पहिरो

- जगदीश घिमिरे

साने यो गाउँको औसत जन हो । अरु जस्तै उसले बाबु मरेपछि भाइबन्डा हुँदा थोरै धन पायो, धेरै रिन । धन जिन्सी पायो, रिन नगदी । त्यस बाहेक केही सासका धन पायो र केही अचल–ढुङ्गा माटाको सम्पत्ति पायो । नगदी रिनमा तिरेर कहिल्यै नसकिने, साउँको ब्याज र ब्याजको स्याज समेत निचरेर लिने कडा साहु पायो ।
उसको घर यस गाउँको औसत घर हो । पन्ध्र हात लामो नौ हात गज भएको । खरको छानु । दलानमा जाँतो । यो जाँतो प्रत्येक दिन घुमाउन ठूलो भाग्य चाहिन्छ । पालीमा ढिकी । यो ढिकी सँधै कुटाउन झन ठूलो भाग्य चहिन्छ । घर पछाडि गोठ । गोठमा एक हल गोरु । एउटा थारो, एउटा ब्याउने गाई । एउटा पाडी । खोरमा गोडा चारेक बाख्रा–पाठा । सासको धनमा दुईटा पोथी र चल्ला पनि थिए । उसले बाबुको घर–बारी रोज्यो । घर छोडे बापत उसको दाजुले एउटा पाखो बारी बढी पायो । गाउँले दाजुभाईले पंचायत गरेर उसलाई र उसको दाजुलाई एक रत्ती पनि घटि बढी नपारेर – तिल घोटेर मास फोरेर बाबुको सम्पत्तिको दुई फ्याक अंशबन्डा गरिदिएका थिए अंशबन्डा भएको पनि बाह्र वर्ष हुन लागेछ ।
उसको परिवार यस गाउँको औसत परिवार हो । एउटी स्वास्नी जो हरेक दुई बर्षमा सुत्केरी हुन्छे । उसले घरधन्दा गर्दा वा बनपात गर्दा वा मेलामा काम गर्दा जहिले पनि सामान्यतया भुँडीभित्र एउटा, छाती चुस्ने एउटा, पिठ्यूँमा बर्कोले बेरिएर एउटा, खाने कुराको कल गर्दै टुकु–टुकु हिँड्ने एउटा र काम सघाउने एउटा हुन्थ्यो हुन्थ्यो । जेठो छोरो लाहुर जान हिँडेको यो मङ्सिरमा तीन वर्ष हुन्छ । त्यस मुनिको चौध पुगेर पन्ध्र लागेकी छोरी एकाएक बेपत्ता भएको भर्खर छ मैना भो । कतै पोइल गएको पनि थाहा भएको छैन । गाउँलेहरु वेश्यालयमा बिव्रmी भै भत्रे खासखुस गर्छन् । साने पत्याउन तयार छैन ।
सानेको दाजु ठुले पनि साने जस्तै एक औसत जन थियो । ऊ अंशबन्डाको लगत्तै पछि अंशमा पाएको अचल र चौपाया बेचबिखन गरेर उसले डाँडो काट्यो । जाने बेलामा भनेको थियो – “यो गाउँमा पितापुर्खाको पालादेखि बसेर एक गाँस खान र एक झुम्रो लाउन कहिल्यै पुगेन । अब मधेश बसाईँ जाने नै भइयो । कि त गरी खाला ! कि त मरी जाला !”
