आन्दोलन, विष्णुदाइ र दर्शनभेट

- विवश पोखरेल

भरसक बिहान घरमा कोही नआइदिएहुन्थ्यो जस्तो लाग्छ । हुन पनि गएको शनिवारदेखि आजसम्म लगातार पा“च दिन एक न एक व्यक्तिले मेरो बिहान बिथोलिदिएका छन् । उनीहरूको अप्रत्याशित उपस्थितिले मेरो लेख्ने, पढ्ने दैनिक रुटिन सबै कचल्टिएको छ । अचम्म ! कोही एकबिहानै श्रोता खोज्दै आफुले लेखेका नया“ कविता सुनाउन भनेर आउ“छन् । कोही देशको भविष्य कतातिर जाने हो ? भनेर छलफल गर्न । कोही आºनो व्यावसायिक विज्ञापन गर्न ।
आज फेरि टुपलुक्क विष्णु दाइ आइपुगे । छक्क परें म, विरामी मान्छे स्वस्थ भएर दिल्लीबाट कहिले आएछन् उनी । एकाबिहानै हुने अरूको उपस्थिति भि“mजो लागेतापनि विष्णु दाइको आजको उपस्थितिभने त्यति असहज र भि“mजो लागेन । किनकि आजभन्दा अघि सबैले माया मारेको विष्णु दाइ यसरी निको भएर ठमठमी फर्कलान् भन्ने त्यति बेला उनलाइ हेर्ने कसैले पनि कल्पना गर्न सक्दैनन् । मेरा लागि पनि आज उनको आगमन त्यस्तै भएको छ ।
विष्णु दाइको उपस्थितिले फेरि गएको वैशाख १ गतृे शनिवारको दिन सम्झन पुग्छु म । नया“ वर्षको पहिलो दिन, लोकतान्त्रिक आन्दोलन उत्कर्षमा पुगेको समय । त्यसदिन बिहान उठ्नुअघिनै आमाले एउटा दुखद समाचार सुनाउनु भएको थियो– ‘ए बाबु † विष्णुलाई त आइ.सी.यु मा राखेका छन रे † हेर्न जान्नस् ?’ र त्यतिबेला आमाले भविष्यवाणी नै गर्नुभएको थियो –‘अब ऊ बा“च्दैन रे †’ सम्भवत कतैबाट सुन्नुभएको थियो उहा“ले ।
‘के भएछ आमा ?’ यो आकस्मिक खबरले एकाबिहानै आश्चर्यमा परेको थिए“ म ।
‘खै † एक्कासि बेहोस भयो रे , जा बाबु † एकपल्ट हेरेर आइज । बिचरा त्यति असल मान्छे । विष्णु दाइको विरामीको खबरले आमाको अ“ाखामा अनायास आ“सु टल्पलिएको थियो । सम्भवतः उनको ह“सिलो अनुहार नाचेको थियो आमाका आ“खामा । जो आमाको आºनै छोरा नभए तापनि यदाकदा उनी आमालाई भेट्न आउ“थे । सुखदुखका भलाकुसारी गर्दथे ।
आमाका शब्दले मेरो निद्रा एकाएक बिथोलियो– ‘के भएछ विष्णु दाइलाई ?’ मनभित्र कौतुहलता खेलिरह्यो । फेरि सम्झिए“ आज शनिवार, धेरैपल्ट शनिवार विरामी हेर्न जानु मेरा लागि अफापशिद्ध भएको छ । एउटा विचित्र संयोग, जतिपल्ट शनिवार म विरामी हेर्न गएको छु त्यो विरामी हेराइ मेरो अन्तिम हेराइ हुने गरेको छ । अभिदाइ, मोहन भिनाजु, खड्गजी, अनुपा जसलाई अस्पतालमा हेर्न म शनिवार नै गएको थिए“ दुर्भाग्य † उनीहरू घर कहिल्यै फर्किएनन् । अस्पतालमा अन्तिम पटक हेरेपछि उनीहरूलाई संधैका लागि विदा गर्न मलामी नै जानप¥यो मैले । त्यसैले यो शनिवार पनि मेरा लागि एउटा सशङ्कित शनिवार भएको छ । एउटा भयमय शनिवार । हेर्न जाऊ“ नजाऊ“, एउटा द्धिविधा खेलिरहेको छ मनभित्र ।
