उर्मिला

- डा. दीनबन्धु शर्मा

विश्वविद्यालयमा सायद म पत्नी वियोगले रन्थनिएको थिएँ ।
मनिलादेखि टाढा यो पाङ्गासिनान स्टेटमा सारा धर्ती आगोको कौलो भएर धडधडाइरहेको थियो र त्यसमाथिको हावा तातो धुवाँजस्तो लाग्थ्यो । दूबो रोपिएको खेलकुद मैदानमा चरिरहेका रोगी घोडाहरू पिठ्युँमा घाउ लिएर बिस्तारै पुच्छर हल्लाउँदै घाउबाट झिँगा धपाउने चेष्टा गरिरहेका थिए । त्यहाँ घोडीहरू थिएनन् । कसरी भन्न सकिन्छ र घोडाहरू घोडीहरूको वियोगपीडामा थिएन वा थिएनन् ।
बाँसका बाक्ला झ्याङहरूबाट छलेर हेर्दा यो मधेसी क्षितिजको आकाश तुवाँलो र अस्ताउन लागेको पहे‌लो घामसाग टाढा बत्तिएको देखिन्थ्यो- बागलुङ नेपालको मेरो आˆनो घर झैं । आकाश र धर्ती छुट्टिएका टाढै थिए तर तिनीहरूमा एउटा विचित्रको समानता थियो- आकाश अग्नि बर्साउँथ्यो, धर्ती अग्नि उमाथ्र्यो- दुवै आˆनो-आˆनो यौवनको उत्कर्षले आफैा दुग्ध हुादै । सूर्य बूढो भएर क्षितिजमा झरेपछि उष्णता अझै पीडादायी हुन्थ्यो- त्यस सूर्यले आˆनो सम्पूर्णताको राप र ताप त्यहीँ छोडेर गएजस्तो ।
धर्ती-आकाश- घोडा र म ।
घरधनीहरूको दम्पती मेरोसागै जोडिएको अर्को घरमा बस्थ्यो । एकतले टिनको छानो भएको सुन्दर घरमा माइरा आˆनी हुर्केकी नन्दलाई ब्वाइफ्रेन्डको जिम्मा लगाएपछि झ्यालसम्म पनि राम्रोसाग बन्द नगरी आˆनो तातो-बाक्लो ओछ्यानमा उत्तानो टाङ लगाएर पछारिएर उस्-उस् गरिरहेकी हुन्थी । उसको लोग्ने लारी हप्ताभरि भाडाँको जिप दौडाएर थाकेको शनिबार बेलुका बागियोबाट फर्केको हुन्थ्यो र आँगनमै माछा पोलेर सस्तो हृविस्की धोकिरहेको हुन्थ्यो । रक्सीको र माछाको गन्धले तानिएर बाटापारिको झुप्रोमा बस्ने छक्का केटो आˆनो तार टुटेको गितार लिएर छ्याङ-छ्याङ् गर्दै आइपुग्थ्यो । लारीको पूरा जति खाए पनि त्यो खोकी लागेको लुते कुकुरजस्तो देखिन्थ्यो ।
मैले एकचोटि उत्तानिएकी माइरालाई हेरेँ र बलैले त्यतापट्टकि झ्याल बन्द गरेर आˆनो काममा लागें । थाहै छ यसो गर्नु अथवा एउटा उत्तेजक शृङ्गारको स्थितिबाट हठात् आफैँले आफूलाई एउटा विप्रलम्भको स्थितिमा घोक्र्याउनु अवश्य पनि गाह्रो काम हुन्छ । अँध्यारो बढ्दै गयो । अर्को झ्यालबाट हेरिपठाउँदा बादलका बुट्टाहरू काला र बाक्ला भएर आकाश छोप्न दौडिरहेको देखेँ ।
कोठाभित्र शून्य सेतो बिजुलीको उज्यालो थियो ।
कस्तो निस्पृह-निष्ठुर रङ थियो यो ।
अहिले यही रङ चारैतिर टाँसियो र मलाई छोप्न थाल्यो ।
यसै पृष्ठभूमिमा मैले आˆनो काम गर्नु थियो ।
मेरो काम के थियो ?