उसको गाउँ एउटा औसत गाउँ हो । पहाडको ठाउँमा आठ दश घर भयो भने एउटा गाउँ भै हाल्छ । त्यसमाथि यो गाउँ बितेका तीस चालीस बर्षदेखि जस्ताको तस्तै छ । मान्छे घटेका छन्, बढेका छैनन् । घर पनि घटेका छन् बढेका छैनन् । मान्छे जन्मेका हुन् तर यो गाउँमा टिकेनन् । घर बढाउन ठाउँ छैन । उनै आठ दश घर ! तिनले चर्चेको आँगन, मटान, गोठ, कटेरा, भकारा र तिनका दशबाह्र वटा घरबारीहरू । जग्गा लाबर भए तन्काउँथे होलान् । जग्गा तन्काउन सकेनन् । भएको जग्गाले खान पुगेन । मान्छे गाउँ छोडेर गए । कोही मधेशको औलो खान गए । कोही स्वराष्ट्र वा मित्रराष्ट्रमा भाँडा माझ्न, सेवक वा द्वारपाल बत्र गए । कोही परमित्र राष्ट्रहरुका लडाईँमा बलिका बोका हुन गए । केही तरुनीहरु भन्सार, कर, बिव्रmीकर छलेर वेश्यागृहमा भर्ती हुन गए । कोही कहीँ गए । कोही कहीँ गए । यो गाउँ उस्ताको उस्तै रह्यो । यहाँ अधिकांश अशक्त, बूढाबूढी, सुत्केरी मात्र बाँकी रहे ।
गाउँ दक्षिण फर्केको रातो माटाको डाँडामा बसेको छ । गाउँको पूर्व र पश्चिम दुबैपट्टि खोल्सामा विशाल पहिराहरु छन् । त्यहाँ रातो माटो बगिसकेर कमेरे माटो निस्केको छ । पचास वर्ष अघिसम्म देख्नेले त्यहाँ बन थियो भन्छन् । पहिरोको कुनै संभावना थिएन भन्छन् । बितेका तीस चालीस बर्षमा ती पहिराहरुबाट लाखौँ करौडौँ मुरी माटो बगेर गयो होला । खोल्सामा त पहरा निस्की सक्यो त्यसैले पहिरो फैलिँदै गएको छ – जता मट्याइलो छ उतै पैmलिँदै गएको छ । यसैगरी बस्र्यूनी पहिरो जाने हो भने चाँडै यो गाउँ नै बगाउला जस्तो छ । गाउँलेहरु यस कुराले ज्यादै चिन्तित छन् । तर गाउँमुनि देवीथान भएकोले र देवी देउताको सतले गर्दा देवीथान नबगी गाउँ बग्न सत्तैmन, देवी देउता थानमा हम्मेसी दैवी प्रकोप हुँदैन भत्रे विश्वास हुनाले गाउँलेहरू यो गाउँ बगिहाल्छ भत्रे ठान्दैनन् । गाउँको सिरानमा फुङ्ग उडेको पाखो छ । गाउँको पुछारमा देवीथाननिर पनेरा छ । पनेरा सुक्छ भत्रे डरले बडो यत्नसाथ जोगाएको सानो चरन बन छ । देवीको डरले पनि त्यो बन नमासिएको हुनसक्छ । परबाट देख्ता भीर बाहेक यो गाउँ राम्रो देखिन्छ । सानो बन, बनमाथि रातो माटोले लिपेका राता र कमेरोले लिपेका सेता घरहरु ।
यो जिल्ला यस देशको औसत पहाडी जिल्ला हो । यस जिल्लामा केही छ भने त्यो हो पहाडहरू । पहाडै पहाड! ती पहाडहरु पनि केवल औसत स्तरका भएकोले तिनको कुनै विशेषता छैन । अतः त्यहाँ न विदेशीपर्यटक लोभिन्छन् न तिनको अनुदान ! जिल्लामा धेरैजसो बानर लड्ने भीर पाखा छन् तिनै भीर पाखामा मकै कोदोको खेतीको भरमा जिल्लाबासी सास फेर्छन् । अधिकांश पाखाहरु ज्यादै रुखा छन् । तर बर्खामा प्रशस्त भल बाढी र पहिरो जान्छ । टाढा भनौँ भने राजधानीबाट बीस पच्चीस कोश मात्र पर हो । नगिच भनौँ भने हिँडेर जानु पर्छ – तीन–चार दिन लाग्छ । बर्खामासमा आवतजावत बन्द जस्तै हुन्छ । हिउँदमा रित्ता हिँड्न सक्ने दुई दिनमा पनि पुग्छन् । भरिया पाँच–छ दिन लगाउँछन् ।