आमा । आज शनिवार विरामी हेर्न जानू ? शनिवार विरामी हेर्न जानु मलाई कहिले फाप्दैन । आजसम्म जसलाई हेरेर आएको छु माया मारेरै आएको छु । फेरिे उनीहरूस“ग कहिले भेट भएन् ।’ आमास“ग सोध्छु ।
‘त्यो संयोग हो बाबु † तैले चाहेर भएको होइन । जा एकपल्ट हेरेर आइज । आखिर तेरो फुर्सद नै शनिवार हुन्छ । रुढीवादी परम्परा र अन्धविश्वासलाई मान्दै निरन्तरता दिंदै आउनुभएकी मेरी आमा आज भने यी आकस्मिक दुर्घटनालाई संयोग मान्नुहुन्छ । मेरा घरका एकाध नियम छन्, जसलाई म चाहेर पनि उल्लङ्घन गर्न सक्दिन“ । हो पनि उल्लङ्घन गर्दा केही दुख सास्ती केही अफापका घटनाहरू भएका छन् । त्यसैले केही कुरामा भने मलाई विश्वास लाग्छ । संसार विश्वासमा नै त अडेको छ । जस्तो कि, शनिवार मेरो घरमा कोही पनि घर छाडेर बाहिर जां“दैनन् । मान्छेले बाटो काट्दा बिरालोको साइत बिग्रन्छ, बिग“्रदैन थाहा छैन, तर बिरालोले बाटो काट्दा कहिले साइत पर्दैन , भोगेको छु । रित्तो गाग्री पनि मेरा लागि अपसगुन हुने गरेको छ । घरबाट बाहिर गएको नौ दिनमा मेरा घरमा कोही पनि घर फर्कदैनन्, फर्किए एकएक सङ्कट आइलाग्छ । त्यसैले ती परम्परालाई मान्दै आएको छु । शनिवार विरामी हेर्न जा“दा पनि एकाध दुखद घटना घटेकाले आज विष्णु दाइलाई अस्पताल हेर्न जान डर लागिरहेको छ । विष्णु दाइलाई हेर्न जाउ“m, नजाउ“m,बडो असमञ्जसमा परेको छु म । फेरि सोच्छु आमाले भनेझै विगतका शनिवार जुन घटनाहरू भए ती संयोग हुन । मृत्यु जसलाई कसले रोक्न सक्छ । जुन कुरा हुनेछ, त्यो त हुन्छ नै नहुने कुरा टाउको फोड्दा पनि ह“ुदैन । मैले शनिवार विरामी हेर्दा उसको मृत्यु हुने कुन त्यस्तो दैवीशक्ति छ र मस“ग । मनभित्र निकैबेर कुरा खेलाएपछि उठ्छु ।
सुस्वास्थ सुख समृद्धिका लागि शुभकामना दिने नया“ वर्षको पहिलो दिन अस्पताल पुग्छु विष्णु दाइलाई हेर्न । जो अस्पतालको आकस्मिक विभागको आइ. सी. यू कक्षमा अचेत अवस्थामा लडिरहनु भएको छ । गुच्चाझै उहा“का टठिला आ“खा टुलुटुलु टल्किरहेका छन् । नरमाइलो लाग्छ –बाहिर राधा भाउजुू प्रवीण, प्रतीक छन् मौन र गम्भीर । के भएर यस्तो भयो ? सोध्न पनि सक्दिन“ । केहीबेरको अस्पताल बसाइपछि म विष्णु दाइलाई माया मारेर फर्कन्छु । जसरी आजदेखि बाहेकका धेरै शनिवार यसरी अस्पतालबाट म उदास र निरास फर्किएको छु र गुमाएको छु धेरै आफन्त र प्रियजन । ‘दादा ¬ म मरेंभने रुनु हुन्छ ? अनुपाका यीे शब्दले यदाकदा मलाई तीखो शूल भएर घोच्छ । सत्र अठार वर्षकी कलकलाउ“दी फूल उसले के अपराध गरेको थिई र मृत्युले टिप्यो ।