विश्वविद्यालयमा मेरी सहपाठी फिलिपिनो युवती अरेबिल्लालाई अनौठो धुन सवार भएको थियो । पूर्वीय पौराणिक कथाहरूको सन्दर्भमा मैले रामायणको बारेमा एउटा रिपोर्ट तयार गरेको थिएँ । त्यो रिपोर्ट प्रस्तुत भएपछि अरेबिल्ला रामायणको कथातिर यसरी आकृष्ट भइन् कि उनले त्यस कथालाई छोड्नै सकिनन् । उनले भनिन्- "मेरो मनोवैज्ञानिक रुचि । अवस्थालाई म आफैँले बुझ्न सक्तिना । रामायणका पात्रहरूमध्ये मलाई सबभन्दा बढी त्यही पात्रले लोभ्यायो जसको बारेमा रिपोर्ट र मिस्टर बन्धुले नामबाहेक केही उल्लेख गर्नुभएन ।"
"कुन पात्र हो त्यस्तो ?" मैले अत्तालिएर सोधेँ, मानुँ मैले ठूलो अपराध गरेको छु ।
"ऊर्मिला, जसको लोग्ने लक्ष्मण हुन्, तिनले भनिन् ।
"कहिले कुन पाठकलाई कथाको कुन बिन्दुले आकषिर्त गर्छ भन्न सकिादैन, यसैबाट बहुकेन्द्रको उद्घाटन हुन्छ" मैले आˆनो बचाउ गर्न खोजेा, यद्यपि ऊर्मिलासाग सम्बन्धित कुनै पनि घटना रामायणमा भएको मलाई थाहा थिएन ।
'अ', 'र', र 'ल' को समान ध्वनिले गर्दा तपाईंको र ऊर्मिलाको नाममा पनि समानता छ मिस अरेबिल्ला', मैले भाषा- मनोवैज्ञानिक तर्क अघिसारेा फेरि ।
अरेबिल्ला सामान्यभन्दा बढी हाासिन् र फेरि तुरुन्तै गम्भीर भएर भनिन्- "हुनसक्छ तर यसभन्दा पनि गम्भीर नाता छ जस्तो लाग्छ मलाई ।"
त्यस दिनको कक्षा सकियो तर घाम पुत्ताइरहृयो । अरेबिल्ला र समुद्री आनन्द लिन दागुपान बिचतिर हिँड्यौँ । अहिले दुवैजना गम्भीर थियौं । बिचमा हामीले दुई घन्टासम्म चीसो बियर तानिरहृयौँ । पोलेको बङ्गुस माछा र त्यसको पेटमा कोचिएका लसुन र अदुवाका टुक्राहरू टोकिरहृयौँ ।
एक-दुई बादलका लाम्चा टुक्राहरू आकाशमा जम्मा हुादै गए । समुद्रबाट उप|mेर बङ्गुस माछाहरू आकाशमा पनि सलबलाउन थालेको मैले देखेँ ।
हामीलाई लाग्यो दिन ढल्किरहेको छ ।
अनि हामीले ढिलो गरेनौँ, अन्तर्वस्त्रहरू मात्र लगाएर समुद्रमा हाम फाल्यौँ ।
"मेरो पत्नीवियोग पनि लामो भएको छ", मैले छालहरूभित्र खेल्दै अरेबिल्लाका स्निग्ध पाखुराहरू समाएर भनेँ ।
"लक्ष्मणको वनवासजस्तो", तिनले भनिन्- "मेरो वियोग पनि त कम छैन ।"
"ऊर्मिलाको जस्तो", मैले भनेँ । हाँस्यौं क्यारे । अलिकति तनाव कम भएजस्तो लाग्यो ।
हाम्रो हाँसोका छालहरू समुद्री छालमा घोलिएर गएको मैले रमाइलो मानेर हेरिरहेँ । घाम समुद्रमाथि तिरिरी चम्किरहेको थियो- समुद्री छालहरू घामको रङमा चाँदीका पहाडजस्ता देखिए । भयानक गर्मीबाट चीसो समुद्रमा प्रवेश गरेकाले हामीलाई राहत मिलेको थियो । उसिनेर पाकेका गोरा सगरखण्डहरू चीसो पानीमा सेलाउन डुबाएजस्तै अरेबिल्लाका तिग्राहरू पनि सेलाएका थिए ।
"तर यो समुद्रले भित्री आगोको समुद्र सेलाउँदैन", तिनले अनायासै भनिन् ।
"कहाँबाट आउँदो हो र कहाँ जाँदो हो", किनारैसम्म आएर गएको मोटरबोटलाई हेरेर मैले भनेा ।
"यता जानेहरू चाइना पुग्छन् र यता जानेहरू मलेसिया", तिनले जवाफ दिइन् । तिनको केटो साथी सातवर्षदेखि मलेसियामा थियो ।
"यो सुदूरतामा पनि कस्तो अत्तासिँदो तर आकर्षक सुन्दरता छ हेर्नुहोस् न !मैले भनेँ । समुद्र अझै गम्भीर भएर शून्यतामा गर्जिरहृयो । किनारामा हजारौँ सिपालु पौडीबाजहरू कमिलाझैँ बिलाइरहे । साँझ पर्न थाल्यो । पहेँलो सूर्यको मधूरो नाइटबल्बमा आकाशले धर्तीलाई चुम्बन गर्‍यो ।
"प्राणघातक चुम्बन", अरेबिल्लाले सुसाएर भनिन् ।
हामी उठ्यौँ ।
यी सबै छ महिना पहिलेका कुराहरू हुन् ।
अहिले ?
