मुद्दा

- विश्वम्भर चन्चल

क ले ख माथि मुद्दा हाल्यो ।ग ले भन्यो, “तिमीले ठीक गर्यौ । ख ले तिमीलाई यसो गर्छ भन्ने त मलाई पहिले नै थाहा थियो ।
कुरा खास त त्यस्तो केही थिएन । बरु क र ख दुवै साथी–साथी थिए । एकले अर्कोलाई ज्यादै माया गर्थे पनि क ले नै ख लाई आप्mनो घरसँगै बस्न बोलायो । उसरको लागि जग्गा मिलाइदियो । घर बनाउँदा धेरै थरीबाट मदत गर्यो । र त्यसपछि त झन आपसी प्रेम र सद्भावना उनीहरू दुवैमा बदै गयो । अब उनीहरू साथ–साथी मात्र भएनन् कि गाउँले छिमेकी जे भनौँ त्यसो पनि भए । मर्दा, पर्दा समेत उनीहरू पहिलेदेखिका आप्mनै अरु दाजुभाइभन्दा पनि नजीक रहे ।
गाउँ, छिमेककिो कुरो । रहादा–बस्दा ख को अरु–अरु पविारसँग पनि हेलमेल भयो । कोहीसँग किन नराम्रो गर्ने ? ख को आफनो विचार थियो । जसले जे जसो गरे पनि ऊ हाँसिदिन्थ्यो । “आपसमा प्रेम बढाऊ । सबैसँग हाासिखुशीले व्यवहार गर ।” ऊ भन्थ्यो ।
केही वर्ष बिते । यस बीचमा गाउँ, छिमेकमा कस–कसको को–कोसाग मित्रता बढ्यो र को–कोसाग शत्रुता बढ्यो ख ले थाहा पाएन र यस्ता कुरामा उसलाई वास्ता पनि रहेन । ऊ सबैलाई एकै देख्थयो र सबैले उसलाई एकै गरेका होलान् भनिठान्थ्यो ।
एक दिन क ले ख सँग अकस्मात् भन्यो, “तिमी ग सँग मित्रता नबढाऊ ।”
“किन ?” ख ले अचम्म मानेर सोध्यो ।
“किनभने ऊ मेरो धेरै पहिलेदेखिको शत्रु हो,” क ले भन्यो, “तिमीले ऊसँगको मित्रता छोडेनौ भने तिम्रो र मेरो बीचमा नराम्रो पर्नेछ ।”
ख ले क को कुरालाई आधारहीन सम्भ्mयो । क को लागि मैले ग सँग किन विरोध गर्ने !” उसले भन्ठान्यो ।
क ले ख लाईै ग सागको मित्रता छोड भनी धेरैपल्ट सम्झायो । तर ख ले छोडेन न त क को बारेमा नै उसले ग साग कुनै कुरा गर्यो, न त थ को बोरेमा क सँग ।
ख को व्यवहारले क लाई रीस उठ्यो । तर अरुको अगाडि ख सँग रिसाउने कुनै उपाय भएन । ख सँग उसले निहुँ खोज्यो ।
कुरै कुरामा एकचोटि साँधको कुरा उठ्यो । क ले भन्यो, “तिमीले मेरो बारीको साँध मिच्यौ। ”कसरी ?” ख ले सोध्यो ।
“अस्ति तिमी नहुँदा तिम्रो खेतालाले मेरो किला यता सालिदियो ।”
ख ले हाँसी–हाँसी भन्यो, “त्यसो भए फेरि उतै सारे भैहाल्यो । यति सानु कुरामा के दगलफसल गर्नु !”
“काहाँ मान्छु र म ? क जङ्गियो , “पहिले पहिले पनि तिमीले यसै गर्ने गरेका थियौ । भैगो नाइँ साथी भनेर सहेँ । अब त अचाक्लि भयो । यसबारे म मुद्दा गर्छु बुभ्mयौ ?”
क को कुरामा ख ले कुनै प्रतिवाद जनाएन । भोलिपल्ट क ले ख को नाउँमा जग्गा मिचेको उैनअन्तर्गत मुद्दा दायर गर्यो । गाउँ, छिमेकका सबले उसलाई आड–भरोसा दिए । कसैले भने, “काहाँ–काहाँको मानिसलाई आप्mनो बनाएर लेराइस्, अहिले धोखा पाइस् ।” कसैले भने, “अब ग सँग गएर मिल् उसैले तेरो मदत गर्छ ।”
क ले हो न हो भनी ठान्यो त्यो ख लाई अब त्यसै काहाँ छोड्छु र म.... ! ऊ त्यसै मुरमुरियो र ग भएभए ठाउँमा गयो । ग ले पनि कुरा थप्दै भन्यो, “....मसँग तिमी त्यसै शत्रु बन्यौ । मैले तिमीलाई के गरेको थिएँ र.... ?”
क ले उसको कुरामा सहमति जनयो ।
संसारको गति विचित्रको छ । हिजोसम्मका शत्रु–शत्रु आज मित्रु बनेर हिँडे । मित्रु–मित्रु चाहिँ शत्रु बने । मित्रु–मित्रु चाहिँ शत्रु बने । याहाँसम्म कि क को अचाक्लीको व्यवहारले गर्दा ख ले उसको अनुहारसम्म हेर्न छोडिदियो । यसबाहेक क को विरुध्दमा उसले केवल आप्mनो मात्र सुरक्ष पहिल्यायो । यसभन्दा बढी क ले ख लाई केही नराम्रो गरेन ।