यस भेगको औसत देश हो यो । यससंग दुई विशेषता छन् – एक दारिद्र्य र अर्को हिमालय । विदेशीहरु हिमालयको प्रशंसा गर्दछन्, चित्र उतार्दछन् र अनुदान दिन्छन् । देशवासीहरु त्यसको जयजयकार गर्छन् । विदेशीहरु देसवासीको पनि तारीफ गर्दछन् र बक्सीस दिन्छन् । देशवासीहरु त्यसको पनि जयजयकार गर्छन् । विदेशीहरु तत्रेरीहरुलाई सैन्य वा सेवक बनाउन रुचाउँछन् । देशबासीहरु त्यसको पनि प्रशंसा गदर्छन् । विदेशीहरु तरुनीहरुलाई वेश्या वा सेविका बनाउन मन पराउँछन् । देशवासीहरु त्यसको पनि सराहना गर्दछन् । विदेशीहरु बालकहरुलाई धर्मपुत्र वा धर्मपुत्री पनि बनाउँदछन् । देशवासीहरु त्यो पनि रुचाउँछन् । भनिन्छ देश सुन्दर शान्त विशाल छ । बेलाबखत असुन्दर अशान्त अविशाल भए पनि त्यसो भनिहालिदैन । भनिहाल्नु मुनासिब हुँदैन । देशका देशी–विदेशीव्यापारीले प्रत्येक वर्ष चोरी गरेर वा हाकाहाकी अत्र बाहि¥याउँछन् । भनिन्छ – सहकालै सहकाल छ । सहकालको बर्षा छ । समृद्धि नै समृद्धि छ । समृद्धिको बर्षा छ । उत्रती नै उत्रती छ । उत्रतीको बर्षा छ । शान्ति नै शान्ति छ । शान्तिको बर्षा छ । त्यसपछिको अनिकालको नाममा अनुदानमा अत्र भित्रिन्छ । अनिकालपीडित क्षेत्रमा भोकले प्याक् प्याक् मर्न लागेका जनतामा त्यो अत्र ज्याला बनीको साटो बाँडिन्छ । त्यस “लड्डु लडाईं झिल्ली झराई” पनि हुन्छ । त्यो झिल्लीमा दामासाही लाग्छ । दामासाहीमा सामेल नहुने – ज्यालामा नमिल्ने डुम को हुन्छ ? अनि अनिकालमा सहकाल र सहकालमा अनिकाल हुन्छ । त्यसपछि सह पनि सकिन्छ, अनि पनि सकिन्छ, केवल काल बाँकी हुन्छ । ऐजन बमोजिम कारोबार चल्दछ । लोक व्यवहार चल्दछ ।
औसत देशको औसत जिल्लाको औसत गाउँको औसत घरको औसत जनको औसत कथा – यस्तै हुन्छ ।
यस गाउँको सूर्योदय अभावमा हुन्छ । सूर्यास्त अनिकालमा हुन्छ । दशैँमा पनि यहाँ जीउ बाहिर नयाँ लुगा र जीउभित्र पेटभरी अत्र जुर्दैन । पेटभरी खान पाउन जिल्लाका ठूलाबडाको चाड–पर्व, बिहा–वारी, भोज भतेर हुनु पर्दछ । जस्तो गाउँ उस्तै गाउँ नै गाउँले बनेको जिल्ला ! जिल्लामा खान नपुग्ने जनता हुन्छन् । खान पुग्ने ठालू । लाउन समेत पुग्यो भने नेता । पिउन पनि पुग्यो भने त भाम नेता । उसको पहुँच सोझै, ठ्याम्मै, ठाउँमै हुन्छ । उसले जिल्ला हाँक्छ । जिल्ला नहाँके पनि गाउँ हाँक्छ । गाउँ नहाँके पनि गाउँका गरीब हाँक्छ ।
बर्षात् नहुन्जेल सिँधुलीमाडीसम्म मोटर चल्छ । अनुदानमा उपलब्ध अत्र त्यहाँसम्म मोटर चढेर आउँछ । त्यसपछि पनि डाँडा काँडा चढ्नुपर्दा त्यस अत्रले मान्छेको बुइ माग्छ । यस भेकका अकालपीडितहरु ज्यालामा त्यही चामल थाप्ने गरी त्यो चामल बोकेर ठेगान–ठेगानमा पु¥याउन मारामार गर्दछन् । सदरमुकाम रामेछाप त्यस्तै एउटा ठेगान हो । रामेछाप अत्र पु¥याउनेको ताँती बेतिनीको उकालोमा देखिन्छ । मध्यान्हको पाहारमा चुइँ–चुइँ चाकबाट पसिना बगाएर गाउँका र जिल्लाका अरु सरहै अत्र ओसार्ने मध्ये साने पनि एक हो । बेला–बेला त्यो ताँती घट्छ । बेला–बेलामा बढ्छ । तर कायम नै रहन्छ । सन्सारका लागि वर्ष बित्छ र नयाँ वर्ष आउँछ । तर त्यस गाउँको, त्यस जिल्लाको एक वर्ष “गुजरान ” हुन्छ वा एक वर्ष “धानिन्छ” । यसरी हरेक दुई वर्ष बाँच्न सफल भएपछि सानेकी जहान सानीले परिवारमा एउटा नयाँ सदस्य थप्तछे । यसपाली पनि भर्खरै एउटा आत्मा थपेकी छे ।