अहिले मेरो हातमा थियो अरेबिल्लाले लेखेको ऊर्मिलाको कथा । "यसका भावनाहरूलाई जतनसाथ पढिदिने तपाईंबाहेक अर्को पाठक, कमसेकम यो देशमा म पाउन्ना", तिनले भनिन् । तिनका हातहरू कामिरहेका थिए- यसभन्दा ठूलो लेखकीय इमानदारिता के होला ?
rrr
म पुस्तकको बीच-बीचबाट पन्ना पल्टाइरहेको छु । पुस्तकका पानाहरूमा ऊर्मिला-अरेबिल्ला-लक्ष्मण-जोनाथन- साथसाथै मभित्रबाटै निःसृत भएका म र मेरी पत्नीका चित्रहरू कोरिएका छन् र क्रमशः विविध पृष्ठभूमिको एउटै क्यानभासमाथि नाच्दै ती सबै चित्रहरूको एउटै मिश्रति चित्र कोर्ने अव्यक्त प्रयत्नमा म रङसंयोजन गरिरहेको छु ।
ऊर्मिलाः
'सरयू किनार
कोशलनामक जनपद
स्वयं मनुद्वारा निर्मित अयोध्या नगरी
घना वृक्षहरूको बीचका चौडा राजमार्गहरू
सहरको अतुलनीय सुषमा
स्त्रीहरूमात्र नाच्ने नाटकमन्डलीहरू ।'
अरेबिल्लाः
समुद्री विशाल किनार
पाङ्गासिनान जनपद
जोसेफ रिजालद्वारा निर्मित दागुपान सिटी
अग्ला महलका बुर्जाहरूबीच चौडा राजमार्गहरू
डान्स रेस्टुरेन्टहरू र क्लबहरू ।
यति नै बेला मैले आˆनो बागलुङका कुना कन्दराहरू सम्झेा । पिताजीको धौले घरलाई घेरेर बस्ने रोहोटे गाउँको पाखोलाई सम्झेँ ।
साँच्चै एकजनाको कथा पढ्नु भनेको एकजनाको कथा पढ्नु मात्र भइदिए त्यो कथा कसैले पढ्दैनथ्यो ।
"जनक, याज्ञवल्क्य आदिको नामबाट सुप्रसिद्ध मिथिलाका राजा महषिर् जनककी एक मात्र छोरी म थिएँ- वैभव र चञ्चलतालेयुक्त । दिदी सीता मेरा पिताश्रीले यज्ञको निम्ति भूमिशोधन गर्न हलो चलाउँदा प्राप्त भएकी कन्या थिइन् । मेरा जेठाजु महाराज भरतकी पत्नी माण्डवी र देवर शत्रुघ्नकी पत्नी श्रुतकीर्ति मेरा काका कुशध्वजका पुत्रीहरू हुन् । मभन्दा पहिले मेरा पिताश्रीको काखमा आएकी सीतालाई मैथिली, वैदेही, जनकपुत्री, जानकी आदि सबै विशेषण दिइसकिएको थियो । महाराज जनककी खास पुत्री मेरा निम्ति त्यस्तो गौरवपूर्ण कुनै विशेषण बाँकी थिएन । गौरवर्ण भएकीले गौरी र चुलबुले भएकाले चञ्चला भनेर पिताश्री बोलाउनुहुन्थ्यो, त्यो अर्कै कुरा हो । चाहे जे होस्, सहरको चारैतिर चकचक गरेपछि उच्च सिंहासनमा विराजमान मेरा स्वनामधन्य पिताश्रीको काखमा बस्न पाउँदा म पनि महान् गौरवको विचित्र अनुभव गर्थेँ- शरीरभरि एउटा रोमाञ्चले कुत्कुत्याउँथ्यो । हाय तीन दिनहरू गए !