‘भाइ म बिरामी छु हेर्न नआउने ? अभिदाइले अस्पतालको बेडबाट आफैले फोन गरेका थिए र म उनलाई हेर्न गएको थिए“ एउटा शनिवार । मोहन भिनाजु , खड्गजी, र विष्णु दाइको स्थिति समान छ । जसरी विष्णु दाइस“ग आज बोल्न चाहेर पनि बोल्न सकिन“ त्यसरी नै एक शब्द पनि बोल्नै नपाई बितेका थिए खड्गजी र मोहन भिनाजु । जसको मुत्यु ब्रेनहेम्ब्रेजको कारणले भएको थियो । त्यसैले विष्णु दाइको आजको स्थिति हेर्दा मेरो मनले हरेस खाइसकेको थियो र आजको शनिवार पनि मेरो अस्पतालमा विगतका शनिवारझंै हुनेमा विश्वस्त र दुखी थिए“ म । मेरो अन्तर्मनले घोषणा गरिसकेको थियो । आज फेरि मेरो प्रियजनको सूचीबाट एउटा नाम कट्दैछ त्यो नाम हो विष्णु दाइ ।
‘कस्तो छ बाबु † विष्णुलाई ?’ मैले घरभित्र प्रवेश गर्नै नपाई आ“गनमा मेरो प्रतीक्ष्ाँ गरिरहनुभएकीे आमाको प्रश्न तेर्सिन्छ ।
‘‘आमा । आजको शनिवारले फेरि एउटा आफन्त गुमायो । विष्णु दाइको फिर्ने सम्भावना कम छ ।’ गम्भीर हुन्छु म ।
‘‘हे भगवान । भर्खरै मात्र राजास“ग भेट गरेर आएको थियो रे विचराले । हरे के भयो नि †’ खिन्नताको लामो सुस्केरा हाल्नहुन्छ आमा ।
विष्णु दाइ जसको सामाजिक प्रतिष्ठा, र स्वभाव मिलनसार भएपनि राजावादी व्यक्तिको रुपमा चिनिन्थे उनी । अझ स्पष्ट भन्न पर्दा राजावादी पत्रकार थिए प्रतिगमनका समर्थक । जो आफुलाई राष्ट्रवादी भन्न रुचाउ“थे । आन्दोलनताका हण्डी खानेहरूको सुचीमा उनी नपरेपनि अमेरिका जाने पत्रकारको सूचीमा भने उनको नाम परेको थियो । तर एकाएक जनआन्दोलनका कारणले राजाको भ्रमण रद्घ भएपछि उनको पनि भ्रमण रद्घ भएको थियो । त्यति बेला बडो रोचक पारामा सुनाउ“थे उनी आºनो ब्यथा–‘के गर्ने भाइ । अभागी ......बस्यो, बाह हातको काठ पस्यो । बल्लबल्ल अमेरिका जाने चान्स पाको, त्यो पनि गयो । दौरा सुरुवाल पनि ढ“ुडी पर्ने भयो, अब कहिले लाउनु ? ’ रमाइलो स्वभावका उनी घक फुकाएर हा“स्थे ।
‘बाह वर्षमा पोइ आयो, म रा“डीलाई ज्वरो आयो भए छ नि त दाइ † राजतन्त्र सती जाने बेलामा के राजाकोृ पुच्छर समाएको त । आउनुस् बरु हामीस“ग आन्दोलनमा तपाई“को प्रदूषित छवि त पखालिन्छ ।’ म अझ जिस्काउ“थे उनलाई ।
‘यो आन्दोलनले राजतन्त्रको एउटा पात पनि हल्लिदैन हेर्नुस् न ।’ उनी थप्थे ।
त्यसपछि विष्णु दाइको राजास“ग भेट भएको प्रसङ्ग गा“उभरि चल्यो ।
– हाम्रा विष्णुलाई त राजाले बोलाए अरे नि †
– हैन, राजदुत जी एम, मन्त्री दिने भए कि क्या हो ?
