आयोग

- रन्जु "मार्ग"

फेरिपनि अस्पतालबाट मिर्गौला हरायो !!

अस्पतालमा खैलाबैला मच्चियो !एक पल्ट होइन ,दुइ पल्ट होइन ,पाच पाच पल्ट एकै ठाउँ बाट यसरी बारम्बार मिर्गौला हराउदा अस्पताल एक रहस्यको केन्द्र बन्यो !

विभिन्न पत्रपत्रिकाले मिर्गौला हराएको खबर प्राथमिकताक साथ् छाप्यो !

सांसदहरुले यसबारेमा आवाज उठाए !उनीहरुले यस बारेमा आयोग गठन गर्नु पर्ने माग राखे !जन्ताहरुल्र्ले पनि छानबिन हुनुपर्ने कुरा उठाए !अन्तत ;मिर्गौला छानबिन आयोग गठन भयो !आयोगमा अस्पतालका प्रमुख डाक्टर सहित तीन सदस्य सम्मिलित भए !

छानबिन टोलीले आफ्नो काम सुरु गरेयों !

सबैभन्दा पहिले छानबिन टोलीले अस्पतालमा काम गर्ने सम्पुर्ण कर्मचारीलाई सोधपुछको लागि बोलायो !

उनीहरुलाई एक एक गरि सोध्ने क्रम जारि भयो !

तपाइको नाडीमा लगाएको घडी नया जस्तो छ नि ?कहिले किनेको?

होइन हजुर ,कहाको नया हुनु नि ,पाच वर्ष अगाडी विवाहमा ससुरालीले दिएको उपहार हो !कहिलेकाही मात्र लाउछु तेसैले नया जस्तो देखिएको छ !'

तपाई जानुस !

उ गयो !छानबिन टोलीले अर्को कर्मचारीलाई बोलायो !

अर्को भित्र छिरे पछी छानबिन टोलीले उसलाई शिर देखि पाउ सम्म हेरयों !

ओहो !तपाइले नया शर्ट-पाइन्ट पो लगाउनु भएको छ !कहिले किन्नु भयो?

कहाको नया हुनु नि हजुर, पाच बर्ष अगाडी बिवाह मा दुलाहा बन्दा किनेको !म यो कहिलेकाही मात्र लगाउने गर्छु तेही भएर नया जस्तो देखिएको होला !

ल तपाईपनि जानुस !

यसै गरि त्यहाँ काम गर्ने सबै कर्मचारी संग सोधपुछ गरियो !

अन्तमा ,आयोग टोलीले एउटा निर्णय गरे -

'हामिले सोधपुछ गर्दा दुइ जनाको जवाफ एकै हुन आएकोले यी दुवै जनामाथि शंका लागेको छ !तेसैले यिनीहरुलाई कारबाई गर्न निर्देशन दिइन्छ !!!!

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 3 जेठ, 2069

लेखकका अन्य रचनाहरु