विवाहित भएर अयोध्यामा आएपछि पनि विवाह-ब्रतबन्ध वा चाडपर्वका बेला बज्ने दुन्दुभि, मृदङ्ग, वीणा, पणव आदिका मधुर तरङहरूले मेरो किशोरावस्थाको गम्भीर उत्तरार्धलाई चञ्चलताको उत्कर्षमा पुर्‍याइदिन्थे । मेरी सासू मेरो दबिएको चञ्चलताप्रति चिन्तित हुनुहुन्थ्यो । सहर स्वर्गबाट झरेको टुक्राजस्तो शृङ्गार, मधुर-ध्वनि र सुगन्धले उत्तेजक भएर मगमगाउँथ्यो तर धृष्टि, जयन्त, विजय, सुराष्ट्र, राष्ट्रवर्द्धन, अकोप, धर्मपाल, सुमन्त्र आदि वीर एवं विद्वान् मन्त्रीहरूद्वारा घेरिएका अतिरथी महाराज दशरथका अगाडि एउटी बुहारीले आˆनो चञ्चलता प्रस्तुत गर्नु सम्भव थिएन ।"
अरेबिल्लाकी ऊर्मिला पढिरहादा म आˆनो बाल्यकालका दिनहरू सम्भिmरहेको छु । त्यति प्रस्ट रेखा त छैन तर अक्रमबद्ध स्मृतिका कथाहरू बिस्तारै उठ्छन् र मनको चित्रपटमा आˆनो मूर्तामूर्त रङ कोरिदिन्छन् । अगाडि आउनै खोजेका मूर्तचित्रहरू पनि भावनका रङहरूसाग घोलिएर अमूर्त बन्न पुग्दछन् । मेरो यस भाडाको घरको केही अगाडि गाईका बाच्छा र बङ्गुरहरू काट्ने वधशाला छ । चिच्याउाछन् ती प्राणीहरू मेरा अमूर्त भावात्मक चित्रहरूलाई अभिव्यक्ति दिएर आकाशसम्म । बाहिर बरन्डामा निक्लेर हेर्दा आकाशमा मेरा रङमय पीडाहरू पिङ खेलिरहेको देख्छु ।
म पुस्तक पढ्न फेरि प्रयास गर्छु ।
"राम-लक्ष्मण र सीताले वन प्रस्थान गर्नुभन्दा अघिल्लो दिन दरबार सम्पूर्णतः राम राज्याभिषेकको तयारीमा जुटेको थियो भने यता सरयू-किनारको मैदानमा लगेर आर्य लक्ष्मणले मलाई आˆनो बलियो बाहुपाशमा बााधेर घोडा दौडाउन सिकाउादै हुनुहुन्थ्यो । त्यस दिन उहाँ अलि बढी उन्मादमा पनि हुनुहुन्थ्यो सायद । मैले भनेँ- "आजसम्म हामीले विवाहित जीवनका बाह्र वर्षसम्म आनन्दका बहुरङहरू भोगिसकेका छौँ तर मेरा पि्रयतम्, यो प्रेमोन्माद अझै उत्तरतिर बढिरहेको छ । अहिले पनि प्रेमोन्मादका आर्यका छालहरूले मलाई सिक्न दिइरहेका छैनन्, तपाईं घोडाबाट ओर्लनुहोस्, म एक्लै दौडाउँछु ।"
"तिमीलाई डर लाग्दैन एक्लै ?" उहाँले आश्चर्य मानेझैँ गरी भन्नुभयो मानु म लामो समयको निम्ति एक्लै हुँदैछु । आश्चर्यको सम्मोहन उहाँको अनुहारमा रङ्गिएको देखेर म मुग्ध भएकी थिएँ ।
"राजकुमार", मैले भनेँ- "तपाईंसाग दिनभरिको पनि लामो वियोगको कल्पना म गर्न सक्तिना तर म पनि त क्षत्रीय राजकुमारी हुँ, अहिले मलाई घोडचढी सिक्न दिनुहोस्, खेलको आनन्द पनि त इमानदारितापूर्वक खेल्नुमा हुन्छ ।" -हरे ! भाग्यको खेल पनि कस्तो-कस्तो हुन्छ, यी कुराहरू भन्दा त्यसको ठीक भोलिपल्टदेखि नै सुरु हुने यति लामो वियोगी जीवनको मलाई कल्पनासम्म थिएन ।)
केही समयपछि नै सूर्य ओरालो लागेको थियो र आकाश धर्तीलाई चुम्बन गर्न आतुर अइरहेको थियो । यस कुराको सम्पूर्ण बोध सुन्दरी धर्तीलाई पनि हुनुपर्छ किनभने तिनी रातो-पहेंलो मिश्रति रङको साडी लगाएर अभिसारको निम्ति आतुर देखिन्थिन् ।