भन्दैमा काहाँ त्यसो हुने रहेछ र ? आइलाग्नेलाई जाइलाग्नै पर्दो रहेछ ! अलि अलि गर्दै ख ले पनि यो कुरा थाहापाउँदै आयो । गाउँ, छिमेककाले कहिले यो पट्टि, ऊ पट्टि लाग्दै उचाल्नु र पछार्नु गरे । यस अवस्थामा ख ले पनि आप्mनो आाखा देख्न छोड्यो । मक ले त पहिलेदेखि नै आँखा देख्न छोडिसकेको थियो । यसैले आप्mना भनिएका मानिसलाई साथमा लिएर बाट–घाटामा पनि उनीहरूले लड्नु र भिड्नु गरे । तर दुइृको मध्यस्था भएर छुट्याउन आउने कोही भएन । सबैले भने, “दुई जनाको बीचमा हामी किन पर्ने ?”
क र खको भित्री रहस्यलाई थाहा नपाउने कोही भएनन् । सबैका केन्द्रविन्दु उनीहरू दुवै जना भए ।
ग ले अब राम्रो मौका पायो । उसले चाहेको पनि यही थियो । क प्रतिको उसको वैरभाव त कताकता अन्तस्करणमा त्यसै छँदै थियो पहिलेदेखिको । उसले पहिलेको आप्mनो बेइज्जतीको भाव बिर्सन सकेको थिएन र वदला लिन चाहिरहेकै थियो यसै पनि, उसै पनि । अनि त ‘के खोज्छस् काना आँखा’ भइहाल्यो । क कै विरुध्दमा उसले क लाई जेल हाल्नको लागि आप्mनो घरमा आपैmँले आगोसमेत लगायो । । गाउँ, छिमेकका प्रत्येक बच्चा–बच्चासम्मलाई पनि आपूm साँचिलो भई कुरा सुनायो । याहाँ गर्यो, त्याहाँ गर्यो, गर्नुसम्मको उपाय गर्यो । यतिसम्म कि क कै विरोधको लागि ख सँग पनि उसले वैरभाव गर्यो, त्यसै.... अनाहकमै.... । हुँदा–हुँदा ग कै मानिसहरू घ ङ हरूले ख लाईसमेत अरु–अरु मुद्दा हाले । “मेरा पनि कोही शत्रु होलान् र.... !” भनी सँधैँ निश्चिन्त रहने ख का अहिले सबै शत्रु भए । यसमा क ले पनि औधी खुशी मनायो ।
क र ख को मुद्दा चकिर्दै गयो । मामुली एउटा साँधको कुरालाई लिएर उठेको कुराले गाउँ, छिमेकमा उग्र रुप लियो । क र ख दुवैले एउटामाथि अर्को, अर्कोमाथि अर्को मुद्दा आपूm–आपूmमा थपे । दुवै तर्पmबाट हजारौँ रुपैया खर्च भयो । चौबीसै घण्टा उनीहरूलाई शान्ती मिलेन । केवल एकले अर्काको विरुध्दमा सोचिरहे ।
एवं क्रमले दिन, महिनाहरू बिते । बाह््रौ वर्ष पनि बिते । समस्याको समाधान हुन सकेन । उता ग ले ले पनि क को विरुध्दमा छोडेन र घ ङ हरूले ख को विरुध्दमा छोडेनन् । अब क र ख दुवैलाई ग, घ र ङ को बढी डर भयो । याहाँसम्म कि उनीहरूर्ला ज्यान मुद्दासम्म लगाइने भन्ने हल्ला गाउँ, छिमेकमा पैmलियो । यस खबरले दुई जना त्राहिमाम् बने । आड–भरोसा कतैबाट भएन । उनहिरू दुवै अलपत्रमा परे ।
यस्तै थियो । एक दिन क र ख को बीच बाटोमा जमकाभेट भयो । पहिलोचोटि दुवैदेखि दुवै डराए । शंकालु दृष्टिले एकले अर्कोलाई हेरे । उनीहरूले आपसमा बोल्ने आँट गरेनन् न त आँखाबाट आँखा नै हटाए । दुवैका अनुहार मलिन र निष्तेज थिए । हिजोसम्म जुन शत्रुताको बाढी उनीहरूको मनमा भेल बनेर आएको थियो, आजको यस क्षणको भेटले एउटा खहरे भैmँ भएर सुकायो । धेरुे बेरसम्मको आँखा जुधाइले दुवैका आँखा बाट आँशु झरे । । त्यसलाई उनीहरूले पुछे र फेरि आपसमा हेराहेर गरे ।
के बोलुँ, के बोलुँ भने जस्तो दुवैको मनमा लाग्यो । बोल्न आँट आएन । “मलाई माफ गरिदेऊ ख ”, ख को मुखबाट एक्कासी भक्कानो फुट्यो ।
“मलाई पनि माफ गर !”
“पहिले तिमीले मलाई माफ गर्नु पर्छ,” क ले सुनायो, “भूल मेरो हो । मैले तिमीसँग अनाहकमै मुद्दा गरेँ र आप्mना शत्रुहरूलाई टेवा दिएँ ।”
“हुन्छ,” ख ले भन्यो र दुवैले दुवैलाई एक–अर्काको भूलमा माफी दिए । त्यसपछि बाटोमा हिँड्दै उनहिरूले भने, “हामी भोलि नै गएर हाम्रा सब मुद्दाहरूमा मिलापत्र गरौँ.... !”

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 27 चैत्र, 2068

लेखकका अन्य रचनाहरु