्राहिम शाहले मिथिलामाथि आक्रमण गरे । युद्धमा राजा शिवसिंह पराजित भए । विद्यापतिले रानीहरूसगै बनौलीका राजा पुरादित्यको शरणमा जानुपर्‍यो । विद्यापतिका लागि त्यो अवधि कठिन र निराशाजनक थियो । उहा गीतगोविन्दका रचनाकार जयदेवको प्रभावमा पर्नुभयो । जयदेवलाई विद्यापतिको पे्ररणास्रोत मानिन्छ । उहालाई अभिनव जयदेव पनि भनिन्छ । निर्वासनकालमा उहाका रचनामा शृङगारको स्थानमा भक्तिका धारा प्रवाहित हुन थाल्यो । उहाले भगवान शिवशंकरका

लागि नचारीका रचनामा आफूलाई समर्पित गर्नुभयो ।

विद्यापति शिव, शक्ति र राधाकृष्णका उपासक थिए । उनका सम्पर्ूण्ा गीतलाई दर्ुइ गोट धारामा विभाजित गर्न सकिन्छ( शृङगार र भक्ति । पहिलो धारामा राधाकृष्णका आराधनामा रचिएका गीत र्प्ार्छन् भने दोस्रो धारामा महादेव, देवी र गंगाका स्तुति । महादेवप्रति समर्पित रचना नचारीका नामले विख्यात छन् । शक्तिको स्तुति गोसाउनी गीत मिथिलाका प्रत्येक पर्व वा कुनै शुभकार्य अवसरमा अनिवार्य रूपले गाइन्छ ।

विद्यापतिको काव्यधाराले आर्यावर्तलाई प्रभावित गरेको थियो । आसाम, बंगालबाट न्यायशास्त्र पढ्न विद्यार्थीहरू मिथिला आउथे । फर्किंदा विद्यापतिका गीत-संगीत लिएर जान्थे । जगदीश मिश्र, विष्णुपुरी, भानुदत्त, गोविन्द ठाकुर, गोविन्द दास यसका उदाहरण हुन् । विद्यापतिका गीत जब महाप्रभु चैतन्यको कानमा पर्‍यो, उहा भावविभोर हुनुभयो । बंगाल, आसाम तथा उडिसासम्म विद्यापतिका गीत चैतन्य सम्प्रदायमा सम्मानित स्थान प्राप्त गर्‍यो । वैष्णव कवि उहाको अनुसरण गर्दै रचना गर्न थाले । यसैक्रममा यस्ता रचनामा स्थानीय भाषाका तत्त्व मिश्रति भए । परिणामस्वरूप भाषाको नया रूप उत्पन्न भयो, जसलाई व्रजबोली भनिन्छ । कवीन्द्र रवीन्द्रनाथ ठाकुरले पनि विद्यापतिको अनुसरण गरेको पाइन्छ । भानुसिंहको नामले रचित उहाका रचना उदाहरणस्वरूप लिन सकिन्छ । विद्यापतिसग महषिर् अरविन्दो पनि प्रभावित भए । डा विनोदविहारी वर्माद्वारा लिखित 'महषिर् श्री अरोविन्दो अन विद्यापति' निबन्धमा यसको विस्तृत विवरण छ । यसबाट विद्यापति आफ्नो युगको प्रतिनिधिमात्रै होइन, युगका पर््रवर्तकसमेत रहेको प्रमाणित हुन्छ ।

विद्यापतिका व्यवहार गीतले मिथिलाका लोक-व्यवहार गीतलाई साहित्यिक प्रतिष्ठा प्रदान गर्‍यो । उहाका व्यवहार गीतका अनुसरण प्रक्रियाले अहिलेसम्म पनि निरन्तरता पाएको छ । विद्यापति नारी हृदयका मर्मज्ञ थिए । नारीमा अन्तरनिहित भावनाको यथार्थ वर्ण्र्ाागर्थे-