बेलुका मैले भोलिपल्ट हुने भनिएको राम-राज्याभिषेक कार्यक्रमको चित्र बनाएा । चित्र बनाउनु मेरो मनोरञ्जन वा बिलास हो, यसो गर्दा सृष्टिमा अपुग देखिएका ठाउँहरूमा समेत पूर्णता दिनुको आनन्द पनि प्राप्त हुन्छ । मानुँ कलाकारले स्रष्टाको भूमिका प्राप्त गर्दछ । मिथिला, मेरो माइतीमा लोकचित्रकलाको वैभवयुक्त परम्परा छ र यसमा हामी नारीहरूको योगदान उल्लेख्य छ । म पनि मेरा बालसखीहरूसाग मिलेर पीठो, बेसार, सिन्दूर वनस्पति आदिबाट सप्तरङहरू तयार गर्थेँ । यद्यपि अयोध्यामा आएपछि राजनीतिको उग्र हल्लाले मात्र स्थान पाउने यस ठाउँमा मेरो कलाले कुनै महìव नपाउने नियति भोग्नुपर्‍यो, त्यसपछि पनि यो चित्रकला वा माइतीप्रतिको अनुरागलाई मैले छोड्न सकिना । अस्ति मात्र पनि सिन्दूरी रङ बनाउन मलाई बाख्रीको दूध चाहियो भनेर आर्य लक्ष्मणलाई भने । उहाँले गोठालाहरूलाई भनेर त्यो मगाइदिनुभयो । त्यसमा सिन्दुर घोलेर सिन्दुर रङ बनाउँदा मैले एकछिन आफू मिथिलामै भएको कल्पना गरेँ । राम राज्याभिषेकको निम्ति अरिपन -भूमिचित्र) पनि बनाउने इच्छा मलाई भइरहेको थियो र यसका निम्ति उहाँसंग मैले छलफल गरिरहेकी थिएँ ।
"देवी-देवताका काल्पनिक चित्रहरूमा पनि मानवीय भाव हुनु तिम्रो चित्रकलाको विशेषता हो", मेरो चित्र निर्माणमा आर्य लक्ष्मणको टिप्पणी, सहभागिता र स्पर्शले मलाई उहाँसँग एकाकार बनाइदिन्थ्यो । चित्र-निर्माण गर्दागर्दै रात छिप्पिएको थियो । उहाँले मलाई जुरुक्क उचालेर पलङसम्म पर्‍याउनुभयो र सधैँझैँ एउटा गीत गुनगुनाउनुभयो :
'जनकपुरी राजकुञ्ज विहारिका
एक सुकुमारी सलौनी सारिका'
rrr
भोलिपल्ट सासू कैकेयीको परम्परागत सौतेनी मानसिकताको कारणबाट घटेको राम-वनवासको घटनालाई अरेबिल्लाले सङ्क्षेपमा वर्णन गरेकी थिइन् । जोनाथनलाई कसरी उसकै बाबुले कर गरेर पैसा कमाउनका निम्ति मलेसियातिर घचेडिदिएका थिए भन्ने कुरा मैले अरेबिल्लाबाटै विभिन्न प्रसङ्गमा सुनेको थिएँ । यहाँ उनले ऊर्मिलाकै कथा लेखेकी हुन् तर मलाई ऊर्मिलाको अनुहार कहिले अरेबिल्लाको जस्तो र कहिले मेरै पत्नीको जस्तो लाग्छ भने कहिले चाहिँ यी तीनवटै अनुहारहरू एकै ठाउँ घोलिएर एउटै आकृतिका तीनप्रति बन्न पुग्दछन् ।
'दिदी सीताले आफू पनि रामको पछि लाग्ने जिद्दी गर्नुभयो । उहाँको जिद्दी स्वभाव सबैलाई थाहै छ । जेठाजुले केहीबेर आनाकानी गरे पनि यसलाई स्वीकार गर्नुभएको देखेर म केही आशावादी भएकी थिएँ । आर्य लक्ष्मणले आफू पनि दाइ-भाउजूको सुरक्षा र सहयोगका निम्ति वनमा जाने आत्मघोष गर्नुभएको थियो ।
