शुभकामना.........

- रमेश कँडेल

भोकाएकाहरुले पेट भर्न पाउन
कठ्यांग्रीएकाहरुले शरिर ढाक्न पाउन ।
सहर सहर गाउँ गाउँमा विकाशका मुल फुटुन
मन्त्री नेता ज्यूका आँखा पनि खुलुन ।
साहित्यका सुन्दर भावनाले संसार ढाकोस
देश भक्तिका पाईलाहरु कहिले नथाकोस ।
भैलिनी र देउसीरेका भाका गुाजीयोस
हरेक बर्ष एउटा लक्ष्मीप्रसाद जन्मियोस ।
दिपावलीको यही छ शुभकामना.........

(महाकवि देवकोटाको ९९औं जन्मजयन्तीमा ब्रसेल्समा पाठ गरिएको कविता)

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 25 कार्तिक, 2064

लेखकका अन्य रचनाहरु