सरसिज विनु सर सरविनु सरसिज की सरसिज

विनु सूरे

यौवन विनु तन तन विनु यौवन की यौवन पिय दूरे

सखी हे, मोर बड दैव विरोधी

मदन वेदन बड पिया मोर बोलछड

अबहु देकु परबोधी ।

त्यस्तै अर्को पद छ(

ए सखी रंगिनी कहल निसान

हेरइत पुन मोर शरल निसान

कवि विद्यापति एह रस भान

सुपुरुष परम तुहु भल जान

की लागि कौतुक देखलहु सखी

निमिष लोचन आध

मोर मन मृग परम बेधल

विषम बान बेआध ।

विद्यापतिका गीत गुुणोत्कर्षाका साथै विषय विविधताले पनि परिपर्ूण्ा छन् । भक्ति गीतमा आराध्य र आराधकको सम्बन्ध प्रतिफलित देखिन्छ तथा आराध्यको छवि, लीला, वर-याचना आदि मुख्य विषय बनेका छन् । शृङगार गीतमा वयःसन्धि, रूपलावण्य, रागोदय, केलिकातरता, रसिकता, रतिपाटव, परकीयाकैतव, अभिसार, मिलनको उल्लास, विरहको वेदना लगायत नरनारीका यौन स्ाम्बन्धसग सम्बन्धित सबै विषय रुचिकर शैलीमा समेटिएका छन् । व्यावहारिक गीतमा माङ्गलिक, उपचार, पारिवारिक हर्षोल्लास, प्रेम, वात्सल्य, शुुभकामना आदि चित्रित छन् । मैथिली साहित्यमा विद्यापतिको स्थान इटालीका दाते र बेलायतका चौसरजस्तो छ ।

विद्यापति निर्वासनकालमा प्राचीन मिथिलाको राजधानी विदेहनगरी सम्प्रति जनकपुरदेखि दक्षिण राजबनौलीमा बस्नुभएको थियो । काठमाडौंमा विद्यापतिका पदावलीको तिरहुताक्षरमा तयार गरिएको पाण्डुलिपि विद्यमान छ । र्सवप्रथम महामहोपाध्याय हरप्रसाद भट्टाचार्य शास्त्रीलाई यसको जानकारी प्राप्त भएको थियो । उहा विद्यापतिबाट प्रभावित हुनुहुन्थ्यो । उहाले लेख्नुभएको छ( विद्यापतिके आमरा तीन मर्ूर्तिते देखिते पाई । एक मर्ूर्तिते तिनी पण्डित संस्कृत साहित्ये खुब व्युत्पन्न । तिरहुतेर राजादेर सभासद एवं हिन्दू समाजे पर्ुनर्गठने कृतसंकल्प । आर एक मर्ूर्तिते देखी तिनी कविर चक्षे जगत देखिते छेन । आदि रसेर पद लिखिते छेन एवं समये-समये उच्छवासे गद्गद् होइते छेन । ताहार आरओ एक मर्ूर्ति आछे । तिनी इतिहास लिखिते छेन । ताहार इतिहासेर नाम मोने - ताहार कर्ीर्त्तिपताका ओ कर्ीर्त्तिलता ताहाके भारत वर्षो एक जन प्रधान इतिहासलेखक करिया तुलिया छेन । पछि हरप्रसादजीले नेपाल सरकारको स्वीकृति लिएर सो पाण्डुलिपि नगेन्द्रनाथ गुप्तलाई शोध गर्न दिनुभएको थियो । दरभंगा महाराज कामेश्वर सिंहले त्यस विपुल सम्पदाको दुइटा प्रतिलिपि तयार गरे, जसमध्ये एउटा पटना कलेजमा र अर्को पटना विश्वविद्यालयको पुस्तकालयमा सुरक्षित छ ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 6 मङ्गसीर, 2064

लेखकका अन्य रचनाहरु