मसाग एकान्तमा बिदा हुन पनि आर्य लक्ष्मण मेरो कक्षमा आउनुभएको थियो तर म के कुराले चकित र दुःखित थिएँ भने यति ठूलो निर्णय लिँन अगाडि उहाँले मसाग किन कत्ति पनि सल्लाह/परामर्श गर्नुभएन ? यो दरबारिया पौरुषेय अहङ्कारले मेरा अहङ्कारलाई कसरी एकैपटकमा पैतालामुनि किचिपिची पारिदियो ।
बिहानको भोजनको समय थियो, घाम उज्यालो भएर दरबारका चोटा-कोठामा प्रवेश गरिसकेको थियो तर सबैमा अन्धकारमय उन्माद र बेहोसी चढिरहेको थियो । भोजनको निम्ति कोही तयार थिएन । प्रलाप र वा अनर्थक बोली र क्रन्दनहरू दरबारका प्रत्येक भागमा छरिएर तिनले एउटा कामज्वरो वा भुइँचालोको रूप ग्रहण गरिरहेका थिए । यस्तो अराजक स्थितिमा के गर्ने, के नगर्ने भनेर म छट्पटिएँ र झ्याल खोलेर हेरेँ- त्यहाँबाट देखिने सरयूलाई हेरेँ- सरयू मृत्युमय गर्जनका साथ गडगडाएको थियो । डर लाग्यो र झ्याल बन्द गरिदिएँ ।
आर्य लक्ष्मणले मेरो कक्षमा प्रवेश गर्दा म भय, स्वाभिमान र प्रेमको तीव्र चापमा छटपटिएँ । उहाँ त्यतिबेला पनि अग्लो, गोरो र राम्रो देखिनुभयो । त्यसैले मलाई उहाँको अनुहारमा प्रेम र विश्वासको कोमल रङको अभाव छ भन्ने लाग्यो र म कहालिएँ । मैले उहाँलाई फकाउँदै यति मात्र भनेकी थिएँ- "तपाईं मेरो साथमा हुनुभयो भने प्रचण्ड आँधीको ठक्कर पनि मेरा निम्ति चन्दनतुल्य हुनेछ ।"
उहाँले मलाई केही नभनी आलिङ्गन गर्नुभयो- उत्कट प्रेम प्रकट गर्नुभयो होला तर मेरा ओठहरू चीसा थिए, पिाडौला थर्थर कामिरहेका थिए र मलाई रिँगटा लागिरहेको थियो ।
'ऊर्मि' उहाँको आवाजमा शुष्कता थियो- "प्रेम र कर्तव्यको द्वन्द्वको सामना गर्नुपर्दा विद्वान्, बुद्धिमानहरू धैर्य गमाउँदैनन् । तिमी हाम्रो घरकी श्रेष्ठ विदुषी हौ, तिम्रा सावधान काँधहरूमा मैले पिताश्री र माताश्रीहरूको सेवा र हेरचाहको अभिभारा सुम्पेको छु । भयानक व्यथामा धङधङाइरहेको यस दरबारलाई तिमीले धैर्यको समाधान दिनेछौ र हामी दुईबीचको प्रेमलाई आउँदा चौध वर्षमा अझै घनीभूत बनाउँदै पन्ध्रौँ वर्षको सूर्योदयको प्रतीक्षा गर्नेछौ ।"
सारा दरबार र अयोध्यावासीहरू समेत उहाँहरूको वनगमनमा विलाप गरेर रोए । विशेषतः दिदी सीताको पनि प्रस्थानले यस दृश्यलाई बढी कारुणिक बनाइदिएको थियो ।
म पनि रोएँ तर म वनमा जान नपाएको कारणले रोएकी थिएँ तर मेरो रुवाइको फरक कारण थाहा पाउने यस लोकमा सायद म मात्र भएँ ।'
यहाँनेर अरेबिल्लाले आफ्नो सन्दर्भ जोड्दै लेखेकी छन्-
'एकचोटि जोनाथन र म बागियो र टि्रनिडाडको बाटो हुँदै जङ्गलको बाटो कपाङ्गान क्षेत्रको यात्रामा गएको मलाई सम्झना छ- सायद त्यसभन्दा सुखद् सम्झना अहिलेसम्म मेरो जीवनमा अर्को छैन । कपाङ्गान तेस्रो दिन साँझ पुगिएको थियो र सान्ताक्रुज पहाड पहेँलो रङमा सजिएकी थिई अनि नजिकै उभिएको सलोकासुग पहाड सान्ताक्रुजसाग बिछट्टै जिस्किइरहेको थियो- मेरो जोनाथनभन्दा पनि बढी । त्यो रोमान्टिक साँझ हामीले एउटा छाप्रोमुनि एकै ठाउँ कुँडुलिएर बिताएका थियौँ । त्यसैले मलाई के लाग्छ भने ऊर्मिलामात्र सागै भइदिएकी त्यो वनयात्रा दुई युगलको उत्तम ट्रेकिङ बन्न सक्थ्यो ।'