यसपाली साउन नलागुन्जेलसम्म उस्तो पानी परेन । साउनको पहिलो सातादेखि फाटफुट झरी पर्न लाग्यो । दोश्रो साता गलेर झरी प¥यो । तल बेसीमा रोपाईँ हुन थाल्यो । असारेका भाका गुन्जिन थाल्यो । साउनको चौथो साता आएर घनघोर झरी प¥यो । दैनिक कारोबार ठप्प भयो । गाईबस्तु किलाका किलामा नै रहे । बाख्रा खोरका खोर । मान्छेले घरबाट बाहिर निस्केर घाँस स्याउला ल्याउन सकेनन् । छानामा ठाउँ–ठाउँमा चुहिएर बसिनसक्नु भयो । ठाउँ–ठाउँमा भल पसेर घर बसिनसक्नु भयो । कहिल्यै नरसाउने कान्लाहरुमा मूल फुटे । भोका गाईबस्तु चीसो र भिजाइसमेतले गर्दा मरणासत्र भए । मान्छेहरु त जसोतसो एक छाकसम्म खोले भए पनि खाएर पटुका कसेर सास धान्दै थिए – आगो सल्काउने ठाउँसम्म ओभानु रहन छाड्यो । जसोतसो आगो सल्काउने ठाउँ ओभानो पाए पनि नभिजेका दाउरा बाँकी रहेनन् । झुलो ओसिएर सल्कन छोड्यो । ओल्लो पल्लो घरबाट आगो मागेर ल्याउन पनि संभव भएन । सानी महिना दिनकी सुत्केरी छ । ठूला भएका छोराछोरी छैनन् । सानाले सक्तैनन् । घरमा गर्ने भत्रे उही एक जना साने हो । घर हेरोस् कि, बाल बच्चा हेरोस् कि, गाईबस्तु हेरोस् ?
“के यस्तो झरी छिः ।” सानेले भन्यो ।
“गाईबस्तु पनि भोकै मर्ने भए ! आफूपनि भोकै मरिने भो ।” सानीले भनी –
“भोकै त के मरिएला – ज्यालामा ल्याएको चामल छउन्जेल!” सानेले भन्यो – “तर पहिरोको डर छ । पहिरोले किच्छ कि ?”
चार दिनको लगातार झरीपछि पानी थामियो । गाउँलेहरु घरबाहिर निस्केर स्थितिको मूल्यांकन गर्न लागे–पूर्वतिर कति पहिरो गयो । पश्चिमतिर कति पहिरो गयो । ओल्लो पल्लो गाउँमा कति कान्ला लडे । कति बाटा पहिरिए । कोशीमा कत्रो बाढी आयो । अठ्सठ्ठी सालको बाढीलाई जित्यो जितेन ? बयासी सालभन्दा कति सानो वा ठूलो भल थियो । सन्तानब्बे सालभन्दा के हिसाबमा फरक थियो ? सात साल, एघार साल, सत्ताईस साल, सैँतीस सालका जिल्ला र देशमा आएका ठूल्ठूला भलबाढी, पहिरो र उथल–पुथलभन्दा के फरक थियो । खोला कोशीको मूल फुटी सक्यो कि फुट्न बाँकी नै छ ? महाप्रलय हुने हो कि यत्तिकैमा साम्य हुने हो ?
चार दिन उस्तो पानी परेन तर आकाश सफा पनि भएन । धुम्म भै रह्यो । सार सुर पानी परीरह्यो । तर पाँचौँ दिन बिहान कुखुराको भाले बास्तादेखि पानी पर्न थालेको टव्रmक्कै चौबीस घन्टापछि मात्र थामियो । गाउँका असी बर्षको गोरे कामीले घोषणा ग¥यो – “यत्रो कडा पानी परेको मलाई थाहा थिएन ।”
तर हरेक वर्ष दुई वर्ष ऊ यस्तो घोषणा गरी नै रहन्थ्यो । पानी पर्ने व्रmममा मात्र होइन कि अरु कुनै पनि कुरामा समेत ।
चौबीस घण्टाको दर्के झरीपछि आकाश छ्याङ्ग उघ्रियो । टड्कारा घाम लागे । सानेले भन्यो – “लच्छिन ठीक छैन ।”
यसरी लामो झरीपछि चर्को घाम लाग्यो भने पहिरो जान्छ – लामो गुम्सिएको शान्तिपछि व्रmन्ति विस्फोट भएजस्तो ।
सानीले भनी – हे दैव ! “उघ्रन त उघ्रियो ।”
साने आँगन, करासाका ठाउँ–ठाउँमा कुलो काट्न थाल्छ । गाईबस्तु बाहिर सार्नुप¥यो । बल्ल राम्ररी घामको मुख देख्न पाउने भए ! सानी पकाउने मेलोमा लाग्छे । केटाकेटीहरु घाममा बाहिर निस्कन्छन् । सक्नेले बाबुलाई सघाउन लाग्छन् । मध्यान्ह हुन लागेको छ । घाम चरक्क चर्कीसकेको हुन्छ । एकाएक भयंकर आवाज आउँछ । धरती थर्रर कामेको जस्तो । “भैँचालो” भनेर कराउँदै सानी बाहिर निस्कन्छे । साने भन्छ – “लौ भैँचालो गयो ! पानी परेकै बेलामा धेरैजसो भैँचालो जान्छ ।”
सानीले बारीको कान्लो देखाउँदै भन्छे – “उ बारीको कान्लो लडेछ ! कहाँको भैँचालो हुनु !“
साने कराउँछ – “बारी पैरियो ! लौ बारी पैरियो !“
साने कराउँदै जान्छ । उसको अन्तस्करणले बारीको कान्ला मुनि घर हुने बीरेलाई बोलाउन चाहेको हो । उसलाई के थाहा बीरेका जहान मध्येका पहिरोले पुरिनु लेखेकाहरु पुरिई सके – नपुरिनु भत्रे लेखेकाहरु बाँचे । सब टुिङ्गइसक्यो । हुने भै सक्यो । ऊ कराउँदै हुन्छ – “गुहार ! गुहार ! !”
