पोल्ने घर

- गोपाल झापाली

आज फूलसरी बिहानै देखि एक्लै छ कोठामा ।
एक दशक अघि, ‘२५ हजार नदिए त मान्दै मान्दिन’ रामशरण चर्किएर बोल्यो, जो फूलसरीको बाउ थियो । बाँस घारीदेखि पूर्व कुलकुले खहरे थियो, आडैमा रामशरणको झुप्रो । जहाँ ३ जनाको परिवार स्वर्गको खोजी गथ्र्यो । पसिनाको मुल्यमा सुख साट्थ्यो । त्यहि झुप्रोका आँगनमा उस्तै झुप्रिएर करिव २० चेहरा चर्का–चर्किमा थिए, पुषको एक बिहान । फूलसरी हलुङ्गेको बटुकामा बासिभात खाँदै थिई आमाका काखमा बसेर । उसलाई त्यो भिडको खासै महत्व थिएन । तर पालै पालो त्यो भिड उसैको अनुहारमा हेथ्र्यो ।
कुरो मिलाउन नरनाथ बोले– ‘रामशरण तँ पनि ढिप्पि नकस, नहुनुथ्यो भयो ।’ रामेश्वर तिर फर्किर थपे– ‘कुरो पैसाको भन्दा ईज्जतको हो, तपाई–हाम्रा बालख छोरी–चेली माथि यस्तो भएको भए हामी के गर्ने थियौं, यो पनि सोच्नु पर्छ । २० हजार रुपैयाँ तपाईँले रामशरणका हातमा राखिदिनु चित्त बुझाई दिनु ।’ कुरो भुईँमा खस्न नपाउँदै फूलसरीका आमा काखकी छोरीको कट्टु तिर देखाउँदै बोली– ‘यो पाप २० हजार रुपैयाँ पखालिन्छ भने यस्ता पाप यो दुनियामा धेरै हुँन्छन् अव, जसको हातमा पैसा छ जे पाप गरे पनि हुन्छ ? यो दुनियामा धर्म पनि सवै पैसाले किनिसक्यो अव ।’ नेपथ्यको गुञ्जन बन्यो उस्को आवाज, कसैले वास्ता गरेन जसरी फूलसरी त्यो चर्काचर्की र भीडलाई वेवास्ता गरि रहेकी थिई ।
रामेश्वरको छोरो मानवीर अस्तिकै दिन देखि गाँउ छोडेर भागेको छ । ९ पुगेर १० टेकेकी फूलसरीका हातमा दशको नोट राखेर उसले अस्ति साँझ त्यहि बाँसघारीका आडमा नङ्ग्याएको बेला रामशरणले भेटेको थियो । त्यहि हिसाव मिलाउन उसले भेला डाकेको थियो । बेला बेला भिडले फूलसरीलाई सोध्यो– ‘मानवीर काकाले तँपाई के के ग¥यो ?’ उ हाम्रोमा टीभि हेर्न जाँउ भनेर मानवीरले बोलाए देखि कम्मर पेटी खाले सम्मको बिस्तार फटाफट सुनाई दिन्थि ।
कुरो मिल्यो, २० हजारमा । भिडले भन्यो– ‘ लु रामशरण छिमेकमा रिष कडा गरेर हुँदैन । जे हुनु भयो, यो २० हजार राख र छोरीका पढाईमा खर्च गर ।’ बाबुले हजार–हजारका नोट फाट्न लागेको कमिजका खल्तिमा हाल्यो । भिड विस्तारै पातलो भयो अनि हरायो । आमा अर्काकोमा खेताला गए पछि फूलसरी साथी सँग खेल्न गई, बिहान भरिको भिडले कुनै अर्थ राखेन ।
साँझ पर्नै थियो, त्यो दिन पनि प¥यो । पत्तपति धुँवाका लपेटामा उहि बिहानको हलुङ्गे बटुकामा भात र सागको झोल खाँदै गरेकी फूलसरीले आँगनमा बाउको जाँडको शुरमा लरवराएको आवाज सुनि– ‘मानवीरेले गरो त गरो, के बिगारो । फूलसरी आखिरी मेरेकी छैन, सकिएकी छैन । जे भो राम्रो भो । आज २० हजार पनि पाईयो, २० दिन देखि धित मरिन्जेल खान नपाईएको आज खाईयो । अव यो पैसाले टन्न खाईन्छ र उभ्रेको पैसाले घर बनाईन्छ । बलेँसीको तितेपातीलाई कस्ले गोड्छ, छोरीलाई पढाउने कुरा गए अव.................।’
आँगनमा त्यो भिड लागेको र बाबुले बलेँसीको तितेपातीलाई कस्ले गोड्छ, छोरीलाई पढाउने कुरा गए अव........भनेको पनि एक दशक लाग्यो । बाबुले मातेर उभ्रेको त्यहि पैसाले बनाएको घर । फूलसरीलाई यस घरका प्रत्येक कुनाहरुले आँत पोलि रहेको छ, पोलि रहन्छ । अहिले पनि त्यहि पोल्ने घरको त्यस साँघुरो कोठामा आँफैलाई पोलेर बसि रहकी छ, मानौ यो उसको नियमित दैनिकि हो ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 3 जेठ, 2069

लेखकका अन्य रचनाहरु