'उहाँ गएको तेस्रो दिन मात्र म होसमा आएँ । होस भन्नु पनि अर्थबेहोसी नै थियो । वनवासको घटनामाथि अर्को महादुर्घटना थपिएको थियो- ससुराज्यूको मृत्यु । यी घटनाहरूले अयोध्या सहरलाई नै मृत्युमय बनाइदिएको थियो । मानिसहरू सडकमा थिएनन् । एक-दुईजना मानिसहरू देखिए पनि तिनीहरू परिचित मानिसहरूसाग पनि अपरिचितजस्तै व्यवहार गर्थे र एउटा कुनै बाटोनिर हुत्तिन्थे ।
दरबारभित्र उज्याला सङ्गमरमरका भित्ताहरूमा पनि मृत्युको कालो छायाँ प्रस्ट सलबलाइरहेको मैले देखेँ । यशश्वी महाराज दशरथको पुत्रवियोगको क्रन्दन उहााको मृत्युपछि पनि चिच्याइरहेको दरबारभरि सुनिन्थ्यो ।
यस्तो परिस्थितिमा श्रुतकीर्तिले देवर शत्रुघ्नको काखमा आˆनो शरीर र मन अड्याइरहेकी थिइन् तर मेरा लक्ष्मण खै ? बेहोसीमा ओबाएका आाखाहरू अहिले फेरि बग्न थालेका थिए । दरबारका सारा कामहरू मन्त्रीहरू र नोकरहरूले यथाशक्य जिम्मा लिएका थिए । सेतो परिधानमा उभिएका आभूषण एवं कान्तीविहीन सासूहरूलाई मैले देखेँ र थरर्र कामिरहेँ- मलाई लाग्यो केही क्षणमै यो भूतबङ्गलाभित्र निसासिएर म मर्नेछु । यसपछि म बाहिर निक्लेर दौडन थालेँ । मलाई पछाडिबाट दरबारको भूतले लखेटिरहेको थियो ।
मेरो अगाडि सरयू बगिरहेको थियो ।
सरयू किनारामा हाँस र सारसहरू थिए ।
हरिणहरूको एउटा झुन्डले पानी खाएर गयो ।
आकाश रोएर थाकेको मलिन रङमा फैलिएको थियो । मैले पनि यो तेस्रो दिन सरयूबाट एक अञ्जुली पानी उठाएर खाएँ।
सरयू किनारको मैदानमा घोडाको टापका डोबहरू मैले देखेँ । अस्तिमात्र लक्ष्मणको काखमा बसेर मैले दौडाएको घोडाका टापका डोबहरू ! बिस्तारै ती डोबहरूमा औँलाले छोएँ- रोमाञ्च भएर शरीरभरि काँडा उठे- मानुँ म लक्ष्मणको शरीर छोइरहेकी छु ।
म एकछिन बसिरहेँ- कामिरहेँ ।
यहाँ पुगेपछि पुस्तकमा अरेबिल्लाको टिप्पणी कोष्ठकभित्र यसरी लेखिएको छ- -म यो लेखिरहादा मेरो जोनाथनलाई बारम्बार सम्झीरहेकी छु- ऊसँग मोटरसाइकिलमा हिँडेका दिनहरू सम्भिmरहेकी छु । ऊर्मिलाले घोडाको टापका डोबहरूलाई मुसारेझैँ मैले पनि मोटरसाइकलको जोनाथन बस्ने सिटलाई बारम्बार मुसारेकी छु ।)
मैले अरेबिल्लाको पुस्तकलाई आजका निम्ति थन्क्याइदिएँ र मेरी शकुन्तलाले पठाएको आजै मात्र पाएको चिठी पढेँ ।
'मेरो महाराज दुष्यन्त ।' चिठी यसरी सुरु गरिएको थियो । म आजभोलि अरेबिल्ला वा ऊर्मिलाका व्यथाहरूसाग यसरी जेलिँदै गएको थिएँ कि आˆनै शकुन्तलालाई चिठी वा मेल पठाउनसमेत बिर्सेको थिएँ । यसैकारण उनको यो गुनासो थियो । चिठीको पुछारमा लेखिएको थियो-
.........मलाई कतै दुर्वाशाको श्राप पो परेको हो कि !