त्यतिकैमा भयंकर आवाज फेरी दोहोरिन्छ । यसपाली त्यो आवाज झन् लामो समयसम्म आयो । आवाज केही फरक पनि थियो – गरङ रङ रङ रङ रङ रङ ग्वार्लाम्म–ग्वार्लाम्म । भुइँ पनि लामो समयसम्म थर्कियो । सानेले वरिपरि हे¥यो – के लड्यो वा कता र कति पहिरियो भनेर पैल्याउन । उसले देख्यो – उसको आफ्नै घर लडेछ । उसको मटान पनि लडेछ । उसको मटानसंग करासो जोडिएको नरबहादुरको घर पनि लडेछ । उसले अरु केही लडेको देखेन । तर आवाज आएको अनुसार त्यसभन्दा बढी लडेको हुनु पर्दछ । उसले केवल दुई शब्द बोल्यो – “हे दैव !”
भित्रका भित्रै भए बाहिरका बाहिरै । जजसका जो जो र जे जे परे परे । मरे । गए । सिद्धिए । दैवको लीला यस्तै हुन्छ । सब एक निमेषमा समाप्त भयो !
त्यस दिन साँझ नपरुन्जेलसम्म ठाउँ ठाउँमा घर, गोठ, कान्ला बारी लड्नु पैरिनु भै रह्यो । त्यस रात त्यो गाउँका बासिन्दा कोही पनि घरभित्र सुतेनन् । उनीहरुलाई त्यो भैँचालो थियो कि पहिरो छुट्याउन मुस्किल मुस्किलै प¥यो । धेरैको विचारमा त्यो पहिरो नै थियो ।
त्यसपछि त्यो गाउँमा एउटा प्रयत्न रह्यो – पुरिएको ठाउँबाट मान्छे वा गाईबस्तुको लाश झिक्ने । तामाको गाग्रा खड्कुला हुनेले त्यसमा अत्र राखेको भए त्यो पनि झिक्न सकिन्छ । केही गहना गुरिया छ कदाचित् भने यो पनि पाईन्छ कि ?
बीर बहादुरको जहानका तीन जना पुरिएछन् । ऊ बाँचेछ । गाईबस्तु परेछन् ।
नरबहादुरी असी वर्षकी थला बसेकी आमा थलाको थलामा नै पुरिई । कालेका गाईबस्तु मात्र परेछन् ।
गोठको घरको एक पाखो मात्रै लड्यो । एउटा भैँसी ढाड भाँचिएछ ।
अम्मरेको घर चिरा–चिरा भएर चर्केछ ।
लाहुरेको करेसो पहिरिएछ र घर धराप भएर पनि ठाडै छ ।
अन्तरेको घर भने केही भएन ।
डम्मरेको मटान भत्किँदा खोरका बाख्रा पुरिएछन् ।
तिलकेको एक मैनाको नाति पुरिएछ ।
सानीले भनी “अब त बसैँ जानै पर्ला ।”
सानेले भन्यो “बसैँ जाने बेलासम्म बाँचियो भने ।”
औसत कुरा हो । औसत मान्छेका कुरा ! औसत गाउँ पहिरोमा बग्यो । के भो त ? जिल्ला पहिरिएको छैन । मुलुक पहिरिएको छैन !

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 27 चैत्र, 2068

लेखकका अन्य रचनाहरु