– अंग्रेजीमा नभए पनि संस्कृतमा त भाषण ठोक्लान् नि बूढाले । बनारसको पूर्वमध्यमा पो हो त ।
– अंग्रेजीमा बोल्ने ठाउ“को नदिएर हिन्दी बोल्ने ठाउ“को राजदुत दिए भइहाल्यो नि । हिन्दी त लट्याङपट्याङ पारिहाल्छ नि †
जनआन्दोलनतामा विष्णु दाइको राजास“गको भेट सर्वत्र हा“सो ठट्टा र रमाइलोको बिषय बन्यो ।
त्यसको केही दिनपछि नै विष्णु दाइ विरामी भएको खबर आयो । हिंड्दाहिंड्दै एकाएक ब्रेनहेम्ब्रेज भयो रे उनलाई । स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि दिल्ली लगियो रे । त्यसपछि उनको स्वास्थ्यस्थितिबारे कसैलाई थाहा भएन । स्थानीय अस्पतालको स्थिति हेर्दा सबैले माया मारिसकेका थिए उनलाई । त्यसैले आज उनलाई अनायास आºनो घरमा देख्दा आश्चर्यसहित खुसी लागेको थियो मलाई । विरामी भएको लगभग तीन महिनापछि उनी आज हाम्रो घर आएका थिए ।
‘आमा दर्शन गर“े ।’ घर आउनासाथ आमाको हातमा टाउको झुकाएर ढोगे उनले ।
‘ल रोग ब्याध भागोस् ।’ अकस्मात विष्णुदाइको उपस्थितिले एकाएक खुसी हुनुभयो आमा । र आश्चर्यसहित आशीर्वाद दिनुभयो र सोध्नु भयो –ठीक भएछौ बाबु कहिले आयौ ?’
‘अस्ति आएको आमा †’ छोटो उत्तर दिए उनले ।
‘माया मारेको मान्छे फक्रिएछौ । जे होस्, भगवानको दयादृष्टि रहेछ तिमीमाथि ।’विष्णु दाइप्रति सहानुभूति प्रकट गर्नूुभयो आमाले ।
‘हो आमा † तपाईंहरूको आशीर्वादले बा“चेर आए“ । यहा“का डाक्टरले त माया मारिसकेका थिए ।’ आपूmले पुनर्जन्म पाएको अनुभूतिमा प्रसन्न थिए विष्णु दाइ ।
‘क्या हो दाइ † राजालाई भेट्नेबित्तिकै विरामी † आत्तिएर सातो गयो कि क्या हो ?’ विष्णु दाइ रसिक स्वभावका व्यक्ति हु“दा मैले ठट्टाबाटै उनीस“ग वार्ता सुरु गरे“ ।
‘त्यस्तै भयो भाइ ।’ ङिच्च हा“से उनी ।
‘राजा त दूलो पसे त † आन्दोलनले राजतन्त्रको एउटै पात पनि हल्लिन्दैन भन्नुहून्थ्यो , पात होइन रुखै ढल्यो त †’ मैले फेरि जिस्क्या“ए उनलाई ।
‘त्यस्तै हो, दशा लागेपछि नभरेको बन्दुक पनि पड्किन्छ भाइ ।’ उनले थपे ।
‘ल दाइ † तपाईंको संस्मरण सुनाउनुस्, राजास“ग कतिबेरसम्म गफ चल्यो ।’ मैले फेरि कोट्टया“ए उनलाई ।
‘ हेर्नुस् ,अरू पत्रकारलाई पा“च सात मिनेटभन्दा बढी समय दिएनन्, तर मलाई ठयाक्कै सत्ताइस मिनेट दिए राजाले । खै के प्रभाव प¥यो कुन्नि मस“ग ।’ गजक्क परेर उनले राजा प्रसङ्गको टेप खोले ।
‘यसभन्दा अघि पनि भेट्नुभएको थियो राजालाई ?’मैले फेरि सोधे“ ।
‘भेटेको थिए“ धनकुटाको सवारी शिविरमा, तर पा“च मिनेट मात्र । त्यस बेला त परिचय दि“दादि“दै समय सकियो ।’ उनले बेलीविस्तार लाए ।
‘अनि यसपल्ट राजालाई भेट्नेसाथ के भन्नुभयो त ।’मैले फेरि कोट्टया“ए ।
‘सरकार † म पत्रकार भनेर दर्शन गरे“ ।’
‘कुन विचार राख्छौ ।’ राजाले सोधे ।
‘म राष्ट्रवादी पत्रकार हु“ सरकार † सरकार भक्त । ’ मैले फेरि थपे“ ।
‘पत्रकारिता गरेको कति भयो ?’राजाले फेरि सोधे ।