'कसोरी बिर्सेको झलझली छ मेरो नगरमा ।'
-तपाईंकी शकुन्तला
चिठीले मर्माहत भएर ओछ्यानमा पल्टेँ । बत्ती निभाइदिएँ । एक्लो रात निछ्याम्म कालो न कालो भएर कोठाका दलिन, भित्ता र भुइँमा छापियो । त्यही कालोमा सानो जानकीरी धिपधिप बलिरहेको देखेँ । उठेर बत्ती बालेँ र चिठी लेख्न थालेँ ।
rrr
आज म अरेबिल्लाको पुस्तकको अन्त्यतिर पढिरहेको छु-
'सपनामा म लक्ष्मणसाग जिस्किन्थेँ- उत्ताउलिन्थेँ । उहाँ गीत गाउनुहुन्थ्यो- अँगालो मार्नुहुन्थ्यो, बारम्बार चुम्बन गर्नुहुन्थ्यो र म स्खलित भएर यो त्रासदीयुक्त बिपनामा ओर्लन्थेँ ।
म आˆनी सागिनी राजहसनीसाग भनिरहन्थेँ- मेरो व्यथा सीता, माण्डवी, श्रुतकीर्ति कसैले पनि त भोगेको छैन, अनि मैले मात्र किन ? दुनियाँ पनि बडो गजबको हुन्छ । कसैले यो दुःखको लेखा राखेन । पिताजीले समेत दिदीको वनवासमा ठूलो दुःख व्यक्त गरेर मलाई नै सन्देश पठाउनुभएको थियो तर मलाई लाग्छ म पनि आर्य लक्ष्मणसागै हिँड्न पाएकी भए मृत्युको ढोकाभित्र पनि सहर्ज र अत्यन्त प्रसन्नताका साथ प्रवेश गर्थेँ ।
मेरो नियतिमा त यो भूतबङ्गलाजस्तो दरबारभित्र अर्धपागल भएर बााच्नु लेखिएको थियो ।
चौध वर्ष व्यतीत भएछन् । प्रत्येक दिन र रात पीडाको भुमरीभित्र रन्थनिँदै मुक्त हुने आशाको दीप बलात् बालेर मैले बिताएँ तर बत्ती बाल्न तेल चाहिन्छ । सागिनी, तिमी आज मलाई शृङ्गार गर्न भन्छ्यौ । म तेल सकिएर डढेको बाती भएकी छु- दग्धवर्तिका । वनवासीहरू फर्किने खबरले सारा रात अयोध्या सहर सुतेको छैन । बिहानैदेखि वीणा, मृदङ्ग, पणव, ढोलक आदि वाद्यसाधनहरू घन्काउँदै मानिसहरूको समुद्र सरयू किनारमा ओइरिएको छ । यो डढेको बातीमा तिमी कस्तो ज्वाला बाल्न चाहन्छ्यौ ?
आर्य लक्ष्मण, यो कस्तो विचित्र अवस्था हो ! हिजोसम्म विरहको सुसेली मात्र गाउाथिन् सरयू । सरयूको त्यो सुस्केरामय गीतमा म आफूलाई आत्मसात् गर्थेा- सारा धर्ती र आकाशलाई एकै ठाउँ डल्लो पारेर पीडाको एउटा फुटाउनै नसकिने ढिक्का तयार गर्थेँ र त्यसैलाई तकिया बनाएर आँसु बगाउँथेँ ।
आखिर व्यथाहरूको पनि अन्त्य हुँदोरहेछ । तपाईं आज आउँदै हुनुहुन्छ । मैले बिहान पनि एउटा चित्र बनाएँ । त्यो एउटा प्रणयचित्र हो जुन म तपाईंलाई मात्र देखाउन सक्छु । यत्रो विरह भोगिसकेपछि मलाई आज तपाईंको स्वागतको निम्ति शृङ्गार गरुँ या नगरुँ भन्ने दुविधा भएको छ । चित्रमा मेरो शृङ्गार लतपतिएको छ- त्यो उन्मादले भरिएको चित्र हो तर चित्र बनिसकेपछि मात्र पो होस पाएँ- त्यो त चौध वर्ष अगाडिको चित्र पो भयो त ! म अहिले दर्पणको अगाडि उभिएकी छु- चित्रमा सजाइएको मेरो शरीर खै ? खै तपाईंले विशाललोचने । भनेर प्रशंसा गरेका मेरा आँखाहरू ? यो दर्पणमा वेदनाको पोखरी सुकेझैँ खोपिल्टा परेका छन् । खै मेरा उन्नत एवं विशाल वक्षस्थल ? यो त सपाट पुरुषको जस्तो भएको छ । खै मेरो कम्मरमुनि फुकेको पृष्ठभागको काव्यात्मक सुन्दरता ? खै मेरो सुरीलो मांसल ग्रीवा खै ? तपाईं कस्तो हुनुभएको छ मलाई थाहा छैन तर त्यो चित्र मिलेन, आर्य चित्र मिलेन ।
मेरो लछुमन, तिम्रो स्वागतको निम्ति मेरो यौवन खै ?
विरहका दिन सकिए, चौध वर्षहरू सकिए, यौवनका उत्ताल तरङहरू सकिए- खोपहरू पुरिएलान् तर एउटा प्रश्न तपाईंसाग गर्ने नै छु- "मेरो जीवन सम्पूर्णरूपमा प्रभावित हुने यत्रो वियोगको निर्णय एक्लै लिने अधिकार तपाईंलाई कसरी प्राप्त भयो ?"
यसपछि कथालाई अकस्मात अन्त्य गर्दै अरेबिल्लाले लेखेकी छन्- 'मलाई पनि दर्पणको अगाडि उभिन मन लाग्यो ।'
शकुन्तला ! म भित्रभित्रै तर्सिरहेको छु ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 19 चैत्र, 2068

लेखकका अन्य रचनाहरु