‘चालीस वर्ष भयो सरकार †’मैले भने“ ।
‘अनि अहिले देशको स्थिति के छ ?’ फेरि राजाले सोधे ।
‘सरकार † देशको स्थिति ठीक छैन । आन्दोलन चलिरहेको छ । सर्वत्र अशान्ति छ । शान्ति ल्याउनपर्छ सरकार †’ मैले सुझाव दिए“ ।
राजाले टाउकोृ हल्लाए र भने– मैले बुझें, र फेरि सोधे उनले–‘केमा अनुभव छ तिम्रो पत्रकारितामा नै ।’ राजा र मबीच सवालजवाफ चलिरह्यो । म चार दशकदेखि नै पत्रकारितामा नै समर्पित छु सरकार ।’ मैले अझ स्पष्ट गरे“ ।
‘अनि तपाई“ले यस्तो स्वर्ण अवसरमा पनि मन्त्री, राजदूत जी.एम माग्नु भएन ?’ विष्णु दाइ धाराप्रवाह रुपमा आपूm र राजाबीचका भेटघाटका संस्मरण र सम्वाद सुनाइरहेका थिए , मैले फेरि जिस्क्याए“ ।
‘मैले केही भन्नै परेन , तिमी सञ्चार चलाउन सक्छौ ?’ भनेर राजाले नै सोधे, मैले पनि आत्तिएर सक्छु सरकार भनेछु । त्यसपछि ठीक छ, ठीक छ भनेर राजाले टाउको हल्लाए ।’
‘जे होस राजाले निकै पत्याएछन् तपाइ“लाई ।’ आºना जिज्ञासालाई अझ यथावत राखे“ मैले । निकै रमाइलो लागिरहेको थियो मलाई उनको राजास“गको भेटघाटको प्रसङ्ग ।
‘त्यसपछि त राजाको त्यो टाउको हल्लाई मलाई टेन्सन भयो भाइ † रेडियो खोल्यो बजियाले आºनै नाम पो फलाक्ने हो कि जस्तो लाग्ने । घरमा टेलिफोनको घन्टी बज्छ दरबारकै फोन आको हो कि जस्तो लाग्ने । एक पल्ट त म सचिव बोलेको भनेर फोन आयो, म त दरबारकै फोन हो कि भनेर लुगलुगी काम्न थाले“, भरै त वडा समितिको सचिवको फोन रहेछ ।’ बोल्दाबोल्दै जोडले हा“से विष्णु दाइ र फेरि सुरु गरे आºनो राजाभेट वृत्तान्तका बा“की अंश –‘राजास“गको भेटपछि त म यस्तो भए“ कि, मेरो त दिमागले नै काम गर्न छाड्यो । ºयाट्टै रेडियोले नाम फुक्योभने के गर्ने ? कसलाई सचिव राख्ने ? कसलाई पि. ए. राख्ने ? कसरी चलाउने ? फेरि सर्वत्र आन्दोलन चर्किरहेको छ । सरकारकै विरोध, नारा जुलुस । कालो मोसो र जुत्ताको माला लाउन मात्र पुगिने हो कि † जस्तो पनि लाग्ने, त्यसपछि त भाइ † म सोच्दासोच्दै बहुलाजस्तै भएछु, मेरो त होसहवास् नै गुम्यो । त्यही टेन्सनले भात पनि रुच्न छाड्यो । निद्रा पनि लाग्न छाड्यो । निदाए पनि सपनामा झन्डावाल गाडीमा कुदेको , सपथग्रहण गरेको, अन्र्र्तिर्क्रयामा पत्रकारहरूले प्रेस स्वतन्त्रता र मानवअधिकारबारे प्रश्न गरेर तिरिमिरी झ्याइ“ देखाएको मात्र देख्न थाले“ । त्यही तोडले राजास“ग दर्शनभेट पाएको एक हप्तामा नै बसेकै ठाउ“मा बेहोस भए“छु ब्रेनह्याम्ब्रेज । हेर्नुस् न धन्य बा“चे ।’आºनो संस्मरण आफैलाइृ रमाइलो लागेछ क्यार फेरि धक फुकाएर हा“से उनी ।
‘धन्य † जोगिएछँै तिमी । फ्याट्ट रेडियोले नाम फुकेर दुई चार दिन अपुतालीमा मन्त्री भएका भए अहिले अख्तियारको सूुचीमा पथ्र्यौ कि, रायामाझी प्रतिवेदनमा ।’ विष्णु दाइको रमाइलो संस्मरणले आमालाई पनि ह“सायो ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 6 बैशाख, 2069

लेखकका अन्य रचनाहरु